विकासन्युज

गोद्रेजले ल्यायो दशैं तिहारको अवसरमा नगद छुटको अफर

काठमाडौं । गोद्रेज ब्राण्डले दशैं तिहारको उपलक्ष्यमा नगद छुट अफर ल्याएकोे छ । यो नगद छुट अफर गोद्रेजका सम्पूर्ण घरायसी सामाग्री रेफ्रिजेरेटर, वासिनमेसीन र माइक्रो ओभन खरीदमा प्राप्त गर्न सकिने छ। यो गोद्रेज ब्राण्डमा रेफ्रिजेरेटर ग्राहकको पहिलो रोजाइमा पर्दै आएको थियो र अहिले आएर गोद्रेजका वासिनमेसीन, माइक्रो ओभन र अन्य घरायसी सामाग्रीहरु पनि रोजाइमा पर्न थालेका छन । नेपालका लागि गोद्रेज ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत इओएल प्रालि रहेको छ । साथै, यो योजना भादौ १९गते देखि नेपाल भरि सिमित अवधिसम्म लागु गरेको जानकारी दिएको छ ।  

महत्वपूर्ण सूचना लुकाएर सेयर लगानीकर्तालाई डुबाउँदै यूनाइटेड इन्स्योरेन्स

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले महत्वपूर्ण सूचना लुकाएर लगानीकर्तालाई जोखिममा फसाएको छ । नोक्सानमा रहेको यस कम्पनीले नाफा देखाएर सर्वसाधारण लगानीकर्तालाई सडकमा पुर्याउने काम गरेको छ । लेखापरीक्षक प्रदीपकुमार श्रेष्ठले जनाएको कैफियतलाई लत्याउँदै नोक्सानमा रहेको कम्पनीले नाफामा गएको भ्रामक वित्तीय विवरण सार्वजनिक गरेको पाईएको छ । अन्ततः बीमा समितिले लेखापरीक्षकले औल्याएको कैफियत अनुसार पुर्नबीमाबाट नआएको रकम बराबर प्रोभिजन गर्न निर्देशन दिएपछि कम्पनी थचक्क भएको छ । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा करिव ५ करोड नाफा देखाएको कम्पनीले बीमा समितिको अनुसार प्रोभिजन गर्दा वासलात नोक्सानमा देखिने भएपछि २०७४ असार मसान्तको वित्तीय विवरण प्रकाशित गरेको छैन । बीमा समितिको निर्देशन अनुसारको वित्तीय विवरण र नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसारको सेयर लगानीकर्ता सम्बन्धि महत्वपूर्ण सूचनाहरु कम्पनीले लुकाएको छ । ३५ दिनभित्र सार्वजनिक गर्नु पर्ने महत्वपूर्ण वित्तीय विवरण तथा लगानीकर्तालाई दिनुपर्ने सूचना कम्पनीले ५५ दिन वित्दा पनि प्रकाशित गरेको छैन । प्रमुख कार्यकारी अधिकृत शेखर बराल यस विषयमा जिज्ञाशा राख्दा कम्पनीका अध्यक्ष विजयबहादुर श्रेष्ठले कम्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालसँग सोध्न सुझाव दिए । प्रमुख कार्यकारी अधिकृत शेखर बरालले फोन उठाएनन् । उनीको मोवाईल नम्बर ९८५१०२९३५३ मा विकासन्युजबाट पटक पटक फोन गर्दा, एसएमएस इन्क्वाइरी गर्दा रेस्पोन्स गरेनन् । चौधरी ग्रुपको पहलमा नियुक्ती पाएको कम्पनीको प्रमुख कार्यकारी अधिकृत शेखर बराल सोझै चौधरी ग्रुपप्रति उत्तरदाही बनेको र अध्यक्ष श्रेष्ठलाई अटेर गर्ने गरेकोले श्रेष्ठ अध्यक्ष पद छोड्ने मुडमा रहेको स्रोतले बतायो । सिटीस्केपको ५३ करोड बीमा दावीमा २५ करोड एड्भान्स भुक्तानी गरेको यस कम्पनीले पुर्नबीमाबाट पाउनु पर्ने करिव ३४ करोड रुपैयाँ लिन सकेको छैन । लेखापरीक्षकले उक्त रकम बराबर प्रोभिजन गर्न दिएको सुझावलाई वेवास्ता गर्दै कम्पनी सञ्चालक समितिले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर दिने र त्यसपछि १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरी लगानीकर्तालाई सोझै फसाउने काम गरेको देखिएको छ । सञ्चालक समिति र व्यवस्थापन समितिको चलखेलमा कम्पनीको सेयर मूल्यमा चलखेल गरिएको पाईएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कम्पनीको सेयर मूल्य विगत ८ महिनामा ७४८ देखि १६८० रुपैयाँसम्ममा कारोबार भएको छ । यस अवधिमा सेयर बजार बढीमा २० प्रतिशत मात्र उतार चडाव आएको छ भने यूनाईटेड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १२४ प्रतिशतसम्म बृद्धि भएको छ । पछिल्लो समय कम्पनीको खराव अवस्थाबारे गाईगुई हल्लाले कम्पनीको सेयर मूल्य घट्न थालेको छ । गत विहीबार यस कम्पनीको सेयर प्रतिकित्ता १४६० रुपैयाँमा किनबेच भएको छ । यस कम्पनीको सञ्चालक समिति र व्यवस्थापन समितिले कतिसम्म घटिया काम गरेका छन् भने प्रमोटर सेयरलाई साधारण सेयर भनेर झुक्याएर सर्वसाधारणलाई बेचेका छन् । र, नियमनकारी निकायहरुले दिएको निर्देशनहरु अवज्ञा गर्दै आएका छन् । सम्बन्धित समाचारहरू युनाइटेड इन्योरेन्सका प्रमोटर शशिकान्त अग्रवालले १७ हजार कित्ता संस्थापक सेयरलाई साधारण भनेर झुक्याएर बेचे पुर्नबीमाकाे ३४ करोड भुक्तानी नपाएपछि यूनाइटेड इन्स्योरेन्स संकटमा, कम्पनी २६ करोड नोक्सानमा, बोनस र हकप्रद सेयर रद्द

