विकासन्युज

नेशनल लाइफ इन्स्योरेन्सले कमायो २३ करोड

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले गत आवमा २३ करोड ५५ लाख रुपैयाँ खुँद नाफा गरेको छ । यो बीमा कम्पनीले गरेको नाफा अघिल्लो वर्ष १६ करोड ९५ लाख रुपैयाँ थियो । यो बीमा कम्पनीको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ छ । यसको जगेडा कोषमा ६१ करोड ३१ लाख रुपैयाँ छ भने जीबन बीमा कोषमा १७ अर्ब ३७ करोड रुपैयाँ रहेको छ । यो बीमा कम्पनीले गत आवसम्ममा ४ अर्ब ९७ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसको बीमालेख संख्या ८ लाख ७५ हजार ९१ रहेको छ । यसको बोनस दर ६१ देखि ८० रुपैयाँसम्म छ । यसको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७८ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५३ रुपैयाँ ४५ पैसा रहेको छ ।

प्रुडेन्सियल इन्स्योरेन्सको नाफा १७ करोड

काठमाडौं। प्रुडेन्सियल इन्स्योरेन्सले गत आवमा १७ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो बीमा कम्पनीको यस्तो नाफा अघिल्लो वर्ष १५ करोड ३२ लाख रुपैयाँ मात्रै थियो । यो बीमा कम्पनीको चुक्ता पुँजी ४२ करोड ६७ लाख छ । यसले जगेडा कोषमा ३४ करोड ३२ लाख रुपैयाँ राखेको छ भने बीमा कोषमा ४० करोड रुपैयाँ राखेको छ । यो बीमा कम्पनीको गत आवसम्मको कुल बीमा शुल्क आर्जन १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । यसले जारी गरेको विमालेखको संख्या १ लाख १३ हजार ९५८ रहेको छ । यसको नबीकरण भएको विमालेखको संख्या १ लाख १३ हजार छ । यो बीमा कम्पनीको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ६ पैसा रहेको छ । यसको प्रतिसेयर नेटवर्थ ४७८ रुपैयाँ ६७ पैसा रहेको पनि उल्लेख छ ।

हिमालयन जनरल इन्स्योरेन्सले कमायो १३ करोड १९ लाख

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले गत आवमा १३ करोड १९ लाख रुपैयाँ कमाएको छ । यो नाफा अघिल्लो वर्ष १३ करोड ८ लाख रुपैयाँ थियो । यो बीमा कम्पनीको चुक्ता पुँजी ३८ करोड ५२ लाख रुपैयाँ छ । यसको जगेडा कोषमा १२ करोड रुपैयाँ छ । यसको बीमा कोषमा ३३ करोड रुपैयाँ रहेको छ । यो बीमा कम्पनीले गत आवसम्ममा बीमाशुल्कबाट आर्जन गरेको रकम १ अर्ब ३१ करोड रुपैयाँ छ । यसले यो अवधिसम्ममा ४४ हजार १३१ बीमालेख जारी गरेको थियो । यसको नबीकरण भएको बीमालेखको संख्या १६ हजार ४४ मात्रै छ । यसको प्रतिसेयर आम्दानी ३४ रुपैयाँ २७ पैसा छ भने यसको प्रतिसेयर नेटवर्थ २१७ रुपैयाँ १६ पैसा रहेको छ ।

