कैलाश विकास बैंकले विनाधितो १५ लाख ऋण दिने, एक दिनमै निर्णय
काठमाडौं । कैलाश विकास बैंकले विनाधितो १५ लाख रुपैयाँ कर्जा दिने भएको छ । डाक्टर, इन्जिनियर, परामर्शदातालगायत राम्रो जागिर भएकालाई पेशागत कर्जा दिने योजना ल्याएको हो । मासिक तलवका आधारमा कर्जा दिने बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अमृतचरण श्रेष्ठले बताए । उनले राम्रो जागिर भएका व्यक्तिलाई यो कर्जा सुविधा दिने उनले जानकारी दिए । यस्तो कर्जा एक दिनमा प्रवाह गरिने बैंकले जनाएको छ ।
दुर्घटना न्यूनीकरण गर्न सडक सुरक्षा सम्बन्धी दुई दिने गोष्ठी हुने
काठमाडौं । आइतबार र सोमबार राष्ट्रिय सडक सुरक्षा सम्बन्धी दुई दिने गोष्ठी आयोजना हुने भएको छ ।नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल इन्जिनियर्स एशोसिएसन को संयुक्त आयोजनामा दुई दिने सम्मेलन राजधानीमा हुनेछ । नेपाल इन्जिनियर्स एसोसियसनले पत्रकार सम्मेलनको आयोजना गर्दै गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञद्धारा नेपालको सडक सुरक्षाको चुनौति र भावी कार्यानतिको बारेमा कार्यपत्र प्रस्तुत गर्ने छन् । कार्यक्रममा ३ सय जनाले भाग लिनेछन् । आयोजकका अनुसार कार्यक्रमलाई नेपाल उद्योग परिसंघ, ट्राफिक प्रहरी निर्देशनालय, गैर आवासीय नेपाली संघ लगायतले समन्वय गरेका छन् । कार्यक्रमले नेपालमा हुने सडक दुर्घटनाको न्यूनिकरण गर्दै राष्ट्रिय विकासको परिणाम, दिशा प्रभाहमा सकारात्मक असर पर्ने विश्वास लिएको छ ।
महिला आत्मानिर्भको लागि सगरमाथा आरोहण
काठमाडौं । महिला आत्मानिर्भको लागि प्रर्वतारोण भन्ने मुल नारामा साथ वुमन एभरेष्ट एक्पिडिसन २०१८ नाम दिएर ल४ जना महिला सगरमाथाको आरोहण गर्न लागेका छन् । यसरी आरोहण गर्नेमा लाक्पा याङजी शेर्पा याङजी शोपा, याङजी शोर्पा र पाशाग ल्हामु शेर्पा हुन् । उनीहरुले आउदो अप्रिल ७ मा पर्वतारोण गर्न लागेका छन् । यात्राको नेतृत्व लाक्पा याङजी शोपाले गर्ने भएकी छिन् । उनिहरुले एसेन्ट हिमालयन टेक एण्ड एक्पिडिसन कम्पनी मार्फत पर्वतारोण गर्नेछन् । उनिहरुको प्रवद्धन पर्यटन पत्रकार संघले गर्ने भएको छ । उनिहरुको खर्च प्रतिव्यत्ति ३७ लाख ३७ हजर ५सय रुपैयाँ खर्च लाग्ने छ । ५ देखि १३ वर्षसम्म साना साना पर्वतारोण गरेको अनुभबका आधारमा सगरमाथाको आरोहण गर्न लागेका हुन् । आउदो ७ अप्रिलबाट सगमाथा पर्वतारोण सुरु गर्ने छन् । मे १८ मा शिखरमा पुग्ने अनुमान गरेका छन् । समयले साथ दियो भने जुन २ मा काठमाडाै फर्किने समय तालिका छ ।
एनसीसी बैंकको नयाँ शाखा काभ्रेपलान्चोकको सिपाघाटमा
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले काभ्रेपलान्चोकको सिपाघाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन प्रमुख अतिथी माननीय सूचना तथा संचार मन्त्री एवं बैंकका पूर्व संचालक मोहनबहादुर बस्नेतले गरेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले सिपाघाट क्षेत्रमा बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरिएको जानकारी गराएका छन् ।
माघ १३ बाट नारायणगढ–मुग्लिन सडकखण्डमा एक महिना दिउँसो यातायात रोकिने
