विकासन्युज

स्ट्याण्डर्ड चाटर्ड बैंकको सस्तो आवास कर्जा योजना, ८.८ प्रतिशत ब्याजमा पाइने

काठमाडौं । तपाइ सस्तो आवास कर्जा खोजिरहनु भएको छ ? कर्जा महंगो भएर नयाँ आवास खरिद वा निर्माण गर्न पाउनु भएको छैन ? अब चिन्ता नगर्नुस स्ट्याण्डर्ड चाटडै बैंकले सस्तो ब्याजदरमा आवास कर्जा योजना ल्याएको छ । बैंकहरुको कर्जाको ब्याजदर महंगो भएको बेला स्ट्याण्डर्ड चाटर्डले ८.८ प्रतिशतमा आवास कर्जा योजना ल्याएको छ । मासिक किस्ताको भार कम गराउन नयाँ आवास कर्जा योजना ल्याएको बैंकले जनाएको छ । आवास कर्जा लिदा सेवा शुल्क १.२५ प्रतिशत लाग्ने बैंकले जनाएको छ । पुर्ण आवास कर्जा लिनेलाई बैंकले निःशुल्क धितोको मूल्याँकन, निःशुल्क कर्जा सुचना शुुल्क, निःशुल्क क्रेडिट कार्ड र अनलाइन बैंकिङ सेवा प्रदान गर्ने जानकारी दिएको छ । कर्जाको आधार दर बमोजिम मात्र परिवर्तंन हुने बैंकले जनाएको छ । गत पुृससम्म बैंकको आधार ब्याजदर ५.८ प्रतिशत छ । अधिकाँश बैंकको आधार दर १० प्रतिशत भन्दा बढी रहेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको आकर्षक बोनसले लोभ्यायो, गतसाता सबैभन्दा बढी कारोबार

काठमाडौ । धितोपत्र बजारमा यससाता १ अर्ब ९६ करोड ३८ लाख ७१ हजार रुपैयाँ बराबरका ४५ लाख २६ हजार ५५० कित्ता सेयर खरिद बिक्री भएका छन् । नेपाल स्टक एक्सचेन्जकाअनुसार कारोबार रकम गत साताको भन्दा १५ प्रतिशत बढी हो । गत साता १७६ कम्पनीको कारोबार भएको थियो । गत साता १ अर्ब ७० करोड ७० लाख ६८ हजार बराबरका ४२ लाख ४८ हजार ७३० कित्ता शेयर खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २. ७४ अंकले घटेर अन्तिम दिन १ हजार ३४५.९९ अंकमा पुगेको छ । स्टककाअनुसार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ५.२० अंकले घटेर २८५.३८ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको २२ करोड ६२ लाख २० हजार रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएका थिए । नेपाल लाइफले ७० प्रतिशत लाभांश घोषणा गरेको छ । त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको आठ लाख १२ हजार कित्ताको शेयर कारोबार भएको हो ।स्टककाअनुसार यससाता उन्नती माइक्रोफाइनान्स वित्तीय संस्थाको ५५ लाख कित्ता साधारण शेयर सूचीकृत भएको छ । रासस

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको एकै साथ तीनवटा शाखा स्थापना

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले रुपन्देही जिल्लाका तिलोत्तमा नगरपालिकाको मंगलापुर, सैनामैना नगरपालिकाको रामापुर कलौनी र कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिकाको जितपुर ४ नं. मा शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयहरुको नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालबाट एक औपचारिक कार्यक्रमका बीच समुद्घाटन गरेका छन् । साथै सोही अवसरमा मंगलापुर शाखा कार्यालयको प्रांगणमा रहेको एटिएमको समेत समुद्घाटन गरिएको छ । उक्त अवसरमा तिलोत्तमा नगरपालिका प्रमुख वाशुदेव घिमिरे, पूर्व सांसद तथा वरिष्ठ सामाजिक व्यक्तित्व बाबुराम राना तथा नेपाल राष्ट्र बैंक भैरहवा कार्यालयका प्रमुख अशोक पौडेलले शुभकामना व्यक्त गरेका थिए । बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले अध्यक्षता गरेको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।  

