विकासन्युज

उपत्यकामा नयाँ शहरः २ हप्तापछि सुरु हुँदैछ डीपीआर निर्माण

काठमाडौं । भक्तपुर र ललितपुरको १०।१० हजार रोपनी क्षेत्रफलमा निर्माण हुने नयाँ शहरको डिपिआर निर्माण २ हप्तापछि सुरु हुने भएको छ । नयाँ शहर आयोजनाका इञ्जिनियर भागवतभक्त खोखालीका अनुसार भक्तपुर र ललितपुरको नयाँ शहरको डिपिआर बनाउने कम्पनीसँग आगामी १० दिनभित्रै सम्झौता हुँदैछ । ‘प्रारम्भिक छनौटमा परेका कम्पनीहरुले विस्तृत योजना बुझाएका थिए, त्यसको अध्ययन सम्पन्न गरेर सम्झौताको चरणमा पुगेका छौं’, खोखालीले विकासन्युजसँग भने । ती कम्पनीहरुसँग १० दिन भित्र सम्झौता गरेर डिपिआर अध्ययनको काम आरम्भ हुन लागेको हो । आयोजनाले ललितपुर र भक्तपुरमा १०।१० हजार रोपनी क्षेत्रफलमा निर्माण हुने नयाँ शहरको डीपीआर बनाउन ११ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरेको थियो ।उत्कृष्ठ प्राबिधिक क्षमता, वित्तीय प्रस्ताव, कामको अनुभव लगायतका विवरण पेश गरेर अब्बल ठहरिएको कम्पनीलाई डिपिआर निर्माणको जिम्मेवारी दिन लागिएको हो । नयाँ शहरमा भवन निर्माण आचार संहिता अनुसारका भूकम्प प्रतिरोधी भवन, सडक, ढल निकास, खुल्ला मैदान, मनोरञ्जन पार्क, स्वास्थ्य केन्द्र, खेल मैदान, एकिकृत सरकारी सेवा केन्द्र, शिक्षाको उपयुक्त प्रबन्ध लगायतका संरचना निर्माण गरिनेछ । नयाँ शहर निर्माणका लागि तोकिएको क्षेत्रमा जमिनको कित्ताकाट र नयाँ भवन निर्माणमा रोक लगाईसकिएको छ । काठमाडौं आग्नेय भक्तपुरमा मात्रै निर्माण हुने यो शहर १० हजार रोपनीम फैलिएको हुनेछ । यसको पुर्वमा अरनिको राजमार्गको सुर्य विनायक चोकबाट सुर्य विनायक मन्दिर अगाडीको वनलाई बाहिर पार्दै अघि बढ्नेछ । पश्चिम तर्फ खहरे खोला, बालकोट विरुवा सडक, पानी ट्यांकी, बालकोट अमरनगर थिमी हुँदै अरनिको राजमार्गसम्म आइपुग्नेछ । उत्तरमा भने अरनिको राजमार्गलाई छुनेछ ।दक्षिणमा भने यो शहरले सिलामखाल, रानीकोट जंगल छेउ, अनन्तलिंगेश्वर फेदी, तर्खगाल, पात्लेटार विरुवा हुँदै खहरेसम्म पुग्नेछ । काठमाडौं नैऋत्य १० हजार रोपनी क्षेत्रफल ओगट्ने यो शहरले ललितपुरको बिभिन्न भुभागलाई समेट्नेछ । नैऋत्य काठमाडौंको पुर्वी भाग साबिकको खोकना १ देखि ८ नम्बर वडासम्म पुगेर बुङमति वडा नम्बर १ भएर छम्पी जाने बाटो बाटोबाट वडा नम्बर २ देखि ६ नम्बरसम्म पुग्नेछ । पश्चिममा बागमति नदि छेउम्म यो शहर निर्माण हुनेछ । उत्तरमा भने साविकको सैँबु गाबिसको सिमानासम्म शहरले छुनेछ । दक्षिणमा भने काठमाडौं नैऋत्यले बागमति नदि किनार नै छुनेछ । यो शहर पनि १० हजार रोपनी क्षेत्रमा फैलिएको हुनेछ । ठुलो शहरको काम पनि अन्तिम चरणमा एक लाख रोपनी क्षेत्रफलमा फैलिने नयाँ शहरको डिपीआर बनाउने कम्पनी छान्न भने अझै करिब एक महिना लाग्ने इञ्जिनियर खोखालीले बताए ।