चितवन । रातको समयमा सवारी रोकेर काम गरिएको भए पनि नारायणगढ–मुग्लिन सडकखण्डको कामको प्रगति हुन नसकेपछि माघ १३ गतेबाट दिउँसो सवारी रोकेर काम गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनमा आज सरोकारवालाबीच भएको छलफलपछि रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुन सक्ने भन्दै यस्तो निर्णय गरिएको हो । बिहान १० देखि दिउँसो ४ बजेसम्म एक महिना सवारी रोकेर काम गरिने छ । गत पुस १८ गतेबाट सडक विस्तारको कामलाई तीव्रता दिन राति १० देखि बिहान ४ बजेसम्म यातायात रोकेर काम गरिँदै आएको छ । बीचमा पुस २९ गतेदेखि माघ २ गतेसम्म माघेसंक्रान्ति पर्वका कारण बाटो नरोकिए पनि पुनः बाटो रोकेर काम गरिँदै आएको छ । दिउँसो नरोकिन्जेल रातिमा रोकेर काम गरिने छ । गतवर्ष दिउँसो १० बजेदेखि ४ बजेसम्म सवारी रोकेर काम गरिएको थियो । त्यतिबेलाको काम प्रभावकारी भएको भन्दै ठेकेदार कम्पनी, नारायणगढ–मुग्लिन सडक आयोजना र परामर्शदाता कम्पनीले स्थानीय प्रशासनलाई दिउँसो नै सडक रोकेर काम गर्न माग गर्दै आएका थिए । यसअघि परीक्षणका रुपमा रातिमा सवारी रोकेर काम गर्न स्थानीय प्रशासनले दबाब दिएको थियो । रातिको समयमा सवारी रोकिँदा त्यसको असर दिउँसो पर्ने हुँदा उक्त सडकखण्ड पार गर्न घण्टौँ लाग्ने गरेको छ । जसका कारण दिनको काम पनि प्रभावित भएको छ । आयोजनाका प्रमुख चन्द्रनारायण यादवले रातिमा सवारी रोक्दा राति र दिउँसो दुवै समयमा काम हुन नसकेको बताए । उनले रातिमा रोक्दा शुन्य दशमलव ६२ प्रतिशत दैनिक प्रगति भएको तर सवारी नै नरोक्दा शुन्य दशमलव २७ प्रतिशत काम भएको बताए । उनले भने, “रातमा सवारी रोक्दा दिउँसोको पनि काम प्रभावित भयो । जसले गर्दा प्रगतिमा चार गुणा कमी आयो ।” प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले रातिमा सवारी रोकेर काम गर्दा प्रभावकारी प्रगति हुन नसकेपछि पुनः दिउँसोमा नै सवारी रोकेर काम गर्न लागिएको बताए। समयमा काम सक्नुपर्ने र जनताले दुःख नपाउने गरी काम गर्नुपर्ने बाध्यता रहेको उनले बताए । बैठकले तीन दिनभित्र आयोजनालाई कार्ययोजना पेश गर्न पनि भनेको छ । सो सडकको घुमाउने, १६ किलो र चेपाङडाँडामा भित्तो काट्ने काम बाँकी छ । घुमाउनेमा २०० मिटर, चेपाङडाँडा र १६ किलोमा ३०० मिटर भित्तो काट्ने काम बाँकी रहेको छ । हालसम्म उक्त सडकखण्डको ७२ प्रतिशत काम सम्पन्न र १४.७ किलोमिटर सडक कालोपत्र भएको आयोजनाले जनाएको छ । रासस
राष्ट्रपतिबाट प्रदेश प्रमुखलाई शपथ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखहरुलाई पद तथा गोपनीयताको शपथ गराएकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा आज अयोजित विशेष समारोहमा शुक्रबार राष्ट्रपति भण्डारीले नवनियुक्त सातै प्रदेशका प्रमुखलाई शपथ गराएकी हुन्। राष्ट्रपतिसँग शपथ लिनेमा प्रदेश नं १ का प्रा.डा गोविन्दबहादुर तुम्बाहाङ, प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ, प्रदेश नं ३ का अनुराधा कोइराला, प्रदेश नं ४ का बाबुराम कुँवर, प्रदेश नं का ५ उमाकान्त झा, प्रदेश नं ६ का दुर्गाकेशर खनाल र प्रदेश नं ७ का मोहनराज मल्ल रहेका छन्। समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ कर्मचारी र सुरक्षा निकायका प्रमुखको उपस्थिती थियो । ९तस्वीर छ०
