विकासन्युज

कृषि विकास बैंककोे नयाँ २ शाखा पालुुङ्ग मैनादीमा र मनाङमा विस्तार

काठमाडौं । पाल्पा जिल्ला रिब्दीकोट गाउँपालिकामा कृषि विकास बैंक लि.को नयाँ शाखा नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवि नेपालले औपचारीक रुपमा उद्घाटन गरेका छन् । कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय, भैरहवाका निर्देशक पारसमणी ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक लि. बैंकिङ्ग कार्यालय, पालुुङ्ग मैनादीका प्रवन्धक अर्जुुन खनालले गरे । कार्यक्रमका विशिष्ट अतिथी तथा कृषि विकास बैंक लि. का प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाले बैंकले प्रदान गर्ने आधुुनिक सेवा सुविधा तथा बैंकको उत्पादनको बारेमा जानकारी दिए । त्यस्तैगरी, प्रमुख अतिथिको रुपमा मन्तव्य राख्दै नेपाल राष्ट्र बैंकका गर्भनर डा.चिरञ्जीवि नेपालले कृषि विकास बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पुर्याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताए । सो उद्घाटन कार्यक्रममा कृषि विकास बैंक लि. मुख्य कार्यालय काठमाडौंका उप–महाप्रबन्धक शेषरमण आचार्य, बजार तथा शाखा व्यवस्थापन विभागका विभागीय प्रमुख प्रेम कुमार श्रेष्ठ, कृषि विकास बैंक लि. प्रमुख कार्यकारी अधिकृत कार्यालयका शाखा प्रमुख तथा प्रबक्ता हिमलाल पौडेल, कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय भैरहवा शाखा प्रमुख भरत राज घिमिरे ,शाखा कार्यालय पाल्पाका प्रबन्ध मोहन कुमार थापा लगायत अन्य कर्मचारीहरुको लगायतको उपस्थिति रहेको जानकारी दिएको छ । साथै, कार्यक्रमको संचालन कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालय भैरहवाका शाखा अधिकृत चेत नारायण खनाल भएको बैंकले जानकारी दिएको छ । त्यसैगरी, मनाङ जिल्लाको चामेमा रहेको कृषि विकास बैंक लि.को पूर्ण बैंकिङ्ग शाखाको औपचारिक उद्घाटन कृषि विकास बैंक लि.संचालक समितिका अध्यक्ष प्रमोद कुमार कार्की एवं कृषि विकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत लिला प्रकाश सिटौलाूबाट संयुक्त रुपमा भयो । सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उदघाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, सेवाग्राही, चामे बजार व्यवस्थापन समितिका अध्यक्ष, सम्पूर्ण सरकारी कार्यालयको तर्फबाट प्रमुख जिल्ला अधिकारी गञ्ज बहादुर एम.सी.ले बैंकको उच्च प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरे । कृषि विकास बैंक लि.ले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको उत्पादनको बारेमा जानकारी गराउंदै आगामी दिनमा स्थानीय जनताको सहयोग भएमा बैंकले थप आधुनिक सेवा सुविधा सहित निरन्तरता पाउने विषयमा बैंकका प्रमुख कार्यकारी अधिकृत सिटौलाले बताए । त्यस्तै गरी प्रमुख अतिथिको मन्तव्य राख्दै बैंकका अध्यक्ष प्रमोद कुमार कार्कीले कृषि विकास बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पु–याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको बताए । ।

जनप्रतिनिधिका छोराछोरीले निजी विद्यालयमा पढ्न नपाउने नगरपालिकाको निर्णय

बाजुरा । सरकारी, गैरसरकारी र जनप्रतिनिधिका छोराछोरीले निजी क्षेत्रमा सञ्चालन हुँदै आएका विद्यालयमा पढ्न नपाउने भएका छन् । बडीमालिका नगरपालिकाको तेस्रो बैठकबाट नगरभित्रको शैक्षिक अवस्था सुधार गर्नका लागि नगरभित्रका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र नवनिर्वाचित जनप्रतिनिधिका बालकालिकालाई बोर्डिङमा पढाउन नपाउने निर्णय गरिएको नगर उपप्रमुख कविता बुढा विष्टले बताए । उनले नगरपालिकाभित्रका छोराछोरी र सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीले बोर्डिङमा पढाउने गरेको र सर्वसाधारणका छोराछोरी सरकारी विद्यालयमा पढ्ने भएकाले शिक्षामा एकरुपता ल्याउनका लागि बैठकबाट निर्णय गरिएको बुढा विष्टले जानकारी दिए । विभिन्न उपसमितिमार्फत आएका सुझाव र निर्णयलाई कार्यसमितिमा प्रस्तुत गर्दै नगरवासीको हितमा निर्णय गरिएको विष्टको भनाइ रहेको छ । नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा दरबन्दी कम भएका तर माध्यमिक विद्यालय सञ्चालन गरिएका विद्यालय समायोजन गरिने भएका छन् । बैठकले कृषि क्षेत्रका एक घर एक करेसाबारीको नीति पारित गरेको नगर प्रमुख पदम बडुवालले बताए । उनले प्रत्येक घरमा खानेपानी, विद्युत्ल गायतका योजना पुर्याउने गरी निर्णय पारित भएको बताए । रासस

