अर्थमन्त्रीले अनुत्पादक क्षेत्र भनेपछि सेयर बजार झनै घट्यो
काठमाडौं । सेयर बजार आइतबार ३० अंकले भारी गिरावट आएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार अनुत्पादक क्षेत्र भनेको चर्चा चलेपछि यसको असर बजारमा परेको हो । घटिरहेको बजार नयाँ सरकार आएपछि पनि झनै घटेको छ । बीबीसीसंगको अन्तरवार्तामा अर्थमन्त्री डा. खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेको बुझाइ लगानीकर्तामा अाएको छ । अर्थमन्त्री सेयर बजार प्रति सकरात्मक छैनन् । सेयर बजारमा लगानीकर्ताको मनोवल र विश्वास झनै गुमाएको एक ब्रोकरले बताए । “नयाँ सरकार आएपछि बजार बढ्ने अनुमान गरिएको थियो तर झन घट्यो” उनले भने “अर्थमन्त्रीको अनुत्पादक क्षेत्र भन्ने समाचार बाहिर आएपछि बजार घट्नमा सहयोग पुगेको हो।” अर्थमन्त्री सेयर बजारप्रति सकरात्मक नभएको आरोप लाग्दै आएको छ । अनुत्पादक क्षेत्र भनेको चर्चा चलेपछि यसको असर बजारमा परेको हो । घटिरहेको बजार नयाँ सरकार आएपछि पनि झन् घटेकाे छ । सेयर बजारमा लगानीकर्ताको मनोवल र विश्वास झनै गुमाएको एक ब्रोकरले बताए । नयाँ सरकार आएपछि बजार बढ्ने अनुमान गरिएको थियो तर झन घट्यो उनले भने अर्थमन्त्री डा. खतिवडाको अनुत्पादक क्षेत्र भन्ने समाचार बाहिर आएपछि बजार घट्नमा सहयोग पुगेको उनको भनाई छ ।
विश्वकप छनोटमा नेपाल अाज सवा १ बजे जिम्बाबेसँग भिड्दै , जित्न सके फाइदै फाइदा
काठमाडौं । एक दिवसीय विश्वकप छनोटका निम्ति आज नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्दैछ । खेल जिम्बाबेको घरेलु मैदानमा नेपाली समयअनुसार दिउँसो सवा १ बजे खेल शुरु हुनेछ । आज हुने खेलले नेपालको दिशा निर्धारण गर्ने भएकाले नेपाल जित्नै पर्ने दबाबमा छ । पराजित गर्न सके नेपाललाई अघि बढ्न मार्गप्रशस्त हुनेछ । तर नतिजा जिम्बाबेको पक्षमा गएमा विश्वकप छनोटमा नेपालको यात्रा सहज हुनेछैन । टेस्टमा नेपाली राष्ट्रिय टिमको भिडन्त यो दोस्रो हो । यसअघि टी–२० विश्वकपमा नेपालले बंगलादेशविरुद्ध खेलेको थियो । गत महिना नामिबियामा भएको डिभिजन–२ का खेलहरूमा नेपालले अत्यन्त कठिन परिस्थितिबाट नाटकीय जित निकाल्दै विश्वकप छनोट खेल्ने मौका पाएको हो । सन् २०१९ को विश्वकप क्रिकेटमा १० देशमात्र सहभागी हुने हुँदा नेपाल पनि सहभागी हुने सम्भावना निकै झिनो छ । तर झिनै भए पनि कुनै अभूतपूर्व नतिजाले नेपाललाई विश्वकपमा पु¥याउन सक्छ । पारस खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा अघिल्लो महिना डिभिजन टुमा खेलेका अधिकांश खेलाडीले स्थान बनाएका छन् । नेपाली टोलीको उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, ललित भण्डारी, वसन्त रेग्मी, सोम्पाल कामी, शक्ति गौचन, अनिलकुमार साह, मोहमद अरिफ, रोहितकुमार पौडेल, करण केसी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र दिपी नाथ छन् । -रासस
