विकासन्युज

राष्ट्रिय वाणिज्यकाे बढ्दा कृषि विकास बैंकको नाफा ह्वातै घट्यो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नाफा बढ्दा सरकार स्वामित्वको कृषि विकास बैंकको खुदनाफा ह्वातै घटेको छ ।चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकको खुदनाफा ६ करोड रुपैयाँ घटेर ३६ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा बैंकले ४२ करोड २३ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत असारको तुलनामा असोजसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ह्वातै घटेर १५ रुपैयाँ ९४ पैसामा सीमित भएको छ । गत असारमा बैंकको ईपीएस ३४ रुपैयाँ ५८ पैसा थियो । चालु आवमा बैंकको निष्क्रिय कर्जा पनि बढेर ३.५४ प्रतिशत पुगेको छ । गत आवमा यस्तो कर्जा अनुपात २.९७ प्रतिशत थियो । बैंकको पुँजीगत लागत बढेर ७.२ प्रतिशत पुगेको छ । गत असारमा ५.७४ प्रतिशत थियो । कर्जा निक्षेप अनुपात ७७.३४, आधार ब्याज दर ११.९७ औसत ब्याज अन्तर ४.६५ प्रतिशत रहेको छ । संस्थागत निक्षेप बाहिरिएपछि बैंकको निक्षेप परिचालन घटेर ९९ अर्ब ३० करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा बैंकको निक्षेप ९९ अर्ब ९५ करोड रुपैयाँ थियो । कर्जा लगानी पनि घटेर ८८ अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा यस्तो लगानी ८८ अर्ब २९ करोड रुपैयाँ थियो । जगेडा कोष बढेर १० अर्ब २३ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

नेपाल बंगलादेश बैंकको नाफा ७ करोड र ईपीएस २० रुपैयाँ घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा नेपाल बंगलादेश बैंकको नाफा ७ करोड रुपैयाँ घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले १५ करोड ४० लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २२ करोड ५० लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशिक वित्तीय विवरणमा वित्तीय अवस्था सन्तोषजनक देखिएको छैन् । नाफा घटेर पु्ँजी बढेपछि प्रतिसेयर आम्दानी (ईपीएस) २० रुपैयाँ घटेर ८ रुपैयाँमा सीमित भएको छ । गत असारमा बैंकको ईपीएस २८ रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.७३ प्रतिशत मात्र छ । बैंकको पुँजीगत लागत बढेर ७.९६, कर्जा निक्षेप ब्याज अन्तर ७४, आधार दर ११.३९ र कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ३.४० प्रतिशत रहेको बैंकले जनाएको छ । गत असारको तुलनामा बैंकको निक्षेप परिचालन घटेर ४२ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा निक्षेप ४३ अर्ब ३७ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी सामान्य बढेर ३८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । असारमा कर्जा ३७ अर्ब ४६ करोड रुपैयाँ थियो । बैंकको संचित कोषमा २ अर्ब ५० करोड रुपैयाँ छ । चुक्तापुजी ८ अर्ब ८ करोड रुपैयाँ छ ।

सिभिल बैंकको नाफा घट्यो, खराब कर्जा बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सिभिल बैंकको नाफा ३ करोड रुपैयाँ घटेको छ । चालु आवको ३ महिनामा बैंकले ११ करोड ३३ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १४ करोड ५५ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशको वित्तीय विवरणमा नाफा घटेको जानकारी गराएको हो । बैंकले बढ्दो ब्याजदर र कर्जा जोखि व्यवस्थाले नाफा घटेको बैंकले जनाएको छ । बैंकको नाफा घटे पनि बैंकले ३ महिनामा प्रतिसेयर आम्दानी (ईपीएस) बढाएर ८ रुपैयाा ४९ पैसा पुर्याएको छ । गत असारमा यस्तो आम्दानी ६ रुपैयाँ ५२ पैसा थियो । यस्तै ३ महिनामा बैंकको खराब कर्जा बढेर ४.६९ प्रतिशत पुगेको छ । गत असारमा यस्तो कर्जा ४ प्रतिशत थियो । बैंकको लगात बढेर ८, कर्जा निक्षेप अनुपात ७६.४८, आधार दर ११.५५ प्रतिशत पुगेको छ । समीक्षा अवधिसम्म बैंकको निक्षेप परिचालन ३४ अर्ब २४ करोड रुपैयाँ छ । गत असारमा बैंकको निक्षेप ३४ अर्ब ११ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकले निक्षेप बढाउन सकेको छैन् । कर्जा लगानी बढेर ३० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । गत असारमा २९ अर्ब ४९ करोड रुपैयाँ थियो । बैंकको संचित कोषमा १ अर्ब ७५ करोड ६२ लाख रुपैयाँ छ । चुक्तापुँजी बढेर ५ अर्ब १८ करोड ५२ लाख रुपैयाँ छ । बैंकले चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउन ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ ।

अख्तियारले ट्रान्सफरमर काण्ड व्यूँत्यायो, पूर्वमुख्यसचिवदेखि सचिवसम्म तानिए

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बहुचर्चित ट्रान्सफर्मर काण्ड पुनःव्यूँत्याएको छ । ट्रान्सफरमर खरिदमा अनियमितता भएको भन्दै अख्तियारले केही पूर्व मुख्यसचिव र सचिवसंग बयान लिएको छ । तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको पालामा उठेको मुद्धाले तत्कालिन नेपाल विद्युत प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक रामेश्वर यादवलगायत ३२ जना जेल गएका थिए । मुद्दा चलेर रोकिएका फाइलमाथि अख्तियारले फेरि छानबिन थालेको हो । अख्तियारले आईतबार पूर्व–मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीसहित पुर्वसचिव विश्वप्रकाश पण्डित र वहालवाला सचिव अर्जुनकुमार कार्कीसंग बयान लिएको छ । पूर्वमुख्यसचिव क्षेत्रीले अख्तियारमा गएर बयान दिएको बताए । विकासन्युजसंग कुरा गर्दे भने “अख्तियारको वयान लिने निर्णय नै हास्यपद छ । मलार्इ वदनाम गराउन वयान लिएको हो ।” हुवइ सनलाइट कम्पनीको गुणस्तरहीन ट्रान्सफरम भेटिएपछि फिर्ता गराउन आर्विटेसन गठन गरेको उनले जानकारी दिए । त्यसबेला अदालतले नै गुणस्तरहिन ट्रान्सफरम फिर्ता गरेर नयाँ ल्याउन आदेश दिएको बताउदै उनले सोही अधारमा मध्यस्ततामार्फ सल्टाएको जिकिर गरे । मध्यस्थकर्ता पूर्वअख्तियारका प्रमुख सूर्यनाथ उपाध्याय थिए । ०६७०/६८ सालमा ट्रान्सफरमर खरिद भएको र आफू २०७१ पछि मात्र ऊर्जा मन्त्रालयमा सचिव भएको उनले बताए । अख्तियारले प्रतिशोध साँध्न बोलाएको हुन सक्ने उनको भनाई छ । सचिव क्षेत्र अख्तियारमा सचिव भएर काम गरेका थिए । गुणस्तरही ट्रान्सफर खरिदको मुद्धा चलिरहेका बेला गैरकानूनी रुपमा सल्टाउन मध्यस्थतता (आर्विटेसन) गठन गरेर राज्यलाई नोक्सानी पुर्याएको अख्तियारको दावी छ । मुख्यसचिव क्षेत्री, पण्डित र कार्की ऊर्जा मन्त्रालयका सचिवका रुपमा काम गरेका थिए । कार्की २ पटक विद्युत प्राधिकरणका कार्यकारी निर्देशक समेत भएका थिए । कार्कीको पालामा भारतीय कम्पनी एसभीआरबाट खरिद भएको ट्रान्सफर्मरमा भएको अनियमितता छानविन भएको छैन् । पूर्वआईजीपी अर्यालसंग पनि बयान यस्तै गैरकानूनी सम्पति आर्जन गरेको अभियोगमा अख्तियारले पूर्व–प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसंग आइतबार बयान लिएको छ । आइतबार बयान लिएपछि अर्याललाई १३ पाने समेत भराएको छ ।    

निर्वाचन आयोगले दियो उम्मेदवारहरुलाई चुनाव चिह्न, २६४ जनाको उम्मेदवारी सूचीबाट हट्यो

काठमाडौं । निर्वाचन आयोगले दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गरेको छ।  मनोनयन दर्ता गरी आयोगबाट स्वीकृत उम्मेदवारहरुलाई आइतबार  निर्वाचन चिह्न प्रदान गरिएको आयोगले जनाएको छ। आयोगका अनुसार ४५ जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन चिह्न प्रदान भएको छ । कात्तिक १६ गते प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ पदका लागि उम्मेदवारी दर्ता गराएका र आयोगबाट स्वीकृत भएका उम्मेदवारहरुलाई निर्वाचन चिह्न प्रदान गरेको हो । आयोगको सूचना प्रविधि महाशाखाबाट प्राप्त जानकारी अनुसार, कायम रहेका ४,७४७ जना उम्मेदवारहरुमध्ये आज साँझ ६ बजेसम्म प्राप्त विवरण अनुसार दुई जनाको उम्मेदवारी रद्द, चारजनाको दाबी विरोधबाट खारेज र २५८ को उम्मेदवारी फिर्ता गरी जम्मा २६४ जना व्यक्तिको नाम उम्मेदवारहरुको सूचीबाट हटेको छ । निर्वाचन चिह्न प्रदान गरिएका उम्मेदवारहरुको अन्तिम विवरण आउन बाँकी रहेको छ ।

अफसिजनले बढायो तरकारीको भाउ, तीन सातामै १३६ प्रतिशतसम्मले महंगियो

काठमाडौं । अफसिजनका कारण तरकारीको मूल्य उकालो लागेको छ । अफसिजनले बजारमा पर्याप्त मात्रामा तरकारी नआउँदा त्यसको सिधा प्रभाव तरकारीमा परेको छ । ३ सातामा तरकारीको भाउ १३६ प्रतिशतसम्मले महंगिएको छ । कालिमाटी तरकारी फलफूल विकास समितिको पछिल्लो ३ साताको तथ्यांकमा तरकारीको भाउ १ सय ३६ प्रतिशतसम्मले बढेको छ । सामान्यतया कालिमाटीमा दैनिक सात सय मेट्रिक टन तरकारी आयात हुन्छन् । तर हाल दैनिक ५/६ सय मेट्रिक टन मात्र तरकारी आयात हुने गरेकाले तरकारीको भाउ बढेको समितिका योजना अधिकृत रमेश डंगोलले जानकारी दिए । ‘यो बेला नै यस्तै हो ‘,उनले भने, ‘अहिले तरकारीको सिजन सक्किदै गरेको र ठ्याक्कै अर्को सिजन सुरु नभएको अवस्था छ । त्यसैले पुराना तरकारी आउन बन्द छन् भने नयाँ तरकारी आउने बेला भएको छैन ।’ मंसिरको सुरुवातसँगै तरकारीको आपूर्ति सहज हुने उनले बताए । कालिमाटीमा यो वर्षको बर्खायामदेखिनै तरकारीको भाउ अचाक्ली महँगिएको छ त्यसमा पनि तरकारीको अफसिजन भएकाले तरकारीको मूल्य छोइसक्नु छैन । तरकारीको भाउ महंगिनुमा तरकारी आयात कम भएको व्यवसायीको तर्क छ। बजारमा प्रशस्त मात्रामा तरकारी नआउँदा माग र पूर्तिको सन्तुलन खलबलिएको कालिमाटी तरकारी थोक व्यवसायी संघका अध्यक्ष भरत खतिवडाले बताए । ‘प्रतिफल नपाएपछि तरकारी खेतीमा कृषकको रुचि हटेको छ’ ,उनले भने, ‘तरकारीको आपूर्ति घटेकाले मूल्यमा चाप परेको हो ।’ तरकारी (किलोमा) असोज २९ गते कात्तिक १९ गते प्रतिशत तुलना गोलभेडा ठूलो ५२ ९२ ७३.९२ गोलभेडा सानो ५६ ८२ ४६.४३ गाजर ६८ ९८ ४४.९२ काउली ५८ ९२ ५८.६२ आलु सेतो २९ ३८ ३१.०३ आलु रातो ३२ ४४ ३७.५० प्याज ५५ ६६ २०.०० भन्टा ५८ ६२ ६.९० तितो करेला ७८ ९८ २५.६४ लौका ३८ ४८ २३.३२ भिण्डी ८२ ९८ १९.५१ पिंडालू ३३ ४८ ४५.४५ पालूंगो साग ५८ ९३ ६०.३४ तोरी साग ४८ ५३ १०.४२ हरियो धनिया १२५ २९५ १३६.००  

छक्का-पञ्जा अफरको १० लाख रुपैयाँ नगद अम्बिका न्यौपानेलाई

काठमाडौं । दशैं, तिहार र छठपर्वलाई लक्षित गरी आईएमईले ल्याएको ‘आईएमई छक्का-पञ्जा’अफर अन्तर्गत नगद १० लाख रुपैयाँ नगद पप्रदान गरेको छ । उक्त १० लाख रुपैयाँ राशीको पहिलो बम्पर उपहार अम्बिका न्यौपानेलाई प्रदान गरिएको छ । आइएमई लिमिटेडका प्रमुख सेल्स अधिकृत रुद्रराज पौडेल र प्रवन्धक कृष्ण आचार्यले संयुक्त रुपमा १० लाख राशी बराबरको चेक न्यौपानेलाई प्रदान गरेका हुन् । कम्पनीका अनुसार कतारबाट नेपालमा रहेका आफन्तलाई २७ हजार ५ सय पठाउँदा थानेश्वर न्यौपानेलाई उपहार परेको थियो । सेवाग्राही थानेश्वर न्यौपानेको सिफारिसमा अम्बिका न्यौपानेलाई उक्त रकम प्रदान गरिएको हो । कम्पनीले हाल सम्म १६० आईएमई सेन्टरसहित ७५ जिल्लाका ६,८०० सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत् आफ्नो सेवा दिँदै आइरहेको छ ।

ग्लोबल आइएमई बैंक र कोरियाको जीएमई रेमिटेन्सबीच रेमिट्यान्स सम्झौता

काठमाडौं । नेपालको ग्लोबल आइएमई बैंक र कोरियाको ग्लोबल मनि एक्सप्रेस (जीएमई) रेमिटेन्सबीच रेमिट्यान्स सम्झौता भएको छ । उक्त सम्झौता अन्तर्गत जीएमईको शाखा तथा अनलाईनबाट तुरुन्तै नेपालमा रहेको ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखाहरुमा पैसा पठाउन सकिने छ । साथै, ग्लोबल आईएमईको नेपालभर रहेका ७००० भन्दा बढि एजेन्टहरु मार्फत १० मिनेट भित्रमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । उक्त जीएमई रेमिट्यान्स कम्पनीको आइतबारदेखि उद्घाटन भएको छ । उक्त रेमिट्यान्सको उद्घाटन कोरियाका लागि नेपाली राजदुत अर्जुनजंग बहादुर सिंहले संयुक्त रुपमा औपचारिक उद्घाटन गरेका हुन् । कोरियामा कोरियन सरकारको तर्फबाट प्राईभेट मनि टन्सफर कम्पनीलाई पहिलो पटक स्वीकृती दिई रेमिट्यान्सको कारोबार गर्ने जीएमई पहिलो रेमिट्यान्स कम्पनी भएको छ । उक्त कार्यक्रममा बोल्दै कोरियाका लागि नेपाली राजदुत अर्जुनजंग बहादुर सिंहले कोरियामा जीएमईको स्थापना संगै हाल बिभिन्न अनौपचारिक माध्यमबाट नेपालमा भित्रिईरहेको रेमिट्यान्सलाई औपचारिक माध्यमबाट नेपाल भित्र्याउन ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् । साथै, कार्यक्रममा उद्योग बाणिज्य महासंघका उपाध्यक्ष तथा ग्लोबल आइएमईका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियन सरकारको यो स्वीकृती र जीएमईको कारोबार सुरु भएपश्चात अहिलेसम्म कोरियाबाट हुने अनौपचारिक कारोबारलाई औपचारिक माध्यमबाट नेपालमा पठाउन ठुलो सहयोग पुग्ने बताएका छन् ।