विकासन्युज

एक्सेल डेभलपमेन्ट बैंक मंसिर १७ गते साधारणसभामा जाँदै, कहिले देखि बुक क्लोज?

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक मंसिर १७ गते आफ्नो १२औँ वार्षिक साधारणसभामा जाँदै छ । सो प्रयोजनको लागि मंसिर ५ गतेदेखि मंसिर १७ गतेसम्म बैंकको बुक क्लोज हुने कम्पनीले जनाएको छ । सभामा कम्पनीले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिने सञ्चालक समितिको निर्णयलाई पारित गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ५८ करोड ६८ लाख रुपैयाँ रहेको छ । ३० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ७४ करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४७८ रुपैयाँ रहेको छ ।

विजय लघुवित्तको मंसिर १ देखि बुक क्लोज

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको मंसिर १ देखि बुक क्लोज हुने भएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि मंसिर १ देखि १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । यस कम्पनीको आगामी साधारणसभा मंसिर १६ गते बस्दै छ ।

बैधानिक चुनाव खर्च १५० प्रतिशत बढ्यो, उम्मेदवार भन्छन्-‘त्यति पैसाले माखो मर्दैन’

काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारका लागि चुनावी खर्चको सिमा १५० प्रतिशतले बढाएको छ । २०७० सालको निर्वाचनमा प्रति उम्मेदवार खर्च सिमा १० लाख थियो । त्यो सिमा २०७४ सालमा आइपुग्दा १५० प्रतिशतले बढेर २५ लाख पुगेको छ । तर उम्मेदवारहरुले सो रकमबाट कार्यकर्तालाई पेट्रोल हालिदिन पनि नपुग्ने बताईरहेका छन् । ‘करोडका बिटो नबोकी चुनावी मैदानमा जाने अवस्था छैन, जित्नका लागि त झन धेरै पैसा खर्च गर्नुपर्छ, निर्वाचन आयोगले तोकेको २५ लाखले त कार्यकर्तालाई पेट्रोल हालिदिन पनि पुग्दैन’, एक उम्मेदवारले भने । २०७० सालको प्रतिनिधी सभा निर्वाचनमा १० लाखको सिमा भित्र रहेर खर्च विवरण बुझाएका उम्मेदवारहरुले यसपाली २५ लाखसम्म खर्चको हिसाब किताब बुझाउनेछन् तर खर्च भने करोडको आँकडा माथी पुग्ने बताईरहेका छन् । निर्वाचन आयोगले प्रदेश सभाका उम्मेदवारले १५ लाखसम्म खर्च गर्न पाउने गरेको छ । समानुपातिक उम्मेदवारका हकमा प्रति उम्मेदवार २ लाख प्रदेश सभाका समानुपातिक उम्मेदवारले एक लाख ५० हजारसम्म खर्च गर्न पाउनेछन् । ‘२०७४ सालको चुनाबमा एउटा घर बेचियो, यसपाली फेरी चुनाव लड्नका लागि बेच्ने कुरा केहि छैन, त्यसैले निर्वाचनको मैदान छाडे’, २०७० सालको दोश्रो संबिधान सभा निर्वाचनमा मधेशबाट विजयी भएका एक निर्वतमान सांसदले सुनाए । उनले पनि निर्वाचन आयोगले तोकेको खर्च सिमाले निर्वाचनमा माखो नमर्ने दावी गरे । कास्कीबाट गत संबिधान सभा निर्वाचन जितेका एमाले सांसद रबिन्द्र अधिकारीले निर्वाचनमा ४० लाख रुपैंयाँ खर्च भएको बताए । उनले निर्वाचन आयोगमा भने १० लाख रुपैंयाँको बिल पेश गरेको बताए । ‘हाम्रो कानुनी व्यवस्थाले १० लाख मात्रै खर्च गर्न पाइने भनेको छ, त्यति पैसाले निर्वाचन लड्न सक्ने अवस्था छैन तर विवरण भने १० लाखकै बुझाउनुको विकल्प थिएन’, अधिकारीले भने । ढोंगी लोकतन्त्र निर्वाच आयोगका उप सचिव सुर्यप्रसाद अर्यालले १५० प्रतिशतले खर्च सिमा वृद्धि गरिनु पर्याप्त भएको बताए । ‘चार बर्षको बिचमा १५० प्रतिशतले खर्च सिमा बढाएका छौं, यो पर्याप्त रकम हो’, निर्वाचन आयोगमा मतदाता शिक्षा समेत हेरिरहेका उपसचिव अर्यालले भने । उम्मेदवारहरुले करोडौं खर्च गर्ने प्रवृत्तिलाई रोक्ने कुरा राष्ट्रिय अभिभारा भएको पनि उनले बताए । ‘२५ लाखको सिमा नै धेरै भयो भन्ने कुरा आईरहेको छ, तर उम्मेदवारहरुले बाहिरबाटै मोटो रकम खर्च गरिरहेका छन, यसलाई आयोगले मात्रै रोक्न सक्दैन, सबै पक्षले सहयोग गर्नुपर्छ’, अर्यालले भने । अर्थ विद डा. चन्द्रमणी अधिकारीले पैसा खर्च गरेर मात्रै निर्वाचन जित्ने संस्कारले राजनीतिलाई व्यापार बनाएका बताए । अमेरिका भन्दा धेरै चुनावी खर्च गर्ने मुलुकका रुपमा नेपाल उभिएको उनले बताए । कालो धन भएकाहरुले मात्रै निर्वाचन जित्ने अवस्था बन्दै गएको पनि डा. अधिकारीको निष्कर्ष छ । राजनीतिक दलहरुले घोषणा पत्रमा निर्वाचन खर्च कटौती र उपयुक्त व्यवस्थापनबारे बोल्न छुटाएको पनि उनको बुझाई छ । उनले करोडौं खर्च गरेर २५ लाखको विवरण बुझाउने गरि बनाईएको नियमले वित्तिय लोकतन्त्रलाई नै ढोंगी बनाएको आरोप पनि लगाए ।

