नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई ७०.५३ प्रतिशत लाभांश दिने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीलाई साढे ७०.५३ प्रतिशत लाभांश दिने भएको छ । सेयरधनीलाई ४२ प्रतिशत बोनस सेयर र २८.५३ प्रतिशत नगद लाभांश दिने भएको छ । आइतबार बसेको सञ्चालक समिति बैठकले कम्पनीले १ अर्ब ३० करोड रुपैयाँ बराबरको बोनस सेयर र ८८ करोड ३२ लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव गरेको हो । नियामक बीमा समितिबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण हुने कम्पनीले जनाएको छ ।
झापा, दमकको औद्योगिक क्षेत्र स्थापना कार्य सुरु, मुआब्जा दावी गर्न जग्गाधनिलाई अनुरोध
काठमाडौं । प्रदेश नम्बर १ को झापा, दमकमा स्थापना हुने औद्योगिक क्षेत्रको काम सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय, झापाले जग्गा प्राप्ती सम्बन्धी सूचना निकाल्दै औद्योगिक क्षेत्रमा पर्ने जग्गाधनिहरुलाई मुआब्जा दावी गर्न अनुराेध गरेकाे हाे । उक्त औद्यागिक क्षेत्रभित्रको सिजुवा, दमक, राजघाट र मधुमल्ला हाल कमल गाउपालिका र दमक नगरपालिकाभित्र पर्ने ४३० जग्गाधनिहरुकाे जग्गा स्थानिय रुपले प्राप्त गर्नु पर्ने भएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएकाे छ । त्यसैले सम्बन्धीत जग्गाधनि, मोही लगायत व्यक्ति तथा कम्पनीहरुले मुआब्जा दावी गर्न आआफ्नो हकदैया वा भोगचलन सम्बन्धी सवुत प्रमाण सहित ३५ दिनभित्र रित पुर्वक निवेदन दमक नगरपालिका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, दमक औद्योगिक क्षेत्रको जग्गा प्राप्ती सम्बन्धिक सम्पर्क कार्यालयमा सम्पर्क गर्न जानकारी दिएकाे छ । सरकारले संघीय संरचाना अनुसार सातै प्रदेशमा औद्योगिक क्षेत्र स्थापना गर्ने योजना आनुसार धमाधम जग्गाको व्यवस्थापन अघि बढिरहेको उद्योग मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रदेश नं १ मा झापा दमकमा, प्रदेश नं २ मा सर्लाहीको मुर्तीया, ३ मा मकवानपुरस्थित हेटौंडाको मयुरधाम र चितवनको शक्तिखोर, प्रदेश नं ४ मा गोरखाको पालुङटारमा औद्योगीक क्षेत्र बनाउने तयारी गरिरहेको छ । त्यस्तै प्रदेश नं ५ मा रुपन्देही र दाङको लक्ष्मीपुर, प्रदेश नं ६ मा सुर्खेतको साताखानी र प्रदेश नं ७ मा कैलालीको लम्की , कन्चनपुरको दैजीमा औद्योगिक क्षेत्र बनाउने मन्त्रालयको भनाइ छ ।
सेयर मार्केट कम्प्लेक्समा रहेको सीडीएसको सेयर डाटा सुरक्षित
काठमाडौं । राजधानीको पुतलिसडकस्थित सेयर मार्केट कम्प्लेक्समा रहेको सीडीएस क्लियरिङ हाउस लिमिटेडको सेयर डाटा सुरक्षित रहेको छ । आगलागीबाट सीडीएसको कार्यलयमा कुनै क्षति नभएको प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले बताए । भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९ः३० बजे आगलागी भएको हो । घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् । बिजुली सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।
