दोहोरो अंकले घटेको बजारमा समता माइक्रो फाइनान्सको सेयर मूल्य १० प्रतिशतले वृद्धि
काठमाडौं । आइतबारको बजार दोहोरो अंकले घटेको छ । १५९ कम्पनीको कारोबार भएको दिन १८ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने बाँकी कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । दोहोरो अंकले घटेको बजारमा पनि सबैभन्दा बढी समता माइक्रोफाइनान्सका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९.८७ प्रतिशत कमाएका छन् । आइतबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५०१ रुपैयाँ रहेको छ । उक्त रकम अघिल्लो कारोबारको तुलनामा प्रतिकित्ता ४५ रुपैयाँ बढी हो । त्यस्तै, न्याङ्दी ग्रुप पावरका लगानीकर्ताले ५.२२ प्रतिशत र आरएसडिसी लघुवित्तका लगानीकर्ताले ४ प्रतिशत कमाएका छन् । आइतबार सबैभन्दा बढी स्वावलम्बन लघुवित्त विकास बैंकका लगानीकर्ताले ६ प्रतिशत गुमाएका छन् । त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, गुराँस फाइनान्स, सनराइज बैंक र कैलाश विकास बैंकको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।
नेप्से परिसूचक १४९६ अंकमा, ६३ करोडको सेयर कारोबार
काठमाडौं । आइतबारको सेयर बजारमा भारी गिरावट आएको छ । बजार खुलेको केही समय पछि निरन्तर दोहोरो अंकले ओरालो लागेको नेप्से बजार बन्द हुँदा २६.३५ अंकले ओरालो लागेर १४९६ अंकमा झरेको छ । नेप्से परिसूचकमा गिरावट आएता पनि सेयर कारोबारमा भने केही वृद्धि भएको छ । सो दिन १५९ कम्पनीको ६३ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड १८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक १५७ अंकले ओरालो लागेको छ । होटल र फाइनान्स समूह क्रमशः ९ र ६ अंकले घटेका छन् । ट्रेनिङ समूहको परिसूचक २ अंकले उकालो लागेको छ भने बाँकी समूहको परिसूचक दोहोरो अंकले राताम्मे भएका छन् ।
सिटी एक्स्प्रेस मनी ट्रान्सफरको आठौँ हप्ताको बिजेता घोषित
काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको आठौ हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो । चाँदीको सिक्का विजेताका रुपमा निर्मल सापकोटा, कमला भण्डारी, प्रेम बहादुर नेपाली, दिवस भट्टराई, छबिलाल थापा, मदन कुमार राई र चेत कुमारी सिग्देल छनोट भएका छन् । त्यसैगरी, ओप्पो फोन विजेताका रुपमा रुपन्देहीका जय लाल न्यौपाने छनोट भएका छन् ।
पाँच वर्षभित्र खाद्यान्न निर्यात गरिने बाम गठबन्धनको प्रतिबद्धता
काठमाडौं । दुई वर्षभित्र मुलुकलाई आधारभूत खाद्यान्न, माछा, मासु, फुल र दूधमा आत्मनिर्भर बनाउने प्रतिबद्धतासहित प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र) संयुक्तपमा जनतामा गएको छ । वाम गठबन्धनले तयार गरेको घोषणापत्रमा भनिएको छ, “पाँच वर्षभित्र मुलुकलाई खाद्यान्न निर्यात गर्ने अवस्थामा पु¥याइनेछ । सबैका लागि खाद्य पोषण सुरक्षा प्रत्याभूत गरिनेछ ।” कृषियोग्य भूमि चक्लाबन्दी गर्न प्रोत्साहन गर्दै उत्पादनमा ठूलो मात्रामा अनुदान लगानी गरिने प्रतिबद्धता जनाइएको छ । कृषि भूमिमा सुपर जोन, जोन, ब्लक र पकेट स्तरका आधुनिक फार्मको विकास गरी माटो अनुकूल एउटै बाली उत्पादन गरिने योजना अगाडि सारिएको छ । कृषि फार्ममा डेरी, पोल्ट्री, पशुपक्षी, मौरी र माछापालन र खाद्य, फलफूल तथा गैरखाद्य कृषिको उत्पादन गर्ने र बीउ सुरक्षा कार्यक्रम लागू गरिने प्रतिबद्धतासहित जनताका घरदैलोमा जान पार्टीले निर्देशन दिएको अनेरास्ववियु (क्रान्तिकारी) का महासचिव उत्तम अधिकारीले बताए । कृषि उत्पादनलाई औद्योगीकरण गर्ने र विभिन्न क्षेत्रमा कृषि बजारमा आधारित आधुनिक