३० मेगावाटको चमेलिया पुसको दोस्रो सातादेखि सञ्चालनमा आउने, प्रतिमेगावाट लागत ५२ करोड

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सुदुरपश्चिमको दार्चुलामा निर्माण गरिरहेको ३० मेगावाटको चमेलिया सबैभन्दा महंगो जलविद्युत आयोजना भएको छ । निर्धारित समय भन्दा ६ वर्ष ढिला गरी सकिन लागेको चमेलियाको लागत प्रतिमेगावाट ५२ करोड रुपैयाँ पुगेको छ । यो प्रारम्भीक लागत मात्र हो । वास्तविक खर्च आएपछि आयोजनाको आयोजनाको लागत अझ बढ्ने देखिन्छ ।   निजी लगानीमा प्रतिमेगावाट औसत १५ देखि २० करोड रुपैयाँ हारहारीमा जलविद्युत आयोजना निर्माण भइरहेका छन् । अन्य आयोजनाको तुलनमा चमेलियाको लागत झण्डै ३ गुणा बढी र हालसम्मको सबैभन्दा महंगो आयोजनामा दर्ज भएको छ । ५२ करोडले ३ मेगावाट जलविद्युत आयोजना सम्पन्न हुन्छ । गत आर्थिक वर्ष ०७३/०७४ को असारसम्म चमेलियामा १४ अर्ब ६० करोड रुपैयाँ खर्च भएको छ । काम बाँकी र दावी भुक्तानीलगायत अन्य गरी अझै १ अर्ब रुपैयाँ लगात थप हुने देखिएको आयोजना प्रमुख अजय दाहालले जानकारी दिए । विकास न्युजसंग कुरा गर्दे उनले आयोजनाको ९९ प्रतिशत काम सम्पन्न भइसकेको बताए । अब एक महिनाभित्र (सेप्टेम्बर) काम सम्पन्न गरी ठेकेदार चाइना गेजुवा ग्रुप लिमिटेडले आयोजना हस्तान्तरण गर्ने सहमति भएको उनले जानकारी दिए । अहिले आयोजनाको मुल सुरुङमा प्रवेश गर्नका लागि बनाइएको सहायक (अडिट) सुरुङ बन्द गर्ने र सफाइको काम भइरहेको छ । आगामी डिसेम्बरसम्म आयोजना सञ्चालनमा आउने लक्ष्य लिए पनि एक महिना अगावै आउने संभावना रहेको दाहाल बताउछन् । दुई साता परीक्षण उत्पादन भएपछि मात्र व्यवसायीक उत्पादनमा जाने उनको भनाई छ । आयोजनाको सुरुङ भरिन २० दिन लाग्नेछ । आयोजनाले सेप्टेम्बर पहिलो साताबाट विद्युत्गृह दार्चुलाको बलाँचबाट कैलालीको अत्तरियासम्मको प्रसारणलाइन परीक्षण गर्ने कार्य सुरु गर्ने भएको छ । दुई हप्तासम्मको अवधिमा यो कार्य सम्पन्न गरिसक्ने लक्ष्य आयोजनाले लिएको छ । यस अघि आयोजनाले बलाँचदेखि अत्तरियासम्मको १३२ केभी प्रसारण लाइनका पोलको परीक्षण गरिसकेको छ । लाइन परीक्षण गरेलगत्तै पावर हाउस बलाँच र अत्तरियामा निर्माण गरिएको सवस्टेसनको परीक्षण सुरु गरिने कार्ययोजना रहेको दाहालले जानकारी दिए । आर्थिक वर्ष २०६३/६४ बाट निर्माण सुरु भएको चमेलिया २०६८ सालमा सम्पन्न गर्ने तालिका भए पनि झण्डै ११ वर्षपछि पूरा हुँदैछ । त्यसबेलामा ७ अर्ब रुपैयाँ लगानीमा ३ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य थियो । ठेकेदारसँगको अमिझदारी ,सुरुङमा देखिएको समस्या, भौगालिक विकटता, प्रसारण लाइनको समस्या आदि कारणले ढिलो र लागत बढेको प्राधिकरणको भनाई छ । चालु आर्थिक वर्षमा प्राधिकरणले निर्माण गरिरहेको चमेलिया मात्र सम्पन्न हुने भएको छ । चालु आर्थिक वर्षमा सरकारले ८ सय मेगावाट थप बिजुली उत्पादन गर्ने लक्ष्य लिएकोमा निजी क्षेत्रको समेत गरी बढीमा साढे २ सय मेगावाट थप हुने प्राधिकरणले अनुमान गरेको छ । गत वर्ष निजी क्षेत्रबाट ११ आयोजना सम्पन्न भई प्रणालीमा १२२ मेगावाट बिजुली थप भएको छ । हालसम्म बिजुली जडित क्षमता ९८० मेगावाट पुगेको छ ।  