सूचिकृत २०७ कम्पनी मध्ये साधारणसभा गर्ने ६१ वटा मात्र, कसकाे लाभांश कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत २०७ कम्पनी मध्ये ६१ वटा कम्पनीले मात्र पुस मसान्तभित्र साधारणसभा गरेका छन् । याे संख्या कुल कम्पनी मध्ये करिव २९ प्रतिशत मात्र हाे । केही कम्पनीले अार्थिक वर्ष २०७२/७३ काे साधारणासभा यस वर्ष भर्खरै गरेका छन् । कम्पनी कानुनअनुसार पुस मसान्तभित्र साधारणसभा गरिसक्नुपर्छ । त्यसैले पुस मसान्त भित्र साधारणसभा गर्ने कम्पनीकाे वित्त प्रणाली र सुशासन पक्ष राम्राे मानिन्छ । २८ वटा वाणिज्य बैंक मध्ये १६ वटाले मात्र पुस मसान्त भित्र साधारणसभा गरेका छन् । त्यसमा सबैभन्दा बढी लाभांश दिनेमा स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेड भएको छ । चालु आर्थिक वर्ष सुरु भएयता वार्षिक साधारणसभा गरेर लाभांश दिने मध्येमा स्ट्याण्डर्ड चाटर्ड अग्रस्थानमा परेको हो । स्ट्याण्डर्डले सेयरधनीलाई १०५.२६ प्रतिशत लाभांश दिएको छ । उसले ५.२६ प्रतिशत नगद र १ सय प्रतिशत बोनस सेयर दिएको छ । चुक्तापुँजी बढाउन स्ट्याण्डर्डले लगानीकर्तालाई बोनस सेयर दिएको हो । दोस्रोमा बढी लाभांश दिनेमा नेपाल टेलिकम भएको छ । टेलिकमले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ५५ प्रतिशत नगद लाभांश दिएको छ । तेस्रोमा नविल बैंक भएको छ । नविलले ४८ लाभांश दिएको छ । नविलले लगानीकर्तालाई ३० प्रतिशत बोनस र १८ प्रतिशत नगद लाभांश दिएको हो । नेपाल इन्भेष्टमेन्टले ४० लाभांश दिएको छ । उसले १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लाभांश दिएको छ । एभरेष्ट बैंकले ३३ प्रतिशत लाभांश वितरण गरेको छ । हिमालयन बैंकले २६ प्रतिशत लाभांश दिएको छ । अहिलेसम्म साधारणसभा नगर्ने कृषि विकास बैंक, बैंक अफ काठमाण्डू, सेञ्चुरी कर्मसियल बैंक, सिभिल बैंक, कुमारी बैंक, मेगा बैंक, नेपाल बैंक, एनएमबी बैंक, एनसीसी, प्रभु बैंक र सिद्धार्थ बैंक रहेका छन् । आर्थिक वर्ष सकिएको ६ महिनाभित्र वार्षिक साधारणसभा गरिसक्नु पर्ने व्यवस्था छ । कतिपय कम्पनीले ढिला गरी सभा गर्दै आएका छन् । यसले कम्पनीमा संस्थागत सुशासन कमजोर रेहेको देखाउँछ । यस्तै, हालसम्म साधारणसभा गरेका मध्ये सबैभन्दा बढी लाभांश दिने फाइनान्स कम्पनीमा युनाइटेड फाइनान्स लिमिटेड रहेको छ । युनाइटेडले लगानीकर्तालाई १९ प्रतिशत बोनस सेयर दिएको छ । यस्तै जानकी फाइनान्स लिमिटेडले १८ प्रतिशत बोनस सेयर दिएको छ । आईएफसी र गुडवील फाइनान्स लिमिटेडले क्रमश ११ र १०.७ प्रतिशत लाभासबैभन्दा बढी लाभांश दिएका छन् । अरुण फाइनान्स, बेष्ट फाइनान्स, क्यापिटल मर्चेन्ट बैंक एण्ड फाइनान्स कम्पनी, क्रिष्टल फाइनान्स, हिमालयन फाइनान्स, ललितपुर फाइनान्स, मल्टी प्रपोज फाइनान्स कम्पनी, नमस्ते वित्तीय संस्था, नेपाल फाइनान्स, नेपाल सेयर मार्केट लि., पोखरा फाइनान्स, प्रोगेसिभ फाइनान्स, रिलायन्स फाइनान्स, सम्झना फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, सिर्जना फाइनान्स, वर्ल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स लि लगायतका फाइनान्सले साधारणसभा गरेका छैनन् । सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड (विशेष साधारणसभा), गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, गोर्खाज फाइनान्स, जेबिल्स फाइनान्स र सिनर्जी