औद्योगिक शहर विकास गरिने योजना कार्यान्वयन गरी ग्रामीण क्षेत्रका जनतालाई यिनै शहरमा पुनःस्थापित गरिने घोषणापत्रमा उल्लेख छ । कृषि उत्पादन, भण्डारण र वितरणमा अत्याधुनिक प्रविधि प्रयोगका साथै यान्त्रिकीकरण गरिने र सबै किसिमका खाद्य तथा अखाद्य कृषि बाली तथा पशुपक्षी व्यवसायमा बीमा व्यवस्था लागू गरिने गठबन्धनले उल्लेख गरेको छ । बजारमा बिक्री हुन नसकेका व्यावसायिक उत्पादन सरकारले खरिद गरी जैविक विद्युत् उत्पादनमा प्रयोग गर्ने तथा हरेक स्थानीय तहका उत्पादन क्षेत्रमा सरकारबाट मान्यता प्राप्त कृषि तालीम केन्द्रका साथै कृषि बजार, कृषि उपचार, पशु सेवा केन्द्रसहित एकीकृत सेवा केन्द्र स्थापना गरिने बताइएको छ । जनशक्ति विकास गर्न आवश्यक संख्यामा व्यावसायिक र प्राविधिक स्कुल, कलेज, तथा तालीम केन्द्र स्थापना गरिने वाम गठबन्धनको योजना रहेको अनेरास्ववियुका महासचिव ऐन महरले बताए । यिनै विषयलाई जनतामा लिएर जान आफ्नो पार्टीले निर्देशन दिएको उनले उल्लेख गरे । नेपालको हिमाली क्षेत्रमा प्राकृतिक शीतभण्डार निर्माण गरिने छ र ती शीत भण्डारलाई राजमार्गसँग जोडिने र कृषि उत्पादनमा आवश्यक रासायनिक र प्राङ्गारिक मल देशभित्रै उत्पादन गरिने घोषणापत्रमा उल्लेख छ । कृषि उत्पादन प्राङगारिक मलमा आधारित गराइने प्रतिबद्धता गरिएको सो घोषणापत्रमा भनिएको छ, “रासायनिक किटनाशक विषादीको ठाउँमा प्राङ्गारिक विषादी प्रयोग गरिने छ । आगामी १० वर्षमा नेपाललाई प्राङ्गारिक मुलुक घोषणा गरिने छ ।” कृषि भूमिमा पानीः सिँचाइमा लगानी पाँच वर्षमा सम्पूर्ण सिँचाइयोग्य कृषिभूमिमा आधुनिक सिँचाइ प्रणाली लागू गरिने उल्लेख गरिएको घोषणपत्रमा ठूला सिँचाइ आयोजनालाई अगाडि बढाउने प्रतिबद्धता पनि जनाइएको छ । गठबन्धनले तराई–मधेस र भित्री तराईको कृषि भूमि सिँचाइ गर्न तमोर–मोरङ डाइभर्सन, सुनकोशी–कमला र सुनकोशी–मरिन–वागमती डाइभर्सन, कालीगण्डकी–तिनाउ डाइभर्सन, राप्ती–सुराई डाइभर्सन, भेरी–बबई डाइभर्सन, पश्चिमसेती–कैलालीजस्ता नदी डाइभर्सन योजना अगाडि बढाउने महत्वकांक्षी योजना अगाडि सारेको छ । पुराना सिँचाइ प्रणालीलाई मर्मतसंभार तथा पुनःनिर्माण गरी पूर्ण क्षमतामा सञ्चालन गरिने र चुरे तथा महाभारत क्षेत्रबाट बग्ने नदीको मुहानमा बाँध निर्माण गरी बाढी नियन्त्रण, विद्युत् उत्पादन, सिँचाइ तथा माछापालन कार्यक्रम लागू गरिने घोषणापत्रमा जनाइएको छ । त्यसैगरी वर्षात्को पानीसमेत उपयोग गरी राष्ट्रव्यापीरूपमा ताल र साना ठूला पोखरी निर्माण गरी डढेलो नियन्त्रण, चरिचरण र अन्य सिँचाइमा सदुपयोग गरिने भनिएको छ । भूमिगत सिँचाइ सम्भाव्य भएका तराई–मधेश र अन्य स्थानमा स्यालो तथा डिप ट्युबवेल र पहाडी भू–भागमा अवस्थित समथर भू–भाग, बेँसी तथा सौर्य ऊर्जा एवं अन्य प्रविधिमा आधारित लिफ्ट सिँचाइ सञ्चालन गरिने पनि उल्लेख गरिएको छ । आकाशे पानी संकलन तथा भण्डारण, थोपा तथा फोहोरा सिँचाइ, प्लाष्टिक पोखरी र तालतलैया एवं पानीका अन्य स्रोत प्रयोगद्वारा कृषियोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराइने पनि घोषणापत्रमा जनाइएको छ ।
अपडेटः सेयर बजार राताम्मे, बीमा समूह २०१ अंकले ओरालो
काठमाडौं । साताको पहिलो दिनको सेयर बजार राताम्मे भएको छ । बजार खुलेको करिब तीन घण्टाको अवधिमा नेप्से परिसूचक ३०.२५ अंकले घटेर १४९२.५६ अंकमा झरिसकेको छ । सो अवधि सम्ममा बजारमा १४७ कम्पनीको ३७ करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी आइतबार कारोबारमा आएको ९ वटै समूहको परिसूचक राताम्मे भएका छन् । सबैभन्दा बढी बीमा समूह २०१ अंकले ओरालो लागेको छ । त्यस्तै, फाइनान्स समूह ६ अंक र बाँकी समूहको परिसूचक दोहोरो अंकले घटेका छन् । सो अवधिसम्म कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सेयर मूल्य ८ प्रतिशतले घटेको छ ।
