विकासन्युज

फागुनमा कृषि यान्त्रीकरण प्रदर्शनी हुँदै, २० मुलुकका २ हजार मेशिनरी, प्रविधि र औजार राखिने

काठमाडौं। फागुन १० देखि १३ गतेसम्म धरान उपमहानगरपालिकाको पुर्वाञ्चल ईन्जिनियरिङ क्याम्पसको हातामा तेस्रो ‘राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०७४सुनसरी’ हुने भएको छ । कृषि तथा पशुपालन क्षेत्रलाई आधुनिकिकरण तथा व्यवसायिकिरण गर्न सहयोग पुर्याउने उद्देश्यले प्रदर्शनी हुन लागेको हो । ‘कृषि यन्त्र र प्रविधिको उपयोग व्यवसायिक कृषि विकासको आधार’ भन्ने नारासहित कृषि विकास मन्त्रालय, कृषि विभाग, कृषि ईन्जिनियरिङ निर्देशनालय, नेपाल कृषि मेशिनरी व्यवसायी संघको आयोजनामा प्रदर्शनी हुने भएको छ । सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष स्वयम्भु कृष्ण श्रेष्ठले प्रदर्शनीमा कृषि तथा पशुपालन क्षेत्रको राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न पछिल्लो प्रविधिहरु राखिने बताए । ‘प्रदर्शनीमा विभिन्न प्रविधिहरुको कारोबारको साथै ग्राहक तथा अवलोकनकर्ताहरुलाई समाग्रीहरुको जानकारी गराउनेछौं,’ उनले भने । आयोजकका अनुसार प्रदर्शनीमा आधुनिक कृषि यन्त्र, आधुनिक सिंचाई प्रविधि, गुणस्तरीय बिउ बिजन, पोल्ट्री, डेरी, माछापालन, पुष्प व्यवसाय लगायत सम्पूर्ण कृषि, पशुपालन, प्रशोधन र बजारीकरण सम्बन्धि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा भएका कम्पनीहरु सहभागि हुनेछन् । संघका अध्यक्ष श्रेष्ठले २० विभिन्न मुलुकका २ हजारभन्दाबढी प्रकारका कृषि मेशिनरी, प्रविधि तथा औजारहरु प्रदर्शनी हुने जानकारी दिए । आयोजकका अनुसार मेलामा १ सय ५० भन्दा बढी प्रदर्शनीकर्ता रहनेछन् । ५० हजार अवलोकनकर्ता तथा ग्राहकरु आउने अपेक्षा गरिएको उक्त प्रदर्शनीमा १० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ ।

ग्लोबल आइएमई बैंक अब बेलायतमा पनि, नेपालको आर्थिक विकासमा नयाँ तरङग ल्याउने

काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबार(माघ ७ गते) देखि संयुक्त अधिराज्य बेलायतकोे एल्डरसर्टमा सम्पर्क/प्रतिनिधी कार्यालय सुरुवात गरेको छ । बैंकले नेपालमा सञ्चालित वाणिज्य बैंक मध्ये पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्पर्क कार्यालय बिस्तार गरेको हो । संयुक्त अधिराज्य बेलायतको एल्डरसर्ट स्थित सम्पर्क कार्यालयको एक समारोहका बिच नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन गर्दै गर्भनर नेपालले नेपालमा सञ्चालित बाणिज्य बैंकहरु मध्ये ग्लोबल आइएमई बैंकले पहिलोपटक संयुक्त अधिराज्य बेलायतमा सम्पर्क कार्यालय खोल्न सफल भएकोमा बधाई ज्ञापन गर्दै सफलताको कामना गरेका छन् । सोही कार्यक्रममा संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदिले देश भित्र मात्र नभएर देशबाहिर समेत सेवा सुविधा प्रदान गरिरहेकाे यस बैंककाे प्रगतिको कामना गरेका छन् । उद्घाटन समारोहमा बोल्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त स्थानमा सम्पर्क कार्यालय खोलिएको नयाँ उपलब्धिले नेपालको आर्थिक विकासमा नयाँ तरङग ल्याउने विश्वास व्यक्त गरेका छन् । साथै, ढकालले देश बाहिर पनि अन्य धेरै मुलुकहरुमा आफ्नो सम्पर्क/प्रतिनिधि कार्यालयहरु संचालन गरेर सम्पूर्ण नेपालीहरुमाझ बैंकको सेवा प्रदान गर्न प्रतिवद्ध रहेको र विदेशमा पनि शाखा कार्यालय विस्तारमा अगाडी बढ्ने समेत जानकारी गरेका छन् । साथै, ढकालले नेपालमा लागानीको लागि प्रशस्त सम्भावनाहरु रहेकोले लगानीका लागि बेलायत स्थित व्यवसाथीहरुलाई आग्रह गरेका छन् । बैंकले संयुक्त अधिराज्य बेलायतमा सम्पर्क/प्रतिनिधी कार्यालय खोलेपछि बैंककोे सम्पर्क/प्रतिनिधी कार्यालयले नेपाल तथा संयुक्त अधिराज्य बेलायतमा व्यवसायीहरु बीच व्यापारिक एवं लगानी सम्वन्धी प्रबद्धनात्मक कार्यमा समेत सघाउने छ । यसको अतिरिक्त, काम तथा पढाईको सिलसिलामा संयुक्त अधिराज्य बेलायत पुगेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स लगायत नेपाल संगको अन्य बैंकिङ्ग कारोबार गर्न सहज हुन बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यस बैंकले यसअघि अष्टेलियाको सिड्नी तथा भारतको नयाँ दिल्लीमा सम्र्पकरप्रतिनिधी कार्यालय खोलिसकेको छ । यि तीन देशका अतिरिक्त अन्य मुलुकहरुमा पनि सम्पर्क/प्रतिनिधी कार्यालय खोल्नका लागि आगामी दिनमा प्रकृया अगाडी बढाउने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले जानकारी दिएका छन् । बैंकले हालसम्म ११३ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६० शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