नागवेली लघुवित्तले ४५ प्रतिशत बोनस र शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । नागवेली लघुवित्त विकास बैंकले आफ्नो सेयरधनीलाइै ४५.६ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, कम्पनीले सो मात्राको बोनस सेयर वितरण पश्चात शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको छ । उक्त निर्णय कात्तिक २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले ४५.६ प्रतिशत बोनस सेयर वितरण पश्चात कायम हुने पुँजीमा सो मात्राको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सञ्चालक समितिको बैठकलाई कम्पनीको आगामी आठौँ वार्षिक साधारणसभाले पारित गर्ने भएको छ । कम्पनीको गत वर्षको सातोँ वार्षिक साधारण सभाबाट सो मात्राको हकप्रद जारी गर्ने प्रस्ताव राखेको थियो तर विविध कारणले गर्दा उक्त हकप्रद सेयर निष्कासन गर्न नसकिएको कम्पनीले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ५ करोड २५ लाख रुपैयाँ रहेको छ । ४५.६ प्रतिशत बोनस सेयर पश्चात कम्पनीको चुक्ता पुँजी ७ करोड ६४ लाख ४० हजार रुपैयाँ कायम हुने छ । बोनस पश्चात कायम भएको पुँजीमा १०० प्रतिशत हकप्रद जारी गरेपछि कम्पनीको पुँजी १४ करोड ९८ लाख रुपैयाँ नाघ्ने छ ।

चितवनमा पुनर्निर्माणले गति लियो, चार हजार ५४२ घर परिवारद्धारा पुनःनिर्माण सम्झौता

