विकासन्युज

औद्योगिक वौद्धिक सम्पत्तिको छुट्टै केन्द्रिय विभाग बन्ने

काठमाडौं । औद्योगिक वौद्धिक सम्पत्ति (इन्डष्ट्रियल इन्टेलेक्चुअल प्रोपर्टी) को छुट्टै विभाग बन्ने भएको छ । उद्योग मन्त्रालयका प्रवत्ता गोपिकृष्ण खनालका अनुसार पर्यटन मन्त्रालयको कपिराईट विभाग र प्रतिलिपि अधिकार विभाग मिलेर स्वतन्त्र औद्योगिक वौद्धिक सम्पत्ति विभाग बन्नेछ । उक्त विभाग नेपाल सरकारको छुट्टै केन्द्रिय विभाग हुनेछ । अहिलेसम्म नेपालमा वौद्धिक सम्पत्ति सम्बन्धी दरिलो ऐन छैन । प्रतिलिपि लगायतका पुराना ऐनहरुलाई नयाँ बनाउने तयारी भइरहेको छ । ‘त्यसका लागि नेपाल कानुन आयोगलाई समेत जिम्मा दिइसकेका छौं,’ उनले भने ‘सँगै मन्त्रालयमा प्राविधिक कामहरु अघि बढिरेहेको छ ।’ औद्योगिक सम्पत्ति सुरक्षाको सम्बन्धमा जुन देश सवल छ उक्त देशमा वढी वैदेशिक लगानी (एफडीआई) भित्रिने गरेको छ । पेटेन्ट, डिजाइन, ट्रेडमार्क, कपिराइट लगायत वौद्धिक सम्पत्तिलाई मजवुद बनाउन नसकिए वैदेशिक लगानीमा समस्या आउने उद्योगम मन्त्रालयका प्रवत्ता खनालको भनाइ छ । त्यसको लागि उद्योग मन्त्रालले नयाँ कानुन बनाउन अघि बढेको हो । हालसम्मको छलफल अनुसार लघु, घरेलु तथा साना उद्योगहरुको जिम्मेवारी स्थानिय तहलाई दिइनेछ । वैदेशिक लगानी तथा सुरक्षा सम्बन्धि अनुमति लिनु पर्ने मदिरा लगायतका करिब २ अर्ब रुपैयाँ लागनी भएका उद्योगहरुको दर्ताको लागि प्रदेशलाई जिम्मा दिने छलफल भइरहेको छ । ठूल–ठूला योजनाको काम केन्द्रले भने कार्यान्वयनको काम प्रदेश र स्थानिय तहले गर्ने जनाइकाएको छ ।

सेञ्चुरी बैंकको सी-आस्वा सेवा सञ्चालनमा

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले धितोपत्र खरिद गर्न सी-आस्वा सेवा सञ्चालनमा ल्याएको छ । अब सार्वजनिक निष्काशनमा धितोपत्र खरिद गर्न आवेदन दिँदा सी-आस्वा मार्फत हुने भएकोले बैंकले आफ्ना ग्राहकहरुलाई सुविधा दिने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याएको हो । उक्त सेवाको लागि ग्राहकले बैंकबाट सीआरएन(सी-आश्वा रजिष्ट्रेशन) नम्बर लिनुपर्ने छ । ग्राहकहरुले बैंकको जुनसुकै कार्यालयमा सम्पर्क गरी बैंक खाता एवं डिम्याट खाता अध्यावधीक गरी सीआरएन नम्बर लिन सक्नेछन् ।