२९३० रुपैयाँमा सेयर किनेका एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ता अब के गर्छन् ?

काठमाडौं । पुस २४ गतेपछि मात्रै एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ३२.३० प्रतिशतले घटिसकेको छ र त्यो अझै ओरालो लाग्ने क्रममै छ । पुस २४ गते २४३३ रुपैंयाँ रहेको कम्पनीको सेयर मूल्य माघ ८ गते आईपुग्दा ३२.३० प्रतिशतले घटेर १६४७ रुपैंयाँमा झरेको हो । यो बीचमा कम्पनीका लगानी कर्ताले प्रतिसेयर ७८६ रुपैंयाँ गुमाएका छन् । आखिर किन घट्यो त एभरेष्ट इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ? के सोच्दैछन् त लगानी कर्ता ? यो जान्नु अघि केहि विगतका तथ्यहरु हेरौं । २०७४ असार ५ गते (जुन १९ सन २०१७) का दिन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक अर्थात २९३० रुपैंयाँ पुगेको थियो । सोही अवधिमा कम्पनी सञ्चालक समितिले ६ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । तर सो समय अघिदेखि नै कम्पनीको सेयर मूल्य भने निरन्तर बढिरहेको थियो । हकप्रद सेयर निष्काशन सम्बन्धी सूचना चुहाएर सेयरको मूल्य बढाएको भन्दै धितोपत्र बोर्डले त्यतिबेला नै एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार रोक्का समेत गरेको थियो । असार २३ गतेको १८ औँ, १९ औँ, २० औँ, २१ औँ तथा २२ औँ वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयरसँगै ६ सय प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय पारित गर्यो । लगानीकर्ता अझै हौसिए र सेयरको मूल्य पनि बढ्दै गयो । तर जब विकासन्युजले पुस २४ गते ‘एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले ६ सय प्रतिशत हकप्रद सेयर नपाउने’ शिर्षकमा समाचार लेख्यो । तब लगानीकर्ताले सुरक्षित अवतरण खोज्न थाले र कम्पनीको सेयर मूल्य ओरालो लाग्दै गयाे । त्यो समाचार मात्रै नभएर लगानीकर्तालाई सचेत बनाउने महत्वपूर्ण सूचना पनि थियो । किनकी ६ सय प्रतिशत हकप्रद सेयर जारी गर्न नपाउने सुइँको पाएसँगै कम्पनीका सञ्चालकहरुले नै आफ्नो सेयर बेचेर सुरक्षित अवतरण रोजिसकेका थिए । ‘पुँजी वृद्धिको योजना बुझाउन बीमा समिति गएका सञ्चालकहरुले ६ सय प्रतिशत हकप्रद सेयर जारी गर्न नमिल्ने बीमा समितिकाे भनार्इ  सुनेलगत्तै स्वार्थ गासिएकाे व्याक्तिलार्इ सेयर बेच्च सुझाए । परिणााम घट्दाे मूल्यमा ठूलाे मात्रामा सेयर विक्री भएकाे थियाे’, बीमा समिति स्राेतले भन्याे । संस्थापक सेयर कारोबार(खरिद बिक्री) गर्ने सम्बन्धमा समितिको निर्देशन २०६६ अनुसार संस्थापक र साधारण सेयरको संरचना ५१ः४९ बनाउनुपर्ने भएपछि एभरेष्टले ६ सय प्रतिशत हकप्रद अनिश्चित भएकाे छ ।

