गुराँस लाइफ इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकासुरेन्स सम्झौता
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कुमारी बैंक लिमिटेड बीच बैंकासुरेन्स सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बुधबार एक कार्यक्रमकाबीच गुराँस लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराई र कुमारी बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले हस्ताक्षर गरेका छन् । यी दुबै कम्पनीका ग्राहकलाई सहज रुपमा सेवा प्रदान गर्नको लागि सो सम्झौता गरिएको हो । उक्त सम्झौता मार्फत कुमारी बैंकका ग्राहकहरुले बैंकका सम्पूर्ण शाखा मार्फत गुराँस लाइफ इन्स्योरेन्सको जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सहज रुपले लिन सक्नेछन् । गुराँस लाइफ इन्स्योरेन्सले हाल मात्र नेपालको जीवन बीमा बजारमा नौलो र आकर्षक योजनाहरु प्रस्तुत गरेको छ । यस कम्पनीले वार्षिक नगद फिर्ता जीवन बीमा र एउटै योजनामा सावधिक, आजीवन र पेन्सन जीवन बीमा योजना लगायत १२ वटा योजना ६४ शाखा तथा उपशाखा कार्यालय मार्फत सेवा उपलब्ध गराउँदै आएको जानकारी गराएको छ ।
छोरी जन्मिने बित्तिकै बैंकमा रकम र जीवन बीमा
बुटवल । समाजमा छोरीप्रतिको नकारात्मक धारणा परिवर्तन गर्न र महिला तथा लैंगिक हिंसा कम गर्न रुपन्देहीका ग्रामीण क्षेत्रका पिछडिएका गाउँपालिकाका जनप्रतिनिधिले उदाहरणीय कामको थालनी गरेका छन् । जनप्रतिनिधिले गाउँपालिकाको पहिलो गाउँपालिका सभाबाट निर्णय गरेर नै गाउँमा रहेको बालविवाह र महिला तथा लैंगिक हिंसामा कमी ल्याउने उदाहरणीय कार्यक्रम सार्वजनिक गरेका हुन् । फाेटाे : नेशलन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड जिल्लाको ओमसतिया गाउँपालिकामा करिब ३७ हजार जनसंख्या छ । महिलाको संख्या पुरुषभन्दा बढी छ । यो मधेशी समुदायको बाहुल्यता रहेको र खुला सीमा भएको क्षेत्र हो । जिल्लाका साविक हाटी फर्साटिकर, वसन्तपुर, पड्सरी, छोटकीरामनगर र पट्खौली गाविस जोडेर ओमसतिया गाउँपालिका बनेको हो । यहाँका कैयौँ समुदायमा अहिले पनि बालविवाह कायम छ । गाउँपालिकाका अध्यक्ष हीरा केवट (राहुल) गाउँमा कुनै कार्यक्रममा पुग्दा स्थानीयवासी कुनै महिलाले परिवारमा आइपरेका पीडा सुनाउँदा छोरीप्रतिको श्रद्धा जगाउँछिन् । छोरीलाई जन्मिने बित्तिकै सम्मान जाग्ने खालको काम गर्ने शोचमा उनी र गाउँपालिकाको टिमको थियो । त्यसैले गाउँपालिकाको पहिलो परिषद्ले जन्म दर्ता गराउन आउने वित्तिकै छोरीका नाममा २० हजार रुपैयाँ बैंकमा जम्मा गराउने निर्णय गर्यो । गाउँपालिकामा निर्वाचित भएको मितिका आधारमा सोही दिनदेखि जन्मिएका कुनै पनि समुदायका छोरीका नाममा बैंकमा २० हजार रुपैयाँ २० वर्षका लागि राख्ने गरी कार्यविधि गाउँपालिकाले बनायो । अहिले नाबालिका रहेकी छोरी वयस्क अर्थात २० वर्षकी हुँदा बैंकमा जम्मा भएको रकमको ब्याजसहित जोड्दा झण्डै ३ लाख रुपैयाँ पुग्छ । सो