बाढीपीडितका लागि धुर्मुस सुन्तली फाउण्डेशनले एकीकृत नमुना बस्ती बनाउने
काठमाडौं । धुर्मुस सुन्तली फाउण्डेशनले तराईका बाढीपीडितका लागि एकीकृत नमुना बस्ती निर्माण गर्ने घोषणा गरेको छ । बाढीका कारण पिडितहरुको अवस्था पिडादायि रहेको, पालमुनी बस्नुपर्ने अवस्था रहेको र यसबाट अरु कुनै पनि मानविय क्षति नहोस भन्नका लागि फाउण्डेशनले एकीकृत बस्ती निर्माण गर्ने योजना बनाएको हो । आफुनै खटेर तराईका १२ जिल्लाका २३ स्थानमा झण्डैं ६५ लाख बरावरको राहत सामाग्री तथा बालबालिकाहरुका लागि शैक्षिक सामाग्री बितरण गरेका धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले पिडितहरुको अवस्थालाई देखेर आफुहरुले एकीकृत बस्तीको योजना अघि सारेको बताएका छन् । ‘उहाँहरु अझै पनि पालमुनी बसीरहनुपरेको अवस्था छ र उहाँहरुका लागि यतिबेला बासस्थानको आवश्यकता छ’ कट्टेलले भने ‘फेरी अर्को मानबिक क्षति नहोस भन्नका लागि पनि हामीलाई एकीकृत नमुना बस्तीको आवश्यकता महशुस भएको हो ।’ बाढीका कारण पिडित बनेका तराई बासीहरुको अति आवश्यक कुराहरु समेत नभएको बताउँदै फाउण्डेशनकी उपाध्यक्ष कुञ्जना घिमिरेले उनीहरुका लागि राहत मात्र भन्दा पनि एउटा बासस्थानको जरुरत भएको र फाउण्डेशनले बाढी पिडितहरुका लागि आएको सहयोग रकमले उक्त नमुना बस्ती निर्माण गर्ने जानकारी दिईन् । एकीकृत नमुना बस्ती निर्माण गर्ने योजना बनाएपनि कहाँ र कति लागतमा बनाउँने भन्ने अझै पनि टुङ्गो नलागेको र छलफलमै रहेको उनको भनाई छ । राहत बितरणमा ब्यस्त रहेका फाउण्डेशनका परियोजना ब्यबस्थापक अर्जुन न्यौपानेले बताए अनुसार बस्ती पिडितहरु बढी भएको स्थान र कुनै पनि बिपत्तिले छिट्टै प्रभाव नपार्ने र सुरक्षित स्थानमा निर्माण गरिने छ । तर अझै पनि आफुहरु स्थल छनौटमा रहेको र बस्तीमा बन्ने घरहरुको प्रकृती र त्यसको खाका तयार गरेपछि मात्र अन्य कुराहरु सार्बजनिक गरिने धुर्मुस सुन्तली फाउण्डेशनले जानकारी दिएको छ । बाढी पिडितहरुका लागि एकीकृत नमुना बस्ती निर्माण संगैं केही समयअघि मात्रै ५ अर्वको अनुमानित लागतमा निर्माण गरिने भनिएको नमुना नेपालको काम पनि निरन्तर अगाढी बढिरहने फाउण्डेशनले बताएको छ । फाउण्डेशनले निर्माण गर्ने भनिएको उक्त बस्ती पनि अन्य बस्ती जस्तै बाल मैत्री, अपाङ्ग मैत्री र भुकम्प प्रतिरोधी हुनेछ । फाउण्डेशनले यसअघि ३ वटा एकीकृत नमुना बस्तीबाट सफलता प्राप्त गरिसकेको छ ।
प्राधिकरणले घरायसी प्रयोजनका लागि जडान भएको सौर्य उर्जा खरिद गर्ने
काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले सौर्य प्रणालीबाट उत्पादन भएको ५०० वाट क्षमताभन्दा माथिको विद्युत् खरिद (नेट मिटरिङ) गर्ने भएको छ । राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र र कार्यायोजना, २०७२ लाई कार्यान्वयन गर्ने लक्ष्यका साथ प्राधिकरणले त्यस्तो नीति लिएको हो । प्राधिकरणले घरायसी तथा व्यावसायिक प्रयोजनका लागि जडान भएका सौर्य प्रणालीबाट विद्युत् खरिद गर्ने र त्यस्तो विद्युत् ‘नेट मिटरिङ’ गर्ने तयारी गरेको हो । उपभोक्तालाई