ईश्वर पोखरेल अर्थमन्त्री बन्ने ९० प्रतिशत पक्का
काठमाडौं । अन्ततः एमाले महासचिव ईश्वर पोखरेल अर्थमन्त्री बन्ने सम्भावना बढेको छ । पोखरेल र प्रदिप ज्ञवालीबिचको भद्र सहमतिमै ओलीले पोखरेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिन लागेको श्रोतले बतायो । ‘महासचिव अर्थमन्त्री बन्ने ९० प्रतिशत पक्का भएको छ, १० प्रतिशत दाया बायाले भयो भने प्रदिप ज्ञवाली अर्थमन्त्री बन्नु हुनेछ’, एमाले श्रोतले भन्यो । श्रोतका अनुसार उनले अर्थमन्त्रालय सञ्चालनका लागि उपयुक्त टिम बनाउनेबारेमा पनि केहि गृहकार्य गरिसकेका छन् । ‘महासचिवको तयारी हेर्दा उहाँले अर्थमन्त्रालयको जिम्मेवारी लिँदै हुनुहुन्छ, त्यसका लागि टिम बनाउने काम पनि गरिसक्नुभएको छ’, श्रोतले भन्यो । सुरेन्द्र पाण्डे, बिष्णु पौडेललाई पछि पार्दै पोखरेल अर्थमन्त्री बन्न लागेका हुन् । खर्चिलो भनिएको संघिय व्यवस्थापमा श्रोत साधनको उपयुक्त बाडफाँट र ओलीले अघि सारेका महत्वकांक्षी विकासे योजनाहरुको कार्यान्वयनका लागि श्रोत जुटाउने चुनौती पनि रहनेछ । तीन तहका सरकारहरुलाई वित्तिय अनुशासनको कडिमा राख्नु पनि नयाँ अर्थमन्त्रीका लागि चुनौती नै हुनेछ ।
सस्तोमा किन्न खोज्दा किसानले खाद्य संस्थानलाई दिएनन् धान, दुर्गम जिल्लामा कसरी पुग्ला चामल ?
काठमाडौं । सस्तो मूल्यमा किन्न खोजेपछि नेपाल खाद्य संस्थानले किसानबाट धान पाउन छाडेको छ । चालु आर्थिक बर्षमा २ लाख ७६ हजार क्वीटल धान खरिद गर्ने लक्ष्य राखेको संस्थानले अहिलेसम्म ९४ हजार ८४४ क्वीटल धान मात्रै खरिद गरेको छ । धान खरिद गर्ने समय घर्किनै लाग्दा समेत संस्थानले लक्ष्यको आधाभन्दा कम मात्रै धान खरिद गरेको हो । किसानसँग सिजनमा धान खरिद गर्ने र आवश्यकता अनुसार विभिन्न दुर्गम जिल्लाहरुमा बिक्री वितरण गर्ने जिम्मेवारी पाएको सरकारी स्वामित्वको खाद्य संस्थानलाई किसानले धान बेच्न किन नबेचेको ? भन्ने प्रश्न खडा भएको छ । तर, खाद्य संस्थानलाई किसानले नै नपत्याएको तथ्य उजार भएको छ । किसानलाई बजार मूल्य भन्दा प्रतिकिलो ४ रुपैंयाँ कम मूल्यमा धान बेच्न प्रस्ताव गरेपछि संस्थानलाई धान बेच्न किसान तयार नभएका हुन् । त्यस्तै विगतमा प्रशस्त मात्रामा अनौपचारिक बाटो हुदै भारतबाट भित्रिने गरेको धान आउन छोडेपछि संस्थानले धान खरिद गर्न नसकेको हो । यसको प्रत्यक्ष असर कर्णाली प्रदेशका दुर्गम जिल्लामा पुर्याउने खाद्यान्न ढुवानीमा पर्ने देखिएको छ । त्यसलाई सम्बोधन गर्न संस्थानले चामल किन्ने लगायतको तयारी गरिहेको जनाएको छ । संस्थानका प्रवक्ता शंकर सापकोटाले चालु आर्थिक वर्ष ६४ करोड रुपैयाँ बजेट विनियोजन गरी २ लाख ७६ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य राखेको भएपनि हालसम्म ९४ हजार ८४४ क्वीटल मात्र खरिद भएको बताए । उनले भने, ‘अबको केही हप्तासम्ममा करिब १ लाख २५ हजार क्वीटल धान खरिद हुने अपेक्षा गरेका छौं ।’ सापकोटकाअनुसार बजारमा अस्वाभाविक रुपमा धानको मूल्य बढेको कारणले संस्थानले निर्धारण मूल्यमा धान खरिद गर्न नसकेको हो । ‘बजारमा संस्थाकोेभन्दा प्रतिकिलो ३÷४ रुपैयाँ बढी धानको मूल्य छ । त्यसलाई पच्छ्याउन सकिएको छैन,’ उनले थपे ‘त्यस्तै विगत बर्षहरुमा अनौपचारिक रुपमा निजी क्षेत्रले भारतबाट धान आयात गर्दै आएको थियो । अहिले त्यस्ता धान आउन सकेन । ’ भारतमा ‘जीएसटी’ प्रणाली लागु भएसँगै अनौपचारिक रुपमा भित्रिने धान मुलुकमा आउन नसेको हो । विभिन्न जिल्लामा संस्थानले धानको निर्धारित मूल्य पुनरावलोकन गरे पनि धानको खरिदमा सुधार आउन सकेको छैन । केही महिना अघिदेखि सुरु भएको धानको खरिदक्रममा संस्थानले निर्धारण गरेको मूल्यमा पुनरावलोकन गर्दै आएको छ । संस्थानका अनुसार पछिल्लो समय अञ्चल कार्यालय लहानबाट प्रतिक्वीटल २ हजार ३७५ मा खरिद गर्ने भनिएको धानको मूल्य बढाएर २ हजार ५१५ रुपैयाँ पुयाइएको छ । त्यस्तै जनकपुरमा २ हजार ४३० रुपैयाँमा खरिद गर्ने भनिएको धानको मूल्य बढाएर प्रतिक्वीटल २ हजार ६५० रुपैयाँ निर्धारण गरिएको छ । यो वर्ष संस्थानले आफ्नो विभिन्न शाखा, अञ्चल लगायतका कार्यालयहरुबाट एक हजारदेखि ५० हजार क्वीटलसम्म धान खरिद गर्न कोटा निर्धारण गरेको छ । जसमा सबैभन्दा कम संस्थनको शाखा कार्यालय जुम्लाको मार्सी धान १ क्वीटल रहेको छ । सबैभन्दा बढी अञ्चल कार्यालय लहानबाट ५० हजार क्वीटल जिरा मसिनो र ३० हजार क्वीटल सोना मंसुली चामल खरिद गर्ने कार्याक्रम रहेको छ । हालसम्म सबैभन्दा बढी अञ्चल कार्यालय धनगढीबाट ४४ हजार ५१७ क्वीटल र सबैभन्दा कम संस्थाको शाखा कार्यालय महेन्द्रनगरबाट १ हजार १८८ क्वीटल मात्र धान खरिद भएको संस्थानको प्रवक्ता सापकोटाले जानकारी दिए । संस्थानले गएको आर्थिक वर्ष समेत १ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरी ४ लाख क्वीटल धान गरिद गर्ने लक्ष्य राखेकोमा २ लाख १८ हजार क्वीटल मात्र धान खरिद गर्न सकेको थियो ।
पुतली सडकको सेयर मार्केट कम्प्लेक्समा आगो लाग्यो (भिडियाेसहित)
काठमाडौं । पुतलीसडकस्थित शेयर मार्केट भवनमा आगलागी भएको छ । उक्त भवनको चौथो तलामा रहेको एनआइसी ट्रेडिङ सेन्टरमा आज बिहान ९ः३० बजे आगलागी भएको हो । अढाइ घण्टा बित्दासमेत आगो नियन्त्रणमा आउन सकेको छैन । अहिले चारवटा दमकलद्वारा आगो निभाउने प्रयास जारी छ । घटनास्थलमा नेपाली सेना, प्रहरी र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् । बिजुली सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । सेयर मार्केट्स कम्प्लेक्समा तीन वटा वाणिज्य बैंकका शाखा, फाइनान्स, सिडिएस एण्ड क्लियरिङ हाउस लगायतका दर्जनौं कार्यालयहरू रहेका छन् । अागलागीसँगै उक्त भवनमा रहेकाे ग्लाेवल