सप्तकोशी डेभलपमेन्ट बैंकको लाभांश २ करोड ३२ लाख

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले २ करोड ३२ लाख रुपैंयाँ बराबरको बोनस सेयर दिने भएको छ । बैंकले माघ १३ गतेको पाँचौं साधारण सभाबाट पारित गरेर लगानीकर्तालाई आफ्नो चुक्ता पुँजीको ४.७८ प्रतिशत बोनस सेयर दिन लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४८ करोड ५३ लाख रहेको छ ।

नागरिक लगानी कोषको डीम्याट खाता खोल्न सेयरधनीलाई अनुरोध

काठमाडौं । नागरिक लगानी कोषले लाभांश लिनका लागि हितग्राही खाता (डीम्याट एकाउन्ट) खोल्न सेयरधनीलाई अनुरोध गरेको छ । कोषले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २१.८५ प्रतिशत बोनस सेयर वितरणका लागि डीम्याट खाता खोल्न भनेको हो । वार्षिक साधारणसभाले बोनस सेयर पारित भएको छ ।

बैंक अफ काठमाण्डुको संस्थापक सेयर नपर्नेको रकम आजदेखि फिर्ता

काठमाडौं । बैंक अफ काठमाण्डु लिमिटेडको संस्थापक सेयर किन्न नपाएका लगानीकर्ताको रकम आज मंगलबारदेखि फिर्ता हुने भएको छ । बैंकले यसअघि उल्लेख गरिएको खातामा रकम रकमान्तर गरिने जानकारी दिएको छ । बैंकको अधिकांश संस्थापक सेयर कर्मचारी संचय कोषले खरिद गरेको छ । बैंकले ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर बोलकबोलबाट बिक्रीका लागि खुला गरेको थियो । करिव १० हजार कित्ता बाहेक सबै सेयर प्रतिकित्ता २५१ रुपैयाँमा संचय कोषले खरिद गरेको थियो ।

