बीमा संस्थानको जलविद्युतमा २ अर्ब ८६ करोड लगानी
काठमाडौँ । सरकार स्वामित्वको राष्ट्रिय बीमा संस्थानले जलविद्युतमा २ अर्ब ८६ करोड रुपैयाँ लगानी गरेको छ । उर्जा संकट समधान गर्न संस्थानले ४५६ मेगाावटको माथिल्लो तामाकोसी, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड र विद्युत उत्पादन कम्पनीमा लगानी गरेको छ । माथिल्लो तामाकोसीमा लगानी गर्ने सम्झौता भई २१ करोड १८ लाख रुपैयाँको सेयर पु“जी र २ अर्ब रुपैयाँ ऋण लगानी गर्ने प्रतिवद्धता अनुरुप हालसम्म १ अर्ब ८० करोड रुपैयाँ लगानी गरिएको संस्थानका निमित्त प्रशासक सुरेन्द्र थापाले बताए । जल बिद्युत लगानी तथा विकास कम्पनीमा संस्थानले १ अर्ब बिद्युत उत्पादन कम्पनीमा ६ करोड ६० लाख रुपैयाँ बराबरको संस्थापक सेयर लगानी गरिएको उनले जानकारी दिए । वित्तीय बजारमा तरलता प्रवाह गर्ने काममा संस्थानले १२ अर्ब रुपैयाँको जीवन बीमा कोष बैंक र वित्तीय संस्थाहरुलाई उपलव्ध गराएको उनले जानकारी दिए । संस्थानको ५१ औं वार्षिक सभामा बोल्दै निमित्त प्रशासक थापाले आर्थिक वर्ष २०६५/०६६ सम्मको साधारणसभा सम्पन्न भई सकेको र आव २०६६/०६७ देखि २०६९/०७० सम्मको लेखा परीक्षण सम्पन्न भएको थापाले बताए ।आ.ब.२०७३/०७४ सम्मको लेखापरीक्षण आगामी चैत्र मसान्तसम्म सम्पन्न हुने गरी कार्ययोजनाका साथ काम अगाडि बढाइएको उनले जानकारी दिए । सो अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपालले ग्रामीण जनसमुदायमा बीमाको पहुँच अत्यन्त न्यून रहेकाले पहुँच विस्तारमा जोड दिन सुझाव दिए । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले सरकारी संस्थानका हैसियतले जीवन बीमालाई समावेशी तुल्याई दुर्गम ग्रामीण क्षेत्रसम्म विस्तार गर्नुपर्नेमा जोड दिए ।
मुलकको ७५३ वटै स्थानिय तहमा घरेलु संघ गठन गरिने
काठमाडौं । परिवर्तित राजनैतिक संघारलाई ध्यानमा दिदै मुलुकको ७५३ वटै स्थानिय निकायमा घरेलु तथा साना उद्योग संघ गठन गर्ने तयारी भइरहेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको केन्द्रिय अध्यक्ष श्यामप्रसाद गिरीले सम्पूर्ण ७५३ वटा पालिकामा संघ गठन गर्ने बताए । शुक्रबार राजधानीमा आयोजित काठमाडौंको घरेलु तथा साना उद्योग संघको २२ औं साधानरण सभा तथा १५ औं महिलाहरुको भेटमा उनले संघ मुलुकभरी गठन गर्ने घोषणा गरे । ‘संघलाई पालिका तहमा लैजाने तयारी गरिरहेका छौं,’ उनले भने ‘त्यसको लागि संघको आवश्यक विधान संसोधन हुने क्रम अगाडी बढेको छ ।’ उनका आनुसार विभिन्न पालिका संघहरुले स्थानिय तहमै सक्रिय काम गर्ने र केन्द्रले आवश्यक नीति नियम बनाउने लगायका कार्य गर्नेछ । साधारण सभामा घरेलु तथा साना उद्योग विभागका कार्यकारी निर्देशक शत्रुधनप्रसाद पुडासैनीले महिला उद्यमीहरुको लागि सरकारले छुट्याएको बजेट कम भएको भन्दै बढाउन विभागले पहल गरिरहेको जानकारी दिए । ‘महिला उद्यमीलाई ५ लाखसम्म दिइदै आएको सफ्ट लोन परिवर्ति समयअनुसार केही कम भएको महशुस गरेका छौं, उनले भने ‘त्यसलाई बढाउनको लागि अर्थमन्त्रालयसँग छलफल भइरहेको छं ।’ कार्यक्रममा काठमाडौं घरेलु तथा साना उद्योग संघका अध्यक्ष पदम कुमारी कार्कीले संघमार्फत कठमाडौंका घरेलु तथा साना उद्योगहरुलाई विभिन्न सहयोग पुगको बताइन् । साथै उनले संघले विभिन्न कार्यक्रमहरु समेत गर्दै अघि बढेको जानकारी दिइन् । ‘हामीले विभिन्न महिला उत्थानका कार्यक्रमहरु सञ्चलान गरिरहेका छौं,’ उनले भनिन् ‘कोषबाट आएका रकमहरुलाई विभिन्न पिछडिएका, सिमान्तकृत लगायतका महिलाको लागि शिपमूलक तालिम तथा क्षमता अभिवृद्धिको लागि खर्चिएका छौं ।’ महिला उद्यमहरुलाई आवश्यक सफ्ट लोनको लागि सिफारिस तथा पहल गर्ने काम समेत भइरहेको उनको भनाइ छ । साधानरण सभाको दोस्रो चरणको कार्यक्रममा स्थानिय संरचना अनुसार घरेलु तथा साना उद्योग संघ गठन गर्ने विधान संसोधनमाथि छलफल भएको थियो ।
कम चुहावट हुने १४०० थान अत्याधुनिक ट्रान्सफरमर खरिद गर्दै विद्युत प्राधिकरण, टीबीईले पायो ठेक्का, ६ महिनामा आपूर्ति हुने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चुहावट कम हुने र अत्याधुनिक प्रविधि जडान भएका १ हजार ४ सय थान विद्युतीय ट्रान्सफरमर खरिद गर्न लागेको छ । ट्रान्सफरम खरिदका लागि विद्युत प्राधिकरणले चीन र भारतको संयुक्त कम्पनीलाई ठेक्का दिने तयारी गरेको छ । प्राधिकरणले सबैभन्दा कम दर प्रस्ताव गर्ने टीबीइए इनर्जी प्रालि, भारत र टीबीईए सेङयान ट्रान्सफरम ग्रुप कम्पनी लिमिटेड चाइनालाई ठेक्का दिने आशयपत्र दिएको छ । आशयपत्र दिएको एक साताभित्र संयुक्त कम्पनीसंग ट्रान्सफरमर आपूर्तिको ठेक्का सम्झौता हुने छ । ट्रान्सफरमर ६ महिनामा आपूर्ति हुने प्राधिकरणले जनाएको छ । प्राधिकरणले करिव ४५ करोड रुपैयाँ अर्थात ४४ लाख ४३ हजार डलरमा सो परिमाणमा ट्रान्सफरमर खरिद गर्न लागेको हो । प्राधिकरणले खरिद गर्न लागेको ट्रान्सफरमरको क्षमता ५०, १००, २०० र ३०० एमबीएको हुनेछ । संयुक्त कम्पनीले चुहावट कम गर्ने सीआरजीओ ३ डी कोर सीएसवाइपी टाइप प्रविधियुक्त ट्रान्सफरमरको आपूर्ति गर्नेछ । नयाँ प्रविधिको ट्रान्सफरमबाट बिजुली चुहावट न्युन हुने र पड्कने जल्ने जस्ता प्राविधिक समस्या धेरै कम आउने भएकाले खरिद गर्न लागेको प्राधिकरण ग्राहक सेवा निर्देशनालयका प्रवन्धक नुतनदेव भट्टराईले जानकारी दिए । नयाँ ट्रान्सफरमर शहरी क्षेत्रमा जडान गर्न उनले बताए । उनले नयाँ आउने ट्रान्सफरम बढी आधुनिक हुनुका साथै प्राविधिक रुपमा मजवतु भएकाले नयाँ प्रविधि जडान गरिएको ट्रान्सफरमर खरिद गर्न लागेको उनले बताए । यसअघि चीनबाट आयात गरिएका विद्युतीय ट्रान्सफरमर भित्र तामाको तारको सट्टा आलुमुनिय भेटिएको थियो । यस्ता ट्रान्सफरमर आपूर्ति गर्ने कम्पनीमाथि सरकारले कार्वाही समेत गरेको छ । हाल प्राविधिक चुहावट १६ प्रतिशत बढी छ ।
सरकारले कर्मचारीलाई विदेश भ्रमणमा जान बन्देज लगायो, स्वीकृत भ्रमण पनि रद्ध
