विकासन्युज

निर्वाचन खर्च: ओलीको २४ लाख र सिटौलाको २३ लाख

झापा । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् । गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ ८४ जना गरी १४१ उम्मेदवारमध्ये ३० जनाले १९ दिनभित्रै चुनावी खर्चको विवरण बुझाएको निर्वाचन अधिकृत गोपाल आचार्यले जानकारी दिए । तिनमा ११ जना प्रतिनिधिसभा सदस्य र १९ जना प्रदेशसभा सदस्यका उम्मेदवार थिए । शीर्ष नेतातर्फ झापा क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका नेपाली काँग्रेसका कृष्णप्रसाद सिटौला, क्षेत्र नं ५ बाट नेकपा (एमाले)का अध्यक्ष केपीशर्मा ओली, क्षेत्र नं १ बाट नेकपा(माओवादी केन्द्र)का नेता सुरेन्द्रकुमार कार्की र सोही क्षेत्रबाट काँग्रेसका नेता विश्वप्रकाश शर्माले आआफ्नो चुनावी खर्च विवरण बुझाएका छन् । एमाले अध्यक्ष ओलीले रु २४ लाख एक हजार १६०, काँग्रेस नेता सिटौलाले रु २२ लाख ६८ हजार, माओवादी केन्द्रका नेता कार्कीले रु २४ लाख १० हजार र काँग्रेस नेता शर्माले रु २१ लाख ६८ हजारको खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यसैगरी क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार काँग्रेसका डा खगेन्द्र अधिकारीले रु २४ लाख ७५ हजार, क्षेत्र नं ४ बाट एमालेका लालप्रसाद साँवा लिम्बूले रु २३ लाख ६३ हजार, क्षेत्र नं ३ बाट राष्ट्रिय जनता पार्टीका सुन्दरलाल साहले रु छ लाख ५० हजार, क्षेत्र नं ४ बाट एकीकृत राप्रपा ९राष्ट्रवादी०का तेजबहादुर थापाले रु तीन लाख पाँच हजार, क्षेत्र नं ३ बाट विवेकशील साझा पार्टीका साजन सुब्बाले रु ६३ हजार, क्षेत्र नं २ बाट देशभक्त जनगणतान्त्रिक मञ्चका हेमचन्द्र घिमिरेले रु ६५ हजार र विवेकशील साझा पार्टीका नवीन बाँस्तोलाले रु एक लाख नौ हजार २०० खर्च भएको विवरण पेश गरेका छन् । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारले २५ लाख रुपैयाँ र प्रदेशसभा सदस्य उम्मेदवारले १५ लाख रुपैयाँसम्म खर्च गर्न पाउने खर्च सीमा निर्धारण गरेको थियो । रासस