११२ स्थानीय तहमा शाखा खोल्न बाणिज्य बैंकहरुकाे अस्वीकार

काठमाडौं । ११२ वटा स्थानीय तहमा शाखा विस्तार गर्न बाणिज्य बैंकहरुले अस्वीकार गरेका छन् । सरकारले ७५३ वटै स्थानीय तहमा कम्तिमा एउटा बाणिज्य बैंकको शाखा खोल्ने निर्णय गरेको थियो । सरकारको निर्णय अनुसार सबै स्थानीय तहमा कम्तिमा एउटा बाणिज्य बैंकको शाखा विस्तार गर्न राष्ट्र बैंकले बाणिज्य बैंकहरुसँग प्रस्ताव मागेको थियो । ‘हामीले कुन बैंकले कहाँ शाखा खोल्ने भनेर प्रस्ताव माग्दा नै ११२ स्थानीय तहमा जान कुनै बैंक पनि तयार भएनन्, प्रतिवद्धता व्यक्त गरिएकाहरुमा पनि भर्खर ४५ तहमा मात्रै नयाँ शाखा विस्तार भएको छ’, नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले विकासन्युजसँग भने । उनका अनुसार बाणिज्य बैंकहरुले शाखा विस्तार गर्ने भने प्रतिवद्धता व्यक्त गरेका तहमा शाखा खोल्न प्रेरित गरिँदैछ भने जान तयार नभएका तहहरुमा कसरी शाखा पुर्याउने भन्नेबारे पनि अध्ययन भैरहेको छ । यी हुन बाणिज्य बैंकले शाखा खोल्न अस्विकार गरेका स्थानीय तह ताप्लेजुङ सिदिङवा गाउँपालिका, मेरिदेङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका, याङवरक गाउँपालिका, सिरिजंगा गाउँपालिका, ईलाम माङसेवुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, संखुवासभा भोटखोला गाउँपालिका, सिलिचोङ गाउँपालिका सोलुखुम्बु माहाकुलुङ गाउँपालिका, लिखुपिके गाउँपालिका खोटाङ ऐसेलुखर्क गाउँपालिका, केपिलासगढी गाउँपालिका, दिपु्रङ गाउँपालिका र बराहपोखरी गाउँपालिका ओखलढुंगा चिसंखुगढी गाउँपालिका उदयपुर ताप्ली गाउँपालिका, सुनकोशी गाउँपालिका सप्तरी तिरहुत गाउँपालिका, बलान बिहुल गाउँपालिका, बेल्ही चपना गाउँपालिका, महादेवा गाउँपालिका दोलखा शैलुङ गाउँपालिका रामेछाप सुनापति गाउँपालिका सिन्धुली घ्याङलेख गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका धनुषा कमलासिद्धिदात्री गाउँपालिका सर्लाही पर्सा गाउँपालिका, बसबरिया गाउँपालिका, चन्द्रनगर गाउँपालिका, धनकौल गाउँपालिका, धादिङ खनियाबास गाउँपालिका, गंगाजमुना गाउँपालिका, रुबीभ्याली गाउँपालिका, नुवाकोट तारकेश्वर गाउँपालिका, मेघाङ गाउँपालिका काभ्रे खानीखोली गाउँपालिका, तेमाल गाउँपालिका, महाभारत गाउँपालिका सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका, लिंसखु गाउँपालिका मकवानपुर राक्सीराङ गाउँपालिका रौतहट राजदेवी नगरपालिका, देवाही गोनाही गाउँपालिका, परोहा गाउँपालिका, राजपुर गाउँपालिका बारा देवताल गाउँपालिका, बारागढी गाउँपालिका, सुवर्ण गाउँपालिका पर्सा कलिकामाई गाउँपालिका, जगरनाथपुर गाउँपालिका, गुल्मी मालिका गाउँपालिका नवलपरासी बुङदीकाली गाउँपालिका, बुलिङटार गाउँपालिका म्याग्दी अन्नपुर्ण गाउँपालिका, मंगला गाउँपालिका, रुकुम पुथा उत्तरगया गाउँपालिका, भूमे गाउँपालिका, बाफिकोट गाउँपालिका रोल्पा दुई खोली गाउँपालिका, लुङग्री गाउँपालिका, सुकीदह गाउँपालिका, सुनछहरी गाउँपालिका प्युठान नौबिहानी गाउँपालिका, झिमरुक गाउँपालिका, ऐरावति गाउँपालिका, सल्यान ब्नगाड कुपिण्डे नगरपालिका, कालिमाटी गाउँपालिका, ढोरचौर गाउँपालिका, कुमाखमालिका गाउँपालिका, दार्मा गाउँपालिका डोल्पा डोल्पो वुद्ध गाउँपालिका, मुड्केचल्ला गाउँपालिका, काइके गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका मुगु मुगुमर्कामाराङग गाउँपालिका, सोरु गाउँपालिका जुम्ला हिमा गाउँपालिका, पातारासी गाउँपालिका कालिकोट पचाल झरना गाउँपालिका, सान्नी त्रिवेणी गाउँपालिका, नरहरीनाथ गाउँपालिका, कालिका गाउँपालिका, महावै गाउँपालिका, पलाता गाउँपालिका हुम्ला नाम्खा गाउँपालिका, चंखेली गाउँपालिका, अदानचुली गाउँपालिका, ताँजाकोट गाउँपालिका, जाजरकोट कुसे गाउँपालिका, जुनीचाँदे गाउँपालिका, बारेकोट गाउँपालिका, शिवालय गाउँपालिका दैलेख महाबु गाउँपालिका, ठाँटीकाँध गाउँपालिका बाजुरा गौमुल गाउँपालिका, पाण्डव गुफा गाउँपालिका, स्वामी कार्तिक गाउँपालिका, छेडेदह गाउँपालिका, हिमाली गाउँपालिका अछाम बान्नीगढी जयगढ गाउँपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका, तुर्माखाँद गाउँपालिका बझाङ थलारा गाउँपालिका, सुर्मा गाउँपालिका, छबिसपाथिभेरा गाउँपालिका, दुर्गाथली गाउँपालिका, काँडा गाउँपालिका डोटी सायल गाउँपालिका, आदर्श गाउँपालिका कैलाली मोहन्याल गाउँपालिका दार्चुला अपिहिमाल गाउँपालिका बैतडी पञ्चेश्वर गाउँपालिका