सिजी ब्राण्डले परम्परा दशैं तिहार योजना ल्यायो

काठमाडौं । दशैं तथा तिहारको अवसरमा ईलेक्ट्र«ोनिक्स् ब्राण्ड सिजीले आफ्ना सबै ग्राहक वर्गमा सि.जी. परम्परा नामक योजना ल्याएको छ । यस योजनाअन्तरर्गत सिजी ब्राण्डका रेफ्रिजेरेटर र एलइडी टि.भी २० देखि ३२ इन्चकोे खरिदमा ग्राहकले सजिलै २० प्रतिशतसम्ममा क्यास ब्याक र फोर के स्मार्ट टि.भी, स्मार्ट टि.भी , टर्वो टि.भी, वासिन मेसिन तथा माइक्रो वेभको खरिदमा पक्का उपहारहरु पाउन सक्ने छन् । साथै, एसीको खरिदमा निःशुल्क जडानको सुविधा उपलब्ध गराएको कम्पनीले जनाएको छ । कम्पनिको अनुसार यो योजना १५ भाद्र२०७४ साल देखि नेपाल अधिराज्यभरि सीमित अवधिका लागि मात्र लागू गरिएको कम्पनीले जानकारी दिएको छ ।    

दुबै हात नभएकी पाइलट जेसिकालाई स्वागत

काठमाडौं । जन्मदेखि नै दुई हात नभएकी तर १० हजार फिटमाथि प्लेन उडाएर वल्र्ड रेकर्ड अफ द गिनिज बुकमा नाम लेखाएकी अमेरिकी नागरिक जेसिका कक्सलाई काठमाडौं नयाँ वानेश्वर स्थित नर्थन लाइट एकेडेमी अफ एभिएशन एन्ड टेक्नोलोजि (नाट)ले सम्मान गरेको छ । उड्डयन क्षेत्रमा जेसिका विश्वकी एकमात्र विशाल प्रतिभासहित उत्प्रेरणाको स्रोत रहेको जनाउँदै नाटले उनलाई सम्मान गरेको छ । ह्यान्डिकेप्ट इन्टरनेशनलकी विश्व सद्भावना राजदूत जेसिकाले उड्डयन एउटा जोखिम र जनभावनाको पेशा रहेको सम्मानका क्रममा बताइन् । अमेरिकन तेक्वान्दो एशोसीएशनकी व्ल्याक बेल्ट समेत रहेकी जेसिको जन्म नै ‘कठिन’ मध्येको एक मानिन्छ । एरिजोना विश्वविद्यालयबाट साइकोलोजीमा स्नातक जेसिकाले सूचनाको विषयमा पनि अध्ययन गरेकी छिन् । उनले १४ वर्षको उमेरदेखि कृत्रिम हातको साहरा छाडेकी जेसिका खुट्टाले गाडी चलाउने, प्रति मिनेट २५ शव्द टाइप गर्ने क्षमता राख्छिन् । उनले २००५ मा प्लेन उडाएकी थिइन् । २००८ मा उनलाई पाइलटको लाइसेन्स दिइएको थियो । जेसिका विश्वका लागि उदाहरणीय पात्र रहेको बताउँदै सम्मान कार्यक्रमका प्रमुख अतिथि तथा पाइलट विजय लामाले उनलाई खादा लगाएर सम्मान गरेका थिए । नाटका विद्यार्थी र सञ्चालक समुहले जेसिकालाई कलेजले सम्मान गर्न पाउनु निक्कै गर्वको अवसर रहेको बताएका थिए । नेपालमा पहिलो पल्ट कलेजका रूपमा नै उड्डयनप्रति चासो हुनेलाई सुविधा दिएकोमा लामाले नाटलाई धन्यवाद पनि दिए । ‘उड्डयन क्षेत्रको अध्ययन गर्न नेपालमा कठिन थियो । तर, नाटले यो सुविधा दिएको छ ।’, उनले भने,‘जेसिका कक्स जस्तो प्रेरणाको स्रोतलाई ल्याएर स्वागत पनि गर्नुभयो । यो सुविधा दिएकोप्रति कलेजलाई धन्यवाद दिन चहान्छु ।’