प्रदूषण गर्ने जो कोहीलाई अब कारबाही– मन्त्री पण्डित

भक्तपुर । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरण प्रदूषण गर्ने अब जो कोहीलाई कारबाही गरिने बताएका छन्।भक्तपुर मध्यपुरथिमि नगरपालिका– ३ कौशल्टार र सूर्यविनायक नगरपालिका–२ बालकोटको सिमानामा पर्ने हनुमन्ते खोला सरसफाइ अभियानको आज उद्घाटन गर्दै उनले वातावरण प्रदूषण गर्नेलाई कारबाही गर्ने दृढता व्यक्त गरे। मन्त्री पण्डितले आगामी वैशाख १ गतेदेखि महानगर तथा उपमहानगरमा हरियो स्टिकर नहुने सवारी साधनलाई प्रतिबन्द लगाउने बताउँदै “वैशाख १ गतेदेखि हरियो स्टिकर नभएका सवारी साधन चल्न दिइने छैन, ४५ प्रतिशत हरियो स्टिकर भएका साधनले कालो धुवाँ फाल्छ, अब त्यस्तालाई कारबाही हुन्छ,” भने । कालो धुवाँ फाल्ने सवारी साधनलाई मात्र होइन, त्यस्ता सवारी साधनलाई हरियो स्टिकर दिएर पास गर्ने कर्मचारीलाई समेत कारबाही गरिने बताउँदै उहाँले भने – “नकुहिने प्लास्टिक उत्पादन गर्ने कम्पनीलाई अब प्रतिबन्ध लगाउने र त्यसको विकल्पमा अर्गानिक झोलालाई प्राथमिकता दिइनेछ । मन्त्री पण्डितले वातावरणको ख्याल नगरी कानून मिच्दै सञ्चालनमा आएका इँटा भट्टालाई वातावरणमैत्री बनाउने उल्लेख गर्दै गलत ढंगले सञ्चालनमा आएका भट्टालाई कारबाहीको दायरमा ल्याउने तयारी गरेको बताए । फोहोर र प्रदूषणका कारण क्यान्सरजन्य रोग बढ्दै गएको बताउँदै उनले अबको एक वर्षमा काठमाडौँमा माक्स लगाएर हिँड्ननपर्ने गरी वातावरण स्वच्छ बनाउने प्रतिवद्धता व्यक्त गरे । मन्त्री पण्डितले वातवरण प्रदूषण गर्न लागिपरेका केही ठूला होटल उद्योगलाई कारबाही गरिरहेको र अन्यलाई समेत कारबाही गरिने पनि चेतावनी दिए । कार्यक्रममा प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हनुमन्तेमा प्रदूषण बढ्दा ऐतिहासिक भक्तपुरको पहिचान गुम्दै गएको र रोगको संक्रमण बढ्दै गएकाले यसलाई रोक्न हनुमन्ते सरसरफाइ अभियान शुरु भएको बताए। भक्तपुर क्षेत्र नं २ का प्रदेशसभा सदस्य शशीजंग थापाले खोलामा फोहोर फाल्नेलाई काबराही गर्ने नीति अघि सार्नुपर्नेमा जोड दिए। कार्यक्रमका संयोजक एवं सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले हनुमन्तेलगायत यस नगरपालिकाको कुनै पनि खोलामा फोहोर फाल्नेलाई नगरपालिकाले जरिवानासहित कारबाही गर्ने बताए । रासस

राजश्व असुलीमा कडाइ गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व असुलीमा देखिएका समस्या समाधान गर्न भन्सार प्रमुखलाई निर्देशन दिएका छन् ।चालु आवको करिब चार महिना मात्र बाँकी हुँदा लक्ष्यअनुसार राजश्व असुली नभएपछि अर्थमन्त्री खतिवडाले देशभरका भन्सार प्रमुखलाई लक्षित प्रगति प्राप्त गर्न निर्देशन दिएका हुन्। भन्सार विभागका अनुसार देशभर २३ वटा प्रमुख भन्सार कार्यालय र १४३ वटा कार्यालय छन् । सरकारको लक्ष्यअनुसार ती भन्सार विन्दुबाट भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क तथा अत्य कर असुल गरिँदै आएको छ । भन्सारले कूल राजश्वको ४४ प्रतिशत तथा कर राजश्वको ५० प्रतिशत प्रतिनिधित्व गर्दछ । त्यसले गर्दा सरकारको लक्ष्य प्राप्त गर्न भन्सारको महत्वपूर्ण भूमिका हुँदै आएको छ । चालु आवको बजेटमा ७ खर्ब ३० अर्ब ५करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य राखिएकोमा यस साताको बिहीबारसम्म ४ खर्ब ७ अर्ब अर्थात ५५.७८ प्रतिशतमात्र प्रगति भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । राजस्व असुलीमा देखिएको शिथिलताप्रति कडा निर्देशन दिँदै अर्थमन्त्री डा खतिवडाले भनेका छन् –“राजस्व जोखिम हुनेगरी कुनै काम कारबाही भएको पाइए शून्य सहनशीलता अपनाइनेछ ।” रासस