अार्इएमर्इ, प्रभु, सिद्धार्थ बैंकका शाखा र सिडिएस एण्ड क्लियरिङ हाउसमा रहेकाे डाटाकाे सुरक्षामा चिन्ता व्यक्त गरिएकाे छ । सेयर बजारकाे सबै डिजिटल डाटा रहेकाे सिडिएसकाे डाटा भने सबै सुरक्षित रहेकाे सिडिएस ए्ण्ड क्यियरिङका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले बताए। ‘डाटा सबै सिहदरवारमा रहेकाेले सुरक्षित रहेका छन् । काराेबार सेटलमेन्टमा केही ढिला हुन्छ’ गुप्ताले विकासन्युजसँग भने । आगलागिका कारण पुतली सडक हुँदै चल्ने सम्पुर्ण यातायात सेवा बन्द भएको छ । घटनाको क्षतिको विवरण आउन बाँकी रहेको छ ।
गरिबका छोराछोरी पढ्ने आरआर क्याम्पस सबैभन्दा महंगो
काठमाडाैं। कुनै बेला गरिबका छोरा छोरी अध्ययन गर्नेे क्याम्पसका रुपमा परिचित राजधानीको रत्नराज्यलक्ष्मी क्याम्पस(आर.आर.) अहिले सबै भन्दा महंगो भएको छ । राजधानीमा मानवीकी संकाय र शिक्षा शास्त्र संकाय अध्ययन गराउने त्रिभुवन विश्व विद्यालयका आंगिक क्याम्पसहरुमध्ये आर. आर. क्याम्पस सबैभन्दा बढी महंगो देखिएको हो । रत्नराज्यलक्ष्मी क्याम्पस, सरस्वती बहुमुखी क्याम्पस, पाटन सयुक्त क्याम्पस, महेन्द्ररत्न क्याम्पस, त्रिचन्द्र बहुमुखी क्याम्पस र पद्यमकन्या बहुमुखी क्याम्पसमध्ये रत्नराज्य लक्ष्मी क्याम्पसले विद्यार्थीसँग महंगो शुल्क असुल्दै आएको देखिन्छ । एमाले भातृ संगठन अनेरास्ववियुले २०३६ सालदेखि यस क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनले निर्वाचन जित्दै आएको छ । अनेरास्ववियुका नेताहरुले आर. आर. क्याम्पसलाई गरिबका छोरा छोरी पढ्ने क्याम्पसका रुपमा दावी पनि गर्दै आएका छन् । तर यहि क्याम्पस यतिबेला भने अन्य आंगिक क्याम्पसहरुको तुलनामा विद्यार्थीसँग बढि शुल्क असुलिरहेको छ । यस्तो छ शुल्क विवरण रत्नराज्यलक्ष्मी क्याम्पसमा पहिलो सेमेस्टर अग्रेजी, अर्थशास्त्र र समाजशास्त्रमा १४ हजार ५ सय शुल्क लिहिरहेको छ भने दोस्रो र तेस्रो सेमेस्टरमा १३ हजार ५ सय र चौथो सेमेस्टरमा १२ हजार लिहिरहेको छ । यस क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्न कुनै एउटा विषयका लागि ४ वटा सेमेस्टरमा ५३ हजार ५ सय लाग्छ । यही क्याम्पसमा नेपाली र जंनसख्या पहिलो सेमेस्टरमा १२ हजार ५ सय लिएको छ । दोस्रो र तेस्रो सेमेस्टरमा ११ हजार ५ सय निर्धारण गरेको छ । चौथो सेमेस्टरमा भने १० हजार लिहिरहेको छ । यस क्याम्पसमा नेपाली र जनसंख्या बिषयमा स्नातकोत्तर अध्ययन गर्न ४५ हजार ५ सय रुपैंयाँ लाग्छ । सरस्वती बहुमुखी क्याम्पसले समाजशास्त्र, अंग्रेजी र नेपालीमा पहिलो, दोस्रो, तेस्रो र चौथो सेमेस्टरमा समान शुल्क १२/१२ हजार शुल्क लिहिरहेको छ । यी तीन बिषयमा स्नातकोत्तर अध्ययन गर्न ४८ हजार रुपैंयाँ तिरे पुग्छ । पाटन सयुक्त क्याम्पसमा पहिलो सेमेस्टरमा अर्थशास्त्र, समाजशास्त्र, ग्रामिण अर्थशास्त्र र अंग्रेजीमा १४ हजार ९ सय ५० शुल्क लिरहेको छ । दोस्रो