चुक्ता पूँजी पुर्याउन हकप्रदको बाटोमा बैंक, तीन बैंकको विवरण सार्वजनिक

काठमाडौं । ‘क’ वर्गका चारवटा वाणिज्य बैंकले छ करोड ५६ लाख ८६ हजार ७८४ कित्ता बराबरको हकप्रद शेयर बिक्री गर्ने भएका छन् । प्रभु, सिद्धार्थ, कुमारी र नेपाल क्रेडिट एण्ड कमर्स बैंकले सो परिमाणमा हकप्रद शेयर बिक्री गर्न लागेको हो । नेपाल राष्ट्र बैंकले तोकेको आठ अर्ब रुपैयाँ चुक्ता पूँजी पुर्याउन ती बैंकले हकप्रद शेयरको बाटो रोजेका हुन् । बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमा चुक्ता पूँजी पुर्याउन थप छ महिनाको समयसीमा दिएको थियो । तर एनएमबी बैंकले भने एक करोड १४ लाख कित्ता फरदर पब्लिक अफर (एफपीओ) बिक्री गर्न लागेको छ । सो समेत गरी कूल सात करोड सात करोड ७१ लाख एक हजार १७० कित्ता शेयर बजारमा आउन लागेको हो । सिद्धार्थ बैंकले पनि राष्ट्र बैंककै निर्देशनअनुसार चुक्ता पूँजी बढाउन हकप्रद शेयर निष्कासन गर्ने बाटो रोजेको हो । सो उपाय अपनाउँदासमेत बैंकको चुक्ता पूँजी रु आठ अर्ब पुग्ने देखिँदैन । हकप्रद शेयर बिक्री गर्दा अपुग हुने रकमका लागि बैंकले बोनस शेयरको अवधारणा अगाडि सारेको छ । बैंकले रु छ अर्ब ६२ करोड ८८ लाख ७९ हजार बराबरको १० प्रतिशतले हुन आउने ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले गत पुस ४ गते हकप्रद शेयर निष्कासनको अनुमति दिएको थियो । हकप्रद शेयरपछि बैंकको चुक्ता पूँजी रु सात अर्ब ५० करोड ८७ लाख पुग्नेछ भने बाँकी रकम परिपूर्ति गर्न बैंकको चालू आवको नाफाबाट बोनस वितरण गरिनेछ । त्यसैगरी, कुमारी बैंकले पनि चुक्ता पूँजी रु आठ अर्ब पुर्याउन हकप्रद शेयरकै बाटो रोजेको छ । हकप्रदका लागि बोर्डमा आवेदन दिइसकेको छ । बैंकको चुक्ता पूँजी रु पाँच अर्ब ९६ करोड ९४ लाख ९६ हजार बराबरको २० प्रतिशत अर्थात् १० बराबर दुईका दरले हकप्रद शेयर निष्कासन गर्ने तयारी गरिएको छ । बैंकले रु एक अर्ब १९ करोड ३८ लाख ९९ हजार १६५ बराबरको एक करोड १९ लाख ३८ हजार ९९१ कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको जनाएको छ । विभिन्न चारवटा वित्तीय संस्थालाई प्राप्ति गर्दासमेत चुक्ता पूँजी रु आठ अर्ब नपुगेपछि सो बैंकले हकप्रदको बाटो रोजेको हो । बैंकको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल मार्केट लिमिटेड रहेको छ । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिएको छ । बैंकले दुई बराबर एक अनुपातमा दुई करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद शेयर निष्कासन गर्ने तयारी गरेको छ । सो बैंकले पनि चुक्ता पूँजी पुर्याउन हकप्रदकै बाटो रोजेको छ । चार अर्ब ६७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको हकप्रद शेयरपछि चुक्ता पूँजी रु सात सात अर्ब एक करोड ८५ लाख ८७ हजार पुग्नेछ । बाँकी रकम कसरी पुर्याउने भन्ने उपायको खोजी भइरहेको जनाइएको छ । बैंकको हकप्रद शेयर निष्कासनका लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । प्रभु बैंकको ४० प्रतिशत हकप्रद शेयर निष्कासन भइसकेको छ । सो बैंकले १० बराबर चार अनुपातमा दुई करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर बिक्री शुरु गरिसकेको छ । बैंकले गत पुस २० गतेसम्म कायम रहेका शेयरधनीले हकप्रद शेयर लिन सक्ने व्यवस्था गरिएको छ । यही माघ ७ देखि फागुन १३ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ । हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । बैंकको हाल चुक्ता पूँजी रु पाँच अर्ब ८८ करोड १४ लाख छ । चालीस प्रतिशत हकप्रद शेयर बिक्रीपछि बैंकको चुक्ता पूँजी रु आठ अर्ब २३ करोड ३९ लाख ६२ हजार पुग्नेछ । नेपाल राष्ट्र बैंकले रु आठ अर्ब चुक्ता पूँजी पु¥याउन दिएको निर्देशनअनुसार नै हकप्रद शेयर निष्कासन गरिएको बैंकले जनाएको छ । एनएमबी बैंकले एक करोड १४ लाख कित्ता थप फरदर पब्लिक अफर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । तर अनुमति भने पाइसकेको छैन । शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष रहेको छ । तीन बैंकको विवरण सार्वजनिक विभिन्न बैंकले चालू आवको छ महिनाको वित्तीय विवरण सार्वजनिक गर्न थालेका छन् । सानिमा बैंक, सिद्धार्थ बैंक र सिटिजन्स बैंकले आफ्नो विवरण सार्वजनिक गरेका हुन् । विवरणअनुसार सानिमा बैंकको नाफा रु ८२ करोड ४७ लाख पुगेको छ । गत वर्ष पुसमा रु ६२ करोड २४ लाख नाफा गरेको थियो । बैंकको प्रतिशेयर आम्दानी रु २० रहेको छ । सिद्धार्थ बैंकले रु ७७ करोड २८ लाख नाफा गरेको छ । गत वर्षको छ महिनामा रु ७२ करोड ६० लाख नाफा गरेको थियो । बैंकको खराब कर्जा १।५० प्रतिशत छ भने प्रति शेयर आम्दानी रु २२ रहेको बैंकले जानकारी दिएको छ । सिटिजन्स बैंकले चालू आवको छ महिनामा रु ६२ करोड ८६ लाख नाफा गरेको छ । गत वर्ष बैंकले रु ६३ करोड १६ लाख नाफा गरेको थियो । बैंकको खराब कर्जा १।९४ प्रतिशत छ भने प्रतिशेयर आम्दानी रु १५ रहेको छ । रासस