एक्साइड ब्याट्रीको पूर्वि क्षेत्रीय डिलर मिट सम्पन्न

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग प्रा.लि. अन्तर्गत एक्साइड ब्याट्रीले पूर्वि क्षेत्रीय डिलर मिट २०१७/१८ सम्पन्न गरेको छ । साथै, कम्पनीले सोही कार्यक्रममा आफ्ना डिलरहरुलाई सम्मान गरेको छ । कार्यक्रममा आफ्नो उत्कृष्ट प्रतिफल दिने डिलरहरुलाई क्रमशः डाइमण्ड, प्लाटिनम र गोल्डेन डिलरको उपाधिले सम्मानित गरिएको थियो । जसमा नेशनल इन्टरप्राइजेज, इटहरीलाई डाइमण्ड डिलरको उपाधि प्रदान गरिएको थियो भने टायर सेन्टर, विराटनगरलाई प्लाटिनम डिलरको उपाधि प्रदान गरिएको थियो र गोल्डेन डिलरको उपाधि राम कृष्ण इलेक्ट्रो पावर, झुम्कालाई प्रदान गरिएको कम्पनीले जनाएको छ । साथै, नयाँ विधामा मोष्ट सर्भिस इफिसेन्ट डिलरको उपाधि फातिमा ब्याट्री ट्रेडर्स, धरान र आकर्षक शोरुमको उपाधि नेशनल इन्टरप्राइजेज, इटहरीलाई प्रदान गरिएको थियो । साथै, यस्ता कार्यक्रम आगामी दिनहरुमा पनि देशका विभिन्न शहरहरुमा समेत आयोजना गरिने कुरा कम्पनीका महा-प्रबन्धक सुरेशकुमार तिवारीले बताए ।

३ वर्षमा ५०० प्रतिशत नाफा बढ्ने प्राइम लाइफ इन्स्योरेन्सको प्रक्षेपण, इपीएस ५२ रुपैयाँ पुग्ने

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो ३ वर्षमा नाफा ५०० प्रतिशत बढाउने प्रक्षेपण गरेको छ । प्रईम आर्थिक वर्ष ०७६/०७७ मा नाफा ५ सय प्रतिशत बढाएर १ अर्ब ४ करोड ५३ लाख रुपैयाँ पर्याउने भएको छ । गत आर्थिक वर्ष ०७३/०७४ मा कम्पनीले २२ करोड २९ लाख रुपैयाँ नाफा गरेको थियो । चालु आवमा ३९ करोड ९८ लाख र आगामी आवमा ६५ करोड ४५ लाख रुपैयाँ खुदनाफा गर्ने कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ । कम्पनीले प्रक्षेपित वित्तीय विवरण आफैले तयार पारेको जानकारी दिएको छ । नाफा बढेपछि कम्पनीको ३ वर्षमा प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ५२ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । गत आवमा कम्पनीको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ५४ पैसा थियो । चालु आवमा घटेर २२ रुपैयाँ ४० पैसामा झर्ने छ । आगामी आवमा बढेर ३२ रुपैयाँ ६० पैसा पुग्ने प्रक्षेपण गरिएको छ । ३ वर्षमा कम्पनीको आम्दानी १ अर्ब १४ करोड रुपैयाँ पुग्ने छ । गत आवमा कम्पनीले २६ करोड ९४ लाख रुपैयाँ आम्दानी गरेको थियो । चालु आवमा बढाएर ४२ करोड ५९ लाख र आगामी आवमा ७० करोड ८५ लाख रुपैयाँ पुग्ने देखिएको छ । यस्तै कम्पनीको संचित नाफा बढेर २ अर्ब २६ करोड रुपैयाँ पुग्ने छ । गत आवमा कम्पनीको संचित कोषमा ८० करोड ७६ लाख रुपैयाँ थियो । प्राइमले फागुन २७ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । चुक्तापुँजी बढाउन ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले साविकका सेयरधनीलाई १६० प्रतिशत (अर्थात १ बराबर १.६० को अनुपातमा) मा हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको हो । हकप्रद निष्कासन बन्द बैशाख २ गते हुने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । हकप्रद बाँडफाँड पश्चात कम्पनीको पुँजी १ अर्ब ५८ करोढ रुपैयाँ पुग्नेछ । आगामी वर्षमा बढेर २ अर्ब रुपैयाँ पुग्ने प्राइमले जानकारी दिएको छ ।  

पोखरा फाइनान्सले शुरु गर्यो मोवाइल बैंकिङ्ग सेवा

काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले मोवाईल बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ । फाइनान्सले आफ्नो सेवा विस्तार गर्ने क्रममा एक समारोहका बीच संस्थाका अध्यक्ष भुवनसिं गुरुङबाट मोवाईल बैंकिङ्ग सेवाको शुभारम्भ गरेको हो । यस सेवाबाट ग्राहकले आफ्नो मोवाईलबाटै रकम स्थानान्तरण, महसुल भुक्तानी, बैंक स्टेटमेण्ट, चेकबुककोे आदेश आदि सेवा सहज रुपमा प्राप्त गर्नेछन् । साथै, सोही दिन संस्थाले आफ्ना कर्मचारीको कार्यक्षमता अभिवृद्धिको लागि बीआईएम मार्फत् १ दिने तालिम समेत सञ्चालन गरेका फाइनान्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार गुरुङले बताएका छन् ।

