विकासन्युज

विद्युत् प्राधिकरणका कमर्चारीले घुस मागे ? डायल गर्नुस् ११५१ टोल फ्री नम्बरमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ग्राहकलाई सहज सेवा दिने लक्ष्यका साथ ११५१ नम्बरको टोल फ्री नम्बर सञ्चालनमा ल्याएको छ । ऊर्जा मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री महेन्द्रबहाहुर शाहीले उक्त टोलफ्री नम्बरको उद्घाटन गरे । ग्राहकलाई सरल र सहज सेवा उपलब्ध गराउने उद्देश्यले ऊर्जा मन्त्रालयले निःशुल्क ११५१ टेलिफोन नम्बर सञ्चालनमा ल्याएको हो । प्राधिकरणका कर्मचारीले दुःख दिए, गुनासो सम्बोधन गरेनन् वा कुनै सेवा लिँदा घुस मागे भने पैसा नलाग्ने सो नम्बरमा फोन गर्न सकिने मन्त्री शाहीले जानकारी दिए । महसुल तिर्न गएका ग्राहकलाई प्राधिकरणका कर्मचारीले राम्रो व्यवहार नगरे नोलाइट शाखामा फोन नउठाउनेलाई उपभोक्ताले सिधै गुनासो गर्न सक्ने र कारबाहीको दायरामा ल्याउन यस्तो संयन्त्र कामयावी हुने मन्त्रालयको विश्वास छ । मन्त्री शाहीले सेवाप्रदायक संस्थाका कर्मचारीलाई थप जिम्मेवार र उपभोक्तामुखी बनाउन उक्त हटलाइन टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको बताए । प्राधिकरणले सो हटलाइन सेवा सञ्चालनका लागि चौबीसै घन्टा कार्यरत रहनेगरी तीन-तीनजनाका दरले कर्मचारी उपलब्ध गराएको छ । मुलुकभरका वितरण केन्द्रका कर्मचारीले उपभोक्तालाई राम्रो व्यवहार नगरेको, मिटर लिँदा घुस मागेको, ट्रान्सफर्मर बिग्रेको लामो समय हुँदा पनि मर्मत नगरेको जस्ता गुनासा सिधै ११५१ नम्बरमा फोन गर्न सकिनेछ । ऊर्जा मन्त्री शाहीले प्राधिकरण जनताको सेवामा क्रियाशील छ भन्ने सन्देश दिनका लागि हटलाइन सञ्चालनमा ल्याइएको र त्यसले प्राधिकरणका कर्मचारीलाई जिम्मेवार बनाउने विश्वास व्यक्त गरे । सो नम्बरमा एकैपटक तीनजनाले फोन गर्न सक्नेछन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सेवाग्राहीलाई सहजरूपमा सेवा दिन र कुनै गुनासो भए सिधै सम्पर्क गर्न सहज होस् भनेर टेलिफोन नम्बर सञ्चालनमा ल्याइएको बताए । मिटर पाइएन, जडान गर्न कर्मचारीले अटेर गरे तथा पैसा नदिई काम गरेनन् भने पनि सिधै सो नम्बरमा फोन गर्न सकिनेछ । मुलुकभर विद्युत्भार कटौती अन्त्य गरेपछि प्राधिकरणप्रति जनताको विश्वास बढ्दै गएको अवस्थामा कर्मचारीलाई थप जिम्मेवार बनाउन प्रविधिको सहयोग लिइएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । मोबाइल एप्स पनि आयो प्राधिकरणले एनइए अफिसिएल’ नामक मोबाइल एप्लिकेसनसमेत सञ्चालनमा ल्याएको छ । प्राधिकरणको आइटी विभागले तयार पारेको सो एप्लिकेसनमा प्राधिकरणका सबै गतिविधि उपलब्ध हुनेछ । ग्राहकले आफ्नो विद्युत् महसुल कति उठेछ भन्नेसमेत हेर्न सक्नेछन् । यस्तै गुनासो पनि सोही एप्लिकेसनमार्फत गर्न सक्नेछन् भने कुन स्थानमा विद्युत् काटियो, त्यसको कारण केहो, कति समयमा आउँछ भन्ने सूचना तथा जानकारी लिन सक्नेछन् । प्राधिकरणका प्राविधिक विभाग प्रमुख सञ्जय उपाध्यायका अनुसार एप्स सञ्चालनमा आएको छ । सो एप्स गुगल प्ले स्टोर एप र एपस्टोरबाट डाउनलोड गर्न सकिनेछ ।

