निर्वाचनले लोकसेवाको परीक्षा सर्यो, कहिले हुँदैछ सरेको परिक्षा ?
काठमाडौं । प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनका कारण लोक सेवा आयोगको परीक्षा सरेको छ । निर्वाचन आयोगले निर्वाचन कार्यक्रम अघि लिखिति परिक्षा सञ्चालन नगर्न लिखित पत्र पठाएपछि लोकसेवाले परिक्षा मिति सारेको हो । कहिले हुँदैछ सरेको परिक्षा ? अब सो परिक्षाहरु एक महिनापछि सरेका छन् । आयोगका प्रवक्ता लक्ष्मी विलास कोइरालाका अनुसार निर्वाचन आयोगले आचार संहिता प्रभावित हुने भन्दै कात्तिक १९ गते पत्र लेखेर परिक्षा एक महिना सार्न भनेको थियो । निर्वाचन आयोगको सोही निर्देशन बमोजिम परिक्षा मिति सारिएको कोइरालाले बताए । लोकसेवाले मंसिर र पुसमा लिखित तर्फको प्रथम, दोश्रो तथा तेश्रो पत्रको परिक्षा मिति कायम गरेको थियो ।
मार्क जुकरवर्गलाई धनी बनाइदिँदै नेपाली नेता, समृद्धिको सपना बाढेर करोडौं रुपैयाँ विदेश पठाइँदै
काठमाडौं । ‘समृद्ध मुलुक’ बनाउने घोषणा गरेका नेताहरुले नै फेसबुकका मालिक मार्क जुकरवर्गलाई धनी बनाईदिँदैछन् भन्ने सुन्दा पत्याउन मुस्किल पर्छ । तर सत्य आखिर सत्य नै हुन्छ, मुलुकमा समृद्धिको यात्रा आरम्भ भएको बताउँदै नागरिकसँग मत मागिरहेका नेताहरुले मार्क जुकरवर्गको सम्पति बढाउन सहयोग गरिरहेका छन् त्यो पनि नेपालको कानुनी व्यवस्थाको उल्लंघनमार्फत । नेपालको विद्यमान कानुनले फेसबुक लगायतका सामाजिक सञ्जालहरुको प्रमोशन(स्पोन्सर) गर्नुलाई अबैधानिक भनेको छ । सामाजिक सञ्जालहरुको स्पोन्सरका लागि शुल्क बुझाउने कामलाई कानुनले नै बर्जित गरेको छ । तर नेपालका अधिकांश नेताहरुले आफ्नो फेसबुक पेज स्पोन्सर गराएर चुनावी प्रचार प्रचार गरिरहेका छन्, जसले नेपालको कानुनलाई उल्लघंन मात्रै गरेको छैन, मार्क जुकरवर्गको सम्पति पनि बढाईरहेको छ । ‘सामाजिक सञ्जालहरुको स्पोन्सरका लागि सटही सुबिधा लिन कोहि आएका छैनन् । हामीले तोकेको सेवा सुबिधा बाहेकका भुक्तानी गैर कानुनी हुन्’, नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख रमेशकुमार पोखरेलले भने । नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनालले समाजिक सञ्जालहरुको स्पोन्सरका लागि हुने भुक्तानी कानुन विपरिद भएको तर त्यो नेपाल राष्ट्र बैंकको कार्यक्षेत्रमा पर्ने बताए । ‘फेसबुकहरुको स्पोन्सरका नाममा करोडौं रकम विदेशिएको छ, यो गैर कानुनी काम हो, तर विदेशी मुद्राको कारोबार र नियमन गर्ने नेपाल राष्ट्र बैंकले हो, प्राधिकरणले केहि भन्न मिल्दैन’, खनालले भने । मुलुकमा कानुनी शासन र त्यसकै जगमा समृद्धि र समानताको यात्रा छेडेको दावी गर्ने मुल राजनीतिक नेतृत्व नै विद्यमान कानुनको उल्लंघन गरेर करोडौं रकम गैर कानुनी ढंगले विदेश पठाउन तल्लिन रहेको यस्ता घट्नाले प्रष्ट हुन्छ । हाल प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड), संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, राजपा अध्यक्ष महन्थ ठाकुर, नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई देखि प्राय सबै जसो उम्मेदवारले फेसबुक पेज स्पोन्सर गराईरहेका छन् । यति मात्रै होइन, प्रतिनिधी सभाको उम्मेदवार बनेका अधिकांश नेताहरुले फेसबुक स्पोन्सर गरेका छन् । प्रदेश सभाका लागि उम्मेदवारी दिएका धेरै नेताहरु पनि यहि दौडमा सामेल भएका छन् । बिशेष गरि युवा पुस्ताका चर्चित अनुहारहरु गगन थापा, योगेश भट्टराई, राजन भट्टराई, बर्षमान पुन, उदय शमशेर राणा, महेश बस्नेत लगायतले पनि आफ्नो फेसबुक पेजको स्पोन्सर गराएका छन् । उनीहरुले यसरी आफ्नो फेसबुक पेज स्पोन्सर गराएवापत फेसबुकलाई डलरमा भुक्तानी दिनुपर्छ । त्यसका लागि नेपालबाट करोडौं रकम बाहिरिरहेको छ ।
