रुरल माइक्रोफाइनान्सले १५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने
काठमाडौं । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने भएको छ । शुक्रबार सम्पन्न कम्पनीको १९औँ वार्षिक साधारणसभाले सञ्चालक समितिको सो प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकमा मिलनकुमार राई र भिमप्रसाद तिमल्सिनालाई निर्विरोध चयन गरेको छ । यस संस्थाको अधिकृत पुँजी एक अर्ब रुपैयाँ र चुक्ता पुँजी ७२ करोड ६७ लाख रुपैयाँ रहेको छ । माइक्रोफाइनान्सले आव २०७३/७४ को अन्तसम्ममा २१ अर्ब ३९ करोड ऋण लगानी गरेको छ ।
एनसेल मेला शनिबार ललितपुरकोे जाउलाखेलमा, बिहान ११ बजेदेखि सुरु
काठमाडौं । एनसेलले शनिबार (पुष २९) ललितपुरको जाउलाखेल फुटबल मैदानमा “एनसेल मेला २०७४” आयोजना गर्दैछ । विराटनगर र पोखरामा भव्यरुपमा आयोजना पश्चात यो मेला विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु सहित जाउलाखेलमा आयोजना गर्न लागिएको हो । गीत(संगीत लगायत सबै उमेर समुहका दर्शकहरुका लागि विविध रोचक कार्यक्रमहरु समावेश गरिएको यो मेला बिहान ११ बजे सुरु भई कम्सर्ट सहित साँझ ६ बजे सम्म चल्ने छ । चर्चित कलाकारहरु शिव परियार, इन्दिरा जोशी, आषिश राना (लाउरे), चर्चित सांगीतिक समुहहरु कबवेभ र द एजले मेलामा सहभागी सबै दर्शकलाई आ-आफ्ना प्रस्तुतीहरु मार्फत मनोरञ्जन प्रदान गर्नेछन् । मेलाको अरु आकर्षणहरुमा विभिन्न गेम स्टलहरु, किडस् जोन, फोरजीजोन र फुड स्टलहरु पनि रहेनछन् । एनसेल मेलामा स(सानाबालबालिकाहरुको गायन प्रतिभा उर्जागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ आइडल’ कार्यक्रमको आयोजना गरिनेछ । त्यसैगरी बालबालिकाकालागि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आकर्षणहरु रहनेछन् । आगन्तुकहरुलाई मनोरञ्जन प्रदानगर्नका लागि मेलामा फोरजी थिममा आधारित पेपर प्लेन थ्रो, मिनीगल्फ, फ्रगजम्प र कार रेस जस्ता गेम्स्, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेमहरु पनि रहनेछन् । प्रवेश निःशुल्क हुने यस मेलामा रोडिज्का विजेता समन श्रेष्ठ र उपविजेता अनिमेश शाहीको सहभागीताले मेलाको आकर्षण थप बढाउनेछ । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरञ्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् । “पोखरा र विराटनगरमा भव्य रुपमा मनोरञ्जन प्रदानगर्न सफल एनसेल मेलाले काठमाडौं उपत्यकामा पनि दर्शकहरुलाई आ(आफ्ना साथीभाई र परिवारजनसँग खुसीयाली साट्न राम्रो अवसर प्रदानगर्ने कुरामा हामी विश्वस्त छौं,” एनसेलका कर्पोरेट सर्भिसेज् निर्देशक प्रणय आचार्यले भने । “मेलामा आगन्तुकहरुले कम्पनीले २१ शहरमा प्रदान गर्दै आएको देशकै वृहद नेटवर्क भएको फोरजी सेवालगायत अन्य सेवा र सुविधाहरुका बारेमा पनिजानकारी लिन सक्नेछन् ।” यस अघि एनसेलले पोखरामा पुष ८ गते र विराटनगरमा पुष १५ गते एनसेल मेला २०७४ को आयोजना गरेको थियो । पोखराबाट शुरु भएको यो एनसेल मेला २०७४ शनिबार ललितपुरको जावलाखेल मैदानमा आयोजना पश्चात समापन हुनेछ ।