लुम्बिनी केबलकारले ३ करोड ७५ लाखको सेयर बेच्दै
काठमाडौं । लुम्बिनी केबलकार प्राइभेट लिमिटेडले सेयर बिक्री गर्ने भएको छ । कम्पनीले ३ करोड ७५ लाख रुपैयाँ बराबरका सेयर बिक्री गर्न लागेको हो । कम्पनीले १०० रुपैंया प्रतिकित्ताका दरले ३ लाख ७५ हजार कित्ता सेयर बिक्री गर्न लागेको हो । सेयर खरिद गर्नका लागि आफ्नो भागमा पर्ने बराबरको फारम भरी सम्बन्धित बैंकमा बुझाउनु कम्पनीले सेयरधनीलाई अनुरोध गरेको छ ।
नेपाली परम्परागत पोशाक अब अलाइनबाटै किन्न पाइने
काठमाडौं । लाबिज एण्ड बार्यन फेसन लिमिटेडले फेन्सी कपडाको अनलाइन बजार सुरु गरेको छ । नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष नरेश श्रेष्ठले एक विशेष कार्यक्रमबिच कपडा डटकमको औपचारिक सुरुवात गरेका हुन् । लण्डनमा ३ वर्ष अघिदेखि सञ्चालनमा आएको कपडा डटकमले नेपाली परम्परागत पोशाकदेखि लिएर बजारमा उपलब्ध विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका पोशाक बिक्री गर्ने छ । पछिल्लो समयमा इ–कर्मश विश्व बजारमा निकै लोकप्रिय बन्दै गइरहेको र नेपालमा इ–कर्मश उद्योगको प्रवद्र्धन गर्न सघाउने उद्देश्य सहित यो अनलाइन साइट सञ्चालन गरिएको कपडा डट कमका प्रमुख कार्यकारी विष्णु पुरीले बताए । ग्रहाकले पोशाक ई–सेवा, पेपाल, डेविट तथा क्रेडिट कार्डको प्रयोग गरी अनलाइनबाट खरिद गर्न सक्नेछन् । नेपाल भित्रका उपभोक्ताले भने क्यास अन डेलिभरी समेतको समेत सुविधा पाउने छन् । यो साइटमा उपभोक्ताले नेपाली गर्मेन्ट्स, फुटवेयर, विभिन्न किसिमका गिफ्टस आइटम, केक, विद्यालयका पोशाक लगायतका सामानहरु खरिद गर्न सक्नेछन् । यी सामानको खरिदमा होम डेलिभरीको सुवधा समेत रहेको कम्पनीले जनाएको छ ।
काठमाडौं-वीरगञ्ज विद्युतिय रेलमार्गः सम्भावना खोज्ने कम्पनी एक हप्ताभित्रै
काठमाडौं । काठमाडौं-वीरगञ्ज विद्युतिय रेल मार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने कम्पनीको टुंगो एक हप्ताभित्रै लाग्ने भएको छ । रेल विभागले प्रारम्भिक छनौटमा परेका ६ वटा कम्पनीले पेश गरेको आर्थिक र प्राबिधिक प्रस्तावका आधारमा एक हप्ताभित्र एउटा कम्पनीलाई छान्ने तयारी अन्तिम चरणमा पुर्याएको हो । ‘एक हप्ताभित्र काठमाडौं–वीरगञ्ज विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने कम्पनी छनौट हुन्छ, त्यसको गृहकार्य सम्पन्न भैसकेको छ’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले विकासन्युजसँग भने । रेल विभागले सम्भाव्यता अध्ययनका लागि आव्हान गरेको ग्लोबल टेण्डरमा १५ कम्पनीले आवेदन दिएका थिए । तीमध्ये ६ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरेर आर्थिक तथा प्राबिधिक प्रस्ताव मागिएको थियो । ती प्राबिधिक प्रस्तावहरुको अध्ययन गरेर उच्चतम प्रबिधी र न्युनतम आर्थिक प्रस्ताव गर्ने कम्पनीलाई सम्भाव्यता अध्ययनको जिम्मेवारी दिन लागिएको हो ।