प्रभु बैंकको २ अर्ब ३५ करोडको हकप्रद माघ ७ गतेदेखि निष्कासन हुने

काठमाडौं । प्रभु बैंकको हकप्रद सेयर आउदो माघ ७ गतेदेखि बिक्री खुला हुने भएको छ । बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत अर्थात २ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बराबरको २ करोड ३५ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सेयर निष्कासन फागुन १३ गते बन्द हुने बैंकले जनाएको छ । सेयर निष्कासनपछि बैंकको चुक्तापुँजी ८ अर्ब २३ करोड ४९ लाख रुपैयाँ पुग्ने छ । हाल बैंकको पुँजी ५ अर्ब ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ छ ।

नेपाल रेटिङ एजेन्सीले व्यवसाय गर्न धितोपत्र बोर्डबाट पायो आशयपत्र, ५ महिनाभित्र सञ्चालनमा आउने

काठमाडौं । नेपालमा कम्पनीको स्तर निर्धारण (रेटिङ) गर्न विदेशी साझेदारीमा नयाँ संस्था सञ्चालनमा आउने भएको छ । दुवईको डन एन्ड ब्राव स्टे्टको मुख्य स्वामित्वमा नेपाल रेटिङ एजेन्सी (एनआरए) कम्पनी सञ्चालनमा आउन लागेको हो । रेटिग व्यवसाय सञ्चालन गर्न धितोपत्र बोर्डले सोमबार एनआरएलाई आशयपत्र (एलओआई) दिएको छ । आगामी ५ महिनाभित्र सञ्चालनमा ल्याउने तयारीका साथ काम भइरहेको एनआरएका नेपाली साझेदार अनलराज भट्टराईले बताए । आवश्यक पुर्वाधारको काम सकेपछि बोर्डबाट अन्तिम स्वीकृती लिएर सञ्चालनमा आउने उनले जानकारी दिए । एनआरएको पुँजी १० लाख डलर अर्थात १० करोड नेपाली रुपैयाँ हुने छ । दुवईको डन एन्ड ब्रावले न्युनतम ५१ र बाँकी नेपालका २८ वटै वाणिज्य बैंकलाई साझेदार बनाउने योजना रहेको भट्टराईले सुनाए । एनआरएले कम्पनीको रेटिङका अतिरित्त वित्तीय परामर्श सेवा पनि प्रदान गर्ने उनको भनाई छ । विदेशी साझेदारसंग छलफल गरेर लगानीको खाका टुगाउने उनले जानकारी दिए ।नेपालमा भारतीय साझेदारीमा इक्रा नेपाल र हालै केयर रेटिङ एजेन्सी सञ्चालनमा आइसकेको छ । एनआरए तेस्रो कम्पनी हुने छ ।

न्युमोदी–लेखनाथ प्रसारणलाइनको ठेक्का भारतको कल्पतरु पावरले पायो

काठमाडौं । मोदीखोलादेखि कास्कीको लेखनाथसम्म १३२ केभी प्रसारणलाइन निर्माणको जिम्मा भारतीय कम्पनीले पाएको छ । भारतको कल्पतरु पावर ट्रान्समिसन लिमिटेडले कम दर प्रस्ताव गरेपछि नेपाल विद्युत प्राधिकरणले उसलाई सो प्रसारणलाइन निर्माणको जिम्मा दिएको हो । कल्पतरुले झण्डै ५५ करोड रुपैयाँ अर्थात ५४ लाख ३५ हजार ९६७ मा न्युमोदी–लेखनाथ प्रसारणलाइनको प्लाण्टको डिजाइन, आपूर्ति र जडानको काम गर्ने छ । मोदीखोला क्षेत्र वरपर निर्माण हुने आयोजनालाई लक्षित गरी विद्युत प्राधिकरणले सो प्रसारणलाइ निर्माण गरेको हो ।