पशुपति मुरारकाले भने-भन्सार बढ्छ भन्नु चिन्ताको विषय

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाले अर्थमन्त्रीको निर्देशनले भन्सार राजश्व बढ्छ भन्ने चिन्ताको विषय भएको बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत आफनो धारणा सार्वजनिक गर्दै उनले राजश्व बढ्न आयातमा वृद्धि हुन पर्ने जिकिर गरेका छन् । आयात नबढीकन राजश्व मात्र बढ्छ भन्नु विगतमा अपचलन भएको स्वीकार गर्नु हो उनले ट्विटरमा लेखेका छन् । १ अर्ब रुपैयाँ थप राजश्व थपथाप गरेर असुली भएको मुरारकाको दावी छ । यता अर्थमन्त्री डा. खतिवडाले राजश्व सचिव र भन्सार कार्यलय प्रमुखलाई चुहावट रोक्न निर्देशन दिएका छन् । नयाँ अर्थमन्त्रीले मूल्यसूचिका आधारमा बढी राजश्व संकलन गर्न भन्सार प्रमुखलाई भनेका छन् ।

प्रभावकारी बन्दै २५ सय रुपैंयाको स्वास्थ्य बीमा, ६ लाख जना बीमित

काठमाडौं । सरकारले गरिब जनताको स्वस्थ्यमा ध्यान दिदैं ल्याएको २ हजार ५ सय रुपैयाँको बीमा कार्यक्रम लोकप्रिय बन्दै गएको छ । कार्यक्रममा हालसम्म ५ लाख ८१ हजार ९४४ जना सहभागी भैसकेका छन् । बीमा कार्यक्रम सञ्चालन गर्न जिल्लाका प्रत्येक वडामा कर्मचारी खटाएको स्वास्थ्य बीमा बोर्डका अधिकृत तुलसी भट्टराइले बताए । ‘बीमा गर्ने मानिस र यसप्रतिको मानिसको धारणा सकारात्मक बन्दै गइरहेको छ, कार्यक्रम सञ्चालनमा कुनै समस्या छैन’ भट्टराइले विकासन्यूजसँग भने । स्वास्थ्य बीमा बोर्डले सेवा शुल्क बापत ३२ करोड ५० लाख रुपैंया संकलन गरेको छ । त्यसैगरी बीमित व्यक्तिको स्वास्थ्य सेवामा करिब १५ करोड खर्च भएको बोर्ड लेखा शाखाका पुरुषोतम सापकोटाले जानकारी दिए । अहिले सरकारको अनुदानको रकमबाट बीमा गरेका व्यक्तिहरुले उपचार सेवा पाईरहेका छन् । बीमीत व्यक्तिहरुबाट उठेको रकम अहिले बीमा बोर्डले जम्मा गरेर राखेको छ । अब सो रकमलाई सरकारले कुनै योजना बनाएर यसै क्षेत्रमा प्रयोग गर्न पनि सक्ने बोर्डका अधिकृत भट्टराईले बताए । यस कार्यक्रमबाट हालसम्म १५ हजार व्यक्तिले यो सेवा लिइसकेका छन् भने ६९ हजार व्यक्ति लिने प्रक्रिमा रहेका छन् । कार्यक्रम सञ्चालन भएका २७ जिल्लामध्ये सबैभन्दा बढी चितवन जिल्लमा १ लाख ९७६ जना रहेका छन् । कास्कीमा ६८ हजार र पाल्पामा ६५ हजार ८६५ जनाले बिमा गरेका