सेयर बजार घट्ने क्रम जारी, नेप्से दोहोरो अंकले ओरालो, सबै समूह राताम्मे
काठमाडौं । सेयर बजार घट्ने क्रम जारी रहेको छ । मंगलबार करिब ९ अंकले घटेको बजार बुधबार दोहोरो अंकले घटेको छ । बुधबार एक बजेसम्म २४ अंकले ओरालो लागेको बजारलाई त्यसपछिको कारोबारमा भने केही टेवा पुगेको देखिन्छ । नेप्से परिसूचक १७ दशमलब ८३ अंकमा पुग्दा बुधबारको बजार बन्द भएको छ । मंगलबारको तुलनामा बुधबारको नेप्से १.२० प्रतिशतले घटेर १४६६ अंकमा अडेको छ । दोहोरो अंकले घटेको बजारमा कारोबार भएका सबै समूहको परिसूचक ओरालो लागेका छन् । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक १३५ अंकले ओरालो लागेको छ । त्यस्तै, फाइनान्स, ट्रेडिङ, उत्पादनमूलक र अन्य समूहको परिसूचक सामान्य अंकले ओरालो लागेका छन् भने बाँकी समूहको परिसूचक दोहोरो अंकले घटेका छन् । बजारमा सबैभन्दा बढी बोटलर्स नेपाल(तराई)को सेयर मूल्यमा ९.९८ प्रतिशत गिरावट आएको छ । बुधबार स्ट्याण्डार्ड चार्टर्ड बैंकको ३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी माहुली सामुदायिक लघुवित्त संस्थाका लगानीकर्ताले ४ प्रतिशत कमाएका छन् ।
एनबीआईले ग्लोबल आइएमई बैंकका कर्मचारीलाई तालिम दिने
काठमाडौं । नेशनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) र ग्लोबल आइएमई बैंक बिच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौडेल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बा बीच हस्ताक्षर भएको छ । यस सम्झौता अनुसार एनबीआईले ग्लोबल आइएमई बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । यस सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटबाट ६१ लाख रुपैयाँ बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ ।
यामाहाका नौ जना ग्राहकले जिते एक लाख रुपैयाँ, हेरौँ क-कसले जिते ?
काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैं ग्राहक योजना ‘क्यास-इन-ओ’ अन्तर्गतको साप्ताहिक लकी ड्रका नवौं विजेता घोषणा गरेको छ । इटहरीका थगेन्द्र थापा यामाहाको तर्फबाट एक लाख रुपैयाँ पुरस्कार हासिल गर्ने नवौं ग्राहक बनेका हुन् । यामाहाले दसैंतिहारको अवसरमा ‘क्यास-इन-ओ’ अर्थात् ‘क्यास इन्स्ट्यान्ट अफर’ ल्याएको थियो जसमा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले तुरुन्तै सात हजार रुपैयाँ छुट, साप्ताहिक लकी ड्रमार्फत एक लाख रुपैयाँ पुरस्कार र बम्बर पुरस्कारमा ब्रान्ड न्यु स्कोडा र्यापिड कार जित्न सक्नेछन् । साप्ताहिक लकी ड्रको प्रत्यक्ष प्रसारण हरेक सोमबार हिमालय टेलिभिजनको ‘द इभिनिङ सो एट ६’ र यामाहा नेपालको आधिकारिक फेसबुक पेजमा गरिन्छ । यो योजनाको पहिलो साप्ताहिक विजेता काठमाडौंका दिपेन्द्र बस्नेत हुन सफल भएका थिए । उनीपछि रिचा श्रेष्ठ, आयुष शाक्य, नगेन्द्र श्रेष्ठ, बालिका खनाल, मिराना ग्लोबल प्रा. लि., शोभन घिमिरे र राम जंग गुरुङ साप्ताहिक लकी ड्रबाट विजेता घोषित भए । यामाहाका मोटरसाइकल किन्दा तुरुन्त सात हजार रुपैयाँ छुट, साप्ताहिक लकी ड्रमा एक लाख रुपैयाँ र बम्पर पुरस्कारमा स्कोडा र्यापिड कार पाउने भएपछि ग्राहकहरु निकै उत्साहित भएको हामीले पाएका छौं । यो योजना कात्तिक मसान्तसम्म जारी रहनेछ । यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका बाइक र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर र रेजी गरी तीन मोडेल छन् भने बाइकमा एफजेड–एस एफआई, आर १५, एसजीआरआर, स्यालुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । यामाहाले केही महिनाअघि नेपाली बजारमा २५० सीसी क्षमता भएको एफजी२५ ‘द अल्टिमेट स्ट्रिट फाइटर’ सार्वजनिक गरेको थियो । छोटो अवधिमै एफजी२५ सबैभन्दा बढी खोजिएको मोटरसाइकल बन्न सफल भएको छ । यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको आर र एफजी सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ जसले पर्फमेन्स बढाउनुका साथै इन्धन खपत घटाउँछ र यसैले गर्दा यामाहाका बाइकहरुमा माइलेज बढी पाइन्छ ।