सेमेस्टरमा ९ हजार ५ सय ५० शुल्क हिरहेको छ । तेस्रो सेमेस्टरमा १० हजार ९ सय ५० शुल्क तोकिएको छ । र चौथो सेमेस्टरमा ९ हजार ५ सय ५० शुल्क तोकिएको छ । यी बिषयमा स्नातकोत्तर अध्ययन गर्न ४५ हजार ५ सय रुपैंयाँ खर्चनु पर्छ । यहि क्याम्पसमा पहिलो, दोस्रो, तेस्रो र चौथो सेमेस्टरमा नेपाली र जनसंंख्यामा १० हजार ४ सय ५० शुल्क लिहिरहेको छ । यी बिषयमा स्नातकोत्तर अध्ययन गर्न ४३ हजार ८ सय ६० रुपैँया लाग्छ । त्रिचन्द्र बहुमुखी क्याम्पसले मानवशास्त्र र समाजशास्त्रमा पहिलो र दोस्रो सेमेस्टरमा १० हाजार शुल्क लिईरहेको छ । तेस्रो र चौथो सेमेस्टरमा पनि मानवशास्त्र र समाजशास्त्रमा १० हजार शुल्क तोकेको छ । त्रिचन्द्रमा यी बिषयमा स्नातकोत्तर अध्ययन गर्न ४० हजार रुपैंयाँ तिरे पुग्छ । यहि क्याम्पसमा ग्रामिण अर्थशास्त्रमा पहिलो र दोस्रो सेमेस्टरमा १० हजार ९ सय ५० रुपौया लिएको छ भने तेस्रो र चौथो सेमेस्टरमा पनि ग्रामिण अर्थशास्त्रमा १० हजार ९ सय ५० रुपौया तोकेको छ । यस क्याम्पसमा स्नातकोत्तर अध्ययन गर्न ४३ हजार ८ सय लाग्छ । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा सेमेस्टरमा अंग्रेजी, नेपाली, गणित, स्वस्थ्य, जनसंख्या अर्थशास्त्र र पाठ्यक्रम पढाइ हुन्छ । यस क्याम्पमा पहिलो सेमेस्टरमा १३ हजार ४ सय, ५० लिइरहेको छ । दोस्रो सेमेस्टरमा ९ हजार ३ सय, तेस्रो सेमेस्टरमा १० हजार ४ सय ५० रुपैँया तोकेको छ । चौथो सेमेस्टरमा ८ हजार ८ सय तोकेको छ । यस क्याम्पसमा कुनै एउटा विषयमा स्नातकोत्त तह अध्ययन गर्न ४२ हजार लाग्छ । पदमकन्या बहुमुखी क्याम्पसमा मनोविज्ञान, समाजशास्त्र, अर्थशास्त्र, ग्रामिण अर्थशास्त्र, अंग्रेजी, जनसंंख्या र मानवशास्त्रको पहिलो सेमेस्टरमा १५ हजार ४ सय ७५ रुपैँया लिइरहेको छ । दोस्रो सेमेस्टर ८ हजार ७५ रुपैँया लिईरहेको छ । तेस्रो र चौथो सेमेस्टरमा मनोविज्ञान, समाजशास्त्र, अर्थशास्त्र, ग्रामिण अर्थशास्त्र, अग्रेजि, जनसंंख्या र मानवशास्त्रमा ८ हजार ७५ रुपैँया तोकेको छ । यस क्याम्पसमा कुनै एउटा विषयमा स्नताकोत्तर अध्ययन गर्न ३९ हजार ७ सय लाग्छ । राजधानीका अन्य आंगिक क्याम्पसको तुलनामा आर. आर. क्याम्पस किन महंगो भयो भन्ने प्रश्नको जवाफमा क्याम्पस प्रमुख डा. निर्मला कुमारी सुवालले भनिन्- अरु क्याम्पसले अन्य संकाय पनि सञ्चालन गरेका छन, हामीले मानविकी मात्रै चलाएका छौं, त्यसैले अरु भन्दा केहि महंगो जस्तो देखिएको मात्रै हो । उनले शुल्क असुलीका बारेमा क्याम्पसमा क्रियाशिल सबै विद्यार्थी संगठनको सहमति लिएको दावी पनि गरिन् ।
नेपाल फाइनान्सले हकप्रद सेयर निष्कासन गर्न बोलायो विशेष साधारणसभा
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासन स्वीकृतिका लागि फाइनान्सले फागुन २९ गते विशेष साधारणसभा बोलाएको छ । फाइनान्सको समूह क र समूह ख वर्गको सञ्चालक निर्वाचन समेत गर्ने छ ।