छन् । त्यसैगरी कैलालीमा २४ हजार ७०३, जुम्लामा १० हजार ९७५, इलाममा ३२ हजार ९८५, जाजरकोटमा १० हजार, जुम्लामा ११ हजार, मकवानपुरमा ३२ हजार, म्याग्दीमा ८ हजार, प्युठानमा ६७ हजार र सुर्खेतमा १८ हजार जनाले बीमा गरेका छन् । आछाममा २ हजार ४४४, खोटाङमा २ हजार ८४० र भोजपुरमा ३ हजार जनाले जीबन बीमा गरेका छन् । कार्यक्रम सञ्चालन गरिएका अन्य जिल्लाहरुमा पनि बीमितको संख्या बढ्दै गएको बोर्डले जनाएको छ । सरकारले गरिब नागरिकका लागि ल्याएको यो अवधारणा प्रभावकाारी बन्दै गएको छ । जनतालाई स्वस्थ्य राख्नको लागि सरकारले २ हजार ५०० सय रुपौँमा जीवन बीमा कार्यक्रम ल्याएको हो । नेपालको संविधानको भाग ३ अन्तर्गत धारा ३५ मा स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरेको छ । यस धारामा प्रत्येक नागरिकलाई राज्यबाट स्वस्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ, भनि उल्लेख गरिएको छ । कार्यक्रम अन्तर्गत ५ जना रहेको परिवारलाई २ हजार ५०० सयमा १ वर्षका लागि ५० हजार सम्मको बीमा हुनेछ । त्यसैगरीे ५ भन्दा बढी परिवार रहेको घरमा ४२५ को दरले थप शुल्क लाग्नेछ । थप संख्या रहेको परिवारको लागि ६० हजारको बीमा एक वर्षको लागि हुनेछ । यदि एक वर्षभरिमा कुनै पनि परिवार बिरामी नभएमा सो रकम फिर्ता हुने छैन । अर्को वर्षको बीमा गर्नको लागि थप शुल्क लाग्नेछ । स्वास्थ्य बीमा बोर्डले कार्यक्रम सञ्चालन भइरहको जिल्लाहरुको प्रत्येक वडाहरुमा बीमा दर्ता गर्ने व्यक्ति खटाएको छ । अनपढ व्यक्तिका लागि पनि बीमा गर्ने कर्मचारीले सहजीकरण गर्नेछ । स्वस्थ्य बीमा विद्येयक ९परिवर्तित० २०७३ अनुसार स्वास्थ्य सेवा लिन बीमित व्यक्तिले नेपाल सरकारले तोकेको स्वस्थ्य संस्थामा जानु पर्नेछ । यसरी बीमा गरिएका परिवारका लागि पायक पर्ने अस्पताल बीमा गर्दा नै तोकिएको हुन्छ । स्वस्थ्य संस्थाबाट परिवार संख्या अनुसार ५० हजार वा ६० हजार सम्मको सेवा सुविधा प्राप्त गर्न सक्नेछन् । विद्येयकको परिच्छेद ६ को दफा ३१ मा सेवा कर्ताले ढिला सुस्ती गरेमा वा सेवा प्रदान गर्न आनाकानी गरेमा उजुरी दिन सक्ने व्यवस्था गरेको छ । त्यसैगरी परिच्छेद २ को दफा १२ मा बीमीत व्यक्तिले बीमा अवधि सकिएपछि पनि नविकरण नगरेमा दर्ता खारेजी हुने व्यवस्था गरेको छ ।