आवश्यक परेको समयमा विद्युत् उपलब्ध गराउँदै आएको प्राधिकरणले दिउँसोको समयमा भने सौर्य प्रणालीबाट उत्पादित विद्युत् खरिद गर्ने निर्णय गरिसकेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। ऊर्जा संकटकालसम्बन्धी कार्ययोजनाको बुँदा नम्बर ५२ ख मा समेटिएको प्रावधानअनुसार नै राष्ट्रिय प्रसारण लाइन तथा वितरण प्रणाली पुगेका स्थानबाट विद्युत् खरिद गर्ने निर्णय गरेको छ । विद्युत् बेच्न इच्छुक ग्राहकले सम्बन्धित वितरण केन्द्रसमक्ष सौर्य प्रणालीको क्षमता खुलाई अन्य प्राविधिक विवरण एवं उक्त प्रणालीको सम्पूर्ण जानकारी खुलाइ निवेदन दिनुपर्नेछ । प्राधिकरणले आफूले उपलब्ध गराएको र ग्राहकबाट प्राप्त हुने विद्युत्को सम्पूर्ण हिसाब गर्नेछ । त्यसबाट ग्राहकलाई तिर्नुपर्ने भए प्राधिकरणले भुक्तानी गर्नेछ । त्यस्तो भुक्तानीको दर भने आपसी सहमतिमा तय हुनेछ । प्राधिकरणका अनुसार ग्राहकले जडान गर्ने सौर्य प्रणालीको न्यूनतम क्षमता ५०० वाट हुनुपर्नेछ । भोल्टेज स्तरअनुसार ‘नेट मिटरिङ’ का लागि २३० भोल्टमा पाँच किलोवाटसम्म, ४०० भोल्टमा पाँच किलोवाटदेखि ४० कलिोवाटसम्म र एक हजार १०० भोल्टमा ४० किलोवाटभन्दा माथिको क्षमता रहनुपर्नेछ । प्राधिकरणले सौर्य प्रणालीबाट प्राप्त हुने ऊर्जाको औसत वार्षिक खपतको ९० प्रतिशतभन्दा बढी नहुने गरी ग्राहकले सौर्य प्रणाली जडान गरेको हुनुपर्ने बताएको छ । उत्पादन हुने ऊर्जाको क्षमता र उपलब्ध हुने प्रणालीको विश्लेषणका आधारमा प्राधिरकणले फरक क्षमताको मिटर जडान गर्नेछ । प्राधिकरणले सौर्य ऊर्जा खरिदका लागि गत वैशाख १३ गते नै निर्णय गरेकामा पनि अब भने कार्यान्वयनमा ल्याउन लागेको हो । व्यावसायिकरुपमा सौर्य ऊर्जा उत्पादन गर्न लागेकाको विद्युत् खरिदसम्बन्धी छुट्टै कार्यविधिका आधारमा काम गरिरहेको प्राधिकरणले घरायसी प्रयोजनाका लागि जडान भएका प्रणालीबाट पनि विद्युत् खरिदको नयाँ व्यवस्था गरेको छ । प्राधिकरणको नयाँ व्यवस्थापछि विद्यालय, उद्योग प्रतिष्ठान, सार्वजनिक स्थान तथा अन्य कुनै प्रयोजनका लागि जडान भएका सौर्य प्रणालीबाट उत्पादित विद्युत् खेर जाला कि भन्ने चिन्तासमेत गर्नु नपर्ने भएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले अभियानका रुपमा शुरु गरेको शहरी सौर्य प्रणाली कार्यक्रमबाट लाभान्वित भएका ग्राहकसमेत प्राधिकरणको पछिल्लो निर्णयबाट थप लाभ हासिल गर्न सक्नेछन् । सौर्य प्रणालीबाट विद्युत् उत्पादन गर्न चाहनेलाई थप उत्साहित गराउने लक्ष्यका साथ प्राधिकरणले नयाँ प्रणाली विकास गरेको प्राधिकरण सञ्चालक समितिका सदस्य चेतराज जोशीले जानकारी दिनुभयो । प्राधिकरणले हाल काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले उत्पादन गरिरहेको ६८० किलोवाट क्षमताको सौर्य प्रणालीको ‘नेट मिटरिङ’ गरिरहेको छ । यस्तै नेपाल इञ्जिनियरिङ एसोसियसनको केन्द्रीय कार्यालयमा जडान भएको सौर्य प्रणालीको पनि ‘नेट मिटरिङ’ शुरु भएको सो संस्थाका अध्यक्ष हरेराम श्रेष्ठले जानकारी दिनुभयो । विद्युत् विकास विभागका अनुसार हालसम्म औद्योगिक एवं व्यावसायिक प्रयोजनका लागि अपि पावरले २० मेगावाट क्षमताको सौर्य प्रणाली जडानको प्रक्रिया शुरु गरेको छ । विभागले हालसम्म कूल ३२ वटा कम्पनीलाई सौर्य प्रणाली जडानसम्बन्धी अनुमति दिएको छ । ती आयोजनाको कूल क्षमता १९५ मेगावाट छ । रासस