नविल बैंकले १९० जनालाई जागिर दिने, नयाँ बैंकलाई आफ्ना कर्मचारी जोगाउन गाह्रो

काठमाडौं ।  नविल बैंकले १९० जनालाई रोजगारी दिन भर्ना खुला गरेको छ । बैंकले बुधबार ट्रेनी एसिस्टेनट र म्यानेजमेन्ट ट्रेनी तहमा नयाँ भर्ना खुलाएको हो । बैंकले ट्रेनी एसिस्टेन्टमा १८० र म्यानेन्जमेन्ट ट्रेनीमा १० जना मागेको छ ।   म्यानेजमेन्ट ट्रेनीमा छनौट हुनेले १ वर्षपछि अधिकृत हुने बैंकले जनाएको छ । यसका लागि व्यवस्थापन, तथ्याँकशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तरका उत्तिर्णका साथै चाटर्ड एकाउन्टेन्ट, मान्यता प्राप्त एकाउन्टेन्टले पनि आवेदन दिन पाउने भएका छन् । २८ वर्ष भन्दा कम उमेर भएकाले आउदो अगष्ट ३० भित्र निवेदन दिन बैंकले भनेको छ । यस्तै ट्रेनी सहायकमा छनौट हुनेले २ वर्ष तालिम लिएपछि सहायकको रुपमा बैंकले नियुक्त गर्ने बैंकले जनाएको छ । यसका लागि स्नातक तह न्युनतम दोस्रो श्रेणीमा उत्र्तिण गरेको हुनुपर्ने छ । बढीमा २५ वर्ष सम्मकाले निवेदन दिन सक्ने छन् । अगष्ट ३० सम्म निवेदन दिनुपर्ने छ । नविल बैंकले ठूलो संख्यामा कर्मचारी माग गरेपछि नयाँ पुस्ताका बैंकलाई आफ्ना नयाँ कर्मचारी जोगाउन गाह्रो हुने भएको छ । नविल बैंकको ब्राण्ड इमेज राम्रो, सेवा सुविधा पनि बढी हुने र करिअर वृद्धि विकासको लागि पनि सहयोग पुग्ने भएकोले नयाँ पुस्ताका बैंकका कर्मचारीहरु भइरहेको जागिर छोडेर नविल बैंकमा जाने प्रवृति रहेको अनुभवी बैंकर्सहरु बताउँछन् । गत आर्थिक वर्ष ०७३/०७४ मा बैंकले ३ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएको छ । उक्त नाफा आर्थिक वर्ष ०७२/०७३ वर्षको तुलनामा २८.४२ प्रतिशतले बढि हो । अघिल्लो वर्ष यसले २ अर्ब ८१ करोड ९३ लाख रुपैयाँ खुँद मुनाफा गरेको थियो । यो नाफा गत वर्षको तुलनामा ८० करोड १४ लाख रुपैयाँले बढेको हो ।  

एभरेष्ट इन्स्योरेन्सको नाफा ४ करोड, ६२ प्रतिशतले नाफा बढ्यो

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सेले ४ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको छ । यो बीमा कम्पनीले गत आवमा कमाएको यस्तो नाफा अघिल्लो आवको तुलनामा भने १ करोड ७४ लाख रुपैयाँले बढी हो । यो कम्पनीले गत आवमा ६२ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यो बीमा कम्पनीको चुक्ता पुँजी १२ करोड १५ लाख रुपैयाँ छ । यसको जगेका कोषमा ११ करोड ४८ लाख रुपैयाँ छ भने बीमा कोषमा १५ करोड २३ लाख रुपैयाँ छ । यसले गत आवसम्मको बीमा शुल्क २६ करोड ३३ लाख रुपैयाँ संकलन गरेको छ । यसले १८ हजार ५५८ वटा विमालेख जारी गरेको छ । नबीरकण भएका विमालेखको संख्या २३६ मात्रै छ । यसको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ ३८१ रुपैयाँ ५३ पैसा रहेको छ ।