बिक्नै छाडे १ सय रुपैयाँका हकप्रद सेयर, किन पत्याएनन् लगानीकर्ताले ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको हकप्रद सेयर बिक्री हुन छाडेको छ । चालु आर्थिक वर्ष शुरु भएयता धितोपत्र बोर्डले ३४ कम्पनीलाई १९ अर्ब २२ करोड ५३ लाख रुपैयाँ बराबरको १९ करोड २२ लाख ५३ हजार कित्ता हकप्रद निष्कासन अनुमति दिएको छ । यी मध्ये अधिकांश कम्पनीको हकप्रद सेयर बिक्री नभएपछि लिलामी गरिएको छ । सूचना नपाएर साधारण हकप्रद बिक्री नभएपनि संस्थापक हकप्रद सेयर पनि बिक्री हुन छाडेको छ । देशभरबाट हकप्रद सेयर भर्न पाउने व्यवस्था नहुनु, पर्याप्त सूचना नपुग्नु र विदेशमा रहनाले पनि हकप्रद सेयर लिलामीसम्म पुगेको लगानीकर्ताका भनाई छ । चुक्तापुँजी बढाउन बैंक तथा वित्तीय संस्थाले हकप्रद सेयर निष्कासन गरेकोमा अधिकांशको बिक्री नभएपछि लिलामी गरिएको छ । पछिल्लो समयमा सिभिल बैंकको ४२ करोड ३८ लाख रुपैयाँ बराबरको ४२ लाख ३८ हजार कित्ता हकप्रद सेयर बिक्री नभएपछि लिलामी गर्न लागेको छ । सर्वसाधारणका अतिरिक्त संस्थापकले समेत हकप्रद सेयर किन्न छाडेका छन् । बैंकबाट कर्जा नपाएपछि यसको असर हकप्रद सेयरमा परेको सेयर लगानीकर्ता अम्बिकाप्रसाद पौडेल बताउँछन् । “संस्थापक लगानीकर्ताले आफ्नो खल्तिबाट लाखौ रुपैयाँ कसैले लगानी गर्दैन” उनले भने “बैंकले लगानीयोग्य पुँजी नभएको भन्दै कर्जा नदिएपछि यसको असर परेको हो ।” हकप्रद सेयर खरिदमा कम्पनीको प्रतिफल पनि मूल कारण रहेको उनको भनाई छ । “राम्रो प्रतिफल दिइरहेको कम्पनीको हकप्रद खरिद भइरहेकै छ । तर कम दिनको नभएको हो” उनले भने । सेयर मूल्य सस्तिएर राम्रो प्रतिफल नपाउने देखिएपछि संस्थापक र सर्वसधारणले हकप्रद सेयर खरिद गर्न छाडेका एक ब्रोेकर बताउँछन् । अहिले बजारमा लगानीयोग्य पुँजीको अभाव भएपछि यसको असर हकप्रद सेयरमा परेको उनको तर्क छ । संस्थापकले नै खरिद गर्न छाडेपछि अब आउने कुनै पनि हकप्रद सेयर बिक्री नहुने देखिएको उनको भनाई छ । राम्रा भनिएका बैंकहरुको हकप्रद सेयर पनि नबिकेर लिलामी गरिएको छ । माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, सिद्धार्थ बैंक र नेपाल एसबिआई बैंकको हकप्रद सेयर बिक्री नभएपछि लिलामी गरिएको थियो । मेगा बैंकको पनि हकप्रद सबै बिक्री नभएपछि १८ लाख ४० हजार कित्ता लिलामी गरिएको थियो । माछापुच्छ्रे बैंकले १ लाख ६० हजार ७४२, एभरेष्ट बैंकले ३५ हजार ८४१, सिद्धार्थ बैंकको २ लाख ५३ हजार ९२२ र नेपाल एसबिआई बैंक ४ लाख ६९ हजार ५२ कित्ता सेयर लिलामी गरेका छन । यस्तै, ओम डेभलपमेन्ट बैंकको २ लाख ५२ हजार कित्ता, सानिमामाई हाइड्रोपावर कम्पनी लिमिटेडको १ लाख ४६ हजार कित्ता हकप्रद बिक्री नभएपछि लिलामी गरिएको थियो । चालु आवमा कावेली विकास बैंक, अल्पाइन डेभलपमेन्ट बैंक, गोर्खाज फाइनान्स लिमिटेड, प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड जेविल्स फाइनान्स लिमिटेड, माउन्ट मकालु डेभलपमेन्ट बैंकको हकप्रद सेयर लिलामी गरिएका छन् । मञ्जुश्री फाइनान्स लिमिटेडको ६५ प्रतिशत संस्थापक हकप्रद बिक्री नभएपछि लिलामी गरिएको थियो । चालु आवमा सिन्धु विकास बैंक, एनआईसी एसिया बैंक, भागर्व विकास बैंक, कुमारी बैंक, हाम्रो विकास बैंक, कामना सेवा विकास बैंक, ज्योति विकास बैंक, सिटिजन्स बैंक, कञ्चन डेभलपमेन्ट बैंक, गुहेश्वरी मर्चेन्ट फाइनान्स लिमिटेड, एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर लिलाम गरिएको थियो । यस्तै हाल प्रभु बैंकको पनि ४० प्रतिशत हकप्रद सेयर निष्कासन भइरहेको छ । बैंकले चुक्तापुँजी बढाउन ४० प्रतिशत अर्थात २ अर्ब ३५ करोड २५ लाख रुपैयाँ बराबरको २ करोड ३५ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न गरेके हो । निर्धारित समयमा सेयर बिक्री नभएपछि बैंकले हकप्रद बिक्रीको समय थपेर फागुन २३ गतेसम्म पुर्याएको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि हकप्रद सेयर निष्कासन गरेको छ । अझै बैंक तथा वित्त, जलविद्युत र सुगर मिल्ससमेत गरी १६ कम्पनीले १० अर्ब ५८ करोड १० लाख रुपैयाँ बराबरको १० करोड ५८ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न बोर्डमा निवेदन दिएका छन् । यीनले बोर्डबाट स्वीकृति पाउन बाँकी छ । यी बैंकहरुको एक सय रुपैंयामा खरिद गर्न पाइने हकप्रद सेयरमा समेत लगानीकर्ताको आकर्षण देखिएन । सेयर बजार कानुनका जानकारी ज्योति दाहाल लगानीकर्तासंग पैसा नभएर हकप्रद बिक्री नभएको बताउछन् ।