लघुवित्त र विकास बैंक छुट्टिए, नेप्सेमा आजदेखि लघुवित्त समूहको छुट्टै परिसूचक
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा लघुवित्त समुह र विकास बैंक समूह छुट्टिएका छन् । नेप्सेले आज(कात्तिक १५ गते)देखि लघुवित्त समूहको छुट्टै परिसूचक निर्माण गरि अलग्गै कारोबार गराउने भएको छ । यसअघि विकास बैंक र लघुवित्त गरि कुल ७१ कम्पनीलाई एकै समूहमा राखिएको थियो । सो मध्ये नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको लघुवित्त कारोबार गर्ने इजाजत प्राप्त गरेका ३३ वित्तीय संस्थाहरुलाई अलग गरेको नेप्सेले जनाएको छ । अर्थात विकास बैंक समूहमा ३८ कम्पनी र लघुवित्त समूहमा ३३ कम्पनीको कारोबार हुने भएको छ । साथै, आजदेखि नयाँ परिसूचक लघुवित्त समूहलाई नेप्सेको वेभसाइटमार्फत रियल टाइममा प्रसारण हुने व्यवस्था मिलाइएको नेप्सेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यस मार्फत लगानीकर्ताले बजारको बारेमा थप सूचना प्राप्त गर्ने नेप्सेको विश्वास रहेको छ ।
युनिलिभरले लाभांश लिन बोलायो, १ महिनाभित्र नलिए जफत हुने
काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले पुरानो बाँकी लाभाँश लिन सेयरधनीलाई बोलाएको छ । सेयरधनीले लामो समयदेखि लाभांश नलिएको भन्दै युनिलिभरले एक महिनाभित्र लाभांश लिन भनेको छ । एक महिनापछि पनि लाभांश लिन नआए कम्पनी ऐनको दफा १८३ बमोजिम बुझिलिन बाँकी लाभांश कम्पनीले लगानीकर्ताको संरक्षण कोषमा जम्मा गर्ने जानकारी गराएको छ । निर्धारित समयमा लाभांश लिन नआए कम्पनीले स्वीकार नगर्ने स्पष्टपारेको छ ।
बैंकिङ प्रणालीमा ४३ अर्ब अधिक तरलता, राष्ट्र बैंकले आज ३ अर्ब बजारबाट उठाउदै
काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएपछि नेपाल राष्ट्र बैंकले आज बुधबार बजारबाट ३ अर्ब रुपैयाँ उठाउने भएको छ । केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत १५ दिनका लागि बैकिङ प्रणालीबाट तरलता प्रशोचन गर्न लागेको हो । निक्षेपको सावाँ र ब्याज भुक्तानी कात्तिक ३० गते हुने राष्ट्र बैंकले जनाएको छ । हाल बैंकिङ प्रणालीमा ४३ अर्ब रुपैयाँ बढी तरलता भएपछि यसलाई प्रशोचन गर्न राष्ट्र बैंकले निक्षेप उपकरण ल्याएको हो । चालु आर्थिक वर्ष सुरुभययता बजारमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले तरलता प्रशोचन गर्दे आएको छ । केन्द्रीय बैंकले बैकिङ प्रणालीमा तरलता अभाव भयो भने विभिन्न वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ । गत वर्ष दोस्रो त्रैमाशदेखि लगानीयोग्य पुँजीको अभावले गर्दा वित्तीय घर्षण बढेर बजारमा समस्या आएको थियो । लगानी गर्ने पुँजी नभएपछि बैंकले महंगो ब्याज दरमा ठुलो परिमाणमा निक्षेप उठाएका थिए । १ खर्ब ४ अर्ब ९० करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ । यसमध्ये, निक्षेप बोलकबोलमार्पmत् ३५ अर्ब १५ करोड, रिभर्स रिपोमार्पmत् ६९ अर्ब ७५ करोड तरलता प्रशोचन भएको छ । केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट ५३ करोड १२ लाख अमेरिकी डलर खरिद गरी ४६ अर्ब ५४ करोड खुद तरलता प्रवाह गरेको छ ।
एमाले समानुपातिकमा मोति दुगड एक्ला उद्योगी
काठमाडौं । नेकपा(एमाले)ले उद्योगी मोती दुगडलाई प्रतिनिधीसभा तर्फको समानुपातिक सूचिमा समावेश गरेको छ । एमालेको समानुपातिक सूचिमा पर्ने दुगड एक्ला ठुला उद्योगी हुन् । यस अघि एमालेका तर्फबाट राज्यलक्ष्मी गोल्छा, इच्छाराज तामाङ, महेन्द्र शेरचन लगायत समानुपातिक सांसद बनेका थिए । त्यस बाहेक व्यवसायीक पृष्ठभूमिका जनार्दन ढकाल, डा. दुमनसिंह थापा, पार्वत गुरुङ लगायत प्रत्यक्ष टिकट पाएर सांसद बनेका थिए । यसपाली भने एमालेले दुगडलाई मात्रै समानुपातिक सूचिमा राखेको हो ।