सर्पोट माइक्रोफाइनान्सको आइपीओ बाँडफाँट
काठमाडौं । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाकोले असोज १८ देखि २३ गतेसम्म निष्काशन गरेको आइपीओको बाँडफाँट भएको छ । बुधबार बाँडफाँट भएको उक्त आइपीओमा १६ हजार ७४० आवेदकले १० कित्ता सेयर पाएका छन् । कम्पनीले जारी गरेको उक्त आइपीओमा कुल दुई लाख ३५ हजार २४८ जनाको आवेदन परेको थियो । जस मध्ये १६ हजार ७४० जना आवेदकले मात्र सेयर पाएका बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ । कुल आवेदन परेको सेयरमध्ये २ हजार ३९६ जनाको आवेदन रद्द भएको छ भने बाँकी आवेदकलाई सेयर नपरेको बिक्री प्रवन्धकले जनाएको छ । कम्पनीले कुल एक करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको थियो ।
मतगणना प्रक्रियामा महिला प्रतिनिधि पठाउन आग्रह
चितवन । चितवन जिल्लाका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले मतगणना प्रक्रियामा उम्मेदवारका प्रतिनिधिका रुपमा महिलालाई मात्र समावेश गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघीय विकास नियोग (युएनडिपी)को सामाजिक सद्भाव तथा लोकतान्त्रिक सहभागिता कार्यक्रम भरतपुरले मंगलबार यहाँ आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् । गएको स्थानीय तहको निर्वाचनमा मतगणनाका क्रममा उम्मेदवारका प्रतिनिधिले मतपत्र च्यातेपछि भरतपुर महानगरपालिका–१९ को मतदान पुनः भएको थियो । सो पश्चात् तारको जाली लगाएर जालीभित्र प्रतिनिधिलाई राखेर मतगणना गरिएको थियो । मुख्य निर्वाचन अधिकृत शर्माले जिल्लामा एउटा फरक संस्कृतिको विकास गर्न आग्रह गर्दै मतगणनाका क्रममा सबै उम्मेदवारले महिला प्रतिनिधि पठाएमा गणना प्रक्रिया अरू बढी राम्रो हुने बताए । उनले भने, “महिला स्वभावतः शालीन र भद्र हुन्छन् । उनीहरुको आवाज ठूलो नहुने जसले सद्भाव खलबलिन नदिने बताउँदै मुख्य निर्वाचन अधिकृत शर्माले यसले निर्वाचनको विश्वसनीयता अझ बढेर जाने धारणा व्यक्त गरेका छन्। कार्यक्रममा सहभागी महिलाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि दलहरुले प्रत्यक्षतर्फ महिलालाई उम्मेदवार नबनाएको गुनासो गर्दै निर्वाचनको प्रचार प्रक्रियादेखि मतगणनासम्म हुन सक्ने चुनौतीलाई समयमै आँकलन गरी सुरक्षा रणनीति बनाउनुपर्नेमा जोड दिएका छन् । निर्वाचन प्रक्रिया खर्चिलो भएको, आचारसंहिताको पालना कम भएको, सञ्चारमाध्यम र कर्मचारी निष्पक्ष बन्न नसकेको र मानव अधिकारकर्मी स्वतन्त्र नभएको गुनासो उनीहरुले व्यक्त गरेका थिए । सो अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले निर्वाचनपूर्व, निर्वाचनको समय र मतदानपछिको समयको सुरक्षा प्रबन्ध मिलाइएकाले ढुक्कसँग मतदान गर्न सबैमा आग्रह गरे । रासस
बोटलर्स नेपाल र बोटलर्स नेपाल (तराई)को मंसिर ११ गतेदेखि बुक क्लोज
काठमाडौं । बोटलर्स नेपाल र बोटलर्स नेपाल(तराई) दुबैको मंसिर ११ गतेदेखि बुक क्लोज मंसिर २५ गतेसम्म बुक क्लोज हुने भएको छ । यी दुबै कम्पनीले आ–आफ्नो वार्षिक साधारणसभा प्रयोजनको लागी १५ दिन बुक क्लोज गर्न लागेका हुन् । सभामा बोटलर्स नेपाल(तराई)को सञ्चालक समितिको निर्णय बमोजिम आफ्ना सेयरधनीलाई प्रतिसेयर २५ रुपैयाँ नगद लभांश वितरण गर्ने निर्णयलाई पारित गरिने छ । यस कम्पनीको सञ्चालक समितिको बैठक गत सोमबार(कात्तिक २० गते) बसेको थियो । बुधबार नेप्सेमा प्रकासित भएको सूचनामा यी दुबै कम्पनीको वार्षिक साधारणसभाको मिति भने तोकिएको छैन ।