नेपाल बैंकले नागरिक लगानी कोषमा रहेको संस्थापक सेयर बेच्दै, न्युनतम् मूल्य ३ हजार ५०
काठमाडौं । नेपाल बैंक लिमिटेडले नागरिक लगानी कोषमा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले २ लाख ११ हजार ५१५ कित्ता संस्थापक सेयर प्रतिकित्ता न्युनतम ३ हजार ५० रुपैयाँमा बिक्री गर्नका लागि बोलपत्र आब्हान गरेको छ । सोमबार कोषको सेयर प्रतिकित्ता ३ हजार ५७० रुपैयाँमा कारोबार भएको थियो । सेयर बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी बाहेक व्यक्ति सहभागी हुन नपाउने बैंकले जानकारी दिएको छ । ३ हजार ५० रुपैयाँ भन्दा कम मूल्य पेश गर्नेलाई बोलकबोलको मूल्यमा सहभागी नगराइने बैंकले जनाएको छ । बोलकबोलमा भाग लिनेले न्युनतम् १० हजार कित्ता प्रस्ताव गर्नुपर्ने छ । बोलपत्र असोज २४ गते खोलिने बैंकले जनाएको छ ।
नेपाल ग्रामीण विकास बैंकको एफपीओ बिक्री खुला, १ सय मा पाइने, न्युनतम् ५० कित्ता भर्नुपर्ने
काठमाडौं । नेपाल ग्रामीण विकास बैंकको थप निष्कासन (एफपीओ) मंगलबारदेखि बिक्री खुला भएको छ । बैंकले १ सय रुपैयाँमा ९ लाख ७५ हजार कित्ता एफपीओ निष्कासन खुला गरेको छ । दरखास्त दिनुपर्ने न्युनतम ५० कित्ता र बढीमा ४ हजार ८७० कित्ता रहेको बैंकले जनाएको छ । एफपीओ निष्कासन बन्द छिटोमा शुक्रबार र ढिलोमा असोज १० गतेसम्मलाई तोकिएको छ । चुक्तापुँजी बढाउन बैंकले एफपीओ निष्कासन गरेको हो ।
सिद्धार्थ बैंकले दैनिक मौज्दातमा ८ प्रतिशत ब्याज दिने
काठमाडौं । सिद्धार्थ बैंकले दैनिक मौज्दातमा ८ प्रतिशत ब्याज दिने गरी स्वर्णिम बचत योजना ल्याएको छ । बैंकले सिद्धार्थ युनो क्रेडिट कार्ड, आस्वा सुविधा, डिम्याट खाता, एबीबीएस सुविधा, इन्टरनेट बैकिङलगायतका सुविधा रहेको बैंकले जनाएको छ ।
एनएमबी बैंकले ल्यायो नयाँ सेयर लगानीको प्रविधि, एसमएसबाट आईपीओ र एफपीओमा आवेदन दिन सक्ने
काठमाडौं । एनएमबी बैंकले एसएमएसबाट सेयरमा लगानी गर्ने व्यवस्था गरेको छ । बैंकले डिजिटलाइजेसन ड्राइभ अन्तरगत घर र कार्यलयमा बसेर एसएमएसमार्फत प्रथामिक निष्कासन (आईपीओ) र थप निष्कासन (एफपीओ) मा आवेदन दिन सकिने जनाएको छ । आस्वा स्पेश एकाउन्ट नम्बर एसपेस डिम्याट नम्बर टाइप गरी ३७४४७ मा पठाउनु पर्ने छ । त्यसपछि बैंकबाट आस्वा नम्बर पाउन सकिन्छ । बैंकले मोवाइल तथा इन्टरनेट बैंकिङ प्रदान गरिरहेकोमा थप नयाँ बैकिङ प्रविधिको सुरुवात गरेको छ ।
बुम रेमिट्यान्स प्रालीको एजेन्टमा नेपाल बगंलादेश बैंक नियुक्त, बैंकका शाखाबाट रेमिट्यान्स भुक्तानी गरिने
