नुवाकोटमा पनि वाम गठबन्धन अगाडि, डा महत र केसी पछाडि
काठमाडौं । नेपाली कांग्रेसका चर्चित नेताहरु डा रामशरण महत र अर्जुननरसिंह केसी चुनावी प्रतिस्प्रर्धामा रहेको नुवाकोट जिल्लामा पनि वामपन्थी गठबन्धनले अग्रता पाएको छ । मतगणनामा डा महत र केसी दुबैले कम मत पाइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार क्षेत्र नम्बर १ का उम्मेदवार डा रामशरण महतलाई माओवादी केन्द्रका उम्मेदवार हितमान तामाङले पछाडि पारेको छन् । तामाङले ५ हजार ९९ मत पाएका छन् भने महतले ४ हजार २१० मत पाएका छन् । १ नम्बरको प्रदेशसभामा क मा माओवादीका राधिका तामाङले २ हजार १०६ मत पाएकी छिन् भने कांग्रेसका महेन्द्र थिङले १ हजार ५७१ मत ल्याएका छन् । ख मा एमालेका बद्री मैनालीले २ हजार ७३ र कांग्रेसका रमेश महतले १ हजार २०० मत पाएका छन् । क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार नारायण खतिवडाले ४ हजार २९९ मत पाएका छन् भने कांग्रेसका उम्मेदवार अर्जुन नरसिंह केसीले २ हजार ६९५ मत पाएका छन् । २ नम्बरको प्रदेशसभा सदस्यमा पनि एमालेका केशव पाण्डेले ३ हजार ३९० मत पाएका छन् भने जगदिशश्वर नरसिंह केसीले २ हजार १०३ मत पाएका छन् ।
नारायणकाजी भन्दा बाबुराम ११३५ मतले अगाडि, मतान्तर बढ्दाे
गाेरखा । गोरखा–२ मा नयाँ शक्तिका उम्मेदवार बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठसँगको मतान्तर फराकिलो पारेका छन्। १२ हजार ७ सय ४० मत गन्दा बाबुरामले ६५३४ मत पाएका छन् भने नारायणकाजीले ५३९९ मत ल्याएका छन्। उनीहरुबीच अहिले ११३५ को मतान्तर छ। मतगणना जारी छ । चर्चित दुर्इ नेताबीचकाे प्रतिस्पर्धाले याे निर्वाचन क्षेत्रमा धेरै नेपालीकाे ध्यान गएकाे छ ।
प्रारम्भिक मत परिणाम वाम गठबन्धनको पक्षमाः गठबन्धनको ३३ स्थानमा अग्रता, कांग्रेस ४ स्थानमा अगाडि
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको परिणाम वामगठबन्धनको पोल्टामा जाने संकेत देखिएको छ । शुक्रबार विहानसम्म प्रतिनिधि सभाको लागि नेकपा एमालेले २ स्थानमा र नेकपा माओवादी केन्द्रले १ स्थानमा जित हासिल गरेका छन् । त्यस्तै मतगणना जारी रहेका स्थानहरु मध्ये एमालेले १८ स्थानमा र माओवादीले १२ स्थानमा अग्रता हासिल गरिरहेको छ । नेपाली कांग्रेसले अहिलेसम्म खाता खोलेको छैन । उसले ४ स्थानमा अग्रता हासिल गरेको छ । २ स्थानमा अन्य उम्मेदवारले अग्रता हासिल गरेका छन् । त्यस्तै प्रदेशसभातर्फ एमालेले २ स्थानमा विजय हासिल गरी २२ स्थानमा अग्रता कायम गरेको छ । प्रदेशसभाको लागि माओवादीले १९ स्थानमा अग्रता लिएको छ भने कांग्रेसले ७ र अन्यले १ स्थानमा अग्रता लिएका छन् ।
रुकुमबाट माओवादी केन्द्रको विजय सुरुवात, १३ स्थानमा अग्रता
