विकासन्युज

सोल्टी होटलले जम्मा गर्याे २१.३१५ प्रतिशत लाभांश सेयरधनीको खातामा

काठमाडौं । सोल्टी होटलले सेयरधनीहरुलाई लाभांश वितरण गर्न सुरु गरेको छ । कम्पनीको गत पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको २१.३१५ प्रतिशत लाभांश सेयरधनीहरुको खातामा जम्मा गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पूँजीको २१.३१५ प्रतिशत नगद लाभांश पुस ६ गतेसम्म कायम सेयरधनीहरुको बैंक खातामा जम्मा गर्न सुरु गरेको हो । कम्पनीले बुक क्लोज गरेको दिनसम्म कायम सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो । साथै कम्पनीले हालसम्म डिम्याट नगराएका सेयरधनीहरुले डिम्याट खोलि अभौतिकीकरण गराई बैंक खाता अद्यावधिक गराउनु पर्ने र सोही बैंक खातामा लाभांश जम्मा गर्ने जनाएको छ । कम्पनीको सेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटल रहेको छ । सेयर धितोमा राखी उपभोग गर्दै आएका सेयरधनीहरुले नो अब्जेक्सन लेटर वा कर्जा चुक्ता भएको प्रमाणपत्र बुझाउनु पर्नेछ ।

आजदेखि नेप्सेमा ३ बीमा कम्पनीको कारोबार हुँदै, कुनको कतिमा हुन्छ ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले विभिन्न ३ कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा गरेको हो । नेप्सेले यी ३ कम्पनीको आधारभूत सेयरधनीको कारोबार भने रोक्का नै राखेर सर्वसाधारण सेयरधनीको फुकुवा गरेको हो । कारोबार फुकुवा भएसँगै मंगलबारबाट दोश्रो बजारमा ३ वटै कम्पनीको कारोबार हुनेछ । नेपाल धितोपत्र बोर्डको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ बमोजिम कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । नेप्सेमा प्राइम लाइफको प्रतिकित्ता ५०३.५४ रुपैयाँ, गुराँस लाइफको प्रतिकित्ता ४५१.४० रुपैयाँ र यूनियन लाइफ इन्स्योरेन्सको ४७८.११ रुपैयाँ सेयर मूल्य रहेको छ । गत जेठ ३ गतेदेखि यी कम्पनीको सेयर कारोबार रोक्का रहेको थियो । गुराँस लाइफ, युनियन लाइफ र प्राईम लाइफबीच बैशाख २९ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो ।

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले नेरुडे लघुवित्त वित्तीय संस्था र शिखर इन्स्योरेन्स कम्पनीको बोनस सेयर सेयर मूल्यमा समायोजन गरेको हो । दुवै कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा मूल्य समायोजन भएको हो । नेप्सेले समायोजन गरेको मूल्यका आधारमा मंगलबार कारोबार हुनेछ । नेरुडे लघुवित्त वित्तीय संस्थाको २२ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ८२७.८७ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । सोमबार लघुवित्तको सेयर प्रतिकित्ता १०१० रुपैयाँमा अन्तिम कारोबार भएको थियो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको २२ प्रतिशत बोनस सेयर र १.१५७९ प्रतिशत .नगद गरी कूल २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न लघुवित्तको माघ २८ गते, उद्योग संगठन मोरङ्गको सभाहल, विराटनगरमा बिहान ११ बजे १६ औँ वार्षिक साधारण सभा हुनेछ । यस्तै, शिखर इन्स्योरेन्सको १६ प्रतिशत बोनस सेयर सेयर मूल्यमा समायोजन भएको छ । नेप्सेले प्रतिकित्ता ८०८.६२ रूपैयाँ कायम हुने गरी मूल्य समायोजन गरेको छ । सोमबार लघुवित्तको सेयर प्रतिकित्ता ९३८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र ०.८४२१ प्रतिशत नगद गरी कूल १६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले माघ २५ गते, बुधबार, आफ्नो केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा बिहान ११ बजे, १७ औँ तथा १८ औँ वार्षिक साधारण सभा बोलाएको छ ।