फेसबुकमा मार्क जुकरबर्गलाई ‘ब्लक’ गर्न गाह्रो होइन असम्भव छ, यस्तो छ कारण

फेसबुकका संस्थापक मार्क जुकरवर्ग र उनकी पत्नी प्रिसिला च्यानका फेसबुक प्रोफाइल विशेष छन् । जुकरबर्ग र प्रिसिलाका फेसबुक प्रोफाइललाई ब्लक गर्न मिल्दैन । कसैलाई लाग्न सक्छ – फेसबुकका संस्थापक न परे, केही टेक्निक लगाए होलान् । यद्यपी यसपछाडी अनौठो कारण रहेको खुलासा भएको छ। यदि तपाईंले जुकरबर्ग वा प्रिसिलाको प्रोफाइलमा गएर ब्लक बटन थिच्नुभयो भने स्क्रिनमा ‘ब्लक एरर’ देखाउँछ । खासमा कुरा के हो भने जुकरबर्ग र प्रिसिलालाई यति धेरै ब्लक गरिएको छ की यो सिस्टम नै बन्द गर्नुपरेको थियो । मार्क जुकरबर्ग आफ्नो व्यक्तिगत पेजमा फेसबुकका अपडेटहरु, निजी जिन्दगीसँग जोडिएका खबर तथा समसामयिक विषयमाथी आफ्नो विचार प्रकट गर्छन् । फेसबुकमा रहेको एलगरिथम प्रविधिले पोस्टहरुलाई प्रयोगकर्ताको न्यूज फीडमा देखाउथ्यो । ती पोस्टहरु नरुचाउने प्रयोगकर्ताले ब्लक गर्थे । त्यसपछि उनिहरुको प्रोफाइलमा ब्लकिङलाई नै निषेध गर्ने साइटले निर्णय गर्‍यो । करीब सन् २०१० देखि यो वेबसाइटमा जुकरबर्गलाई ब्लक गर्न असम्भव रहेको छ। कम्पनीका अनुसार उनिहरुलाई कुनै विशेष व्यवहार गरिएको होइन । वास्तवमा धेरैले मन नपराएपछि अटोमेटेड सिस्टमले यस्तो गर्न बाध्य भएको कम्पनीले बताएको छ । फेसबुकका एक प्रवक्ताले भने, ‘यो दुविधा कुनै विशेष एकाउका लागि नभएर सबै एकाउण्टमा लागू गरिएको छ । धेरै समयसम्म ब्लक गरेपछि यस्तो समस्या देखाउँछ । ।’

एलजी ब्राण्डले चाडपर्वको अवसरमा निशुल्क उपहार तथा ३० प्रतिशत सम्मको छुटको अफर ल्यायो

काठमाडौं । एलजी ब्राण्डले चाडपर्वको अवसरमा एलजीका हरेक सामाग्रीहरुको खरिदमा निशुल्क उपहार, ३० प्रतिशत सम्मको छुट र एलईडि टिभीको खरिदमा २ वर्ष सम्मको पुरै वारेण्टी दिने कम्पनीले जनाएको छ । ‘हजुरको पर्व हाम्रो प्रविधि’ भन्ने मुल नाराका साथ कम्पनीले पर्वलाइ लक्षित गरी यो योजना ल्याएको हो । सबै ओलेड टिभीहरु र ६० इन्च भन्दा माथिका युएचडि टिभीमा ३७ हजार ९ सय ९० रुपैयाँ पर्ने एसएच पाईभ साउण्ड बार, ४९ र ५५ इन्च युएचडि टिभीमा १५ हजार ९० रुपैयाँ पर्ने म्युजिक फ्लो, ४३ र ४९ इन्च युएचडि टिभी उपहारमा दिने भएको छ । साथै, ५५ इन्चका स्मार्ट टिभीहरुमा ११ हजार ५ सय ९० मूल्य पर्ने एलएच ६४बि अडियो सिस्टम र ४३ स्मार्ट र ४३ इन्च भन्दा माथिका नर्मल एलइडि टिभीहरुमा ७ हजार १ सय ९० मूल्य पर्ने पिएचवान ब्लुतुथ स्पिकर पक्का उपहार स्वरुप राखिएको छ । साइड बाई साइड, डोर.इन. डोर, बटम फ्रिजर रेफ्रिजेरेटरहरुको खरिदमा १३ हजार १ सय ९० रुपैयाँ पर्ने माइक्रोवेभ ओभन, चेष्ट फ्रिजर र डबल डोर रेफ्रिजेरेटरको खरिदमा ३ हजार ३ सय ३० रुपैयाँ पर्ने मिक्स्चर ग्राइन्डर पक्का उपहारको रुपमा राखिएको छ । त्यसैगरि फ्रन्ट लोड वासिङ्ग मसिनमा ३ हजार ४ सय ४० रुपैयाँ पर्ने सुपर कुकर र टप लोड र सेमि अटोमेटिक वासिङ्गमसिनमा १ हजार १ सय १० रुपैयाँ पर्ने कडाई राखिएको छ । ग्राहकले डिस्वासरमा १ हजार ५ सय रुपैयाँ बराबरको फ्रि डिटरजेन्ट, माइक्रोवेभ ओभनमा २ हजार रुपैयाँ पर्ने कुकिङ्ग किट, र एसिको खरिदमा २ हजार ५ सय रुपैयाँ बराबरको फ्रि इन्स्टलेशन जस्ता आकर्षक उपहारहरु सित्तैमा प्राप्त गर्न सक्नेछन् । यो योजना भदौ १९ गते देखि सिमित अवधिको लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।  