त्यसरी तयार भएको सम्भाव्यता अध्ययन रिपोर्टकै आधारमा डिपिआर निर्माण र रेल मार्ग निर्माणको काम अघि बढाइनेछ । विभागले २०७३ मंसिर १९ गते काठमाडौं–वीरगञ्ज विद्युतिय रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्ने कम्पनी खोज्न ग्लोबल टेण्डर आव्हान गरेको थियो । विभागले सम्भाव्यता अध्ययनका लागि ७ करोड बजेट विनियोजन गरेको थियो । करिब २ सय किलोमिटर लामो हुने पुर्वानुमान गरिएको काठमाडौं-वीरगञ्ज विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययनपछि डीपीआर निर्माण गरिने योजना विभागले बनाएको छ । यी हुन सम्भाव्यता अध्ययनका लागि प्रारम्भिक छनौटमा परेका कम्पनी
स्थानिय तहको अराजकता
केही स्थानिय तहले देशको मुल कानून संविधानको मर्म विपरित निर्णय गर्न थालेका छन् । कतिपय स्थानिय तहले केन्द्रले बनाएको कानून विपरित गएर काम गरेको समाचार धमाधम आइरहेका छन् । दोलखाको शैलुङेश्वरी गाउँपालिकाले चर्नावती जलविद्युत आयोजनालाई कर लगाएको समाचार आएको भोलिपल्ट बाजुरमा पनि यस्तै अर्को घटना भएको छ । बाजुरा जिल्लाको गौमुल गाउँपालिकाले कानून विपरित लघुवित्त संस्थालाई कारोबारमा रोक्न निर्देशन दिएको छ । गाउँपालिकाको फागुन ८ गते बसेको गाउँसभाले लघुवित्त कारोबार गरिरहेका ३ संस्थालाई १ मनिाभित्र कारोबार बन्द गर्न निर्देशन दिएको छ । गाउँपालिकाले निर्धन उत्थान विकास बैंक, किसान लघुवित्तीय संस्था लिमिटेड र डिप्रोक्स लघुवित्त विकास बैंकलाई कारोबार रोक्न निर्देशन दिएको हो । गाउँसभाले सहकारी संस्थालाई मात्र वित्तीय कारोबार गर्न दिने निर्णय गरेको खबर आएको छ । सरकारले वित्तीय पंहुच बढाइरहेका बेला नियम विपरित गाउँपालिकाले आफुखुसी निर्णय गरेर वित्तीय संस्था बन्द गराउन लागेका छन् । यता नियामक नेपाल राष्ट्र बैंकले कार्य क्षेत्रभन्दा बाहिर गएर यस्तो निर्णय स्थानीय तहले गर्न नसक्ने बताएको छ । लघुवित्त संस्थामा बचत गरेका बचकर्ताको रकम फिर्ता गरिदिन समेत निर्देशन दिइएको छ । शुक्रबार बसेको लघुवित्त बैंकर्स संघको बैठकले राष्ट्र बैंक समक्ष स्थानीय निकायबाट आउने यस्ता खालका निर्णयहरु रोक्न पहल गरिदिन आग्रह समेत गरेको छ । गाउँपालिकाको निर्णयले ७५३ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको पहुंच पुर्याउने सरकारको योजनालाई चुनौति दिएको छ । सरकारले दुर्गमा गाउँमा बैंक तथा वित्तीय संस्थाको पहंच पुगेन भनेर बैंकलाई शाखा विस्तार गर्न जोड दिइरहेको बेला यस विपरित बाजुराको गौमुल गाउँपालिकाले सहकारी संस्थालाई मात्र प्रोत्साहन दिने भन्दै लघुवित्त संस्थालाई हटाउन