कात्तिक १८ मिस टुरिजम–२०१७ आयोजना गरिने, सोमबारदेखि आवेदन खुल्ने
काठमाडौं । प्वाइन्ट मिडिया प्रालिले आगामी कात्तिक १८ गते ‘मिस टुरिजम – २०१७’ आयोजित गर्ने भएको छ । यसपटक “मिस टुरिजम–२०१७” मा सहभागी हुन चाहनेहरुका लागी भोलि भाद्र १९ गते सोमवार वाट असोज ६ गते शुक्रवार सम्म देशभर आवेदन खुल्ला गरिएको छ । “मिस टुरिजम–२०१७” का लागी १८ देखि २५ वर्ष उमेर समुहका अविवाहित नेपाली महिलाहरुले आवेदन दिन पाउनेछन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले “मिस टुरिजम–२०१७” को आयोजना गर्न लागिएको प्वाईन्ट मिडिया प्रा.लि का प्रबन्ध निर्देशक नविन काफ्लेले वताए । मिस टुरिजम–२०१७ लाई नगद पचास हजार रुपैयाँ, नेपालका स्थापित संस्था र उत्पादनको विज्ञापन खेल्ने अवसर तथा विभिन्न संस्थाका ब्राण्ड एम्बेसडर पनि नियुक्त गर्ने कम्पनीले जानकारी दिएको छ । त्यस्तै मिस टुरिजम फस्ट रनर अप–२०१७ लाई नगद ३० हजार रुपैयाँ र मिस टुरिजम सेकेण्ड रनर अप–२०१७ लाई नगद २० हजार रुपैयाँ प्रदान गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसर हरु पनि प्रदान गरिने आयोजकले जनाएको छ । ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र प्रसाद रिजालले मिस टुरिजम रुपमा मात्र नभएर विचारमा पनि योग्य रहेको आँफुहरुले अघिल्लो वर्ष नै देखेको वताउँदै रुप ज्ञान दुवैमा योग्य व्यक्ति मिस टुरिजम हुनुपर्ने वताए ।
उद्योग वाणिज्य महासंघको जिल्ला र नगर उपाध्यक्षको निर्वाचन रोकियो
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला र नगर उद्योग उपाध्यक्षको निर्वाचन स्थागित भएको छ । सर्वोच्च अदालतले तत्कालका लागि चुनाव नगर्न अन्तरिम आदेश जारी गरेपछि रोकिएको हो । न्यायधिश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले तत्कालका लागि निर्वाचन स्थगित आदेश दिएको छ । उपाध्यक्षबाट हटाइएका प्रमोद श्रेष्ठले निर्वाचन रोक्न दिएको निवेदनको अल्पकालिन सुनुवाइ गर्दे सर्वोच्चल रोेक्न आदेश दिएको हो । सक्रिय राजनीतिमा लागेको भन्दै महासंघले श्रेष्ठको पद खारेज गरेको थियो । पद खारेज भएपछि श्रेष्ठ सर्वोच्च पुगेका गएका थिए । वेनी नगरपालिकामा नेकपा एमालेबाट प्रत्यासी बनेका श्रेष्ठ झिनो मतले पराजित भएका थिए ।
दूध उत्पादन र बजारीकरणमा २ करोड ३४ लाख लगानी