सिटिजन्स बैंकको नयाँ शाखा पाल्पाको छहरामा

काठमाडौं । सिटीजन्स बैंकले ६० औं शाखा पाल्पाको छहरामा सञ्चालनमा ल्याएको छ ।  साे शाखाकाे नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जीवी नेपालले आइतबार उद्घाटन गरी बैंकिङ्ग कारोबारको सुरु गरेका छन् । छहारा शाखाको उ्घाटन सँगै सिटीजन्सकाे  ६० वटा शाखा, ५९ वटा एटिएम काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैकिङ्ग सेवाबाट करिब ३ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको जानकारी दिएको छ । ग्राहकलाई रेमिट्यान्स सेवा, ड्राफट, भिसा एटिएम कार्ड सेवा, भिसा ईन्टरनेशनल डलर कार्ड सेवा, विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु तथा कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुबिधाहरु पनि उपलब्ध गराउँदै आएको बैंकले जनाएको छ । सामाजिक उतरदायीत्व कार्यक्रम अन्तर्गत बैंकले भैरव नवदिप माध्यामिकलाइ १ थान कम्प्यूटर र महाकाली माध्यामिक विद्यालयलाई १ थान कम्प्यूटर गरी जम्मा २ थान कम्प्यूटर हस्तान्तरण गरेको जाकारी दिएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा ग्राहकलाई सेवा उपलब्ध गराउने उद्दश्यले अन्य स्थानमा चाँडै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको जानकारी दिएको छ ।    

८८ किलो सुनसहित तस्कर मनोज अधिकारी पक्राउ

काठमाडौं । प्रहरीले ८८ किलो तस्करीको सुन बरामद गरेको छ । प्रहरीले सोमबार बिहान काठमाडौंको जोरपाटीबाट ८८ किलो अबैध सुनसहित मनोज अधिकारीलाई पक्राउ गरेको हो । प्रहरीले सुनसँगै भन्सार छलेर ल्याइएको केहि थान मोबाइल सेटहरु पनि बरामद गरेको जनाएको छ । सुन,  मोबाइल रसुवागढी नाकाबाट नेपाल भित्रिएको हुन सक्ने प्रहरीले पुर्वानुमान गरेको छ । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

३ दिन भित्रमा नै ग्लोबल आइएमई बैंकको साना तथा मझौला व्यवसायी कर्जा लिन सकिने

काठमाडौं । ग्लोबल आइएमई बैंकले साना तथा मझौला व्यवसायमा लगानी गर्न चाहने तथा लगानी गरिरहेका व्यवसायीलाई मध्यनजर गर्दै साना तथा मझौला व्यवसायी कर्जा ९एसइमई लोन० ३ दिन भित्र उपलब्ध गराउने भएको छ । कर्जा लिनका लागि ग्राहकलाई छिटो सेवा दिई साना तथा मझौला उद्यमी व्यवसायीहरुलार्ई उत्पादनशिलतामा बृद्धि प्रेरित गर्नेे उद्देश्यले बैंकले कर्जा लिने समय घटाएको हो । यो कर्जा लिन चाहने ग्राहकवर्गले आवश्यक कागजातहरु बैंकमा पेश गरेको ३ दिन भित्रमा नै कर्जा प्राप्त गर्न सक्नेछन् । लक्षित ग्राहकले यो कर्जा सुबिधा नेपाल भरी फैलिएका ग्लोबल आइएमई बैंकका १ सय १२ वटा शाखाहरु मार्फत छिटो छरितो रुपमा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । यस सेवा अन्तर्गत आफ्नो ब्यवसाय विस्तार गर्ने उद्देश्य लिएका साना ब्यसायीहरुलाई विद्यमान व्यवसाय वा प्रस्तावित साना उद्योग व्यवसायको नगद प्रवाहको आधारमा ५ लाख रुपैयाँदेखि देखि ५ करोड रुपैयाँसम्म ऋण दिने जानकारी दिएको छ ।  

फस्ट माइक्रोफाइनान्सको हकप्रद आउने

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकले हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  संस्थाको सोमबार बसेको सञ्चालक समिति बैठकले चुक्तापुँजी बढाउन २ बराबर १ अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने निर्णय गरेको हो । वार्षिक साधारणसभाबाट पारित भएपछि हकप्रद सेयर निश्कासन गर्ने संस्थाले जनाएको छ ।

सानिमा बैंकले १६ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । सानिमा बैंकले १६ प्रतिशत बोनस सेयर दिने भएको छ ।  बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिन निर्णय गरेको हो । नेपाल राष्ट्र बैंककाे स्वीकृती  र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण हुने बैंकले जनाएको छ ।

रिडी हाइड्रोपावरले ६ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले ६ प्रतिशत बोनस सेयर दिने भएको छ ।  कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सो लाभाँश दिने प्रस्ताव गरेको हो । आगामी कात्तिक १० गते हुने वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्र बोनस सेयर वितरण गर्ने कम्पनीले जनाएको छ ।