कांग्रेसको समानुपातिक सांसद सूचिमा दर्जन व्यवसायी, विनोद चौधरी भन्दा देवी भट्टचन ३० स्थान अगाडि
काठमाडौं । नेपाली काँग्रेसले प्रतिनिधि सभा र प्रदेशसभा सदस्यका लागि समानुपातिक सांसदमा तर्फबाट सिफारिस गरेको उम्मेदवारहरुको नाम सार्वजनिक भएको छ । त्यसमा एक दर्जन भन्दा बढी व्यवसायी परेका छन् । सूचिमा बहादुर सिंह लामा, उमेश श्रेष्ठ, जिपछिरिङ लामा, दिब्यमणि राजभण्डारी, देविप्रकाश भट्टचन, आनन्दराज मुल्मी, विनोद कुमार चौधरी, अनिलकुमार रुगंटा, सूर्यबहादुर केसी लगायत छन् । उक्त सूचिमा सबैभन्दा चर्चित र नयाँ अनुहारमा देविप्रकाश भट्टचन रहेको छ । भट्टचन पछिल्लो दशक उच्चस्तरको व्यवसायिक विस्तार गर्दै आएको व्यावसायिक घराना प्रभु समूहका अध्यक्ष हुन् । यो समूहले बैंक, बीमा, रेमिट्यान्स, जलविद्युत्, सहकारी, हेलिकप्टर, सूचना र प्रविधि लगायतका सेवा क्षेत्रको आक्रामक रुपमा व्यवसाय विस्तार गर्दै आएको छ । त्यस्तै चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरी नेपाली कांग्रेसबाट समानुपातिक सांसदको उम्मेद्वार बनेका छन् । उनी नेपालमा भन्दा विदेशमा व्यवसाय विस्तार गरेर चर्चित भएको व्यवसायी हुन् । उनी केही दिनअघि मात्र नेकपा एमाले त्यागेर कांग्रेस प्रवेश गरेका थिए । कांग्रेसले समानुपातिकको सूचिमा चौधरीलाई भन्दा भट्टचनलाई ३० स्थान अगाडि राखेको छ । कांग्रेसले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, शिक्षा व्यवसायी उमेश श्रेष्ठ, निर्माण व्यवसायीहरु जिपछिरिङ लामा र बहादुर सिंह लामा, अनिल रुङगटा, दिब्यमणि राजभण्डारी लगायतका व्यवसायीहरुलाई समनुपातिक सांसदको सूचिमा छन् । राप्रपा त्यागेर हालै कांग्रेस प्रवेश गरेका पोखराका व्यवसायी सूर्यबहादुर केसी पनि समानुपातिकको उम्मेद्वार छन् । कांग्रेसले व्यवसायीसँग प्रतिव्यक्ति १ देखि ५ कराेड रूपैयाँ लिएर समानुपातिककाे सूचिमा राखेकाेले उनीहरू सांसद बन्ने पक्का पक्की भएकाे कांग्रेस वृतमा सुनिन थालेकाे छ । नेपाली कांग्रेसले केन्द्र र प्रदेश सभामा समानुमातिक तर्फको सांसदको लागि बुझाएको सूचि निम्नअनुसार रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकको खुदनाफा ७१ करोड
काठमाडौं । सरकार स्वामित्वको राष्ट्रि वाणिज्य बैंकले ३ महिनामा २१ करोड रुपैयाँ नाफा बढाएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले ७० करोड ९५ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ५० करोड रुपैयाँ मात्र नाफा गरेको थियो । बैंकले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तीय विवरणमा वित्तीय सुचक सकरात्मक देखिएका छन् । बैंकको निष्क्रय कर्जा २.९२, पुँजिगत लागत १.६७, कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७१.७९, कर्जा निक्षेपबीचको ब्याजदर अन्तर ४.९५ र प्रतिसेयर आम्दानी (ईपीएस) २३.५४ प्रतिशत रहेको बैंकले जनाएको छ । समीक्षा अवधिमा बैंकको निक्षेप १ खर्ब ४८ अर्ब ३१ करोड रुपैयाँ छ । यस्तै कर्जा लगानी १ खर्ब ६ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । जगेडामा ३ अर्ब ८२ करोड र चुक्तापुँजी ८ अर्ब ५८ करोड ८९ लाख रुपैयाँ छ ।
३ महिनामा नविल बैंकको नाफा ८५ करोड, इपीएस घट्यो
काठमाडौं । नविल बैंकले चालु आर्थिक वर्षको पहिल त्रैमाशमा नाफा ६ करोड रुपैयाँ बढाएको छ । चालु आवको असोजसम्म बैंकले ८५ करोड १४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले ८९ करोड २६ लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशिक वित्तीय विवरणमा नाफा, कर्जा लगानी र निक्षेप परिचालन बढेको छ । चालु आवमा नाफा बढेपनि बैंककको प्रतिसेयर आम्दानी (ईपीएस) घटेर ४१ रुपैयाँ १० पैसामा सीमिति भएको छ । गत आवको सोही अवधिमा ५० रुपैयाँ ६७ र असारमा ५८ रुपैयाँ ४१ पैसा थियो । असारको तुलनामा असोजमा ईपीएस १८ रुपैयाँ घटेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा बढेर १.११ प्रतिशत पुगेको छ । गत आवको असारमा यस्तो कर्जा ०.८० प्रशित मात्र थियो । बैंकको पुँजीगत लागत बढेर ४.४० प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा १.८८ प्रतिशत र असारमा बढेर २.७० प्रतिशत पुगेको थियो । यस्तै बैंकको कर्जा निक्षेप अनुपात र प्राथमिक पुँजी (सीसीडी रेसियो) ७५.८३ र कर्जा निक्षेपबीचको ब्याज दर अन्तर (स्प्रेड) ४.८३ प्रतिशत रहेको बैंकले जनाएको छ । असोजसम्म बैंकले १ खर्ब २२ अर्ब ७९ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब २० करोड रुपैयाँ निक्षेप परिचालन गरेको थियो । यस्तै कर्जा लगानी ९४ अर्ब ९८ करोड रुपैयाँ छ । गत आवको सोही अवधिमा बैंकको लगानी ८३ अर्ब ५४ करोड रुपैयाँ थियो । बैंकको संचिति ६ अर्ब ९० करोड ५० लाख रुपैयाँ छ । गत आवको सोही अवधिमा यस्तो संचिती ६ अर्ब २० करोड ७८ लाख रुपैयाँ थियो । बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब ४ करोड ३२ लाख रुपैयाँ पुर्याएको छ ।
जनता बैंकको नाफा ९ लाख मात्र बढ्यो, प्रतिसेयर आम्दानी घटेर ३.७१ रुपैयाँमा सीमित
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा जनता बैंकको खुद नाफा ९ लाख रुपैयाँ मात्र बढेको छ । चालु आवको असोजसम्म बैंकले ६ करोड ४८ लाख रुपैयाँ मात्र खुद नाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको खदनाफा ६ करोड ३९ लाख रुपैयाँ थियो । बैंकले बुधबार सार्वजनिक गरेको चालु आवको वित्तीय विवरणअनुसार नाफा बढाउन बैंक असफल देखिएको छ । नाफा नबढेपछि प्रतिसेयर आम्दानी(ईपीएस) पनि घटेको छ । चालु आवको पहिलो ३ महिनामा बैंकको ईपीएस घटेर ३ रुपैयाँ ७१ पैसामा सीमित भएको छ । गत आवको असारसम्म बैंकको ईपीएस ९ रुपैयाँ १८ पैसा थियो । ३ महिनामा झण्डै ईपीएस झण्डै ६ रुपैयाँ घटेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात घटेर १.६५ प्रतिशतमा झरेको छ । गत असारमा बैंकको यस्तो कर्जा २ प्रतिशत थियो । यस्तै बैंकको पुँजीगत लागत दोब्बर बढेर ७.९ प्रतिश पुगेको छ । गत आवको सोही अवधिमा यस्तो लागत ४.३० प्रतिशत थियो । बैंकमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७३.२६, कर्जा र निक्षेपबीचको ब्याज दर अन्तर (स्प्रेड) ३.७२ र आधार ब्याज दर साढे ११ प्रतिशत रहेको छ । बैंकको संचित वचत १ अर्ब ८९ करोड २१ लाख रुपैयाँ छ । असोजसम्म बैंकले ५२ अर्ब ३५ करोड रुपैयाँ निक्षेप परिचालन गरेको छ । गत आवको सोही अवधिमा २५ अर्ब २५ करोड रुपैयाँ थियो । गत आवको सोही अवधिको तुलनामा बैंकको निक्षेप दोब्बर र असारको तुलनामा ४ अर्ब रुपैयाँ बढेको छ । समीक्षा अवधिमा बैंकको कर्जा लगानी बढेर ४७ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा २१ अर्ब ८० करोड रुपैयाँ थियो । गत असारसम्म बैंकको कुल कर्जा लगानी ४५ अर्ब ६५ करोड रुपैयाँ थियो । ३ महिनामा बैंकले झण्डै ३ अर्ब रुपैयाँ कर्जा लगानी बढेको बैंकले जानकारी दिएको छ । बैंकको चुक्तापुँजी ६ अर्ब ९९ करोड ३६ लाख रुपैयाँ छ ।