चितवन । जिल्लामा रहेका सात हजार ३४३ भूकम्प प्रभावित घरमध्ये चार हजार ५४२ घरपरिवारको पुनःनिर्माणका लागि सम्झौता सम्पन्न भएको छ । गुनासो व्यवस्थापनसम्बन्धी यहाँ आयोजना गरिएको अभिमुखीकरण अन्तक्र्रिया कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समिति चितवनको सचिवालयले दिएको तथ्याङ्कअनुसार दुई हजार ७९२ घरपरिवारको सम्झौता हुन बाँकी रहेको छ । जिल्लामा रहेका भूकम्प प्रभावितमध्ये कतिपय भूमिहीन भएका कारण सम्झौता गर्न नआएको सचिवालयका प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए । यहाँ रहेका भूकम्प प्रभावितमध्ये ५९३ जनाले मर्मतका लागि निवेदन दिएको उहाँले बताए । जिल्लामा अहिले घर निर्माणको काम सकिएको भन्दै पूरै रकम भुक्तानीका लागि ५०० जनाको निवेदन परेको छ । प्राधिकरणले प्राविधिक पठाउन ढिलाइ गरेसँगै घर निर्माणको काम शुरु गर्न नसकिएको कार्कीले बताए । चालू आवमा ८० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्यका साथ सचिवालयले काम अगाडि बढाएको भए पनि सम्झौताको काम नसकिनुले समस्या देखिएको छ । सरकारले जारी गरेको निर्देशिकाअनुसार कात्तिक मसान्तसम्म सम्झौता गर्नुपर्ने हुन्छ । योसँगै चालू आवभित्र घर निर्माणको काम पनि सक्नु पर्ने हुन्छ । सो कार्यक्रममा प्राधिकरणका सहसचिव नेत्रप्रसाद सुवेदीले आधार र प्रमाणबिना कसैले पनि गुनासो गर्न नपाइने बताए । रासस

बैंकहरु अझै पनि १२.६ प्रतिशत ब्याजदरमा संस्थागत निक्षेप उठाउदै

काठमाडौं । केन्द्रीय बैंकले प्रणालीमा पर्याप्त लगानीयोग्य पुजी (तरलता) भएको बताइरहदा बैंक तथा वित्तीय संस्थाले अझै पनि १२.६ प्रतिशत ब्याजदरमा संस्थागत निक्षेप उठाइ रहेका छन् । बैंक तथा वित्तीय संस्थाले महंगोमा निक्षेप उठाउन थालेपछि बजामा कर्जाको ब्याजदर नघट्ने संभावना देखिएकाे छ । नेपाल राष्ट्र बैंकले आफूसंग भएको लगानी एक वर्षका लागि मुद्दति निक्षेपमा राख्नका लागि बोलकबोल आब्हान गर्दा बैंक तथा वित्तीय संस्थाले वार्षिक १२.६ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका छन् । राष्ट्र बैंकले आफूसंग भएको ९६ करोड २३ लाख रुपैयाँ मुद्दति निक्षेपमा राख्नका लागि कात्तिक १४ गते आब्हान गरेको थियो । गत आइतबार बाणिज्य बैंकले न्युनतम ५ देखि ९.३, विकास बैंकले न्युनतम् ८ देखि १२.६ र वित्त कम्पनीले ७.५ देखि १० प्रतिशत वार्षिक ब्याज दर कबोल गरेर मुद्दति निक्षेप उठाउने प्रस्ताव गरेका हुन् । विकास बैंकले सभैभन्दा बढी महंगो ब्याज दर प्रस्ताव गरेको छ । यसबाट विकास बैंकमा तरलता कम रहेको अनुमान गर्न सकिन्छ । विकास बैंकमा निक्षेप घट्दै गएपछि मंहगो दरमा उठाउन लागेका हुन् । केन्द्रीय बैंकले वाणिज्य बैंकलाई ७६ करोड ९८ लाख, विकास बैंकलाई १४ करोड ४४ लाख र वित्त कम्पनीलाई ४ करोड ८१ लाख रुपैयाँ छुट्टाएको थियो । बैंकहरूले केन्द्रीय बैंकबाट महंगोमा निक्षेप उठाएकाले कर्जाको ब्याजदर अझै घट्ने देखिएको छैन् । बैंकको आधार ब्याज दर १० प्रतिशत माथि रहेको अवस्था कर्जाको ब्याज दर घट्ने संभावना अझै छैन् । कतिपय बैंकको आधार ब्याज दर १२ प्रतिशतसम्म पुगेको छ