मौरीपालन आम्दानीको नयाँ बाटो, वार्षिक ३० लाख रुपैयाँ कमाइ हुने

मोरङ । तपाईले गाईभैँसी चराएको त देख्नु वा सुन्नु भएकै होला, तर किसानले मौरीसमेत चराउँछन् भन्दा तपाईलाई पत्यार नलाग्न सक्छन् । तर यो कुरा सत्य हो । मोरङको रंगेली-३ स्थित रञ्जनीका किसान यमनाथ पाठकले मौरी चराउने गरेका छन् । आफैँले र छर छिमेकीले लगाएको तोरी ढकमक्क फुलेपछि मौरीको घार नै बोकेर उनले चराउँदै आएका छन् । तोरी नफुल्ने समयमा समेत उनले जंगलमा लगेर मौरी चराउने गरेका छन् । रञ्जनीमा पाथीभरा मौरीपालन उद्योग स्थापना गरेर पाठकले मौरी पालन गर्दै आएका छन् । खडानन्द खनालका अनुसार चार बिगाहामा तोरी खेती गरेको र प्रत्येक वर्ष मौरी चराउन ल्याउन आग्रह गर्ने गरेको उनी बताउँछन् । पहिले तोरीमा लाइ लाग्ने, किरा लाग्ने गरेको र परागसेचनको काम मौरीले नै गरेको हुनाले मौरीको घारै बोकेर तोरी खेतीमा ल्याएर चराउने गरेको पाठकको भनाइ छ । मौरी ल्याएपछि आफूले तोरीमा विगत चार/पाँच वर्षदेखि कुनै पनि कीटनाशक औषधिको प्रयोग नगरेको र बिगाहामा २० मनदेखि २२ मनसम्म तोरी उब्जनी हुने गरेकोसमेत खनालको भनाइ छ । २०६० सालदेखि मौरीपालनमा लागेका यमनाथ शुरुका दिनमा चार घारबाट मौरीपालन शुरु गरेका हुन् । अहिले २०० घारसम्म पाल्न सफल भएका छन् । उनले एक घार बराबर ५० हजारदेखि ६० हजारसम्म मौरी हुने गरेका छन् । वार्षिकरुपमा २०० घारबाट पाँच हजार केजी अर्थात् (५० क्विन्टल) मह वार्षिक उत्पादन हुन्छ भने ३० लाख रुपैयाँ बराबरको आम्दानी हुने गरेको समेत पाठकको भनाइ छ । पाथीभरा मौरीपालन उद्योग स्थापना गरेर उत्पादन गरेको महप्रति केजी ६०० रुपैयाँको दरले बिक्री वितरण गर्ने गरेको उनले सुनाएका छन् । उनले उत्पादन गरेको महको बजार मोरङ, झापा, सुनसरी, ताप्लेजुङ, पाँचथर, बिर्तामोड, धरानमा बिक्रीका लागी पठाउने गरिएको पाठकको भनाइ छ । उहाँ मात्र होइन थोरै लगानीमा राम्रो आम्दानी हुने भएपछि उत्तरी मोरङका कृषक मौरीमा लगानी गर्न हौसिएका छन् । मोरङको पथरीशनिश्चरे, उर्लाबारी, लेटाङ-भोगटेनी नगरपालिका, बयरवन, केरौन, होक्लाबारी जस्ता ठाउँमा व्यवसायीकरुपमा मौरी पालन हुँदै आएको छ । मौरीपालनले एकहजार घार मौरीबाट वार्षिक २० रुपैयाँलाख अम्दानी भएको व्यावसायिक मौरीपालक कृषकको भनाइ छ । मोरङमा महको मागसँगै यसको उत्पादनमा पनि वृद्धि भइरहेको छ । व्यवसायको शुरुको वर्ष नै एक घार मौरीबाट वार्षिक रु २० लाख आम्दानी गर्न सकिने मेलिफेरा मौरीपालन सहकारी संस्थाका संस्थापक सदस्य सूर्य कटुवालको भनाइ छ । बहुसंख्यक गाउँका शैक्षिक बेरोजगार युवा पैसा कमाउने चक्करमा भौतारिइरहेको अवस्थामा उनीहरुको यो कार्य प्रेरणाको स्रोत नै बनेको छ । बर्खा र हिउँद महिनामा भने मौरीबाट आम्दानी हुँदैन । मौरी अन्य किरामध्ये एक फाइदाजनक र धेरै संख्यामा रहने किरा हो । यहाँ पालिने मौरी धेरैजसो कठ्यौरी जातका हुन् । रासस