टीकापुर घटनाका अभियुक्त चौधरी अदालतमा उपस्थित

धनगढी । टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका रेशम चौधरी जिल्ला अदालत कैलालीमा उपस्थित भएका छन् । कैलालीको टीकापुर घटना लगत्तै फरार रहेका चौधरी आज जिल्ला अदालतमा आफैं उपस्थित भएका हुन् । चौधरी प्रतिनिधिसभा सदस्यमा कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएका थिए । विसं २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात सुरक्षााकर्मी र एक नाबालकको ज्यान गएको थियो । उक्त घटनामा चौधरीलाई दोषी देखाइएको छ ।-रासस    

शाइन रेसुङ्गाको थप ४ शाखा कार्यालय सञ्चालनमा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले नवौं बर्ष पुरा गरी दशौं बर्षमा प्रवेश गरेको अवसरमा थप ४ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैकले शुक्रबारदेखि रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको बनकट्टी, मणिग्राम र बुटवल उपमहानगरपालिकाको बेलवास तथा सैनामैना नगरपालिकाको मुर्गियामा गरी उक्त ४ शाखा कार्यालयबाट सेवा सञ्चालन गरेको छ । बनकट्टी र मणिग्राम शाखा कार्यालयको नेपाल राष्ट्र बैक, सिद्धार्थनगर कार्यालयका निर्देशक अशोककुमार पौडेल, बेलवास शाखा कार्यालयको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुबेदी र मुर्गिया शाखा कार्यालयको सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बैंकले २१ जना जेष्ठ नागरीकहरुलाई नगद र अभिनन्दन पत्र सहित सम्मान गरेको थियो । साथै, बैंकले १६ वटा आमा समुहसंग सीपमुलक तथा व्यवसायीक तालिम प्रदान गरि उद्यमी बनाउने सम्बन्धी समझदारीपत्र आदान प्रदान गरेको थियो । उक्त अवसरमा स्थानिय सामुदायीक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नका लागि ५ विद्यालयहरुसंग समझदारीपत्रमा हस्ताक्षर गरी २१ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको थियो । साथै, ट्राफिक जनचेतना तथा दुर्घटना न्यूनीकरण र अनुगमनका लागी पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयलाई ४ थान साइकल, रोड डिभाइडर र ट्राफिक जनचेतनामूलक बोर्डहरु प्रदान गरेको थियो । बनकट्टी स्थित टिकुलीगढ स्वास्थ्य चौकीलाई बेड र बिश्रामका लागि वेटिगं चेयर प्रदान गरेको थियो ।  

होन्डाले ल्यायो नयाँ डब्लुआर – भी कार, मूल्य ४१ लाख

काठमाडौं । नेपालमा विभिन्न मोडेलका गाडीहरु बेच्दै आएको स्याकर ट्रेडिङ कम्पनीले विनसम रुनाबोट भेकल्स (डब्लु आर भी) नामकाे नयाँ मोडेलको गाडी नेपाली बजारमा ल्याएको छ । नयाँ सार्वजनिक गरिएको गाडीमा २२५५ एमएमकोे चौडाई ३९९९ एमएम लम्बाईको टायर प्रयोग गरिएको छ । साथै गाडीको बडी जमिन सतहबाट १८८ एमएम माथी रहेको छ । गाडीमा एन्टिलक ब्रेकिङ सिस्टम प्रयोग गरिएको छ जसले तीब्र गतिमा पनि गाडीलाई सजिलै नियान्त्रणमा लिन सकिन्छ । गाडीमा आकर्षक देखिने सनरुफ र रेयर क्यामेरा प्रयोग गरीएको छ । ग्राहकले डिजल वा पेट्रोलबाट चल्ने गाडी छनोट गर्न सक्ने कम्पनीले जनाएको छ । जुनसुकै होन्डाको स्वरुमबाट सो गाडीको बुकिङ गर्न सकिनेछ । कम्पनीले गाडीको बजार मूल्य ४१ लाख २५ हजार तोकेको छ साथै गाडीलाई फाइनान्सको सुविधाबाट पनि निकाल्न सकिनेछ ।