सिन्‍धुपाल्चोकको चेपेडाँडामा जिएसएम मोबाइल सेवा सुरु

काठमाडौं । नेपाल टेलिकमले सिन्धुपाल्चोकको विकट स्थानमा जिएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।  टेलिकमले सिन्धुपाल्चोकको अति दुर्गम चेपेडाँडामा जिएसएम मोबाइल बिटिएस साइट सञ्चालनमा ल्याई सेवा उपलब्ध गराउन थालेको हो । यसबाट सो क्षेत्रका विकट स्थानमा पनि जिएसएम मोबाइल सेवाको पहुँच पुगेको छ । यस अघि ती स्थानमा सिडिएमए प्रविधिका मोबाइल मात्र सञ्चालनमा थिए । चेपेडाँडाको बिटिएस साइट सञ्चालनपछि सिन्धुपाल्चोकका साविकका सेलाङ, गोल्चे, पाङताङ, गुम्बा, बराम्ची, जलबीरे र हगाम गाविसमा जिएसएम मोबाइल सेवाको पहुँच विस्तार भएको छ । यो क्षेत्रमा पहिले देखि नै करिब ४ हजार ग्राहकहरुले सिडिएमए प्रविधिको फोन सेवा उपभोग गरिरहेकोमा अब जिएसएम मोबाइलको पहुँच विस्तार पश्चात् थप सेवाग्राहीहरु पनि लाभान्वित हुने टेलिकमको भनाइ छ । गोल्चे र गुम्बा गाविस चीनको सीमानासम्म जोडिएका छन् । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको टेलिकमले जानकारी दिएको छ ।  

राताम्मै सेयर बजार, आरएसडीसीकाले कमाए, युनाइटेड इन्स्योरेन्सकाले गुमाए

काठमाडौं । दुई दिनपछि खुलेको सेयर बजारमा साढे २४ अंकले ओरालो लागेको छ ।  बैकिङ, होटल, बीमा, विकास बैंक, जलविद्युत, वित्त र उत्पादनमुलक सबै क्षेत्रको सेयर मूल्य घटेको छ । सोमबार सबैभन्दा बढी गुमाउनेमा बीमा समूह रहेको छ । बीमा समूहको सेयर मूल्य १३६ अंक घटेको छ । सबैभन्दा बढी गुमाउनेमा युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका लगानिकर्ता रहेका छन् । युनाइटेडका लगानीकर्ताले सोमबार मात्र ९२ रुपैयाँ गुमाएका छन् । युनाइटेडकको सेयर मूल्य घटेर १ हजार ३६८ रुपैयाँमा झरेको छ । यस्तै आरएसडीसी लघुवित्तीय संस्थाका लगानीकर्ताले ११० रुपैयाँसम्म कमाएका छन् । आरएसडीसीको सेयर मूल्य बढेर प्रतिकित्ता १ हजार २१७ रुपैयाँ पुगेको छ । सोमबार ८४ करोड २९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सबैभन्दा बढी कारोबार फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको भएको छ । फस्र्टले २ बराबर १ अनुपातमा हकप्रद सेयर निश्कासन गर्ने सुचना प्रकाशित गरेपछि उसको कारोबार रकम बढेको हो ।  फस्टको प्रति कित्ता १ हजार ४९ रुपैयाँमा ३ करोड २७ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।  

