मेटा लाईफको नाफा ५२ प्रतिशतले घट्यो, २२ करोड नाफा
काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स मेटा लाइफको नाफा ५२ दशमलव ४३ प्रतिशतले घटेको छ । यो जीवन बीमा कम्पनीको नाफा गत आवमा २२ करोड २४ लाख रुपैयाँ मात्रै छ । यसको नाफा अघिल्लो वर्ष ३३ करोड ९० लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा यो बीमा कम्पनीको नाफा ११ करोड ६६ लाख रुपैयाँले घटेको हो । यसको जीवन बीमा कोषमा १३ अर्ब २२ करोड रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ९ करोड रुपैयाँ छ । यो बीमा कम्पनीले कुल बीमा शुल्क आम्दानी ३ अर्ब ८ करोड रहेको छ । यसले ७ लाख ६७ हजार विमालेख जारी गरेको छ । यो बीमा कम्पनीले अन्तिम लेखा परीक्षण नभएको र सो पनि नाफा परिवर्तन हुन सक्ने बताएको छ ।
एनबी इन्सुरेन्सकाे नाफा १० करोड, ५ करोड ७३ लाखले रूपैयाँले बढायाे
काठमाडौ। निर्जीवन बीमा कम्पनी एन.बी इन्सुरेन्सले गत आवमा १० करोड रुपैयाँ नाफा कमाएको छ । यो बीमा कम्पनीले अघिल्लो वर्ष जम्मा ४ करोड नाफा गरेको थियो । यसले गरको नाफा अघिल्लो वर्षको तुलनामा १३१ प्रतिशतले बढी हो । गत वर्ष यो बीमा कम्पनले ५ करोड ७३ लाखले नाफा बढाउन सफल भएको छ । अघिल्लो वर्ष गरेको नाफा भन्दा पनि बढी नाफा यसले एकै वर्षमा बढाएको छ । यो बीमा कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ९ करोड ३५ लाख रुपैयाँ छ । यसले बीमा कोषमा १० करोड २३ लाख रुपैयाँ रहेको छ । यसले गत वर्ष बीमा शुल्कबाट मात्रै ३० करोड रुपैयाँ संकलन गरेको थियो । पुनर्विमा कमिशनबाट ६ करोढ ७७ लाख रुपैयाँ कमाएको थियो । यसको अभिकर्ता कमिशनमा १ करोड १५ लाख खर्च भएको छ । गत वर्षसम्मको कुल विमाशुल्क आर्जन भने ६९ करोड रुपैयाँ रहेको छ । यसको बिमालेखको संख्या ५६ हजार ११९ मात्रै छ । यस मध्ये नबीकरण भएका विमालेखको संख्या भने १७ सय ६४ वटा मात्रै छ । यसको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ३९ पैसा छ । यसको प्रति सेयर नेटवर्थ १३२ रुपैयाँ ५१ पैसा रहेको छ ।
टुरिजम विकास बैंकले ६७ प्रतिशतले नाफा बढायो, बैंकले कमायो ३१ करोड
काठमाडौं । टुरिजम विकास बैंकले गत वर्ष ६७ दशमलव २१ प्रतिशतले नाफा बढाएको छ । यो बैंकले अघिल्लो वर्षको तुलनामा गत वर्ष १२ करोड ८२ लाख रुपैयाँ नाफा बढाएको छ । यसले गत वर्ष ३१ करोड ९१ लाख रुपैयाँ खुँद मुनाफा गरेको छ । यस्तो नाफा अघिल्लो वर्ष १९ करोड रुपैयाँ रहेको थियो । यो बैैंकले गत असारमसान्तसम्ममा १२ अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरेर १० अर्ब ८४ करोड रुपैयाँ कर्जा सापटी दिएको छ । यो बैैंकले चुक्ता पुँजी २ अर्ब रुपैयाँ छ । यसको सीसीडी रेसियो ७४ दशमलव ५८ प्रतिशत छ । यो बैकले गरेको लगानी ५५ करोड १६ लाख रुपैयाँ छ । बैंकको संचिति कोषमा ५३ करोड ३६ लाख रुपैयाँ रहेको छ । यसको खराब कर्जा शून्य दशमलव ७८ प्रतिशत छ । गत आवमा व्याज आम्दानीबाट १ अर्ब १९ करोड कमाएको छ भने खर्च ६१ करोड रुपैयाँ मात्रै छ । यो बैंकको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ४३ पैसा छ भने बैंकको प्रति सेयर नेटवर्थ १३८ रुपैयाँ ४८ पैसा रहेको छ ।