तीन लाख घुस सहित प्रहरीका असई रेशम खड्का रंगेहात पक्राउ

काठमाडौं । तीन लाख रुपैंया घुस सहित प्रहरी सहायक निरीक्षक रेशमबहादुर खड्का रंगेहात पक्राउ परेका छन् । खड्कालाई टङगालबाट खटिएको अख्तियारको टोलीले बालाजुबाट पक्राउ गरेको हो । राजधानीको पेप्सीकोलामा रहेको स्किम बचत तथा ऋण सहकारी संस्था घाटामा गएपछि सेवाग्राहीहरुको सञ्चालकका तर्फबाट गरिएको ग्यारेन्टी कागज दिने भन्दै तीन लाख घुस लिने क्रममा खड्का पक्राउ परेका हुन् । खड्का महानगरीय प्रहरी कार्यालय परिचालन कक्ष रानीपाखरी कार्यरत थिए । उनी माथी थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

सोमबारको बजारमा तीब्र उतारचढाव, नेप्से सामान्य अंकले ओरालो लाग्दा ३६ करोडको कारोबार

काठमाडौं । सोमबारको सेयर बजारमा तीब्र उतारचढाव आएको छ । बजार खुलेको करिब आधा घण्टामा बढेर १४०५ अंकमा पुगेको परिसूचक फेरि १२ः१३ मा घटेर १४०१ अंकमा पुगेको थियो । त्यस्तै, त्यसपछिको एक घण्टामा पुन बढेर सो दिनकै अधिकतम बिन्दु १४०७ अंकमा पुगेको थियो । त्यसपछिको कारोबारमा भने नेप्से परिसूचक निरन्तर ओरालो लागेको छ । समग्रमा सोमबारको नेप्से परिसूचक सामान्य ०.५८ अंकले ओरालो लागेर १४०२ अंकमा पुगको छ । त्यस्तै, अघिल्लो दिनको तुलनामा सोमबारको कारोबार रकममा पनि ओरालो लागेको छ । दिनभरको बजारमा १६३ कम्पनीको ३६ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जुन आइतबारको तुलनामा १४ करोड रुपैयाँ घटी हो । बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक १८ अंकले ओरालो लागेको छ । त्यस्तै, माइक्रोफाइनान्स समूह १३ अंकले घटेको छ । हाइड्रोपावर समूहको परिसूचक २३ अंकले उकालो लागेको छ । सोमबार सबैभन्दा बढी सानिमा माइ हाइड्रोपावरको ५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कामना सेवा विकास बैंकका लगानीकर्ताले ७ प्रतिशत कमाएका छन् भने सबैभन्दा बढी बेष्ट फाइनान्सका लगानीकर्ताले ४ प्रतिशत गुमाएका छन् ।