इभेन्ट सोलुसनले दशैंको अवसरमा स्टक क्लियरेन्स मेला बुधबारबाट शुरु गर्ने

काठमाडौं । इभेन्ट सोलुसन प्रालिले दशैंको अवसर पारेर बुधबारबाट राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला शुरु गर्नें भएको छ । सो मेलालाई दशैंको बेला सस्तो मेला नारा दिइएको छ । भदौ २१ गतेदेखि २६ गतेसम्म चल्ने स्टक क्लियरेन्स मेलामा दशैंका लागि आबस्यक सामग्रीहरुको कारोबार गरिने जानकारी दिएको छ । मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम एफिलियन्सका स्टलहरु रहने छन् । एक सय भन्दा धेरै स्टलहरु रहेको यो मेलामा सहभागि सबै एक्जीबिटर ब्रिफिङ गरिसकिएको इभेन्ट सोलुसनका मेला संयोजक दिपेश जोशीले बताए । इभेन्ट सोलुसनका संयोजक जोशीले दशैंका लागि आबस्यक पर्ने सम्पूर्ण उपभोग्य सामाग्रीहरु एकै ठाउँबाट बिशेष छुटमा पाइने बताए । ६ दिन सम्म चल्ने यो मेलामा काठमाडौं, भक्तपुर, ललितपुर र आसपासबाट उपभोक्ताहरु सामान किन्न आउने अनुमान गरिएको संयोक जोशीले बताए । मेला अवधिभर ५० हजार उपभोक्ता मेला स्थलमा आउने अनुमान इभेन्ट सोलुसन्सले गरेको छ । मेलामा इकमर्स पार्टनर बनेको सपर्भ डट कमले अनलाइन सेवा पनि उपलब्ध गराएको जानकारी दिएको छ ।  

सेयर कर्जा लिन बैंकले बोलाउन थाले, २ दिनमै दिने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सेयर कर्जा लिन लगानीकर्तालाई बोलाउन थालेका छन् ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा मार्जिन प्रकृतिको कर्जाका लागि नयाँ निर्देशन जारी गरेपछि बैंक तथा वित्तीय संस्थाले सेयर कर्जाको योजना ल्याएका छन् । नबिल बैंकले सजिलो कर्जा नै नबिल सेयर कर्जा भनेर सेयर कर्जा दिने योजना ल्याएको छ ।  आफुसंग भएको सेयर धितोमा राखेर सहज रुपमा आकर्षक ब्याज दरमा कर्जा लिन सकिने जनाएको छ । यस्तै मुक्तिनाथ विकास बैंकले पनि सेयर कर्जा योजना ल्याएको छ । सेवा शुल्कमा विशेष छुट दिने भन्दै सेयर कर्जा योजना ल्याएको हो । आवश्यक कागजात पेश गरेको २ दिनमै सेयर कर्जा पाइने बैंकले जानकारी दिएका छ । सर्वसुलभ दरमा सहज रुपमा सेयर कर्जा दिने घोषणा गरेको छ । नबिल र मुत्तिनाथले लिने ब्याज दर घोषणा गरेका छैनन् । यस्तै कैलाश विकास बैंकले सस्तोमा सेयर कर्जा दिने योजना सार्वजनिक गरेको छ । बैंकले १२ प्रतिशतमा सेयर कर्जा दिने कैलाश सेयर लोन योजना ल्याएको जानकारी दिएको छ । हाल बजारमा सेयर कर्जा १५ प्रतिशत भन्दा कममा पाइन्न । यो समयमा बैंकले बैंकले १२ प्रतिशतमा सेयर कर्जा दिने योजना ल्याएको छ । बैंकले बजार मूल्यको ५० प्रतिशत सम्म एक वर्षाको कर्जा दिने योजना ल्याएको हो । प्रक्रिया थालेको २ दिनमा सेयर कर्जा पाइने बैंकले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा थप अंकुश लगाउदै बैंक तथा वित्तीय संस्थाले प्राथमिक पुँजी (कोर क्यापिटल) को ४० प्रतिशत मात्र लगानी गर्न पाउने व्यवस्था गरेको छ । गत वर्ष मार्जिन प्रकृतिको कर्जा लगानी साढे ७ प्रतिशत बढेर ४० अर्ब ४७ करोड ५७ लाख रुपैयाँ पुगेको थियो । यस्तो कर्जा गत वर्ष मात्रै २ अर्ब ८१ करोड ८८ लाख रुपैयाँ थियो । वित्तीय घर्षण बढेपछि गत माघदेखि नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जालाई अनुत्पादक भन्दै लगानीमा अंकुश लगाएको थियो ।

कालिका माइक्रोक्रेडिटको बोनस सेयर कारोबारका लागि सुचिकृत

काठमाडौं । कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भएको छ । संस्थाको ३ लाख २५ हजार कित्ता बोनस सेयर सोमबार सुचिकृत भएको हो । पुँजी बढाउन कालिकाले सेयरधनीलाई हकप्रद सेयर दिएको थियो ।