फाइनान्स लिमिटेडले साधारणसभा गरेर हकप्रद जारी गरेका छन् । त्यस्तै, ओरियन्टल होटल, सोल्टी होटल, तारागाउँ रिजेन्सि होटल र याक एण्ड यती होटल कुनैले पनि चालु आवमा साधारणसभा गरेका छैनन् । जलविद्युतमा सबैभन्दा बढी लाभांश दिनेमा चिलिमे हाइड्रोपावर लिमिटेड भएको छ । गत आवमा गरेको नाफाबाट चिलिमेले २५ प्रतिशत लाभांश दिएको छ । जसअनुसार उसले १५ प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिएको छ । त्यस्तै, अरुण काबेली पावर लिमिटेड, बरुण हाइड्रोपावर कम्पनी, छ्यान्दी हाइड्रोपावर कम्पनी, दिब्यश्वरी हाइड्रोपावर, नेसनल हाइड्रोपवर कम्पनी, नेपाल हाइड्रोडेभलोपर र न्यादी ग्रुप पावरले साधारणसभा गरेका छैनन् । उता हिमालय पावर पार्टनरले भने गत पुस ६ गते वार्षिक साधारणसभा गरिसकेको छ । खानीखोला हाइड्रोपार कम्पनी, सानीमा माई हाइड्रोपावर पनि पुस २८ गते वार्षिक साधारणसभा सम्पन्न भएको छ । यस हाइड्रोपावरले सेयरधनीलाई लाभांश नदिने भएको छ । सिनर्जी पावर डेभलपमेन्टले पनि लाभांश नदिने भएको छ । त्यस्तै, अन्य समूह अन्तर्गत जलविद्युत लगानी तथा विकास कम्पनी र नेपाल फिल्म डेभलपमेन्ट कम्पनीले साधारणसभा गरेका छैनन् । हालसम्म साधारणसभा गरेको बीमा कम्पनी मध्ये सबैभन्दा बढी लाभांश शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताले पाएका छन् । शिखरले लगानीकर्तालाई २९ प्रतिशत बोनस सेयर दिएको छ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले २६.३२, प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले २५ प्रतिशत लाभांश दिएका छन् । सिद्धार्थ इन्स्योरेन्सले २१ र प्रुडेन्सियल इन्स्योरेन्सले २० प्रतिशत लाभांश दिएका छन् । एशियन लाईफ इन्स्योरेन्स कम्पनी, एभरेष्ट इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेसन(नेपाल), नेपाल लाइफ इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स र यूनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले वार्षिक साधारणसभा गरेका छैनन् । सगरमाथा इन्स्योरेन्सले वार्षिक साधारणसभा गरेता यस वर्ष लाभांश दिएन । विकास बैंकहरूमा साधारणसभा गरेका मध्येबाट सबैभन्दा बढी लाभांश दिनेमा एक्सेल डेभलपमेन्ट बैंक र मितेरी डेभलपमेन्ट बैक रहेका छन् । एक्सलेले बोनस सेयर र नगद गरी ३१.७१ र मितेरीले ३१.५८ प्रतिशत लाभांश दिएको छ । सहयोगी विकास बैंकले २४, शाइन रेसुङगा डेभलपमेन्ट बैंकले २५, मुक्तिनाथ विकास बैंकले २१ र मिसन डेभलपमेन्ट बैंकले २० प्रतिशत लाभांश दिएका छन् । अल्पाइन डेभलपमेन्ट बैंक, भार्गव विकास बैंक, गण्डकी विकास बैंक, गरिमा विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक, काबेली विकास बैंक, कामना सेवा विकास बैंक, कञ्चन डेभलपमेन्ट बैंक, कनकाई विकास बैंक, कर्णाली डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, महालक्ष्मी विकास बैंक, माउन्ट मकालु डेभलपमेन्ट बैंकले साधारणसभा गरेका छैनन् । यस्तै साधारणसभा नगर्नेमा नारायणी डेभलपमेन्ट बैंक, एनआईडीसी डेभलपमेन्ट बैंक, ओम डेभलपमेन्ट बैंक, राप्तीभेरी विकास बैंक, साहारा विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, तिनाउ डेभलपमेन्ट बैंक र वेष्टर्न डेभलपमेन्ट बैंक छन् । नेपाल कम्यूनिटी