रातु नदीको पुल पाँच दिनका लागि बन्द

महोत्तरी । पूर्वपश्चिमराजमार्गअन्तर्गत महोत्तरी र धनुषाको साँधमा पर्ने रातुनदीको पुल आजदेखि पाँच दिनका लागि बन्द भएको छ । गत साउन २८ गते आएको भीषण बाढीले रातु पुल भासिएपछि पुलमा बेलिब्रिज राखिने भएपछि पुलबाट आवातजावत गर्ने सवारीसाधनमा रोक लगाइएको छ । पुलमा बेलिब्रिज राख्ने भएपछि वैकल्पिक मार्गको रुपमा नदीको दक्षिणतर्फ डाइभर्सन बनाइएको छ । त्यस्तै वर्षात्मा डाइभर्सन बगाएको खण्डमा ढल्केवर–जनकपुर–जलेश्वर–औरही– बर्दिवासको सडक प्रयोग गर्नका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक पोखरेलले जानकारी दिए । रासस

चितवनको सडक सञ्चालनमा

चितवन । शनिबार साँझदेखि परेको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको फिस्लिङ र घोप्टे भिरमा खसेको पहिरो पन्छाएपछि आज बिहान ८ः३० बजेदेखि सडक सञ्चालनमा आएको छ । जिल्ला प्रहरी कार्यालय चितवन प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार गजुरीबाट ग्रेडर झिकाएर पहिरो सफा गरिएको हो । पहिरो पन्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको छ । सो खण्डमा गएराति १२ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । नारायणगढ–मुग्लिन सडकखण्ड भने अझै सञ्चालनमा आउन सकेको छैन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोला, केराबारी र चारकिलोमा खसेको पहिरो पन्छाउने क्रम शुरु भएको थापाले बताए । रासस

खम्बामा टाँगिएका अव्यवस्थित तार काटियो

काठमाडौं । सडकका खम्बामा अव्यवस्थितरूपमा टाँगिएका केबल र टेलिफोनका तारलाई व्यवस्थित गर्न नेपाल दूरसञ्चार प्राधिकरणले तार काट्न शुरु गरेको छ । बिजुलीका तार, टेलिफोनका तार र अन्य केबलका तारसमेत एउटै खम्बा ९पोल०मा राखिएको हुँदा शहर अत्यन्त कुरुप देखिएको, असुरक्षा बढ्दै गएको र राजश्वसमेत हिनामिना भएको भन्दै सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले माइतीघरस्थित खम्बामा टाँगिएका अव्यवस्थित तार काटेर त्यसको शुरुवात गरे । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले भन्नुभयो, “एशियन डेभलभमेन्ट बैंकको सहयोगमा ऊर्जा मन्त्रालयले जमिनमुनि तार विछ्याउने प्रयास अगाडि बढाइरहेको छ र सडक फराकिलो बनाउनेबारे पनि छलफल भइरहेको छ ।” यसअघि सञ्चार मन्त्रालयले सम्बन्धित निकायलाई बोलाएर तार पहिचान गर्न र व्यवस्थित गर्न भने पनि व्यवस्थित भएको थिएन । वैधानिकताको दायराभित्र नआएसम्म तार काट्ने अभियानलाई देशैभरि सञ्चालन गर्ने मन्त्री बस्नेतको भनाइ छ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले तार एकै ठाउँमा गन्जागोल हुँदा धेरै ठाउँमा असुरक्षा हुने, बाटोमा मोटरसाइकल तथा गाडी हिँड्दा बेरिएर दुर्घटना हुने भएकाले पनि केबल र टेलिफोनका तार हटाउनुपरेको बताए। अहिले ती तार काटेर एकै ठाउँमा व्यवस्थित गर्ने र भविष्यमा त्यसलाई जमिनमुनिबाट व्यवस्थित गर्ने प्राधिकरणको योजना रहेको छ । जमिनमुनि तार बिछ्याउनका लागि प्राधिकरणले बजेटको समेत व्यवस्था गरेको छ । रासस