कार्यका लागि १ करोड २१ लाख रुपैयाँ गाउँपरिषद्बाट विनियोजन भइसकेको छ । सोही गाउँपालिकामा रहेको साना किसान कृषि सहकारीसँग सम्झौताको प्रक्रिया अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष केवटले बताए । नेपाल भारत सीमा क्षेत्र भएकाले वारिपारी बिहेबारीको सम्बन्ध छ । अध्यक्ष केवटले भने- ‘छोरीप्रतिको समुदायको धारणा र भावना परिवर्तन गर्नका लागि केही न केही रचनात्मक काम गर्नैपर्ने ठानेर यस्तो निर्णय गरेका हौँं ।’ यस्तै निर्णय सियारी गाउँपालिकाले पनि गरेको छ । गाउँपालिकाको गत साउनमा बसेको परिषद् बैठकले जन्मिने बित्तिकै छोरीको जीवन बीमा गर्ने निर्णय गरेको सो गाउँपालिकाकी उपाध्यक्ष अमिृता गुरुङले बताइन् । उनी गाउँकी अगुवा नेत्री भएकाले महिला समानता र हक अधिकारका बारेमा चिन्ता गर्थे । सरकारले शुरु गरेको सामाजिक सुरक्षा भत्ताका कार्यक्रमबाट प्रभावित उपाध्यक्ष गुरुङले गाउँमा अगुवा कार्यकर्ता भएका कारण केही न केही समुदायका लागि गर्नुपर्छ भन्ने भावना जागेकाले सो निर्णय गरिएको बताइन् । गाउँपालिकाले जनप्रतिनिधि निर्वाचित भएको मितिदेखि नै जन्म दर्ता गराउने छोरीको जीवन बीमा गरिदिने निर्णय गरेपछि सवैले उक्त निर्णयको स्वागत गरेका उनले बताइन् । सो गाउँपालिकाको करिब ३८ हजार जनसंख्या छ । महिलाको संख्या पुरुषको भन्दा बढी छ । उक्त गाउँपालिका साविकका चिल्हिया, मैनहिया, हर्नैया, दयानगर र पश्चिम अमुवा गाविस मिलेर बनेको हो । गाउँपालिकाका प्राविधिक किरण क्षेत्रीले बीमा योजना र बीमा कम्पनीसित सम्झौताको प्रक्रिया अगाडि बढेकाले चाँडै टुंगोमा पुर्याइने बताइन् । गाउँपालिकाको निर्णयले बालविवाह रोक्नेदेखि लैंगिक हिंसा कम गर्न मद्दत पुग्ने ओमसतिया गाउँपालिकाका स्थानीयवासी जगदिश खरबिन्द बताउँछन् । उनी भन्छन्- ‘२० वर्षसम्म छोरीको नाममा राखिएको रकम ३ लाख रुपैयाँसम्म पुग्छ, यो रकमले उच्च शिक्षा अध्ययनदेखि विवाह खर्चकोसमेत जोहो हुन्छ ।’ गाउँपालिकाले २० वर्षभन्दा कम उमेरमा विवाह गरेर जाने वा आफै भाग्ने कुनै पनि छोरीका लागि भने उक्त रकम दिन नमिल्ने गरी कार्यविधि बनाइरहेको छ । गाउँपालिकाले विपन्न समुदायका लागि समेत औषधोपचारमा प्रतिव्यक्ति १५ हजार रुपैयाँसम्म सहयोग उपलव्ध गराउन शुरु गरेको छ । रासस
‘धुलोमुक्त काठमाडौं’ प्राथमिकतामा, मंसिर २७ र २८ गते उपत्यकाका सडक सफा गरिने
काठमाडौं । काठमाडौं महानगरपालिकाले यही मंसिर २९ गते मनाउन लागेको आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा धुलोमुक्त काठमाडौं बनाउने कामलाई प्राथमिकतामा राखेको छ । कामपा प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको बैठकले मंसिर २७ र २८ गते काठमाडौंका सडकलाई सफा बनाउने अभियानका साथ धुलो उठाउने निर्णय गरिसकेको छ । कामपा, वातावरण व्यवस्थापन विभागले सो काममा समन्वय गर्ने छ । जनप्रतिनिधिको मुख्य नाराका रुपमा रहेको धुलोमुक्त काठमाडौँ अभियानलाई