जनता बैंकको १४.४ प्रतिशत बोनस सेयर पारित, सञ्चालकमा ६ जना निर्वाचित
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको १४.४ प्रतिशत बोनस सेयर पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको आठौँ वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरे बमोजिम बैंकले सेयरधनीलाई आ.व. २०७३/०७४ को मुनाफाबाट चुक्ता पुँजीको १४.४ प्रतिशतले हुने १ अर्ब ७० लाख रुपैयाँ बराबरको बोनस सेयर दिने भएको छ । उक्त बोनस सेयर पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ७ करोड रुपैयाँ पुगको छ । गत आवमा साविकका जनता बैंक नेपाल लि., त्रिवेणी विकास बैंक लि. र सिद्धार्थ डेभलपमेण्ट बैंक लि. एक आपसमा गाभिएर बनेको यस जनता बैंक नेपालको मर्जर पछाडीको यो पहिलो वार्षिक साधारणसभा हो । यस साधारण सभाबाट ६ जना नयाँ संचालक समितिको सर्वसम्मत निर्वाचित भएका छन् । साथै, आर्थिक वर्ष भित्र मर्जर पश्चात दोहोरिएका शाखाहरुको स्थानान्तरण तथा थप नयाँ शाखा समेत गरी शाखा संजाल १२४ पुर्याउने लक्ष्य बैंकको रहेको छ । बैंकको हाल ५२ अर्ब १७ करोड रुपैयाँ निक्षेप र ४८ अर्ब ३९ करोड रुपैयाँ कर्जा कारोबार रहेको छ ।
पञ्चकन्यामाई हाइड्रोपावरको वार्षिक २ सय प्रतिशत नाफा बढाउने लक्ष्य, ४ वर्षमा ईपीएस १३.६३ रुपैयाँ पुग्ने
काठमाडौं । पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले वार्षिक २ सय प्रतिशतले खुदनाफा बढाउन भएको छ । कम्पनीले आउदो ४ वर्षमा खुदनाफा गत आर्थिक वर्ष ०७३/०७४ को तुलनामा ७९७ प्रतिशत बढाएर बढाएर १४ करोड ९८ लाख रुपैयाँ पुर्याउने लक्ष्य लिएको छ । एक वर्षदेखि बिजुली उत्पादन थालेका कम्पनीले आयोजना बनाउदा लिएको कर्जा विस्तारै भुक्तानी गर्दै आउदो ४ वर्षमा नाफा बढाएर १४ करोड ९८ लाख रुपैयाँ पुर्याउने भएको हो । गत आवमा कम्पनीको नाफा १ करोड ६७ लाख रुपैयाँ थियो ।कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासनका लागि गरेको प्रक्षेपणअनुसार चालु आवमा नाफा ७ करोड ६२ लाख, आगामी वर्ष ०७५/०७६ मा १० करोड, ०७६/०७७ मा १२ करोड ४५ लाख रुपैयाँ खुदनाफा गर्ने भएको छ । नाफा बढ्दै गएपछि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढ्ने भएको छ । आगामी आव ०७७/०७८ मा ईपीएस बढेर १३ रुपैयाँ ६३ पैसा पुग्ने छ । गत आवमा ईपीएस १.९१ प्रतिशत थियो । चालु आवमा ६.९३, आगामी आवमा ९.१६, आव ०७६/०७७ मा ११.३२ रुपैयाँ पुग्ने छ । यस्तै कम्पीले आयोजना प्रभावित स्थानीय बासिन्दालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले माघ ५ गतेदेखि ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । आईपीओ निष्कासन बन्द माघ १९ गतेसम्मपछि हुनेछ । न्युनतम २० र अधिकतम ५ हजार ५ सय कित्तासम्म दरखास्त दिन पाउने कम्पनीले जनाएको छ । स्थानियबासिन्दाको आईपीओ बाँडफाँडपछि सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ । आयोजना प्रभावित स्थानीय बासिन्दालाई निष्कासन गर्न लागेको आईपीओ मध्ये सन्दकपुर गाउँपालिकाका स्थानियबासिन्दालाई ६ करोड ६ लाख रुपैयाँ बराबरको ६ लाख ६ हजार र इलाम नगरपालिकाका बासिन्दालाई ४ करोड ४० लाख रुपैयाँ बराबरको आईपीओ पाउने निष्कासन तथा बिक्रीप्रवन्धक सनराइज क्यापिटलले जनाएको छ । सेयर बाँडफाँड भएको मितिले ३ वर्षसम्म बिक्री र हस्तान्तरण गर्न नपाइने व्यवस्था गरिएको सनराइजले जनाएको छ । कम्पनीले १२ मेगावाटको अप्परमाई आयोजनाबाट ०७३ असार ९ गतेदेखि र ६.