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकामा व्यावसायिक दूध उत्पादन गरी बजारीकरण गरिने भएको छ । दूध उत्पादन र बजारीकरणका लागि उन्नति नेपालको साझेदारीमा स्थानीय सहकारी सस्थाले लगानी गर्ने भएका हुन् । उक्त कार्यक्रमका लागि २ करोड ३४ लाख ५३ हजार रुपैयाँ लगानी हुने भएको छ । जिल्लाको छथर क्षेत्रलाई लक्षित गरी कृषकले व्यावसायिकरूपले दूध उत्पादन गरी बजारीकरणलाई सहज तुल्याउन उन्नति नेपालले १ करोड १७ लाख ७६ हजार ५ सय रुपैयाँ लगानी गर्ने, स्थानीय सहकारी संस्थाले १ करोड १७ लाख ७६ हजार ५ सय रुपैयाँ गरी कुल २ करोड ३४ लाख ५३ हजार रुपैयाँ खर्च गरिने छथर दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक लोकेन्द्र बुढाथोकीले बताए। चिस्यान केन्द्र दूध ढुवानीका लागि सवारी साधान खरिद, प्रत्येक केन्द्रमा जेनेरेटर जडान गरिने भएको छ । केन्द्रमा दूध जाँच गर्ने यान्त्र, घाँस टुक्र्याउने मेसिन, तथा दूध संकलनका लागि भवनलगायतका पूर्वाधार निमार्णमा उक्त रकम लगानी गरिने संस्थाका व्यवस्थापक बुढाथोकीले जानकारी दिए । पूर्वाधार विकास तथा व्यवस्थापनसँगै गोठ सुधार कार्यालय स्थापना र कृषकमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिने भएको छ । उन्नति नेपालको साँझेदारीमा जिल्लाको छथर क्षेत्रमा रहेका शुक्रबारे दूध उत्पादक सहकारी संस्था लिमिटेड ओख्रे, छिपुवा बहुउद्देश्य सकारी संस्था लिमिटेड सुदाप, पञ्चामृत पशुपालन सकारी संस्था लिमिटेड सुदाप, मचिन्द्र पशुपालन हकारी संस्था लिमिटेड सुदाप, ताक्लुङ कृषि सहकारी संस्था लिमिटेड ओख्रे, जलकन्या पशुपालन तथा कृषक सहकारी संस्था लिमिटेड हमरजुङ, सिंहदेवी, पशुपालन सहकारी संस्था लिमिटेड फाक्चामारा, सिंहदेबी दूध उत्पादक सहकारी संस्था लिमिटेड सुदाप, मार्गदेवी दूध उत्पादन सहकारी संस्था आङदिम र मखमली महिला बहुउद्देश्य सहकारी संस्था लिमिटेडले लगानी गर्ने छथर दुग्ध चिस्यान केन्द्रले जनाएको छ । यसअघि यस क्षेत्रमा दुई वटा मात्र चिस्यान केन्द्र सञ्चालित थिए । चिस्यान केन्द्र नहुँदा दूध उत्पादक किसानको दूध फाट्ने समस्या हुँदा दैनिक हजारौँ रुपैयाँ क्षति भोग्नुपरेको फाँक्चामारमा कृषक मनबहादुर कार्कीले बताए । यहाँको दूध न्युनतम ३० रुपैयाँदेखि अधितम ५० रुपैयाँमा बिक्री हुँदै आएको छ । व्यावसायिक दुूध उत्पादन तथा बजारीकरणका लागि लगानी भएसँगै यहाँका कृषकले उत्पादन गर्दैआएको दूध बिक्रीमा सहज हुने भएको छ । दूध उत्पादनका लागि कृषकले उन्नत जातका गाईपालनलाई विस्तार गर्नुको साथै गोठ सुधार तथा पशु बीमालाई कृषक प्राथमिकताका लिँदै आएका छन् । रासस
सर्वोत्तम सिमेन्टले ल्यायो “५० मा झकास्” अफर, ५० दिनमा सुन, टिभी र नगद उपहार
काठमाडौं । सर्वोत्तम सिमेन्ट प्रा. लि “५० माझकास्” अफर बजारमा ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले हरेक ५० बोरा सर्वाेत्तम ओ.पि.सि र सर्वोत्तम पि.एस.सि सिमेन्टको खरिदमा हात खाली नजाने उपहारहरु प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार यो योजनामा ग्राहकले ५० दिनमा ५० तोला सुन, ५० थान कोन्का एलइडी टिभी, ५० हजार थान घडीहरुको साथै ५० हजारसम्मको तुरुन्त नगद उपहारहरु जित्न सक्नेछन् । नेपालको मध्यभागनवलपरासीमाअवस्थित यस सर्वोत्तमसिमेन्ट प्रा. लि. ले खानी पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट सिमेन्ट उत्पादन गर्दै आएको छ । यो सिमेन्ट उद्योेगको उत्पादन क्षमता दैनिक ४० हजार बोरा रहेको छ । नेपालमा हालसम्म सबैभन्दा बढी विदेशीलगानी भित्राई उत्पादनगर्न सक्षम रहेको कम्पनीका ब्रा०८ मेनेजर गोपाल सार८ाले जानकारी दिए । यो कम्पनी आइ एस ओ ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण मैत्रि प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत रहेको उनले बताए ।