लाइफ इन्स्योरेन्सले कमायो ११ करोड ६७ लाख

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले गत वर्ष ११ करोड ६७ लाख रुपैयाँ खुँद मुनाफा गरेको छ । यो बीमा कम्पनीले अघिल्लो वर्ष ३२ करोड १४ लाख रुपैयाँ नाफा गरेको थियो । यो बीमा कम्पनीले कुल बीमाशुल्कमार्फत ८ अर्ब ७० करोड रुपैयाँ संकलन गरेको छ । यसको विमालेख संख्या ६ लाख ६८ हजार १३८ वटा रहेको छ । यसको घोषित मुनाफा दर (बोनस) ६१ देखि ७५ रुपैयाँसम्म छ । यसको चुक्ता पुँजी १ अर्ब ३३ करोड रुपैयाँ छ । यसले जीवन बीमा कोषमा ३३ अर्ब ८९ करोड रुपैयाँ राखेको छ भने जगेडा कोषमा २ अर्ब ६० करोड रुपैयाँ राखेको छ । यो बीमा कम्पनीको प्रति सेयर आम्दानी ८ रुपैयाँ ७५ पैसा छ । प्रति सेयर नेटवर्थ १२६ रुपैयाँ ५ पैसा रहेको पनि उल्लेख छ ।

मेटा लाईफको नाफा ५२ प्रतिशतले घट्यो, २२ करोड नाफा

काठमाडौं । अमेरिकन लाइफ इन्स्योरेन्स मेटा लाइफको नाफा ५२ दशमलव ४३ प्रतिशतले घटेको छ । यो जीवन बीमा कम्पनीको नाफा गत आवमा २२ करोड २४ लाख रुपैयाँ मात्रै छ । यसको नाफा अघिल्लो वर्ष ३३ करोड ९० लाख रुपैयाँ थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा यो बीमा कम्पनीको नाफा ११ करोड ६६ लाख रुपैयाँले घटेको हो । यसको जीवन बीमा कोषमा १३ अर्ब २२ करोड रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब ९ करोड रुपैयाँ छ । यो बीमा कम्पनीले कुल बीमा शुल्क आम्दानी ३ अर्ब ८ करोड रहेको छ । यसले ७ लाख ६७ हजार विमालेख जारी गरेको छ । यो बीमा कम्पनीले अन्तिम लेखा परीक्षण नभएको र सो पनि नाफा परिवर्तन हुन सक्ने बताएको छ ।

एनबी इन्सुरेन्सकाे नाफा १० करोड, ५ करोड ७३ लाखले रूपैयाँले बढायाे

काठमाडौ। निर्जीवन बीमा कम्पनी एन.बी इन्सुरेन्सले गत आवमा १० करोड रुपैयाँ नाफा कमाएको छ । यो बीमा कम्पनीले अघिल्लो वर्ष जम्मा ४ करोड नाफा गरेको थियो । यसले गरको नाफा अघिल्लो वर्षको तुलनामा १३१ प्रतिशतले बढी हो । गत वर्ष यो बीमा कम्पनले ५ करोड ७३ लाखले नाफा बढाउन सफल भएको छ । अघिल्लो वर्ष गरेको नाफा भन्दा पनि बढी नाफा यसले एकै वर्षमा बढाएको छ । यो बीमा कम्पनीको चुक्ता पुँजी २७ करोड रुपैयाँ रहेको छ । यसको जगेडा कोषमा ९ करोड ३५ लाख रुपैयाँ छ । यसले बीमा कोषमा १० करोड २३ लाख रुपैयाँ रहेको छ । यसले गत वर्ष बीमा शुल्कबाट मात्रै ३० करोड रुपैयाँ संकलन गरेको थियो । पुनर्विमा कमिशनबाट ६ करोढ ७७ लाख रुपैयाँ कमाएको थियो । यसको अभिकर्ता कमिशनमा १ करोड १५ लाख खर्च भएको छ । गत वर्षसम्मको कुल विमाशुल्क आर्जन भने ६९ करोड रुपैयाँ रहेको छ । यसको बिमालेखको संख्या ५६ हजार ११९ मात्रै छ । यस मध्ये नबीकरण भएका विमालेखको संख्या भने १७ सय ६४ वटा मात्रै छ । यसको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ३९ पैसा छ । यसको प्रति सेयर नेटवर्थ १३२ रुपैयाँ ५१ पैसा रहेको छ ।