१ लाख कित्ता किन्न मिल्ने माया खोला हाइड्रोको आईपीओमा आजसम्म आवेदन दिनुपर्ने

काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनीको आईपीओमा आवेदन दिने आज माघ १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले माघ १३ गतेदेखि जारी पूँजीको १ अर्ब रुपैयाँको ३४ प्रतिशत अर्थात् ३४ करोड रुपैयाँ बरारबको सेयर सर्वसाधारण लगानीकर्ताकाहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा आज माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३४ लाख कित्ता सेयर आईपीओ बिक्री खुला गरेको हो । जसमध्ये १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि २ लाख ४० हजार कित्ता बाँडफाँट गरिसकेको छ । त्यसैगरी, कम्पनीले १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि, ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी १९ लाख ९२ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

महिन्द्राको एक्सयूभी ७०० नेपालमा सार्वजनिक, सुरुवाती मूल्य ७४ लाख

काठमाडौं। महिन्द्रा एण्ड महिन्द्राले आफ्नो फ्ल्यागशिप ग्लोबल एसयूभी– एक्सयूभी ७०० (एक्सयूभी, ७ डबल ‘ओ’) नेपालमा सार्वजनिक गरेको छ । भारतबाहिर दक्षिण अफ्रिकापछि नेपालमा याे सार्वजनिक गरिएकाे हाे । कम्पनीकाे अनुसार नेपालमा एक्सयूभी ७०० पाँच र सात सिट क्षमताको म्यानुअल र अटोमेटिक अप्सनसहितको पेट्रोल इन्जिनमा उपलब्ध हुनेछ । एक्सयूभी ७०० भारतको सबैभन्दा प्रतिष्ठित इन्डियन कार अफ द इयर अवार्ड २०२२ को विजेता, र कुल ३१ पुरस्कारहरू विजेता सबैभन्दा सम्मानित कार हो, जसमा २४ घण्टामा ४००० किलोमिटर दूरी तय गर्ने सहनशक्ति रेकर्ड ब्रेक पनि समावेश छ । कम्पनीले महिन्द्रा एक्सयूभी ७०० काे सुरुवाती मूल्य ७४ लाखको ताेकेकाे छ । यो मूल्य फेब्रअरी २०२३ मा प्रारम्भिक डेलिभरी हुने गरी सार्वजनिक गरिएको मितिदेखि एक महिनाका लागि लागू हुने कम्पनीले बताएकाे छ । यस एसयूभीमा १०.२५ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम र क्लस्टर, सिक्स वे पावर्ड ड्राइभर सिट र १२ सोनी स्पिकरसहितको क्लास लिडिङ म्युजिक सिस्टम प्रिमियम सुविधाहरू रहेको छ । यसमा प्यानोरमिक सनरुफ र डुअल जोन क्लाइमेट कन्ट्रोल पनि रहेको छ । कम्पनीकाे अनुसार सुरुमा एक्सयूभी ७०० काठमाडौंका दुई ट्विन पिक ब्राण्डका शोरुमबाट उपलब्ध हुनेछ ।

कुमारी बैंकका ग्राहकलाई सीजी डिजिटल र एलजी शपमा विशेष छुट

काठमाडौं । कुमारी बैंकका ग्राहकले सीजी डिजिटल एण्ड एलजी शपबाट सामान खरिद गर्दा विशेष छुट पाउने भएका छन् । बैंकका डेबिट–क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले आधिकारिक सीजी डिजिटल र एलजी शपमार्फत उत्पादनहरू खरिद गर्दा २० प्रतिशतसम्म आकर्षक छुट पाउने भएका हुन्। बैंकको अनुसार यो योजना फागुन १५ गतेसम्म लागु हुनेछ । कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, ३४५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधाहरु दिँदै आएको छ ।