बाढी पीडितलाई धितोपत्र बोर्डको ३० लाख सहयोग
काठमाडौं । नेपाल धितोपत्र बोर्डले बाढी पीडितलाई सघाउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैंयाँ दिएको छ । पुर्वी नेपालमा आएको बाढी र डुबान पीडितलाई सहयोग गर्न प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैंयाँ उपलब्ध गराएको बोर्डका उप प्रवक्ता डा. नवराज अधिकारीले जानकारी दिए । बोर्डका अध्यक्ष डा. रेवत बहादुर कार्कीले प्रधानमन्त्री शेर बहादुर देउवालाई सहयोग रकम उपलब्ध गराएका हुन् ।
बाहिरी चक्रपथको विस्तृत कार्ययोजना तयारः एक बर्षभित्रै ट्रयाक, २ बर्षमा जग्गा फिर्ता
काठमाडौं । बहुप्रतिक्षित बाहिरी चक्रपथ सडकको विस्तृत कार्ययोजना तयार भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणको बाहिरी चक्रपथ विकास आयोजनाले शहरी विकास मन्त्रालयमा विस्तृत कार्ययोजना बुझाएको हो ।‘कति समयमा के काम गर्ने भन्नेबारे मन्त्रीज्युबाट विस्तृत कार्ययोजना माग भएको थियो, सोही अनुसार हामीले २ बर्षभित्र के के काम गर्ने भन्नेबारे योजना पेश गरेका छौं’, आयोजनाका अधिकृत ध्रुब सापकोटाले भने । आयोजनाले भदौ १५ गते विस्तृत कार्ययोजना मन्त्रालयलाई बुझाएको हो । कार्ययोजना अनुसार जग्गा प्राप्तिको सूचना प्रकाशित गरेको ४५ दिनभित्रै उपभोक्ता समितिहरु गठन गरिसकेर शहरी विकास मन्त्रीद्धारा आयोजनाको उद्घाटन गराइनेछ । त्यस्तै चालु आवको असार मसान्तभित्र ६.६१८ को ट्रयाक खोलिसक्ने, ५० मिटर चौडाईको सडकमा दाँया बाँया वाल लगाईसक्ने योजनामा उल्लेख छ । चालु आव भित्रै गोकर्ण क्षेत्रको ६ दशमलब ६ किलोमिटरको बाँकी डिपिआर तयार पार्नुका साथै तयार भैसकेको डिपिआरलाई अद्यावधिक गरेर स्वीतृक समेत गरिसक्ने आयोजना अधिकृत सापकोटाले बताए । आगामी २ बर्षभित्रै अधिग्रहण गरिएको जमिन नागरिकलाई फिर्ता गराईसक्ने लक्ष्यसहितको कार्ययोजना तयार पारेर शहरी विकास मन्त्री प्रभु साहलाई बुझाइएको हो । ६ अर्ब ५० करोड लागतमा आयोजनाले पाइलट प्रोजेक्ट अन्तर्गत चोभार–सतुंगल खण्डको निर्माण आरम्भ गर्न लागेको हो । सो खण्डमा ७ हजार ८ सय रोपनी जमिन अधिग्रहण गरिनेछ । २०६५ सालमा यस्तो लागत जम्मा २ अर्ब ९ करोड रुपैंयाँ मात्रै थियो । गत बैशाख १३ गते सो खण्डको डिपिआर स्विकृत भएको थियो । मन्त्रालयका कर्मचारीहरुले मन्त्रीको कान फुकेपछि आयोजनाको फाइल मन्त्रालयमै घुम्दै आएको आरोप लागिरहेको छ । सडकको दाँया बायाँ २५०/२५० मिटर जमिन अधिग्रहण हुनेछ । बाहिरी चक्रपथमा ५० मिटरको सुबिधा सम्पन्न सडक र बाँकी जमिनको व्यवस्थित शहरीकरणको योजना अनुसार बस्ती विकास गरिनेछ । सो खण्डमा ८० वटा घर भत्काउनुपर्ने आयोजनाले जनाएको छ । ती घरहरुको उचित मुआब्जा दिने पनि आयोजनाले अधिकृत सापकोटाले बताए ।