रुकुम । प्रतिनिधिसभाकाे निर्वाचनमा रूकुम जिल्लाबाट नेकपा माओवादी केन्द्रकी कमला राेकाले जितेकी छिन् । रोकाले निकटम प्रतिस्पर्धी हरिशंकर घर्तीमगरलाई ठूलो अन्तरले पछि पारिन् । रोकाले १० हजार ४३४ मत ल्याउँदा घर्तीले ४४०६ मत ल्याए । त्यस्तै नयाँ शक्तिले पनि रुकुममा १४८९ मत ल्यएको छ । पूर्वी रुकुममा मंसिर १० गते मतदान भएको थियो । माअाेवादीले प्रतिनिधिसभाकाे लागि पहिलाे खाता खाेलेकाे छ भने मतगणाना भइरहेका १३ स्थानमा अग्रता लिएकाे छ ।
प्रतिनिधिसभामा पहिले एमालेले खाता खोल्यो, मनाङमा पाल्देन विजयी
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा खाता खोलेको छ । मनाङमा एमालेका पाल्देन छोपाङ गुरुङ विजयी भएका छन् । उनले ९०८ मत पाएका छन् । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका टेबहादुर गुरुङले ६५९ मत पाएका छन् ।
बाबुरामभन्दा नारायणकाजी १३३ मतले अगाडि
गाेरखा । प्राप्त पछिल्लो मतपरिणाम अनुसार गोरखा २ मा माओवादी उम्मेदवार नारायणकाजी श्रेष्ठले ८६५ मत पाएका छन् भने नयाँ शक्तिका बाबुराम भट्टराई ७३२ मत पाएका छन्। मतगणना जारी छ। श्रेष्ठले भट्टरार्इलार्इ १३३ मतले पछाडि पारेका छन् ।
रसुवामा लोकतान्त्रिक र सिन्धुपाल्चोकमा वाम गठबन्धन अगाडि
रसुवा । जिल्लामा एक हजार २४७ मत गन्दा लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार मोहन आचार्यले ७२१ र वाम गठबन्धनबाट नेकपा (एमाले)का जनार्दन ढकालले ४४८ मत प्राप्त गरेका छन् । सिन्धुपाल्चोक– जिल्लामा एक हजार ३६० मत गन्दा वाम गठबन्धनबाट नेकपा(माओवादी केन्द्र)का अग्निप्रसाद सापकोटाले ७३५ र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका मोहनबहादुर बस्नेतले ६२५ मत प्राप्त गरेका छन् । बाजुरा– जिल्लामा प्रतिनिधिसभातर्फ ९१२ मत गन्दा काँग्रेसका कविराज पण्डितले ४७७ र वाम गठबन्धनबाट एमालेका लालबहादुर थापाले ४७७ मत प्राप्त गरेका छन् । नुवाकोट– प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो चरणमा निर्वाचन भएको नुवाकोटमा मतगणना सुरु भएको छ । आज साँझ ७ बजेदेखि दुई प्रतिनिधिसभा र ४ प्रदेशसभा सदस्यको मतगणना शुरु भएको मुख्य निर्वाचन अधिकृत लोकजङ्ग शाहले जानकारी दिए । कुल छ पदका लागि ४६ उम्मेदवार चुनावी प्रतिष्पर्धामा छन् । यही मंसिर १० गते भएको मतदानमा दुई लाख आठ हजार १९१ मतदातामध्ये एक लाख ३९ हजार ७६१ मतदाताले मतदान गरेका छन् । रासस –––
सिन्धुलीमा मतपेटिका बोकेको गाडीमा बम विस्फोट
सिन्धुली । हरिहरपुरगढी गाउँपालिका–७ क्यानसिरमा आज साँझ बम विस्फोट भएको छ । आज भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मतदान सम्पन्नपछि मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम पड्काइएको हो । हरिहरपुरगढी गाउँपालिका–७ भुताहा प्राविका क र ख मतदान केन्द्रका मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम विस्फोट गराइएको थियो । सोही क्रममा ना ३ च ९४७१ नंको बोलेरोको सिसा सामान्य चर्किएको बताइएको छ । बम विस्फोटन गराइए पनि मतपेटिका बोकेको सवारी र सुरक्षाकर्मीलगायतको टोलीलाई भने कुनै असर नपुगेको सिन्धुलीका प्रजिअ जनकराज दाहालले जानकारी दिए ।