सिर्जना फाइनान्सले ३२ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी ४० करोड नाघ्ने
काठमाडौं । सिर्जना फाइनान्सले आफ्ना सेयरधनीलाई ३२.५० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत वर्षको मुनाफाबाट चुक्ता पुँजीको सो मात्राको(कर प्रयोजनको लागि नगद लभांश सहित) बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय कम्पनीको कात्तिक ६ गते बसेको कम्पनीको १७७औँ सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नु पर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ । जसमा ३२.५० प्रतिशत बोनस वितरण पश्चात कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ नाघ्ने छ ।
बामपन्थी घोषणा-७० प्रतिशत विद्यार्थीले प्राबिधिक बिषय पढ्नै पर्ने
काठमाडौं । बामपन्थी गठबन्धनले आगामी २ बर्षभित्रै ७० प्रतिशत विद्यार्थीले अनिवार्य रुपमा प्राबिधिक बिषय अध्ययन गर्नै पर्ने घोषणा गरेका छन् । एमाले र माओवादी केन्द्रले संयुक्त चुनावी घोषणा पत्रमा ७० प्रतिशत व्यवसायिक तथा प्राबिधिक ३० प्रतिशत गैर व्यवसायिक शिक्षा प्रदान गर्ने उल्लेख गरेका हुन् । ‘आफ्नै अनुभवहरुको समिक्षा गर्दै र संसारभरिका नमुना शिक्षा प्रणालीहरुको अध्ययन गर्दै राष्ट्रिय अर्थतन्त्र निर्माण र राज्य सञ्चालन गर्न आवश्यक पर्ने जनशक्ति निर्माणका लागि आगामी २ बर्षभित्र परिमार्जित शिक्षा नीति लागु गरिनेछ । गैरप्राबिधिक बिषयमा ३० प्रतिशत र व्यवसायिक तथा प्राबिधिक बिषयमा ७० प्रतिशत जनशक्ति विकास गर्ने गरि शिक्षा नीति परिवर्तन गरिनेछ । तदनुरुप साधन श्रोतले युक्त पर्याप्त भौतिक संरचना निर्माण गरिनेछ’, बामपन्थी घोषणा पत्रमा लेखिएको छ । अब बामपन्थीहरुको सरकार गठन भएको २ बर्षपछि अध्ययन गर्नेमध्ये ७० प्रतिशत विद्यार्थीले व्यवसायीक तथा प्राबिधिक शिक्षा लिनै पर्नेछ । ३० प्रतिशत विद्यार्थीले मात्रै प्राबिधिक बिषय अध्ययन गर्न पाउनेछन् । नेपालमा मानविकी, शिक्षा लगायतका संकायलाई गैर प्राबिधिक मानिन्छ । बामपन्थी गठबन्धनले तयार पारेको घोषणा पत्रमा राष्ट्रिय बजेटको न्युनतम २० प्रतिशत बजेट शिक्षामा अनिवार्य, माध्यमिक तहसम्मको शिक्षा निशुल्क र अनिवार्य गर्ने पनि उल्लेख छ । त्यस्तै, गुरुकुल, बिहार, गुम्बा, मदरसा शिक्षालाई राष्ट्रिय शिक्षा प्रणालीसँग जोड्ने दावी गरिएको छ । २ बर्षभित्र सबै बालबालिकालाई विद्यालय भर्ना गरिसक्ने र पाँच बर्षभित्र सबै नेपालीलाई साक्षर बनाउने अठोट पनि घोषणा पत्रले कसेको छ । बामपन्थीहरुले शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेप मुक्त गराउने तथा विद्यालयलाई शान्ति क्षेत्र बनाउने पनि बताएका छन् । त्यस बाहेक दुर्गम क्षेत्रका, विपन्न र विद्यालय टाढा भएका विद्यार्थीहरुका लागि आवासिय शिक्षाको व्यवस्था गर्ने, कक्षा ३ सम्मको शिक्षा मातृ भाषामा उपलब्ध गराइने घोषणा पत्रमा उल्लेख छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे नियुक्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको अध्यक्षमा पृथ्वीबहादुर पाँडे नियुक्त भएका छन् । कात्तिक १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पाँडेलाई कम्पनीको अध्यक्षमा नियुक्त गराएको हो । उनी यसअघि पनि साे बैंकको अध्यक्ष थिए । उनी यस बैंककाे तथा प्रमुख सेयर हाेल्डर हुन् । उनी लामाे समय यस बैंककाे कार्यकारी अध्यक्ष थिए ।