थालेको छ । गाउँपालिकाको निर्णयबाट दुर्गम गाउँमा लघुवित्त सेवा दिदै आएका वित्तीय संस्था अन्यौलमा परेका छन् । बैंक तथा वित्तीय संस्था ऐनले देशका कुनै पनि भु–भागमा गएर बैंकिङ सेवा प्रदान गर्न खुला गरेको छ । तर त्यही क्षेत्रका जनताको जीवनस्तर उकास्न र उद्यमशिलताको विकासका हेतु स्थापना भएका संस्थालाई बन्द गरेर गाउँपालिकाकाले के गर्न खोजेको हो ? नेपालमा लघुवित्त सेवा प्रभावकारी बन्दै गएको छ । लघुवित्तले गर्दा ग्रामिण क्षेत्रमा लघु व्यवसाय सञ्चालन हुनुका साथै विशेष गरी महिलालाई बढी रोजगारी दिएको छ । बैंक नपुगेको क्षेत्रमा गएर लघुवित्तले कर्जा सुविधा प्रदान गर्दै आएको छ । बंगलादेशमा आज लघुवित्त सेवाले गर्दा मध्यमवर्गिय समाजको उदय भएको छ । यसले बंगलादेशको आर्थिक विकासमा ठुला टेवा पुर्याएको छ । राष्ट्र बैंकले दुर्गम स्थलमा लघुवित्त खोल्न चाहनेलाई अनुमति दिदै आएको छ । राष्ट्र बैंकको प्राथमिकता दुर्गम क्षेत्रमा लघुवित्त सेवा दिने छ । अझै आधा स्थानीय तहमा वित्तीय सेवा पुग्न नसकेपछि केन्द्रीय बैंकले ग्रामीण क्षेत्रमा जान बैंक तथा वित्तीय संस्थालाई दवाव दिदै आएको छ । बैंक तथा वित्तीय संस्था खोल्न सहज वातावरण बनाउनु पर्नेमा गाउँपालिका नै बन्द गर्न लागेपछि यो समस्या अन्य गाउँपालिकामा आउने भएको छ । आज गौमुल गाउँपालिकाको यो कानून विपरितको निर्णय गरेको छ । गौमुल जस्तै अन्य स्थानीय तहले पनि गर्न सक्छन् । त्यसैले गौमुलले यो निर्णयलाई सच्याउनुपर्छ । स्थानिय तह केन्द्रीय कानून विपरित कर उठाउने संस्था बन्द गर्नतर्फ उद्यत भएका दखिएका छन् । यस्ता स्थानीय तहलाई तत्काल लगाम लगाउनु पर्ने देखिएको छ ।
भारतमा एनएमबी बैंकको डेविटकार्डबाट कारोबार शुल्क १५० मात्र
काठमाडौं । एनएमबी बैंकले भारतबाट भीसा र डेविट कार्डबाट रकम झिक्दा घटाएको छ । भारतमा एनएमबी डेविट कार्डबाट कुनै पनि एटीएम कारोबार गर्दा शुल्क १५० रुपैयाँ मात्र लिने भएको छ । यसअघि यस्तो शुल्क २५० रुपैयाँ थियो । यो सहुलियत स्वास्थ्य परीक्षण र घुमफिरमा जानेलाई फाइदा हुने बैंकले जनाएको छ ।
मञ्जुश्री फाइनान्सले चैत १२ देखि हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले चैत ८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । फाइनान्सले चुक्तापुँजी बढाउन ५ प्रतिशत अर्थात ३ करोड ६२ लाख १९ हजार रुपैयाँ बराबरको २ लाख ६२ हजार १९० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद निष्कासन बैशाख १२ गते बन्द हुने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धन एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । हकप्रद निष्कासनपछि फाइनान्सको चुक्तापुँजी बढेर ८० करोड रुपैयाँ पुग्ने छ । फाइनान्सको चुक्तापुँजी ७२ करोड ४३ लाख रुपैयाँ छ ।