सिभिल अपार्टमेन्टलाई होटलमा रुपान्तरण गर्ने

  काठमाडौं । राजधानीको सुन्धारामा रहेको सिभिल अपार्टमेन्टस् अब सिभिल होटल बन्ने भएको छ । सिभिल ग्रुपले काठमाडौं महानगरपालिका वडा नम्बर ११ मा रहेको सिभिल अपार्टमेन्टस्लाई सिभिल होटलमा रुपान्तरण गर्न लागेको हो । होटलको कुल क्षेत्रफल ३ हजार ५१ वर्ग मिटर रहेको छ । यस होटलमा अत्याआधुनिक सेवा सुविधा सहितका ३२३ वटा कोठा हुनेछन् । ती मध्ये ७७ वटा सुपर डिलक्स हुनेछन् भने १४६ वटा डिलक्स कोठा हुने सिभिलले जनाएको छ । त्यसैगरी होटलमा बार तथा रेस्टुरेन्ट सहित स्विमिङ्ग पुल, जिम, स्पा, हेल्थ क्लब, स्काई लाउन्ज÷रुफ टप बार, बगैंचा, बाहिरी समारोह स्थान लगायतको सेवा सुविधाहरु रहनेछन् । होटलको अन्य सुविधाहरुमा ८८५ जना क्षमताको ब्याङ्केट हुनेछ । फोहोर पानीको प्रशोधन, फोहोर मैला व्यवस्थापन जस्ता प्रदुषण न्यूनिकरण संयन्त्रहरु पनि राखिने भएका छन् । सिभिलले होटल निर्माणमा पार्ने वातावरणीय प्रभावको मूल्याकनका लागि सुचना प्रकाशित गरेको छ । होटल निर्माण गर्नुपुर्व वातावरण संरक्षण नियमावली २०५४ को दफा ४ को नियम ३ को अनुसूची २ को पर्यटन क्षेत्रको बुँदा (१) आकर्षित भएकोले सोही अनुसार वातावरणीय प्रभाव मुल्याङ्कनको लागी सूचना प्रकासित गरिएको होटल प्रालीले जनाएको छ । प्रालीले सूचना प्रकाशित भएको १५ दिनभित्र प्रस्तावकको ठेगानामा आइपुग्ने गरी लिखत राय तथा सुझावहरु पठाउन सकिने समेत जनाएको छ ।

अर्थले स्थानीय तहसंग माग्यो आगामी वर्षका लागि राजश्व र खर्चको विवरण

काठमाडौं । स्थानिय तहले आगामी आर्थिक वर्षको बजेट तयारीका लागि आय तथा व्यय विवरण अर्थ मन्त्रालयमा पेश गर्नुपर्ने भएको छ । अर्थले  महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई आगामी आर्थिक वर्षको आय तथा व्यय विवरण पेश गर्न भनेको छ । अन्तर सरकारी वित्त व्यवस्थापन ऐनअनुसार प्रक्षेपण तथ्याँक पेश गर्न अर्थले स्थानीय तहलाई अनुरोध गरेको छ । गत पुससम्म आयव्ययको प्रक्षेपित विवरण पेश गर्नुपर्नेमा ढिलाइ भएको भन्दै अर्थले ताकेता गरेको छ । स्थानिय तहले आयव्ययको विवरण, आफनो स्रोतबाट संकलन हुने राजश्व, राजश्व बाँडफाँडबाट प्राप्त हुन सक्ने अनुमानित रकम र बजेट घाटा पूर्तिगर्न आवश्यक पर्ने अनुमानित रकम र त्यसको स्रोतको अनुमानित तथ्याँक सहितको विवरण अर्थमा उपलब्ध गराउनु पर्ने छ । स्थानिय तहकको प्रक्षेपण गरिएको तथ्याँकका आधारमा बजेट बनाउने तयारी अर्थको छ । अर्थ मन्त्रालयले आगामी आवको बजेटको तयारी थालेको छ । चालु आवमा सरकारले ७५३ स्थानीय तहलाई २ खर्ब २५ अर्ब रुपैयाँ बजेट उपलब्ध गराएको छ ।