डेभलपेन्ट बैंकले साधारणसभा गरिसक्यो तर लाभांश दिने घोषणा गरेको छैन । छिमेक लघुवित्त विकास बैंक, सिभिल लघुवित्त वित्तीय संस्था, डिप्रोक्स डेभलपमेन्ट बैंक, फर्वाड कम्यूनिटी माइक्रोफाइनान्स वित्तीय संस्था, लक्ष्मी लघुवित्त वित्तीय संस्था, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारणसभा गर्न बाँकी छ । त्यसैगरी, जनउत्थान सामुदायिक विकास बैंक, माहुली सामुदायिक लघुवित्त संस्था, माहुली सामुदायिक लघुवित्त संस्था, मेरो माइक्रोफाइनान्स वित्तीय संस्था, मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त विकास बैंक, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था, नेपाल ग्रामीण विकास बैंक, रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्था, आरएसडीसी लघुवित्त वित्तीय संस्था, समता माइक्रोफाइनान्स वित्तीय संस्था, सूर्योदय लघुवित्त वित्तीय संस्था, स्वावलम्बन लघुवित्त विकास बैंक, वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले पनि चालु आव यता साधारणसभा गरेका छैनन् । समीट माइक्रोफाइनान्सले साधारणसभा गरिसक्यो तर लाभांश दिने घोषणा गरेको छैन ।
स्रोत समितिको बैठक, एक साताभित्र आगामी वर्षको बजेट सिलिङ तोक्ने
काठमाडौं । सरकारले आउदो आर्थिक वर्ष ०७५/०७६ का लागि आवश्यक वित्तीय स्रोत जुटाउनका लागि छलफल थालेको छ । अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच आगामी आर्थिक वर्षको वजेटका लागि आवश्यक वित्तीय स्रोत निर्धारण गर्न शुक्रबार स्रोत समितिको बैठक बसेको छ । आगामी एक साताभित्र स्रोतको पहिचान गरी सोही आधारमा बजेटको सीमा (सिलिङ) तोक्ने योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले बताए । पहिला कति स्रोत जुटाउन सकिन्छ त्यो अध्ययन गरेर मात्र बजेटको सीमा तयार हुने उनको भनाई छ । यस्तै आवश्यक खर्चको विषयमा पनि छलफल भएको छ । अहिले छलफल चलिरहेकाले बजेटको आकार नआइसकेको उनले स्पष्टपारे । बजेटको सिलिङ तोक्ने काम योजना आयोगले गर्दै आएको छ । यसका लागि राजश्व वृद्धिदर, आन्तरिक ऋण उठाउने क्षमता, प्राप्त हुन सक्ने वैदेशिक अनुदान र ऋण सहायताको आँकलन गरेर मात्र बजेटको सिलिङ तोकिने उनले स्पष्टपारे । उनले राजश्व वृद्धि दर हालको भन्दा बढी हुने संकेत गरेका छन् । चालु आवमा २२ प्रतिशत राजश्व वृद्धि दर तोकिएको छ । नयाँ अर्थमन्त्रीले सिलिङमा परिवर्तन गर्न सक्ने वाग्ले बताउछन् । “हामीले एउटा सिलिङ तयार गर्ने छौ” उनले भने “नयाँ अर्थमन्त्रीले चाहेमा यसमा तलमाथि हुन सक्ने छ ।” मुलुकमा संघीयता कार्यन्वयनमा गइसकेकाले वित्तीय स्रोतको धेरै आवश्यकता पर्ने उनको भनाई छ । मूल्य अभिवृद्धिकर (भ्याट) केन्द्रमा ७० प्रतिशत रहने र बाँकी ३० प्रतिशत प्रदेश र स्थानिय तहमा बाँडिने छ । यस्तै रोयल्टी र अन्तशुल्क पनि ३ तहमा विभाजन हुने भएकाले सरकारलाई खर्चको चाप बढी हुने वाग्लेले बताए । खर्च धेरै हुने भएकाले सरकारलाई स्रोत व्यवस्थापन गर्न समस्या आउने सक्ने उनको भनाई छ । अर्थसचिव शंकरप्रसाद अधिकारीले राजश्व वृद्धि दर ३० प्रतिशत बढाएर आगामी आवका लागि १५ खर्ब ७० अर्ब रुपैयाँको बजेट ल्याउन सकिने संकेत गरिसकेका छन् । चालु आवमा सरकारले १२ खर्ब ७८ अर्ब ९९ करोडको बजेट ल्याएको छ ।