प्राथमिकतामा राखिएको प्रमुख शाक्यले जानकारी दिए । “काठमाडौं उपत्यकाको मुख्य समस्याका रुपमा रहेको धुलो व्यपस्थापनको काम नै ठूलो चुनौती हो, यससँगै सडकका खाल्डाखुल्डी पुर्ने काम पनि मुख्यरुपमा नै रहेको छ”, शाक्यले भने । तत्कालीन काठमाडौँ नगरपालिकालाई २०५२ साल मंसिर २९ गते कामपा घोषणा गरिएको थियो । वार्षिकोत्सवका अवसरमा वसन्तपुरबाट हरिभवन (बागदरबार)सम्म झाँकीसहित प्रभातफेरी, उत्कृष्ट करदाता सम्मान, सफाइ अभियानकर्मी सम्मान, उत्कृष्ट कर्मचारी सम्मानलगायत कार्यक्रम गरिने जनाइएको छ । रासस
बिहेका लागि गरगहना किन्दै हुनुहुन्छ ? यी कुरामा ध्यान पुर्याउनुहोस्
काठमाडौं । विवाहमा मेकअप र पहिरनसँगै गरगहनापनि प्राथमिकतामा पर्न थालेको छ । त्यसैले विवाहको सिजनमा सुनका गहनाको माग बढ्ने गरेको छ । भरपर्दो लगानीका साथमा सौन्दर्यका लागि पनि उपयोगी हुनेभएकाले विवाहमा सुनको आकर्षण छ । यद्यपि विवाहका लागि गहना किन्दा ध्यान पुर्याउनु अत्यन्त आवश्यक छ । गहनाको मूल्य सुनको भाउसँगै यसको शुद्धता, बनावटको शुल्क, सुनको तौल र करको आधारमा तय गरिन्छ । ज्वेलरी पसलद्वारा बताइने सुनको मूल्य त्यसको गुणमा निर्भर रहन्छ । त्यसैले कुनै गहना छनौट गर्नुपूर्व उक्त गुणस्तरको सुनको मूल्यबारे जानकारी लिनुपर्छ । आजभोली कुनै गहनमा कृत्रिम हीरा, अर्ध-मूल्यवान पत्थर तथा कृत्रिम रंगीन पत्थर जडान गरिएको पाइन्छ । गहनाको तौलमा यस्ता पत्थरहरुको पनि तौल हुन्छ । त्यसैले ज्वेलरले सुनको मूल्य र त्यसमा जडित पत्थरको भाउ अलग्गै देखाउनुपर्छ । त्यसैको आधारमा मेकिंग चार्ज र करको गणना गर्नुपर्छ । केही ज्वेलरमा गहनाको कुल तौललाई वास्तविक तौल बताउछन् र त्यसै आधारमा मूल्य निर्धारण गर्छन् । यसले गहनालाई अनावश्यक महंगो बनाउछ । मेकिंग चार्ज एउटा अर्को महत्वपूर्ण पक्ष हो । यो तपाईंको बिलमा पनि राखिएको हुन्छ । केही ज्वेलर बिलमा प्रति ग्राम सुनमा निर्धारित दरमा मेकिंग चार्ज लिन्छन् भने केही ज्वेलरले कुल तौलको निश्चित प्रतिशतका आधारमा लिन्छन् । यसले मेकिंग चार्जमा निकै ठुलो अन्तर आउछ । गहना र लगानी दुवै उद्देश्यका साथ सुन खरीद गर्दा अधिक शुद्धता हेर्नु अत्यन्त जरुरी छ । लगानी गर्ने मात्र सोचले गहना किन्नुपर्दा पत्थर जडित गहनालाई निषेध गर्नु नै बुद्धिमानी हुन्छ । किनभने न्यून गुणस्तरको पत्थरको भाउ पछि शुद्ध सुनमा पाइने मूल्यको भाउमा कसैले पनि दिदैन ।
सेयर बजारमा हरियाली, नेप्से दोहोरो अंकले बढ्दा ६७ करोडको सेयर किनबेच
काठमाडौं । दोश्रो चरणको चुनाव नजिकिँदै गर्दा सेयर बजारमा हरियाली छाएको छ । चुनावको अघिल्लो दिनको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबैमा वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा बुधबारको नेप्से ११.६७ अंकले उकालो लागेर १५३६.