काठमाडौं । बुम रेमिट्यान्स प्रालीले नेपाल बंगलादेश बैंक लिमिटेडलाई आफ्नो एजेन्ट नियूत्त गरेको छ । आइतबार बुम रेमिट् मार्फत नेपालीले विदेश बाट पठाएको रकम नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्नुको साथै बुम रेमिटको सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि सम्झौता भएको छ । उक्त सम्झौतामा बुम रेमिट्यान्सको तर्फबाट श्री प्रबन्ध निर्देशक धिरेन्द्र पन्त र नेपाल बंगलादेश बैंक लिमिटेडको तर्फबाट नायब महाप्रवन्धक श्री सुरेन्द्र भूषण श्रेष्ठले सम्झौता पत्रमा हस्तक्षर गरेका छन् । आन्तरिक संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संञ्जाललाई तिब्ररूपले विस्तार गर्दै जाने रणनिति रहेको कुराको जानकारी प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले दिए । उनका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूसँग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ ।बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको उनले बताए । यस अवसरमा बैंकका नायब महाप्रवन्धक श्री सुरेन्द्र भूषण श्रेष्ठले बुम रेमिट्यान्ससँगको सहकार्यले बैंकको रेमिट्यान्स ब्यवसायमा थप टेवा मिल्ने धारणा ब्यक्त गरे । बुम रेमिट्यान्सको नेपालमा ७५ वटै जिल्लामा ४००० वटा भन्दा बढि सब–ऐजेन्टहरु छन् । नेपाल बंगलादेश बैंक लिमिटेडको नेपाल भरी ४७ वटा शाखाहरु र २ वटा एक्स्टेंसन रहेका छन् ।
हिमालयन बैंकको ‘इ कमर्स पेमेन्ट गेटवे सेवा’ सुरु, विद्युतीय प्रणाली मार्फत खरीद र बिक्री
काठमाडौं । हिमालयन बैंक लिमिटेडले विद्युतीय भुक्तानी प्रणाली “एचबीएल ई कमर्स पेमेन्ट गेट वे” को नयाँ संस्करण शुरु गरेको छ । बैंकले ग्राहकका लागि अनलाईनमार्फत वस्तु तथा सेवा प्रदान गर्न डेबिट तथा क्रेडिट कार्डको व्यवस्था गरेको छ । बैंकले हाल शुरु गरेको ई कमर्सको नयाँ सँस्करण एशिया प्यासिफिक क्षेत्रको प्रतिष्ठित विद्युतीय भुक्तानी सेवा प्रदायक टु सि टु पि थाइल्यान्ड सँगको सहकार्यमा शुरु गरेको हो । यो संस्करणमा अन्तर्राष्ट्रिय तथा स्थानीय कार्डधारकहरुलाई लक्षित गरि विकास गरिएको बैंकले जानकारी दिएको छ । नेपालकै इतिहासमा हिमालयन बैंकले सर्वप्रथम ई कमर्स सेवाको शुरुवात गरेको हो जसले व्यवसाय गर्ने प्रविधमै क्रान्ति ल्याएको बैंकको दाबी छ । यसमा ई कमर्सको माध्यमले वस्तु तथा सेवाको खरीद तथा विक्री विद्युतीय प्रणाली मार्फत गर्न सकिन्छ । बैंकको विद्युतीय भुक्तानी प्रणाली प्रयोग गरी स्थानीय व्यवसायीहरुले आफ्ना उत्पादनहरु सजिलो तथा सुरक्षित किसिमले स्थानीय तथा अन्तराष्ट्रिय बजारमा बिक्री गर्न सक्नेछन् । हाल परिष्कृत गरिएको विद्युतीय भुक्तानी प्रणालीले सवै भिसा तथा माष्टरकार्ड ब्राण्डका कार्डहरु स्वीकार गर्दछ । निकट भविष्यमै अमेरिकन एक्सप्रेस, जेसिबि तथा युपिआई कार्डहरु समेत यस प्रणालीले स्वीकार गर्ने बैंकले जानकारी दिएको छ । बैंकद्वारा परिमार्जित यस ई कमर्स सेवा सवै प्रकारका व्यवसायहरु जस्तै उड्डयन, होटेल, ट्राभल तथा टुर, अनलाईन खरिद विक्री साईट, सिनेमा थिएटर आदिहरुको लागि समेत उपलब्ध छ । हाल बुद्ध एअर, यती एअरलाइन्स, सिम्रिक, गोमा तथा श्री एअरलाइन्स, मुन्चा, चेयर्स, ओलिज, स्मार्ट डोको, हिमालयन सोसल जर्नी