१ मेगावाटको अपरमाई सीबाट गत भदौदेखि बिजुली उत्पादन भएको हो । दुई आयोजनाको जडित क्षमता १८.१ मेगावाट छ । आयोजनाको मुख्य स्वामित्व प्रतिष्ठित व्यवसायीक घरना पञ्चकन्या ग्रुपको छ ।
सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा मकवानपुरको सिस्नेरीमा
काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो १९ औँ शाखारहित बैंकिङ्ग सेवा मकवानपुर जिल्लाको सिस्नेरीमा शुरू गरेको छ । उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन ईन्द्रसरोवर गाँउपालिका अध्यक्ष जीवन लामाले एक समारोहका बीच गरेका छन् । सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि लवकुमार बास्ताकोटीलाई पोइन्ट अफ सेल मेसिन जीवन लामा र बैंकको फर्पिङ्ग शाखाका प्रबन्धक गोेबिन्द महर्जनले संयुक्त रुपमा हस्तान्तरण गरेका छन् । उक्त पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । हाल बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या १९ पुगेको छ । साथै, बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ ।
खोटाङ्गको यातायात क्षेत्रमा नयाँ क्रान्ति, १९ थान सुमोको साँचो हस्तान्तरण
काठमाडौं । पुर्वको पशुपतिनाथको जिल्ला भनेर चिनिने खोटाङ्गको यातायात क्षेत्रमा नयाँ क्रान्ति आएको छ । खोटाङ्ग यातायात ब्यवसायी संघले एकैसाथ १९ थान टाटा सुमो खरीद गरी जीप सेवा सुरु गरेको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच १९ थान टाटा सुमोको साँचो हस्तान्तरण गरेकाे छ । उक्त कार्यक्रमको उद्घाटन टाटा मोटरका कन्ट्री म्यानेजर अजितनारायण सिहं र खोटाङ्गका प्रतिनीधि सभा सदस्यविशाल भट्टराईले संयुक्त रुपमा गरेका थिए उक्त कार्यक्रममा खोटाङ्गका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै खोटाङ्ग यातायात व्यवसायी सघंका पदाधिकारीहरुले टाटा सुमोको बलियो इन्जिन र पहाडी बाटोमा उच्च क्षमताले गर्दा आफ्नो रोजाईमा परेको बताएका छन् ।
यो वर्ष अधिकांश आईपीओ जलविद्युतको मात्रै, १४ कम्पनीको ५ अर्ब ६३ करोड पाइपलाइनमा
काठमाडौं । यो वर्ष पुँजीबजारमा अधिकांश साधारण सेयर (आईपीओ) जलविद्युत कम्पनीको आउने भएको छ । बजारमा विभिन्न १४ जलविद्युत कम्पनीको ५ अर्ब ६३ करोड रुपैयाँको आईपीओ यो वर्षभित्रै आउने भएको हो । चालु आर्थिक वर्ष सुरु भएयता अनुमति पाएका केही कम्पनीले आईपीओ निष्कासन गरिसकेका छन् । केहीले निष्कासनका लागि आब्हानपत्र सार्वजनिक गरिसकेका छन् । सबैले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् । यस्तै बुटवल पावर कम्पनी लिमिटेडले २ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता थप निष्कासन (एफपीओ) गर्न लागेको छ । बोर्डबाट स्वीकृति पाइसकेकाले छिट्टै ल्याउने तयारी भएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठ बताउछन् । पाइपलाइनमा रहेका १४ जलविद्युत कम्पनी केही वर्षअघिसम्म बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको आईपीओ निष्कासन हुने गरेकोमा यो वर्षदेखि जलविद्युत कम्पनीको आईपीओ बढी आउने देखिएको हो । अधिकाँश आयोजना निर्माण भइरहेकाले आगामी वर्ष पनि जलविद्युत समूहको आईपीओ बढी आउने संभावना छ । एक दर्जन बढी कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार भइरहेका छन् । जलविद्युत कम्पनीले न्युनतम १० प्रतिशत आयोजना प्रभावित स्थानियबासिन्दालाई आईपीओ निष्कासन गर्नुपर्ने वाध्यकारी व्यवस्था भएपछि कम्पनीले धमाम निष्कासन गर्न लागेका हुन् । अहिले अधिकाँश कम्पनीले १० प्रतिशत प्रभावित स्थानियबासिन्दा र न्युनतम १५ प्रतिशत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न थालेका छन् । त्यस्तै, विभिन्न ४ वटा जलविद्युत कम्पनीले भने २ अर्ब ६८ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न अनुमति पाइसकेका छन् । यी कम्पनीले सर्वसाधारणमा २ करोड ६८ लाख कित्ता सेयर जारी गर्ने छन् । अनुमति पाएका ४ जलविद्युत कम्पनी त्यस्तै, जलविद्युत कम्पनी बाहेक अन्य तीन वटा माइक्रोफाइनान्सले आईपीओ निष्कासन गर्न अनुमति पाइसकेका छन् । उन्नति माइक्रोफाइनान्स, सामूदायिक लघुवित्त वित्तीय संस्था र आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले कुल ७ करोड ५९ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएका छन् । सो मध्ये उन्नति माइक्रोफाइनान्सले एक करोड ६५ लाख, सामूदायिक लघुवित्तले ३ करोड र आरम्भ माइक्रोफाइनान्सले २ करोड ९४ लाख रुपैयाँको सेयर जारी गर्ने छन् ।
नेपाल चेम्बर अफ कर्मशमा पुनः राजेशकाजी श्रेष्ठ
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा पुनः राजेशकाजी श्रेष्ठ निर्वाचित भएका छन् । चेम्वरको ६७ औं वार्षिक साधारण सभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँं कार्यसमिति निर्वाचित भएको हो । नवनिर्वाचित नयाँं कार्य समितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । उपाध्यक्षमा कमलेशकुमार अग्रवाल, महेन्द्रमान श्रेष्ठ, दीपककुमार मलहोत्रा, इच्छाराज तामाङ र नरेश श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै विशिष्ठ मानार्थ उपाध्यक्षमा भाष्करराज राजकर्णिकार सर्वसम्मत चुनिएका छन् । मुलुक संघीय संरचनामा गएसँंगै चेम्वरको साँंगठनिक संरचना पनि त्यही अनुसार गएको छ । जस अनुसार सात वटा प्रदेशतर्फबाट प्रदेश १ मा पर्शुराम दाहाल, प्रदेश २ मा पंकज जालान, प्रदेश ३ मा कृष्णमान श्रेष्ठ, प्रदेश ४ मा प्रमोद श्रेष्ठ, प्रदेश ५ मा भीमलाल पौड्याल, प्रदेश ६ मा दीपेन्द्रकुमार खत्री र प्रदेश ७ मा प्रकाश साउदले केन्द्रमा प्रतिनिधित्व हुने गरी निर्वाचित भएका हुन् ।