५४ अंकमा पुगेको छ । बजारमा ६७ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन रकम मंगलबारको तुलनामा १३ करोड रुपैयाँ बढी हो । मंगलबारको बजारमा कुल ५४ करोड २३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बुधबारको बजारमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सको सेयर कारोबार भएको छ । यस दिन कम्पनीको ६ करोड ४० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ भने कम्पनीको सेयर मूल्य प्रतिकित्ता १७७८ रुपैयाँ रहेको छ । बीमा समूहको परिसूचक सबैभन्दा बढी ६८.६३ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रो, होटल, माइक्रोफाइनान्स र विकास बैंकको परिसूचक क्रमशः ३२, २८, २४ र २३ अंकले उकालो लागेका छन् । बजारमा ट्रेडिङ समूहको परिसूचक सामान्य २.४५ अंकले ओरालो लागेको छ भने बाँकी समूहको परिसूच सामान्य अंकले उकालो लागेका छन् । दोहोरो अंकले बढेको बजारमा सबैभन्दा बढी छ्याँङदी हाइड्रोपावरका लगानीकर्ताले ७.५३ प्रतिशत कमाएका छन् । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०० रुपैयाँ रहेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १४ रुपैयाँ बढी हो । उता हिमालयन पावर पार्टनरका लगानीकर्ताले २.३५ प्रतिशित गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४१५ रुपैयाँ रहेको छ ।
सिद्धार्थ बैंकको थप तीन नयाँ शाखा सञ्चालनमा, शाखा सङ्ख्या ८० पुग्यो
काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो थप तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार(आज) मात्रै नुवाकोटको बट्टार, दोलाखाको चरिकोट र बागलुङ्गको बागलुङ्ग बजारमा आफ्नो शाखा कार्यालयहरु विस्तार गरी सञ्चालनमा ल्याएको हो । उक्त नवविस्तारित शाखा कार्यालयहरु मार्फत् बैंकले सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ । साथै, यस स्थानका व्यापारी तथा सर्वसाधारण बैंकले प्रदान गर्दै आएको उच्चस्तरिय सेवाबाट लाभान्वित हुनेमा बैंक विस्वस्त रहेको छ । हालै सञ्चालनमा आएका नयाँ शाखाहरु सहित बैंकले हाल देशभर रहेका ८० शाखा, ३ एक्स्टेन्सन् काउन्टर, १०३ एटीएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६०० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को कार्तिक मसान्तसम्म बैंकले कुल निक्षेप ७८ अर्ब ४६ करोड रुपैयाँ र कर्जा लगानी ७१ अर्ब ७८ करोड रुपैयाँ परिचालन गरेको छ । सोहि अवधीमा बैंक ८६ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सक्षम रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । काठमाडौं । सिद्घार्थ बैंकले आफ्नो थप तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बुधबार(आज) नुवाकोटको बट्टार, दोलाखाको चरिकोट र बागलुङ्गको बागलुङ्ग बजारमा आफ्नो शाखा कार्यालयहरु विस्तार गरी सञ्चालनमा ल्याएको हो । उक्त नवविस्तारित शाखा कार्यालयहरु मार्फत् बैंकले सम्पुर्ण बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ । साथै, यस स्थानका व्यापारी तथा सर्वसाधारण बैंकले प्रदान गर्दै आएको उच्चस्तरिय