र नेपाल सोसल ट्रेक्स आदि ले एचविएल ई कमर्स पेमेन्ट गेटवे प्रयोग गरिरहेका छन् । यस विद्युतीय भुक्तानी प्रणाली थ्री डि सेक्युर प्रविधिमा आधारित भएको हुँदा यस प्रणालीमा रही डेबिट तथा क्रेडिट कार्ड मार्फत गरिने सम्पूर्ण कारोवारहरु अत्यन्त सुरक्षित हुने बैंकले बताएको छ । इ कमर्स गेट वे तथा कार्ड प्रविधिमा बैंकद्वारा प्रयुक्त यस प्रकारको उच्चतम सुरक्षा प्रविधिले गर्दा व्यापारी तथा ग्राहक दुवैलाई उच्च सुरक्षाको अनुभूति गराउनेछ । बैंकले सन् २०१५ को जनवरी देखिनै अन्तर्राष्ट्रिय कार्डधारकहरुलाई लक्षितगरी नेपाली व्यवसायीमाझ ई कमर्स सेवा प्रदान गर्दै आईरहेको छ । यसै सन्दर्भमा नेपाल सरकारलाई सन् २०१५ को भूकम्पपछि प्रधानमन्त्री भूकम्प सहायता कोषमा विभिन्न देशहरुवाट उपलब्ध सहयता रकम बैंकको ई कमर्स सेवा मार्फत संकलन भएको थियो । उक्त समय करीव ९३ हजार पाँच सय अमेरिकी डलर एचबीएल ई कमर्सको माध्यमद्वारा संकलन भएको थियो ।
नेपाल इन्भेष्टमेन्ट बैंकले इन्स्फ्रास्ट्रक्चर बैंकमा एक अर्ब रुपैयाँ लगानी गर्दै
काठमाडौं । नेपाल राष्ट्र बैंकमा सञ्चालनको अनुमति माग गर्दै निवेदन दर्ता गराएको नेपाल इन्स्फ्रास्ट्रक्चर बैंकमा नेपाल इन्भेन्टभेन्ट बैंकको एक अर्ब रुपैयाँ लगानी रहने भएको छ । नेपाल इन्भेन्टभेन्ट बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडेले सन् २००८ मा नै इन्स्फ्रास्ट्रक्चर बैंक खोल्ने प्रयास गरेको थिए । उनकै प्रस्ताव अनुसार राष्ट्र बैंक र अर्थ मन्त्रालयले पूर्वाधार विकास बैंक खोल्न नीतिगत रुपमा बाटो खुलाउने कामको शुरुवात भएको थियो । स्रोतका अनुसार पाँडेले आफ्नो पुरानो प्रस्तावबारे राष्ट्र बैंकमा चासो राखेपछि राष्ट्र बैंकले दुबै प्रस्ताव मर्ज गराएर एउटै बैंक बनाउन सुझाव दिएको छ । ‘एकै पटक ठूलो लगानीका दुई वटा पूर्वाधार विकास बैंक आउँदा त्यसले अर्थतन्त्रलाई हित गर्दैन । २० अर्बको सट्टा १०० अर्ब लगानीको भएपनि एउटा मात्र पूर्वाधार विकास बैंक होस् भन्ने राष्ट्र बैंकको सुझाव हो’ स्रोतले भन्यो । पूर्वाधार विकास बैंक ल्याउनु पर्छ भनेर पृथ्वीबहादुर पाँडेले धेरै पहिलेदेखि पहलकदमी लिएकोले उनलाई समेटर लैजानुपर्छ भन्नेमा प्रस्तावित नेपाल इन्स्फ्रास्ट्रक्चर बैंकमा आवद्ध सबै सकारात्मक भएको सो बैंकको प्रस्तावित अध्यक्ष डा विमलप्रसाद कोइरालाले बताए । ‘हामीले फराकिलो सोचका साथ ठूलो बैंक खोल्दै छौं । अर्थतन्त्र र बैकिङ क्षेत्र बुझेका इच्छुक लगानीकर्तालाई समेटेर जान सकिन्छ’ कोइरालाले भने । स्रोतका अनुसार इन्स्फ्रास्ट्रक्चर बैंकमा नेपाल इन्भेष्टमेन्ट बैंकको एक अर्ब रुपैयाँ लगानी राख्ने र पाँडेलाई सम्मान जनक हैसियतमा इन्स्फ्रास्ट्रक्चर बैंक भित्र्याउने तयारी छ । ‘उहाँसँग लामो बैकिङ क्षेत्रको अनुभव पनि छ । ठूलो बैंक चलाएको अनुभव पनि छ । अन्तराष्ट्रिय सम्बन्ध पनि राम्रो छ । उहाँ इन्स्फ्रास्ट्रक्चर बैंकमा हुँदा संस्थालाई फाइदा हुन्छ’ इन्स्फ्रास्ट्रक्चर बैंकका एक प्रवद्र्धकले भने । यस बैंकको संस्थापकमा ३९ जना व्यक्ति र २२ वटा कम्पनी रहेका छन् । बैंकमा सरकारको २ अर्ब रुपैयाँ ग्लोबल आईएमई बैंक, एनआईसी एशिया बैंक, सिद्धार्थ बैंकको १/१ अर्ब, नेपाल पुर्नबीमा कम्पनीको १ अर्ब रुपैयाँ लगानी रहने छ । सिद्धार्थ बैंकले १० करोड लगानी गर्ने भएको छ । पाँडेको प्रयास ‘मैले २००८ मा नै इन्स्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक खोल्न प्रयास गरेको थिए । मेरै प्रस्ताव अनुसार तत्कालिन अर्थमन्त्री डा बाबुराम भट्टराईले बजेटमा नै पूर्वाधार विकास बैंक खोलिने उल्लेख गर्नुभएको हो’ पाँडेले विकासन्युजसँग कुरा गर्दै भने–‘इन्स्फ्रास्ट्रक्चर डेभलपमेन्ट खोल्ने भनेपछि वहुराष्ट्रिय संस्थाहरुले अर्थमन्त्रालयसँग धेरै चासो राखेछन् । अर्थमन्त्री भट्टराईको उपस्थितिमा विश्व बैंक, एशियाली विकास बैंक लगायत वहुपक्षीय संस्थाहरुको प्रतिनिधि माझ मैले इन्स्फ्रास्ट्रक्चर डेभलपमेन्टको आवश्यकताबारे प्रस्तुतिकरण गरे । सबैले तारिफ गरेका थिए ।’ उनले विदेशी लगानीसहित ५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहने गरी नेपाल इन्स्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक दर्ता गराए । एउटा विदेशी लगानीकर्तासँग एमओयू गरेरे सोल्टी होटलमा रात्री भोजको पनि आयोजना गरेको थिए । त्यहिबेला अन्तराष्ट्रिय बजारमा वित्तीय संकट आयो । उक्त संकटको प्रभावले नेपालमा पूर्वाधार विकास बैंक खेल्ने प्रयास पछाडि धकेलिदै गयो । ‘पूर्वाधार विकास बैंकको लागि लगानीकर्ता जुटाउन म धेरै पटक यूरोप गए, भारत गए, चीन गए । एकातिर विश्वबजारमा फाइनान्सियल क्राइसिस भएकोले लगानी जुटाउन कठिन भयो, अर्कोतिर यता पूर्वाधार विकास बैंक खोल्नको लागि कानुन पनि बन्न सकेन’ विगतलाई सम्झदै पाँडेले भने । नयाँ दर्ता भएको इन्स्फ्रास्ट्रक्चर बैंकमा आफू संलग्न हुन चाहेको उनले बताए । ‘९ वर्षअघि मैले प्रयास गरेँ, सफल भएन । अहिले इन्स्फ्रास्ट्रक्चर बैंकका लागि कानुनी बाटो पनि खुला भएको छ । मिलेर जान सकिन्छ’ उनले भने ।
विवेकपुर्ण निर्णय लिएर सेयरमा लगानी गर्न इन्भेटर्स फोरमको आग्रह
काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले सेयर बजार घट्दै गएकोमा चिन्ता व्यक्त गर्दे हत्तोसाहित नहुन लगानीकर्तालाई अनुरोध गरेको छ । फोरमले सोमबार एक विज्ञप्ति प्रकाशित गरी सुचिकृत कम्पनीको वित्तीय अवस्था राम्रो रहेको, बैकिङ क्षेत्रमा रहेको अधिक तरलताले निक्षेप र कर्जाको ब्याज दर क्रमश घट्दै गएको र कम्पनीको नाफा पनि राम्रो रहेको भन्दै हत्तोसाहित नभई स्वविवेकले लगानी गर्न फोरमले आग्रह समेत गरेको छ । नियमनकारी निकायले बजार सुधारको योजना नल्याएको, सेयर कर्जामा अंकुश लगाएको र सरकारको नकरात्मक दृष्टिले बजार धरासायी हुदै गएको आरोप फोरमले लगाएको छ ।