विकासन्युज

लगानी सम्मेलनमा साढे ३५ प्रतिशत चिनियाँ सहभागीता, सरकारी प्रतिनिधी भने नआउने

काठमाडौं । सरकारले फागुन १९ र २० गते आयोजना गर्न लागेको नेपाल लगानी सम्मेलनमा साढे ३५ प्रतिशत चिनियाँ सहभागीता रहने भएको छ । सम्मेलनमा सहभागीता जनाउने प्रतिवद्धता गर्नेहरुमध्ये सबै भन्दा धेरै चिनियाँ लगानी कर्ता देखिएका हुन् । हालसम्म २३७ जना विदेशी लगानी कर्ताले सहभागीताका लागि नाम दर्ता गराएका छन् । तीमध्ये चिनियाँहरुको सख्या सबै भन्दा धेरै अर्थात ८९ जना रहेको छ । जुन संख्या कुल वैदेशिक सहभागीताको ३५ दशमलब ७७ प्रतिशत हुन आउँछ । चिनियाँ लगानी कर्ताको यति ठुलो सहभागीता रहने सम्मेलनमा उच्चस्तरिय चिनियाँ सरकारी टोली भने सहभागी नहुने भएको छ । जबकी भारतका तर्फबाट अर्थमन्त्री अरुण जेट्लीलाई प्रमुख वक्ताका रुपमा निम्त्याइएको छ । सम्मेलनमा भारतबाट जम्मा २१ जना लगानी कर्ताले मात्रै सहभागीता जनाउँदै छन् । केहि दिन अघि सम्पन्न दोश्रो पुर्वाधार सम्मेलनमा पनि भारतीय रेल मन्त्री प्रमुख वक्ताका रुपमा निम्त्याइएका थिए । यति धेरै चिनियाँ लगानी कर्ता आउने सम्मेलनमा उच्चस्तरिय सरकारी प्रतिनीधी को आउँदै छ भन्ने विकासन्युजको प्रश्नमा उद्योग मन्त्री नविन्द्र राज जोशाीले भने–चिनियाँ टोलीलाई निम्ता दिएका थियौं तर ढिलो निम्ता पाएको भन्दै उनीहरुले नआउने जानकारी गराए ।’ सम्मेलनमा चीन र भारत बाहेक श्रीलंकाका २०, जापानका १५, मलेसियाका १३, क्यानाडाका १२, हङकङका १०, बेलायत, दक्षिण कोरिया र भियतनामका ८/८ लगानी कर्ताले सहभागीता जनाउँदैछन् । त्यसबाहेक रसियाका ७, अमेरिकाका ६, सिंगापुर र टर्कीका ३/३ लगानी कर्ता आउँदैछन् । सम्मेलनमा माइक्रोसफ्टका प्रतिनिधीले १० मिनेटको प्रस्तुति राख्नेछन् । सम्मेलनमा स्वदेशी तथा विदेशी गरि ६ सय भन्दा बढि लगानी कर्ताले सहभागीता जनाउनेछन् ।

सोलुखोला आयोजनाको ४० प्रतिशत निर्माण सम्पन्न, २२ महिनामा निर्माण पुरा गर्ने

सोलुखुम्बु। सोलुखोला जलविद्युत् आयोजनाको ४० प्रतिशत निर्माण कार्य भएको छ । अप्पर सोलुखोला हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गरिरहेको २३ मेगावाट क्षमताको आयोजना निर्माण ४० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ । ऊर्जा मन्त्रालयले सन् २०१० मा सो आयोजना निर्माणका लागि अनुमति दिएको थियो । सन् २०१५ को मध्यबाट २२ महिनामा आयोजना निर्माण पुरा गर्ने लक्ष्यसहित निजी क्षेत्रको लगानीमा काम भइरहेको हो । संरचनागत विवरण/प्रगति आयोजनाको सम्पन्न ४० प्रतिशत निर्माणमध्ये बाँधस्थलको प्रगति बढी देखिएको छ । बाँधस्थलमा करिब ७० प्रतिशत निर्माण कार्य भइसकेको छ भने बाँध भन्दा तल एक सय २० मिटर तल डिसेन्डर (बालुवा थिग्र्याउने) पोखरी निमार्ण भइरहेको छ । यसको करिब ८० प्रतिशत निर्माण बाँकी छ । डिसेन्डरमा छानिएको पानी विद्युत गृहसम्म पुर्याउन ‘लो प्रेसर’ र ‘हाइ प्रेसर’ पेनस्टक पाइप जडान गरिने भएको छ । दुई दशमलव पाँच मिटर ब्यास र एक दशमलव नौ मिटर उचाइका पेनस्टक पाइप ठेकेदार ‘सिई कन्सट्रक्सन’ले आयोजनास्थलमै निर्माण गर्दै जडान गरिएको छ । कूल चार दशमलव तीन किलोमिटरको पाइपमध्ये तीनसय नौ मिटर लो प्रेसर र चारसय मिटर हाई प्रेसर संरचनामा पर्ने आयोजनाले जनाएको छ । यो बीचमा एक सय ७० मिटर सुरुङ पनि निर्माण हुँदैछ ।

सेयर बजार राताम्मे, नेप्से परिसूचक २४ अंकले ओरालो, २५ करोडको सेयर कारोबार

काठमाडौं । आइतबारको सेयर बजार पनि राताम्मे भएको छ । आइतबार नेप्से परिसूचक २४ अंकले ओरालो लागेर १३१३ अंकमा झरेकोे छ । परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । सो दिन बजारमा जम्मा २५ करोड ६९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बजारमा करोबार भएका सबै परिसूचकहरु ओरालो लागेका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक १६८ अंकले ओरालो लागेको छ । त्यस्तै, अन्य र होटल समूहको परिसूचक क्रमशः ४१ र २९ अंकले ओरालो लागेका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक ३१ वर्षमा प्रवेश, पाँच पटक अन्तर्राष्ट्रिय पुरस्कार पाउन सफल

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक आइतबारदेखि स्थापना कालको ३० वर्ष पुरा गरेर ३१ वर्षमा प्रवेश गरेको छ । सो अवधिसम्म बैंकले पाँचौँ पटक “बैंक अफ द इयर“को गरिमामय अन्तर्राष्ट्रिय पुरस्कार पाएको छ । बैंकले फाइनान्सियल टाइम्स लण्डनबाट उक्त पुरस्कार पाएको हो । बैंक नेपाल राष्ट्र बैंकद्धारा तोकिएको मितिभन्दा अगाडि नै आठ अर्वको चुक्ता पूँजी पुराउने निजी क्षेत्रको पहिलो वाणिज्य बैक बन्न सफल भएको छ । बैंकले आफ्नो तीन दशकको सेवा अवधिमा व्यवसायिक उत्कृष्टता र ग्राहक सन्तिुष्टिलाई उच्चस्तरमा कायम राख्न सफल भएको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले आफ्ना ४७ वटा शाखाहरू, दुईवटा एक्स्टेन्सन काउन्टर, ८४ वटा ए.टि.एम मेसिन र ४२ वटा शाखारहित संजालबाट ७ लाख ५० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ । गत आ.व.२०७२/७३ मा बैंकले ४ अर्ब १३ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो भने बैंकको खुद नाफा २ अर्व ५५ करोड रुपैयाँ कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षभन्दा क्रमश ३२.६ र ३० प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १ अर्व ५८ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । दोस्रो त्रैमासीक सम्ममा चुक्ता पूँजी ८ अर्ब ७१ करोड स्पैयाँ रहेको छ । बैंकको पूँजी पर्याप्तता अनुपात १४.२८ प्रतिशत छ भने बैंकले निस्क्रिय कर्जालाई ०.७० प्रतिशतमा सिमित पारेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले सन् २०१०-११ देखि निरन्तर रूपमा अन्तराष्ट्रिय मान्यता प्राप्त क्रेडिट रेटिङ एजेन्सी आइ.सि.आर.ए. नेपाल लिमिटेडबाट “क” वर्गको मान्यता प्राप्त गरिरहेको छ । नेपाल इन्भेष्टमेण्ट बैंक लि. बैंक अफ द इयर पाँचौँ पटक प्राप्त गर्ने नेपालको एकमात्र बैंक रहेको छ ।

लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोको तेस्रो शाखा पुल्चोकमा, धुर्मुस सुन्तली फाउण्डेसनलाई ५० हजार सहयोग

काठमाडौं । लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोले ललितपुरमा आफ्नो तेस्रो शाखाविस्तार गरेको छ । कम्पनीले ललितपुर पुल्चोकस्थित भाटभटेनीमा संचालनमा ल्याएको शाखाको आइतबार चर्चित हास्य कलाकार सिताराम कट्टेल र कुन्जना घिमिरे अर्थात धुमुर्स सुन्तीलले उद्घाटन गरेका हुन । स्टुडियो उद्घाटन गर्न पुगेका उनीहरुलाई धुर्मुस सुन्तली फाउण्डेसनका लागि भन्दै स्टुडियोले ५० हजार रुपैंया नगद सहयोग समेत प्रदान गरेको छ । १७ बर्षदेखि राजधानिमा संचालनमा रहेको लक्ष्मी हेयर एण्ड ब्यूटी स्टुडियोले काठमाण्डौको महाराजगञ्ज र कोटेश्वर भाटभटेनी पछि ललितपुरको भाटभटेनीमा शाखा विस्तार गरेको हो । यहाँबाट महिलातथा पुरुषले कपालतथासौन्दर्य सम्बन्धि सम्पूर्ण सेवाहरु लिन सक्नेछन । बुटिक शैलीमा संचालनमा आएको ललितपुर शाखा पारीवारिक हेयर एण्ड ब्यूटी स्टुडियोे भएको स्टुडियोका अध्यक्ष लक्ष्मी ठाकुरले बताए । भाटभटेनी स्टोर पुलचोकको पछाडी तर्फको खुल्ला भागमा आकर्षक शैलीको डिजाइनमा तयार पारिएको स्टुडियोले एक पटकमा १५ जनालाई उत्कृष्ट सेवा प्रदान गर्न सक्ने छ । ललितपुर क्षेत्रका ग्राहकहरुको अत्यधिक मागका कारण यस क्षेत्रमा शाखा संचालनमा ल्याइएको स्टुडियोका अध्यक्ष ठाकुरले बताए । ‘बच्चादेखि वृद्धासम्म हाम्रा ग्राहक हुन, मध्यम वर्गदेखि उच्च घरानिया सम्मका लागि लक्षितगर्दै हामीले स्टुडियो सञ्चालनमा ल्याएका हौं ।’ उनले भने । सन् १९९६ मा केही नयाँ काम गर्ने सोचका साथभारतको मुम्बइमाचार वर्ष बसेर बसेर व्यवशायिक दक्षता हासिल गरी नेपाल आएका लक्ष्मी ठाकुर विगत १७बर्षदेखि यो व्यवसायमाआबद्ध छन । उनले नेपालको चलचित्र, सांगितिक क्षेत्रका ख्याती प्राप्त कलाकार तथा प्रख्यात मिडिया कर्मीहरुको कपाल नियमित रुपमा काट्दै आएका छन । उनी भन्छन् ‘अन्य मुलुकको तुलनामा सौनदर्य तथाकपाल कटाई व्यवशायिक हुन नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै आगामी दिनमा अझै आक्रामक व्यवशायिक योजना लिएर आउँछौं । जसले सर्वसाधारणलाई यस किसिमको सेवामा अभ्यस्त बनाउन सकोस् ।’ महोत्तरी जिल्लामा तेस्रो नमुना एकीकृत मुसहर बस्ती निर्माणमा सक्रिय रहेको धुर्मुस सुन्तली फाण्डेसनलाई नगद सहयोग गर्दै स्टुडियोले सामाजिक उत्तरदायित्व वहन गर्न अरुलाई पनि अपील गरेका छन् । फाउण्डेसनका सिताराम कट्टेल र कुञ्जना घिमिरेले पनि स्टुडियोले गरेको सहयोगको स्वागतगर्दै एकीकृत बस्ती निर्माणमा सहकार्य गर्न सबैलाई आग्रह गरे । व्यवशायिक प्रतिष्ठानको चेनका रुपमा स्थापित हुँदै आएको स्टुडियोले तीन शाखामा ४५ जनालाई रोजगारी समेत दिएको छ ।

पशु बिमाबाट करिब ९ करोड राजस्व सङ्कलन

दोलखा । पशुको बिमाबाट दोलखा जिल्लामा हालसम्म आठ करोड ९२ लाख ६४ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । पशु सेवा कार्यालयका अनुसार चालु आर्थिक वर्षको सात महिनामा मात्र करिब चार हजार पशुको बिमा गरिएको छ । पशु पालनमा किसानको आकर्षण बढ्दै गएको र माघ महिनामा मात्रै तीन सय ८१ पशुको बिमा गरिएको छ । जसको बिमित रकम एक करोड १५ लाख ३९ हजार रुपैयाँ पुगेको छ । पशु बिमा ऐन, २०६८ आएपछि दोलखामा २०७१ सालबाट पशु बिमा सेवा शुरु भएको थियो । आफ्नो हेलचेक्र्याइँ बाहेकका कुनै कारण आफूले पालेका पशुको मृत्यु भए ९० प्रतिशत क्षतिपूर्ति बिमा कम्पनीले प्रदान गर्ने भएपछि पशु बिमातर्फ किसानको आकर्षण बढेको कार्यालयका प्राविधिक कमल पराजुलीले जानकारी दिए । जिल्लामा सरकारी इजाजत प्राप्त प्रिमियर इन्सुरेन्स कम्पनीले पशु बिमा गरेका हुन् । रासस

बुढीगण्डकी निर्माणको लागि ७ अर्ब कर उठ्यो, आयोजना सम्पन्न लागत २ खर्ब ६४ अर्ब रुपैयाँ लाग्ने

सरकारले बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणको लागि चालू आर्थिक वर्षको सात महिनामा करिब ७ अर्ब कर उठाएको छ । केपी ओली सरकारले स्वच्छ ऊर्जा विकासका लागि बूढीगण्डकी जलविद्युत् आयोजनाको नाममा पेट्रोलियम पदार्थमा भन्सार बिन्दुमै प्रतिलिटर पाँच रुपैयाँका दरले पूर्वाधार कर लिने घोषणा गरेको थियो । उक्त करवापत मसिक एक अर्बको हाराहारीमा राजस्व उठ्ने गरेको हो । चालु आवको बजेटमार्फत सरकारले पेट्रोल, डिजेल, हवाई इन्धन (आन्तरिक) र हवाई इन्धन (अन्तर्रा्ष्ट्रिय) आयात गर्दा पाँच÷पाँच रुपैयाँका दरले भन्सार बिन्दुमै बूढीगण्डकीको नाममा कर असुल्दै आएको छ । बुढी गण्डकी निर्माणको स्रोत खोजिरहेको सरकारले इन्धनबाटै उठाइएको करले आयोजना सम्पन्न गर्न अहिलेकै तथ्याङ्क अनुसार करिब २६ वर्ष लाग्ने देखिएको छ । इन्धन आयात गरेबापत नेपाल आयल निगमले उक्त आयोजनाको नाममा मासिक करिब एक अर्ब रुपैयाँको हाराहारीमा सरकारलाई कर छुट्ट्याउँदै आएको छ । यस वर्षको सात महिनामा मात्रै उक्त आयोजनाको नाममा अर्थ मन्त्रालयले सात अर्ब रुपैयाँ भन्सार बिन्दुबाट संकलन गरेको हो । सरकारले एक वर्षमा सात अर्ब जम्मा हुने प्रक्षेपण गरे पनि सात महिनामै सात अर्ब रुपैयाँ इन्धन आयात गरेबापत संकलन अर्थ स्रोतले बताएको छ । नेपालमा वार्षिक एक खर्ब रुपैयाँको हाराहारीमा इन्धन आयात हुने गरेको छ । बूढीगण्डकीको नाममा इन्धनबाट मासिक एक अर्ब हाराहारीमा रकम असुली भइरहेको निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले बताए । ‘इन्धनको मागअनुसार आयात हुँदै जाने हो भने बूढीगण्डकी पूर्वाधार निर्माण बापतको रकम पनि वृद्धि हुँदै जान्छ,’ खड्काले भने, ‘पूर्वाधारबापत रकमको सदुपयोग हुने हो भने यही रकमबाट पनि ठूलो आयोजना निर्माण गर्न सम्भव छ ।’ बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्न कुल लागत दुई खर्ब ६४ अर्ब रुपैयाँ लाग्ने भएको छ । हालसम्म विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) सम्पन्न भई मुआबजा वितरणको कार्य भइरहेको छ । जग्गा अधिग्रहणका लागि मुआब्जा निर्धारण कार्य सम्पन्न भएको बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि जग्गा अधिग्रहण गरी मुआब्जा वितरण गर्न करिब ६० अर्ब रुपैयाँ लाग्ने भएको छ । आयोजना निर्माण हुँदा डुबानमा पर्ने जग्गाको मुआब्जा जग्गा धनीलाई मुआब्जा वितरण कार्य शुरु गरेको छ । हालसम्म सरकारबाट मुआब्जाका लागि २ अर्ब रुपैयाँ निकासा भएपनि पौने पाँच करोड रुपैयाँ वितरण गरिएको मुआब्जा वितरण समितिले बताएको छ । लामो समयदेखि आयोजनाबारे चर्चा भए पनि मुआब्जा वितरण हुन नसक्दा एक हजार २ सय मेगावाट क्षमताकोे जलाशययुक्त यस आयोजनाले गति लिन थालेको छ । उक्त आयोजनामा दुुई सय ६३ मिटर उचाइ र सात सय मिटर चौडाइ भएको बाँध निर्माण गर्ने योजना तयार भएको छ । गोरखाको घ्याल्चोक र धादिङको सलाङ गाविसबीचमा पर्ने चुल्ठेभीरमा बाँध बनाएने कार्ययोजना तयार भएको छ । आयोजनाका लागि करिब आठ हजार वासिन्दाको जग्गा अधिग्रहण गर्नुपर्छ । बूढीगण्डकी जलविद्युत् निर्माण हुँदा गोरखाका १४ र धादिङका १३ गाविसको करीब ६० हजार रोपनी क्षेत्रफल जग्गा डुबान पर्छन् । त्यसमध्ये पहिलो चरणमा गोरखाका घ्याल्चोक, दर्वुङ, भुम्लिचोक गाविसका प्रभावित बासिन्दालाई रकम वितरण शुरू भएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी तथा समितिका संयोजक जीतेन्द्र बस्नेतका अनुसार घ्याल्चोकका १२ र दर्वुङका २० जना प्रभावितको बैक खातामा बिहीबार मुआब्जा रकम पठाइएको छ । प्रभावित क्षेत्रका तीन गाविसका ७ सय २० जनाले मुआब्जा पाउँ भन्दै बूढीगण्डकी विकास समितिको कार्यालय र मालपोत कार्यालयमा निवेदन दिएका थिए । घ्याल्चोक, भुम्लिचोक र दर्वुङका करीब एक हजारको जग्गा आयोजनाको डुबान क्षेत्रमा पर्ने भए पनि सतप्रतिशत प्रभावितले मुआब्जाका लागि निवेदन दिएका छैनन् । मुआब्जा समितिले चार करोड ७२ लाख ७ सय २१ रुपैयाँ मुआब्जा रकम वितरण गरिएको बताएको छ । मुआब्जा पाएका प्रभावितले थोरैमा एक लाख रुपैयाँ देखि ८० लाख रुपैयाँसम्म रकम पाएका छन् । आयोजनाको डुबान क्षेत्रका बासिन्दाको राष्ट्रिय वाणिज्य बैकमा खाता खोल्दै उक्त खातामा मुआब्जा रकम पठाइएको हो । पहिलो चरणमा धादिङका तीन गाविसमा मुआब्जा वितरणका लागि दुई अर्ब ५० करोड रकम निकासा भए पनि उक्त रकम वितरण गर्न कर्मचारीको अभाव भएको छ ।

कुमारी बैंकले ५० प्रतिशत हकप्रद निष्कासन गर्दै, फागुन २० गते बुक क्लोज

काठमाडौं । कुमारी बैंकले आफ्ना सेयरधनीहरुलाई ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो प्रयोजनको लागि फागुन २० गते कम्पनीको बुक क्लाज गर्ने निर्णय गरेको छ । उक्त निणर्य आइतबार बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले गरेको हो । साथै, बैठकले आगामी चैत ९ गते कम्पनीको वार्षिक साधारणसभा हुने बताएको छ ।