सेवाबाट लाभान्वित हुनेमा बैंक विस्वस्त रहेको छ । हालै सञ्चालनमा आएका नयाँ शाखाहरु सहित बैंकले हाल देशभर रहेका ८० शाखा, ३ एक्स्टेन्सन् काउन्टर, १०३ एटीएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६०० भन्दा बढी एइक् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ को कार्तिक मसान्तसम्म बैंकले कुल निक्षेप ७८ अर्ब ४६ करोड रुपैयाँ र कर्जा लगानी ७१ अर्ब ७८ करोड रुपैयाँ परिचालन गरेको छ । सोहि अवधीमा बैंक ८६ करोड रुपैयाँ संचालन मुनाफा आर्जन गर्न सक्षम रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
भोलि २१ गते नगरवासीलेनै फोहोर व्यवस्थापन गर्नुपर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका दिन सबै महानगरवासीलाई घरबाट निस्कने फोहोर आफै व्यवस्थापन गर्न आग्रह गरेको छ । निर्वाचनमा सार्वजनिक यातायातका साधन सञ्चालनमा रोक लगाइएको र कर्मचारीले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउनुपर्ने व्यवहारिक पक्षलाई ध्यानमा राखी उक्त निर्णय गरेको कामपाका सह–प्रवक्ता नवराज ढकालले जानकारी दिए । फोहोर बाक्ने गाडी सञ्चालनका लागि अनुमति भए पनि टाढा रहेका कर्मचारी आउनका लागि समस्या हुने भएकाले नियमितजसो फोहोर संकलन गर्न नसकिने कामपाले जनाएको छ । केही कर्मचारीलाई आउन सहज भए पनि सबै कर्मचारी आउन नसक्ने भएकाले सबै ठाउँको फोहोर संकलन हुन नसक्ने जनाइएको छ । नगरवासीले जथाभावी फोहोर फाल्दा मतदातालाई समेत समस्या हुने भएकाले उक्त दिन फोहोर व्यवस्थापन गर्न कामनपाले आग्रह गरेको हो । हरेक दिन कामपाबाट पाँच सय टन फोहोर संकलन हुनेगरेको छ । उक्त दिन निस्कने सबै फोहोर व्यवस्थापनका लागि कामपाले भोलिपल्टै कर्मचारी खटाउने पनि वातावरण व्यवस्थापन विभागका प्रमुख हरि कुँवरले बताएका छन् । रासस
माछापुच्छ्रे बैंकले पोखरामा गर्यो प्रभात फेरी कार्यक्रम
काठमाडौं । माछापुच्छ्रे बैंकले १९अाैँ वार्षिक साधारणसभाको उपलक्ष्यमा पोखराको लेक साइडमा प्रभातफेरी कार्यक्रम संचालन गरेको छ । बसुन्धरा पार्कबाट शुरु भएको उक्त कार्यक्रम हल्लनचोकबाट पुनःबसुन्धरा पार्कमापुगेर समापन भएको थियो । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तिय साक्षरता अन्तर्गत बैकिङ्ग सचेतना जगाउने, बैकिङ्ग सेवाको फाइदा, सफा नोटको महत्व, डेबिटरक्रेडिट कार्डको उपयोग र यसको फाइदा इत्यादिको बारेमा विभिन्न जानकारी दिएको थियो । बैंकले आ.व. २०७४/७५को पहिलो त्रैमाससम्ममा २८ करोड ९ लाख रुपैयाँ खुदमुनाफा आर्जन गरेको छ । साथै, हाल बैंकले ६४ अर्ब ५१ करोड रुपैयाँ निक्षेप परिचालन गरी ५६ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैकले हालसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत ७ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ७३ स्थानवाट ग्राहकहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ८४ वटा एटीएमहरु संचालनमा रहेको छ ।