टेलिकमले बढायो २९ प्रतिशतले नाफा, ३ अर्ब ३८ करोड नाफा बढाएर १५ अर्ब पुर्यायो
काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षमा १५ अर्ब रुपैयाँ नाफा कमाएको छ । यस्तो नाफा अघिल्लो वर्ष ११ अर्ब ६१ करोड रुपैयाँ थियो । टेलिकमले गत वर्ष २९ दशमलव २४ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यसले ३ अर्ब ३९ करोड ८२ लाख रुपैयाँ नाफा बढाएर १५ अर्ब १ करोड रुपैयाँ पुराएको छ । टेलिकमले सेवा क्षेत्रबाट मात्रै ४० अर्ब रुपैयाँ आम्दानी गरेको छ । अन्य सेवबाट ४ अर्ब कमाएको पनि उल्लेख छ । यो कम्पनीले प्रति सेयर आम्दानी एक सय रुपैयाँ ११ पैसा रहेको छ । यसको नेटवर्थ प्रति सेयर ६२० रुपैयाँ ४६ पैसा छ । भएकोले यसको प्रतिसेयर आम्दानी एक सय रुपैयाँ देखिएको हो । यसको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ छ । टेलिकमको वार्षिक कुल खर्च मात्रै २४ अर्ब रुपैयाँ रहेको छ ।
५५४ घन्टापछि अनशन स्थगित, देश रोएका बेला अनशन लम्व्याउनु उचिन लागेनः डा.केसी
काठमाडौं । चिकित्सा शिक्षा सुधारको माग राखेर ११औँ पटक अनशन बसेका प्रा.डा. गोविन्द केसीले २३औँ दिन अर्थात् पाँच सय ५४ घन्टापछि अनशन स्थगित गरेका छन् । बाढीपहिरोले देशमा आइपरेको विपत् र त्यसले उत्पन्न हुने प्रकोप न्यूनीकरण गर्न समग्र राज्यको ध्यान केन्द्रित हुनुपर्ने भन्दै केसीले अनशन स्थगित गरेका हुन् । मंगलबार साँझ शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरी केसीले आफूले अनशन तोडेको नभई केही समयका लागि स्थगित मात्रै गरेको बताए । उनले भने, ‘कसैले डरायो र अनशन तोड्यो भन्लान्, तर होइन । अविरल वर्षाबाट ठूलो जनधनको क्षति भएको समयमा मैले अनशनलाई निरन्तरता दिन उचित ठानिनँ । त्यसैले केही समयका लागि स्थगित गरेको हुँ । नागरिकले सहज स्वास्थ्य शिक्षा सेवा नपाएसम्म मेरो अनशन जारी रहन्छ ।’ बाढीबाट जनजीवन सामान्य भएपछि अनशनलाई निरन्तरता दिने डा। केसीले बताए । माथेमा कार्यदलको सुझाव अनुसार विधेयक पास नगरी तोडमोड गर्न खोजिए पुनः अनसन बस्ने चेतावनी पनि उनले दिए । २३ दिन अनसन बसेका केसीको स्वास्थ्य बिग्रीएको भन्दै मंगलबार साँझ आइसियुमा भर्ना गरिएको छ । जनता र विद्यार्थीमुखी ऐन ल्याएरै छाड्ने अनसनरत डा। केसीले माफियाहरुलाई परास्त पार्दै जनता र विद्यार्थीमुखि ऐन ल्याएर छाड्ने स्पष्ट पारे । ‘जनताले तिरेको करबाट सभासदहरुले तलब भत्ता खाएका छन्’ केसीले भने, ‘तर, जनताको स्वाथ्य र शिक्षाको विषयमा मौन छन् । यस्तो घृणित कार्यमा लिप्त रहेका सभासदहरुलाई ठेगान लगाउन पनि हाम्रो आन्दोलन आवश्यक छ ।’ निजी मेडिकल कलेज किन्न समिति डा। केसीको सर्तअनुसार मनमोहन मेडिकल कलेजसहित निजी मेडिकल कलेज खरिद गर्न सरकारले मुख्य सचिवको नेतृत्वमा पाँच सदस्यीय समिति बनाएको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले निजी मेडिकल कलेज खरिदको लागि आवश्यक मापदण्ड बनाउन समिति गठन गरेको हो । चिकित्सा शिक्षा सुधारको माग राख्दै समितिमा स्वास्थ्य सचिव, शिक्षा सचिव, अर्थसचिव र सार्वजनिक खरिद कार्यालयका सचिवहरुको समिति बनाईएको छ । नयाँ पत्रिका दैनिकबाट ।