गहुँको आयात खुलाउन र स्टार्टअप कार्यविधि स्वीकृत गर्न निजी क्षेत्रको माग

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले गहुँको आयात खुलाउन र स्टार्टअप कार्यविधि स्वीकृत गर्न माग गरेको छ । महासङ्घको प्रतिनिधिमण्डलले आज उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई भेटी सो माग राखेको हो । महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र उद्योगमन्त्रीबीच भएको भेटवार्तामा उद्योग व्यवसाय प्रवद्र्धनका लागि सहजीकरण, अस्थिर ब्याजदरमा नियन्त्रण, भारतले रोकेको गहुँको आयात खुलाउनुपर्ने र स्टार्टअप कार्यविधि स्वीकृत गर्नका लागि सरकार पहल गर्नुपर्ने लगायतका विषयमा छलफल भएको थियो । अस्थिर ब्याजदरका कारण साना व्यवसायी पीडामा परेकाले यसको समाधानका लागि पहल गर्न उद्योगमन्त्रीमार्फत सरकारलाई आग्रह गरिएको भेटवार्तापछि महासङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । ‘इन्धनको मूल्य समायोजन हुन नसक्दा वस्तुको उत्पादन लागत बढ्न गई मुद्रास्फीतिमा समेत चाप परेको, उद्योगहरुमा अघोषित विद्युत्भार कटौतीका कारण उत्पादन प्रभावित बनेको र बजारमा उधारोको समस्या विकराल बन्दै गएको अवस्थामा उधारो उठाउनेसम्बन्धी कानुन यथाशीघ्र ल्याउनुुपर्ने माग महासङघले राखेको छ,’ विज्ञप्तिमा भनिएकाे छ राष्ट्रिय आर्थिक रुपान्तरण नेट–२०३० कार्यान्वयनका लागि गत साउनमा महासङ्घ र सरकारबीच समझदारी भएकाले यसको प्रभावकारिताबारे पनि महासङ्घले चासो राखेको छ । त्यस्तै, महासङ्घको पहलमा सरकारले तयार भएको स्टार्टअप कार्यविधिमाथि अन्तिम छलफल गरी पारित गर्नसमेत उद्योगमन्त्रीसमक्ष महासङ्घले आग्रह गरेको छ । महासङ्घले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा नयाँ दिल्लीमा नेपाल–भारत लगानी सम्मेलन आयोजना गर्ने र त्यसमा भारतस्थित महासङ्घको साझेदार संस्था सिआइआई सहआयोजक रहने कार्यक्रम रहेकाले यसमा मन्त्रालयका तर्फबाट आवश्यक समन्वय गरिदिनसमेत आग्रह गरेको छ । उद्योगमन्त्री भण्डारीले स्टार्टअप कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको र छिट्टै पारित हुने प्रतिबद्धता जनाएका छन् । त्यस्तै, भारतले अहिले गहुँ आयात रोक्दा उत्पन्न समस्याबारे भारतसँग छलफल भइसकेकाले तत्काल आयात खुल्ने जानकारी उद्योगमन्त्री भण्डारीले दिएको पनि महासङ्घले जनाएको छ ।

रेमिट टु नेपाल र प्रभु म्यानेजमेन्ट रेमिट्यान्सबीच भुक्तानी सम्झौता

काठमाडौं । रेमिट टु नेपाल र प्रभु म्यानेजमेन्ट रेमिट्यान्सबीच भुक्तानी सम्बन्धि सम्झौता भएको छ । यस सम्झौतासँगै रेमिट टु नेपाल मार्फत विश्वका विभिन्न देश पठाएको रेमिट्यान्स, रेमिट टु नेपालका भुक्तानी केन्द्रसँगै अब प्रभु म्यानेजमेन्टसँग आवद्ध ७ हजार सहकारी संस्थाहरुबाट समेत भुक्तानी प्राप्त गर्न गर्न सकिनेछ । यसका साथै, प्रभु म्यानेजमेन्ट मार्फत पठाएको रेमिट्यान्स रेमिट टु नेपालका भुक्तानी केन्द्रबाट पनि भुक्तानी प्राप्त गर्न सकिनेछ। रेमिट टु नेपालले कतार, दुबई, मलेसिया, इराक लगायत विश्वका विभिन्न मुलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ ।