विकासन्युज

कुमारी बैंकको नाफा डेढ करोड घट्यो

काठमाडौं । कुमारी बैंकको नाफा डेढ करोड रुपैंयाँले घटेको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासिकमा १३ करोड ७४ लाख नाफा कमाएको बैंकले चालु आवको सोही अवधीमा भने जम्मा ११ करोड २० लाख मात्रै कमाउन सफल भएको हो । बैंकको नाफा १ करोड ५४ लाखले घटेको देखिन्छ । कुमारी बैंकको खराब कर्जा १.२६ प्रतिशतबाट बढेर १.९७ प्रतिशत पुगेको छ । बैंकले १४ करोड रुपैंयाँ प्रोभिजन गरेको देखिन्छ । कुमारीले एक अर्ब ४१ करोड ब्याज आम्दानी गरेर १ अर्ब ५ करोड ब्याज खर्च गरेको छ । बैंकको प्रति सेयर आम्दानी पनि ११.७६ रुपैंयाँबाट घटेर ७.५१ रुपैंयाँमा झरेको छ ।

सुर्या लाईफ इन्स्योरेन्सको व्यतित बीमामा सत्प्रतिशत ब्याज छुट, मंसिरदेखि जोखिम वहन नगर्ने

काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखमा सत्प्रतिशत ब्याज छुट गरेको छ । व्यति (ल्याप्स) भएको सम्पुर्ण बीमालेखमा ब्याज छुटमा पुर्नजागर गर्न कात्तिक ३० गतेसम्म म्याद भएको कम्पनीले जनाएको छ । ३० गतेसम्म भुत्तानी नभए बीमालेखले मंसिरदेखि जोखिम बहन नगर्ने सुर्याले जनाएको छ ।

लक्ष्मी बैंकको नाफा बढ्यो, इपीएस घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा लक्ष्मी बैंकको खुदनाफा ४ करोड रुपैयाँ बढेको छ । चालु आवको असोजसम्म बैंकको नाफा बढेर १७ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकले १३ करोड ५८ लाख रुपैयाँ मात्र खुदनाफा गरेको थियो । समीक्षा अवधिमा बैंकको खराब कर्जा १.७८, ब्याजदर अन्तर २.९४, निक्षेप कर्जा अनुपात ७८.८६ र आधार ब्याज दर १०.६६ प्रतिशत छ । बैंकको पुँजीगत लागत बढेर ७.४६ प्रतिशत पुगेको छ । बैंकको प्रतिसेयर आम्दानी ह्वातै घटेर ८.२४ रुपैयाँमा सीमित भएको छ । गत असारमा ईपीएस २५ रुपैयाँ ४३ पैसा थियो । गत असारको तुलनामा असोजमा बैंककको निक्षेप परिचालन घटेर ५८ अर्ब ६४ करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा बैंकको निक्षेप ५९ अर्ब ३२ करोड रुपैयाँ थियो । कर्जा लगानी २ अर्ब रुपैयाँ बढेर ५४ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । गत असारमा यस्तो लगानी ५२ अर्ब ७३ करोड रुपैयाँ थियो । यस्तै बैंकको संचित कोष घटेर २ अर्ब १३ करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा संचित कोषमा २ अर्ब १८ करोड रुपैयाँ थियो । चुत्तापुँजी ८ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।

चीनमा अनलाइन सपिङ कडाई गर्ने नयाँ कानुन, अलिबाबालाई समस्या

काठमाडौं । चीनले अनलाइन सपिङमा कडाई कडाई गर्न नयाँ कानुन ल्याएको छ । अनलाइन सपिङ पोर्टलहरुले गलत विज्ञापन मार्फत उपभोक्ता ठगेको भन्दै नयाँ कानुन मार्फत त्यसलाई कडाई गर्न लागिएको हो । चीनले आफ्ना उत्पादनहरुको गलत विज्ञापन गराउने अनलाइन सपिङ पोर्टल हरुलाई ३० हजार डलरसम्म जरिवाना गराउने नयाँ व्यवस्था लागु गरेको हो । चीनको सबै भन्दा ठुलो अनलाइन सपिङ अलिबाबाले सपिङ इयर अफ द डे मनाउने अघिल्लो दिन अनलाइन सपिङबारे नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो । चीनमा नोभेम्बर ११ तारिखलाई सिंगल डे सपिङका रुपमा लिने गरिएको छ । गत बर्षको सो दिनमा अलिबाबाले १८ बिलियन डलरको कारोबार गरेको थियो । सो कारोबारका लागि ६५७ बिलियन अर्डर आएका थिए । चीनको सबै भन्दा ठुलो अनलाइन सपिङ पोर्टल अलिबाबाले अगष्ट महिनाको त्रैमासिक रिपोर्टमा मात्रै ५६ प्रतिशत आम्दानी वृद्धि गरेको बताइन्छ । चीनलाई ईकमर्सको नयाँ गन्तव्यमा अघि बढ्दै गरेको मुलुकका रुपमा लिने गरिएको छ । अनलाइन सपिङमा आएको नयाँ व्यवस्थाले अलिबाबा लगायतका अनलाइन सपिङ सेन्टरहरुको बजारलाई भने प्रभावित पार्नेछ ।

मंसिर ७ देखि माउन्ट मकालु डेभलपमेन्ट बैंकको हकप्रद सेयर आउने

काठमाडौं । पुँजी बढाउन माउन्ट मकालु डेभलपमेन्ट बैंकले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले मंसिर ७ गतेदेखि ३ करोड ४५ लाख ८० हजार रुपैयाँ बराबरको ३ लाख ४५ हजार ८ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासनपछि बैंकको चुक्तापुँजी १० करोड ३७ लाख रुपैयाँ पुग्ने बैंकले जनाएको छ । हाल बैंकको पुँजी ६ करोड ९१ लाख ६० हजार रुपैयाँ छ ।

राष्ट्रिय वाणिज्यकाे बढ्दा कृषि विकास बैंकको नाफा ह्वातै घट्यो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको नाफा बढ्दा सरकार स्वामित्वको कृषि विकास बैंकको खुदनाफा ह्वातै घटेको छ ।चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकको खुदनाफा ६ करोड रुपैयाँ घटेर ३६ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा बैंकले ४२ करोड २३ लाख रुपैयाँ खुदनाफा गरेको थियो । गत असारको तुलनामा असोजसम्म बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ह्वातै घटेर १५ रुपैयाँ ९४ पैसामा सीमित भएको छ । गत असारमा बैंकको ईपीएस ३४ रुपैयाँ ५८ पैसा थियो । चालु आवमा बैंकको निष्क्रिय कर्जा पनि बढेर ३.५४ प्रतिशत पुगेको छ । गत आवमा यस्तो कर्जा अनुपात २.९७ प्रतिशत थियो । बैंकको पुँजीगत लागत बढेर ७.२ प्रतिशत पुगेको छ । गत असारमा ५.७४ प्रतिशत थियो । कर्जा निक्षेप अनुपात ७७.३४, आधार ब्याज दर ११.९७ औसत ब्याज अन्तर ४.६५ प्रतिशत रहेको छ । संस्थागत निक्षेप बाहिरिएपछि बैंकको निक्षेप परिचालन घटेर ९९ अर्ब ३० करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा बैंकको निक्षेप ९९ अर्ब ९५ करोड रुपैयाँ थियो । कर्जा लगानी पनि घटेर ८८ अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा यस्तो लगानी ८८ अर्ब २९ करोड रुपैयाँ थियो । जगेडा कोष बढेर १० अर्ब २३ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ ।

नेपाल बंगलादेश बैंकको नाफा ७ करोड र ईपीएस २० रुपैयाँ घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको ३ महिनामा नेपाल बंगलादेश बैंकको नाफा ७ करोड रुपैयाँ घटेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा बैंकले १५ करोड ४० लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २२ करोड ५० लाख रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशिक वित्तीय विवरणमा वित्तीय अवस्था सन्तोषजनक देखिएको छैन् । नाफा घटेर पु्ँजी बढेपछि प्रतिसेयर आम्दानी (ईपीएस) २० रुपैयाँ घटेर ८ रुपैयाँमा सीमित भएको छ । गत असारमा बैंकको ईपीएस २८ रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.७३ प्रतिशत मात्र छ । बैंकको पुँजीगत लागत बढेर ७.९६, कर्जा निक्षेप ब्याज अन्तर ७४, आधार दर ११.३९ र कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर ३.४० प्रतिशत रहेको बैंकले जनाएको छ । गत असारको तुलनामा बैंकको निक्षेप परिचालन घटेर ४२ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा निक्षेप ४३ अर्ब ३७ करोड रुपैयाँ थियो । यस्तै कर्जा लगानी सामान्य बढेर ३८ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । असारमा कर्जा ३७ अर्ब ४६ करोड रुपैयाँ थियो । बैंकको संचित कोषमा २ अर्ब ५० करोड रुपैयाँ छ । चुक्तापुजी ८ अर्ब ८ करोड रुपैयाँ छ ।

सिभिल बैंकको नाफा घट्यो, खराब कर्जा बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा सिभिल बैंकको नाफा ३ करोड रुपैयाँ घटेको छ । चालु आवको ३ महिनामा बैंकले ११ करोड ३३ लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १४ करोड ५५ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमाशको वित्तीय विवरणमा नाफा घटेको जानकारी गराएको हो । बैंकले बढ्दो ब्याजदर र कर्जा जोखि व्यवस्थाले नाफा घटेको बैंकले जनाएको छ । बैंकको नाफा घटे पनि बैंकले ३ महिनामा प्रतिसेयर आम्दानी (ईपीएस) बढाएर ८ रुपैयाा ४९ पैसा पुर्याएको छ । गत असारमा यस्तो आम्दानी ६ रुपैयाँ ५२ पैसा थियो । यस्तै ३ महिनामा बैंकको खराब कर्जा बढेर ४.६९ प्रतिशत पुगेको छ । गत असारमा यस्तो कर्जा ४ प्रतिशत थियो । बैंकको लगात बढेर ८, कर्जा निक्षेप अनुपात ७६.४८, आधार दर ११.५५ प्रतिशत पुगेको छ । समीक्षा अवधिसम्म बैंकको निक्षेप परिचालन ३४ अर्ब २४ करोड रुपैयाँ छ । गत असारमा बैंकको निक्षेप ३४ अर्ब ११ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा बैंकले निक्षेप बढाउन सकेको छैन् । कर्जा लगानी बढेर ३० अर्ब ९५ करोड रुपैयाँ पुगेको छ । गत असारमा २९ अर्ब ४९ करोड रुपैयाँ थियो । बैंकको संचित कोषमा १ अर्ब ७५ करोड ६२ लाख रुपैयाँ छ । चुक्तापुँजी बढेर ५ अर्ब १८ करोड ५२ लाख रुपैयाँ छ । बैंकले चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउन ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै छ ।