ठगी धन्दाको अर्को शृंखला: भिजिट भिसाको नाममा प्रलोभनमा पारी रकम असुल
काठमाडौं । बेरोजगारलाई विभिन्न प्रलोभन देखाउँदै वैदेशिक रोजगारीको नाममा ठगी गर्ने गिरोहले पछिल्लो समयमा भिजिट भिसाको सहारा लिएको तथ्य खुलेको छ । वैदेशिक रोजगारीमा जान ईच्छुक ब्यक्तिबाट कुस्त कमाउन पल्केका दलाल र गिरोहले भिजिट भिसाबाट राम्रो र छिटो रकम असुल्न गरिरहेको तत्य भेटिएको हो । पछिल्लो तीनदेखि पाँच महिनाको अविधमा भिजिट भिसा प्रयोग गरी रोजगारीका लागि संयुक्त अरब ईमिरेट्रस युएई पुगेका १९ जना युवा त्यहाँबाट पर्केपछि ठगी धन्दाको नयाँ शृखला बाहिर आएको हो । भिजिट भिसामा जाँदा विमानस्थलस्थित अध्यागमनका कर्मचारीले रोकेको खण्डमा अध्यागमनकै आठ न. गेटमा कर्मचारीलाई सम्पर्क राख्न दलालको सल्लाह । नागरिक दैनिकबाट ।
बाढी विस्थापितको बिजोग: न खाद्यान्न, न अत्यावश्यक औषधि
काठमाडौं । बाढीबाट बिस्थापित बस्तीका बालबालिका तथा बृद्धबृद्धा बिरामी पर्न थालेका छन् । कतै औषधीको खाँचो छ त कतै खाद्यन्नका लागि कोलहाल । एकातिर स्थानीय प्रशासनले पाँच दिन बित्न लाग्दा पनि राहत र बचाउको प्रभावकारी व्यवस्थापन गर्न सकेको छैन भने अर्कोतिर राहतको नाममा कमसल सामग्री वितरण गरिएका गुनासो पनि उत्तिकै सुनिएको छ । पछिल्लो तीन दिनदेखि छोरीलाई ज्वरो आएको छ तर अस्पताल जान सक्ने अवस्थामा छैन कोशी पश्चिम तटवन्धमा पाल टाँगेर परिवारसहित बस्दै आएकी सप्तरी बरनझुलाकी अनिलादेवी मुखियाले भनिन । घरमा अझैपनि पानी छ । एकातिर घरको चिन्ता अर्कातिर छोराछोरीको, औषधि पाएको भएपनि छोरीलाई दि दिन्थे उनले भनिन् । बरनझुलाबा करीब ४ सय बाढीपीडित यो स्थानमा तीन दिनदेखि बस्दै आएका छन् । नागरिक दैनिकबाट ।
भारतबाट आउने बिजुलीमा दैनिक एक करोड २० लाख घाटा, ल्याएपनि नल्याएपनि पैसा तिर्नेपर्ने
काठमाडौं । दुई तीन दिनदेखि पुर्व तथा मध्य नेपालमा भईरहेको बर्षाले विद्युत प्रसारण लाईन, सबस्टेसन तथा वितरण प्रणाली लगायत संरचनामा क्षति पुग्दा नेपाल विद्युत प्राधिकरणलाई दैनिक एक करोड २० लाख घाटा भएको छ । ढल्केबर सबस्टेसनमा पानी जम्दा ढल्केबर मुजाफ्परपुरबाट आयात हुने एकसय मेगावट बिजुली प्रयोगमा ल्याउन नसकिएको प्राधिकरणको भनाई छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर सबस्टेसन जलमग्न भएकाले प्रणाली सुचारु गर्न नसकिएको बताए । बिजुली प्रयोगमा ल्याएपनि र नल्याएपनि भारतलाई पैसा भने प्राधिकरणले तिरिरहनुपर्ने हुन्छ । टेक अर पे सर्त रहेकोले त्यहाँबाट विद्युत ल्यानैपर्ने बाध्यता रहेको छ । एक दिन ल्याउन नसके पनि १ करोड २० लाख रुपैयाँ घाटा हुने उल्लेख छ । नागरिक दैनिकबाट ।