दिगो संरचना निर्माणका लागि अवलम्वन गर्नुपर्ने

काठमाडौं । जगदम्बा सिमेन्टले दिगो तथा भूकम्प प्रतिरोेधात्मक संरचना निर्माणमा अवलम्वन गर्नुपर्ने विविध प्राविधिक जानकारी प्रदान गरेको छ । सिमेन्टले उक्त जानकारी प्रदान गर्न पौष १४ गते शुक्रबार बागडोलको बेखाज पार्टी भेन्युमा राजमिस्त्रीहरुसँगको भेटघाट कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रममा १०० भन्दा बढी राजमिस्त्री तथा डिलर वर्गहरुको सहभागिता रहेको थियो । जगदम्बा सिमेन्टले उपभोक्ता तथा समाज प्रति उत्तरदायी रही विविध उपभोक्तामुखी कार्यक्रम समेत गरिरहेको छ । कम्पनीले यसै आर्थिक वर्षमा ‘आऔ सबै मिलि देश बनाऔ भन्दै सारा नेपालीलाई देश निर्माणको लागि अपिल गरिरहेको छ । साथै, आफ्नै स्तरबाट सरकारले अघि सारेको पुनःनिर्माणको कार्यलाई सघाउने उद्देश्यले सुरक्षित र मजबुत निर्माण गर्नका निम्ति विभिन्न कार्यक्रमहरु अघि सार्दै देशका विभिन्न स्थानमा कार्यक्रमहरु गरिरहेको छ ।

महिनामा २ पटक मूल्य बढाउँदा पनि निगमको दैनिक घाटा पौने एक करोड

काठमाडौं । नेपला आयल निगमले मंगलबारदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाटै पेट्रोलियम पदार्थको मूल्य बढेकोले स्वचालित विधिद्धारा निगमले मूल्य समायोजन गरेको हो । निगमका अनुसार प्रतिलिटर पेट्रोल, डिजल र मट्टीतेलमा १/१ रुपैयाँ मूल्य बढेको छ । बढेर ती इन्धनको मूल्य क्रमशः १०२, ७९, ७९ रुपैयाँ पुगेको छ । त्यस्तै खाना पकाउने एलपीजी ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढेर रू. १३७५ पुगेको छ । आन्तरीक हवाई इन्धनमा ३ रुपैयाँ बढेर रू. ९० भने, बाह्रय हवाई इन्धनमा हजार लिटरमा ५० डलर बढेर ९ सय डलर पुगेको छ । मुल्य समायोजन गरेपनि निगमलाई दैनिक करिब ८८ लाख रुपैयाँ घाटा भइरहेको जनाएको छ । निगमका प्रवत्ता विरेन्द्र गोइतले बताए अनुसार अहिले निगमलाई मासिक २६ करोड ४० लाख रुपैयाँ घाटा छ । त्यसको आधारमा दैनिक निगमलाई ८८ लाख रुपैयाँ घाटा भएको देखिएको हो । “भारतले तय गरेको मूल्य अनुसार निगमले १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने गरेको छ । यद्यपि केही समयअघिको चाडपर्व, स्थानिय, प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन लगायतको कारणले बीचमा पेट्रोलियम पदार्थको मुल्य समायोजन गर्न सकिएन,” उनले भने “त्यसको प्रभाव अझैसम्म निगमलाई परेको छ ।” उनका अनुसार स्वचालित विधिबाट पनि निश्चि मापदण्डसम्म मात्र मूल्य बढाउन सकिन्छ । जसकारण घाटै खाएर भएपनि अहिले निगमले मूल्य समायोजन गरिरहेको हो । “अहिले डिजलमा प्रतिलिटर २ रुपैया ७१ पैसा भने, एलपीजी ग्याँसमा प्रतिसिलिण्डर २०८ रुपैया २ पैसा घाटा छ,” प्रवक्ता गोइतले भने ।

वैशाखमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव हुने

काठमाडौं । आगामी वैशाख तेस्रो साता ‘१४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०७५’ हुने भएको छ । आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनका लागि लघु, घरेलु तथा साना उद्योगको विकास गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले महोत्सव आयोजना गर्न लागेको हो । ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ र ‘उद्योग गरौं, उद्यमी बनौं, उठाऔं नेपाल’ भन्ने नारा रहेको महोत्सव वैशाख १४ देखि १८ गतेसम्म काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा हुने आयोजकले जनाएको छ । आयोजकले मेलाको माध्यमबाट लघु, घेरेलु तथा साना उद्योग सम्बन्धमा ज्ञान, सीप आदान प्रदान हुने बताएको छ । महासंघले विगतदेखि नै राष्ट्रिय तथा स्थानीयस्तरमा औद्योगिक प्रदर्शनीहरु आयोजना गर्दै आएको छ । यसअघि १३ वटा राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गरिसकेको छ । गत वर्षदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलामा रुपान्तरण गरेको हो । प्रदर्शनीमा नेपालका ७५ वटै जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता हुने जनाइएको छ । २५० वटा स्टल रहने भनिएको सो महोत्सवमा दुई लाखभन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने तथा पाँच करोडभन्दा बढीको प्रत्यक्ष कारोबार हुने अपेक्षा आयोजकले गरेको छ । त्यस्तै, महोत्सवमा लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरी बीटुबी, बीटुसी, बीटुजी जस्ता अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव गरिने बताइएको छ ।

एनआईसी एसियाको ऋण पत्रमा उच्च ब्याजदरको प्रभाव, २ अर्ब १७ करोडको मात्रै आवेदन

काठमाडौं । एनआईसी एसिया बैंकको ‘एनआईसी एशिया डिबेन्चर  २०८१/८२’ मा उच्च ब्याजदरको प्रभाव देखिएको छ । बैंकहरुले मुद्दति निक्षेपमा अल्पकालिन रुपमा उच्च ब्याजदर अफर गरेपछि एनआईसी एसिया बैंकको दीर्घकालिन ऋण पत्रमा लगानीकर्ता अनिच्छुक देखिएका हुन् । बैंकले ९ प्रतिशत ब्याजदरमा ७ बर्षका लागि ३ अर्बको ऋणपत्र निष्काशन गरेको थियो । प्रति कित्ता १ हजार दरका ३० लाख कित्त ऋण पत्रका लागि चाँडोमा पुस १३ देखि १७ गतेसम्म आवेदन गर्न सकिने व्यवस्था थियो । तर सो अवधीमा जम्मा २ अर्ब १७ करोड मूल्य बराबरको ऋणपत्रका लागि मात्रै आवेदन परेको छ । ‘चाँडोमा आवेदन गर्न भनिएको मितिमा २ अर्ब १७ करोडको आवेदन परेको छ, अब ढिलोमा आवेदन गर्न सकिने दिनसम्म कुर्नुपर्ने भएको छ’, नविल इन्भेष्टमेन्टका मर्चेण्ट बैंकिङ प्रमुख अनोज थापाले भने । अब बैंकले ढिलो गरि आवेदन दिन सकिने मिति अर्थात पुस २७ गतेसम्म आवेदक पर्खनुपर्ने भएको छ । बाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा अल्पकालिन रुपामा १३ प्रतिशतसम्म पुर्याएपछि एनआईसी एसियाको ऋणपत्रमा कम आवेदन परेको हो । थप सामाचार एनआईसी एशिया बैंक ऋणपत्रमा लगानी गर्दा हुने पाँच फाइदा

२० प्रतिशत बोनस पछि जनउत्थान सामुदायिक लघुवित्तको सेयर मूल्य समायोजन

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंकको २० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले मंगलबार यस कम्पनीको सो मात्राको बोनस पछिको सेयरको मूल्य समायोजन गराएको हो । मूल्य समायोजन पश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०८३ रुपैयाँ रहेको छ । जसको आधार मूल्य प्रतिकित्ता १९७५ रुपैयाँ रहेको थियो ।

कृषि विकास बैंकले २० प्रतिशत बोनस सेयर दिने

काठमाडौं । कृषि विकास बैंकले २० प्रतिशत बोनस सेयर दिने भएको छ । पुस १७ गते बसेको बैंकको साधारण सभाले लगानी कर्तालाई २० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । त्यस्तै, बैंकले नेपाल सरकारको हाल कायम फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा पनि बार्षिक ६ प्रतिशतका दरले हुने नगद लाभांश दिने निर्णय पनि बैंक सञ्चालक समितिले गरेको छ ।