काठमाडौं । सरकारले निजामति कर्मचारीलाई विदेश भ्रमणमा जान बन्देज लगाएको छ । अर्को व्यवस्था नभएसम्मका लागि अध्ययन र अवलोकनलगायत सबै प्रकारका विदेश भ्रमणमा रोक लगाएको अर्थ मन्त्रालयले जनाएको छ । स्वीकृत भएको भ्रमण समेत रोक लगाउन सम्बन्धित मन्त्रालय र विभागलाई जानकारी गराइएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले बिहीबार सबै मन्त्रालयलाई पत्राचार गरी नयाँका अतिरित्त स्वीकृत भ्रमण समेत रोक्न भनेको छ । प्रधानमन्त्री कार्यालयलाई पत्राचार गरेपछि सबै प्रकारका भ्रमण रद्ध गरिएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थले आफु मातहतका विभागलाई पत्राचार गरी भ्रमण रोकेको जानकारी गराएको छ । यसअघि मन्त्री, सचिव र सहसचिवलगायतले सरकारी ढुकुटी दोहन गरेर विदेश भ्रमण गरेको भन्दै आलोचना भएको थियो । यसअघि एक दर्जन बढी मन्त्री, यस्तै सचिव र अन्य अधिकृत विदेश भ्रमण विवादित बनेको थियो । अघिल्लो सरकारका पालामा सरकारी ढुकुटीबाट धेरै मन्त्री, सचिव र उच्चसरकारी अधिकारीले विदेश भ्रमण गरेका थिए ।
सानिमा बैंकले गर्यो क्रिकेटर लामिछानेलाई २ वर्षका लागि प्रायोजन
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछानेलाई सानिमा बैंकले दुई वर्षका लागि थप प्रायोजन गरेको छ । शुक्रबार बैंकले आयोना गरेको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भूवन दाहाल र खेलाडी लामिछानेले दुई वर्षका लागि थप प्रायोजन गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार लामिछानेले अब मासिक रु ४० हजार पाउनेछन् । बैंकले यसअघि उनलाई मासिक रु २० हजार दिँदै आएको थियो । हालै इन्डियन प्रिमियर लिग आइपिएलमा छनोट भएका त्रिकेटर लामिछानेको यो सम्झौता आगामी अप्रिलदेखि लागू हुनेछ । सिइओ दाहालले त्रिकेटर लामिछाने क्रिकेटमा हुनाहार खेलाडी भएकाले प्रोत्साहन स्वरुप उनलाई प्रायोजन गरिएको बताए । कार्यक्रममा सानिमा बैंकका ब्राण्ड एम्बेस्डरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले लामिछाने र राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई सम्मान गरेका थिए ।-रासस
तल्लो लिखु आयोजनामा ५ बैंकको ४ अर्ब १९ करोड लगानी, ४ वर्षमा सकिने
काठमाडौं । सानिमा ग्रुपले निर्माण गर्न लागेको २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनामा ५ बैंक तथा वित्तीय संस्थाले ४ अर्ब १९ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन् । लक्ष्मी बैंकको अगुवाईमा कुमारी बैंक, सेन्चुरी कमर्शियल बैंक, प्रभु बैंक र जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको लगानी हुने भएको छ । आयोजनामा लक्ष्मीले १ अर्ब २४ करोड, कुमारीले १ अर्ब, सेन्चुरीले ७५ करोड, प्रभुले ४० करोड र जलविद्युत लगानीको ८० करोड रुपैयाँ ऋण लगानी हुने भएको छ । प्रवद्र्धक श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेड र बैंकबीच ऋण लगानी सम्झौता भएको छ । आयोजनाको कुल लागत ५ अर्ब ५९ करोड रुपैयाँ रहेको छ बैंक तथा वित्तीय संस्थाले ७५ प्रतिशत र बाँकी २५ प्रतिशत कम्पनीका संस्थापक तथा सर्वसाधारणले लगानी गर्ने छन् । लगानी जुटेकाले आयोजना निर्माण हुने निश्चित भएको छ । श्वेत गंगा र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भइसकेको छ । विद्युत विकास विभागले पनि विद्युत उत्पादन अनुमतिपत्र पनि दिइसकेको छ । श्वेत गंगालाई सानिमा ग्रुप र डोल्मा इम्प्याक्ट फण्डले संयुक्त रुपमा प्रबद्र्धन गरेको हो । आयोजनाबाट वार्षिक १७ करोड ८४ लाख युनिट बिजुली उत्पादन हुने भएको छ । आयोजना २०७८ साल मंसिरमा संचालनमा आउन श्वेत गंगाले जनाएको छ । सानिमा ग्रुपले २२ मेगावाटको सानिमामाई, ७ मेगावाटको सानिमा क्याककेड, साढे २ मेगावाटको सुनकोसी आयोजना सम्पन्न गरेको छ । यस्तै ५२ मेगावाटको मध्यतमोर आयोजना पनि निर्माण गर्न लागेको छ । ६० मेगावाटको जुमखोला आयोजना निर्माणका लागि अध्ययन सुरु भइसकेको छ ।
लक्ष्मी बैंकको सि–आस्बा प्रणाली सुरु
काठमाडौं । लक्ष्मी बैंकले सि-आस्बा प्रणालीको सुरुवात गरेको छ । बैंकले धितोपत्र बोर्डको निर्देशन अनुसार सि-आस्बा प्रणालीको सुरुवात गरेको हो । बैंकले शुक्रबारबाटै सो प्रणालीको सुरुवात गरेको हो । अब ग्राहकले कुनैपनि शाखाबाट सि-आस्बा रजिष्ट्रेसन नम्बर लिन सक्ने बैंकले जनाएको छ ।
मेलम्ची खानेपानीको सुरुङ निर्माणमा ठेकेदार फेरी सुस्तायो
चौतारा । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ मार्ग निर्माणको काममा सुस्तता आएको छ । ठेकेदार कम्पनीले निर्माण सामाग्रीको अभाव रहेको भन्दै काममा ढिलाई गरेको हो । ठेकेदारले कुनै दिन कामै नगर्ने र कुनै दिन एक मिटर मात्र सुरुङ खन्ने गरेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्र पन्तले बताए । आगामी चैतको दोस्रो सातासम्म सुरुङको काम सम्पन्न गरी राजधानीमा खानेपानी लगिने आयोजनाले भन्दै आए पनि ग्यालथुम–सिन्धुखण्डमा २२३ मिटर र ग्यालथुम अडिटको जङसनमा ५० मिटरसहित २७३ मिटर खन्न बाँकी रहेको सूचना अधिकारी पन्तले जानकारी दिए । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित मुहान रहेको अम्बाथानदेखि सुन्दरीजलसम्मको २७.५ किमी सुरुङमध्ये हालसम्म २७.२७ किमी सुरुङ सम्पन्न भइसकेको छ । सो खण्डको सबैभन्दा लामो सिन्धु अडिटबाट सुन्दरीजलसम्मको ९.५ किमी सुरुङ गत वर्षनै सम्पन्न भइसकेको र अम्बाथानदेखि ग्यालथुमखण्डको ७.५ किमी सुरुङ गएको पुस १४ गते सम्पन्न भएको थियो । ठेकेदार कम्पनीले इन्धन, सिमेन्टलगायतका निर्माण सामग्रीको अभाव तथा रकमको अभाव भएकोजस्ता समस्या देखाएर काममा ढिलाइ गरिरहेको आयोजनाले जनाएको छ । सन् २००९ मा चिनियाँ कम्पनी १५ रेलबे ब्यूरोसँग भएको सम्झौता अनुसार सन्तोषजनक काम नभएको भन्दै चार वर्षपछि ठेक्का रद्द गरिएको थियो । त्यसपछि सन् २०१३ जुलाइमा इटालीको को–अपरेटिभ मुरातोरी सिमेन्टिक डि रेभेना सिएम्सीसँग रु सात अर्ब ७२ करोडमा ठेक्का सम्झौता भएको र पटकपटक म्याद थप गरी अन्तिम अवधि आगामी मार्चसम्म कायम रहेको छ ।-रासस