खजुरामा हावाबाट बिजुली उत्पादन गर्न अध्ययन

खजुरा । बाँके जिल्लाको खजुरामा हावाबाट बिजुली उत्पादन गर्न सकिने सम्भाव्यता अध्ययन शुरु गरिएको छ । हावाबाट बिजुली निकाल्न सकिने देखिएपछि हाल सम्भाव्यता अध्ययनका लागि उपकरण जडान गर्ने काम भइरहेको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले खजुराको क्षेत्रीय कृषि तालीम केन्द्र परिसरमा ८० मिटर अग्लो टावर, पाँचवटा पंखालगायतका उपकरण जडान गरेको छ । अन्य उपकरण जडान गर्ने तयारीमा रहेको केन्द्रले जनाएको छ । जिल्ला समन्वय समिति, बाँकेका ऊर्जा इञ्जिनियर रामबाबु यादवका अनुसार सम्भाव्यता अध्ययनमा हावाको वेग र दिशा मापन गरिने र विद्युत् उत्पादनको सम्भावना भए नभएको परीक्षण गरिनेछ । यसैबीच, मध्य र सुदूरपश्चिमाञ्चलमा हावाबाट बिजुली निकाल्न सकिने प्रशस्त सम्भावना देखिएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले एसियाली विकास बैंक (एडिबी)को सहयोगमा मध्य र सुदूरका विभिन्न चार स्थानमा वायु ऊर्जा निकाल्ने प्रक्रियामा रहेको छ । अछाम, सुर्खेत र जुम्लामा गरी तीनवटा वायु–सौर्य हाईब्रिड ग्रिडबाट ६५ किलोवाट विद्युत्का लागि आयोजना शुरु भइसकेका छन् । रासस

बहुमतसहित स्थायी सरकार बनाउँछौं– रबिन्द्र अधिकारी

पोखरा । नेकपा एमाले र माओवादी केन्द्रबीचको वाम गठबन्धनले कास्की क्षेत्र नम्बर २ अन्तर्गत पोखरा १७ मा चुनाव प्रचारप्रसार कार्यालय उद्घाटन गरेको छ । एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश नम्बर ४ का इञ्चार्ज गणेश तिमिल्सीनाले कार्यालय उद्घाटनपछि बोल्दै वाम गठबन्धन नेपालको आवश्यक्ता भएको बताए । उनले चुनावमा वाम एकतालाई जिताउन मतदातासँग आग्रह समेत गरेका छन् । कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार रवीन्द्र अधिकारीले आगामी निर्वाचनमा वाम गठबन्धनले नै अत्याधिक बहुमतका साथ सरकार निर्माण गर्ने दावी गरेका छन् । उनले देशको आवश्यक्ताले गठबन्धन जुरेको भन्दै देशलाई समृद्धीतर्फ डोहो¥याउने दायित्व पनि गठबन्धनसँग भएको बताए । ‘देशलाई समृद्धी चाहिएको छ । स्थायी सरकार चाहिएको छ । गठबन्धन नगरी बहुमत आउँदैन र स्थायी सरकार पनि बन्दैन, उनले भने–त्यही समृद्धीका र राजनीतिक स्थीरता दिनका लागि गठबन्धन भएको हो ।’ क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (क) का उम्मेदवार कृष्ण थापाले चुनावमा एमाले माओबादी प्राविधिक हिसावले एक नभएपनि चुनाव लगत्तै पार्टी एकता हुने विश्वास ब्यक्त गरे । उनले दुई पार्टीबीच कुनै मतभेद नरहेको भन्दै मिलेर अगाडी बढ्न दुवै पार्टीका नेता कार्यकर्तासँग आग्रह गरेका छन् । थापाले प्रदेशलाई समृद्ध बनाउन आफु कम्मर कसेर लाग्ने प्रतिबद्धता जनाए