पश्चिमसेतीमा थ्री गर्जेजकाे पीपीए दर बढाउन र डलर जोखिम व्योहर्ने पुरानै अडान, सहमतीकाे संभावना न्युन
काठमाडौं । चाइना थ्री गर्जेज इन्टरनेसनले कर्पोरेशनले पश्चिम सेती आयोजनाको विद्युत खरिद दर (पीपीए) दर बढाउनु पर्ने र डलर जोखिम नेपाल विद्युत प्राधिकरणले व्यहोर्नुपर्ने अडान पुनः दोहर्याएको छ । लगानी बोर्डसंग आइतबार भएको छलफलमा चाइना थ्री गर्जेजले हाल निर्धारण भएको पीपीए दरले आयोजना आर्थिक रुपमा आर्कषक नहुने भन्दै यसलाई बढाउनु पर्ने आफनो भनाई पुनः दोहर्याएको हो । यस्तै डलर जोखिम प्राधिकरणले लिनुपर्ने, डलर भुक्तानीको समयसीमा बढाउनु पर्ने पहिलाको माग दोहरयाएको बोड स्रोतले जानकारी दियो । हाल भइरहेको अध्ययनका लागि चीनबाट लगानी ल्याउन नेपाल राष्ट्र बैंकको ऐन वाधक भएको भन्दै यसलाई सहजीकरण गर्न उसको माग थियोे । मुलुकको सार्वभौम र १७ प्रतिशत प्रतिफलको पनि प्रत्याभूति हुनुपर्ने अडान थ्री गर्जेको थियो । थ्री गर्जेजले पाकिस्तानमा दिएको सुविधाको बारेमा जानकारी गराउदै सोही अनुसारको व्यवस्था नेपालमा पनि हुनु पर्ने सुझाएको छ । “हामीले उसका कुरा सुन्यौ । सबै विषय प्राधिकरणसंग सम्बन्धित भएकाले सोमबार बैठक बसेर टुङाउन सुझाव दिएका छौ ।” स्रोतले भन्यो । सोमबार विद्युत प्राधिकरण र थ्री गर्जेजकाबीच पीपीए दर, डलर जोखिम वहनलगायतका विषयमा छलफल हुने भएको छ । ७५० मेगावाटको पश्चिम सेती जलाशययुक्त आयोजना बनाउन प्राधिकरणसँग संयुक्त लगानी सम्झौता (जेभीए)पछि भएको छलफलमा हालको विद्युत खरिद दर (पीपीए) ले पश्चिमसेती आयोजना आर्थिक रुपमा आर्कषक नहुने भन्दै यसलाई बढाउनु पर्ने बताएको छ । उसले पीपीए दर र डलर जोखिमको विषयमा अडान लिएपछि जेभीए बाहेक अन्य कुनै पनि विषयमा सहमति भएको छैन् । प्राधिकरण निर्धारण भएको पीपीए दर पुनरावलोकन गर्ने र डलर जोखिम सबै व्योहर्ने पक्षमा नभएको स्रोतको भनाई छ । यता सरकारले जलाशययुक्त आयोजनाको पीपीए दर तयार गरी मंसिर १५ देखि जेठ १५ सम्म प्रतियुनिट १२ रुपैयाँ ४० पैसा र जेठ १६ देखि मंसिर १४ सम्म वर्षादको ६ महिनामा प्रतियुनिट ७ रुपैयाँ १० पैसा निर्धारण गरेको छ । सुख्खायाममा न्युनतम ३५ प्रतिशत ऊर्जा उत्पादन भएको हुनुपर्ने नयाँ पीपीएमा व्यवस्था छ । जेभीएअनुसार आयोजनामा थ्री गर्जेजको ६५, विद्युत प्राधिकरणको २५ र आयोजना प्रभावित स्थानियबासिन्दाको १० प्रतिशत लगानी हुने गरी सेयर संरचना तयार पारिएको छ । ६५ प्रतिशत मध्ये १४ प्रतिशत नेपाली लगानीकर्तालाई थ्री गर्जेजले स्वामित्व बेच्न सक्ने व्यवस्था गरेको छ । आयोजना निर्माण भई सञ्चालनमा आएको ५ वर्षसम्म ५१ प्रतिशत स्वामित्वबाट घट्न नपाइने व्यवस्था गरिएको छ । आयोजना वेष्ट सेती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडमार्फत निर्माण हुनेछ । विद्युत प्राधिकरणले लगानी गर्नुपर्ने २५ प्रतिशत स्वपँजी (इक्विटी) का लागि थ्री गर्जेजले चाइना निर्यात–आयात (एक्जिम) बैंकबाट सहुलियत दरमा कर्जा उपलब्ध गराउने सहमति भएको छ । प्राधिकरणले लगानी गर्ने स्वपुँजीको व्यवस्था थ्री गर्जेजले गर्ने भएको छ । ०६९ भदौमा भएको समझदारीपत्र (एमओयू) भएको हो । आयोजना निर्माणका लागि १ खर्ब ६० अर्ब रुपैयाँसम्म लगानी सरकारबाट ल्याउन स्वीकृति पाइसकेको छ । आयोजनाबाट वार्षिक ३ अर्ब ३३ करोड युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ । आयोजना सुदूरपश्चिमका डोटी, डडेलधुरा, बैतडी र बझाङ जिल्लामा पर्छ । आयोजा निर्माणपछि खपत केन्द्रसम्म बिजुली पु¥याउन आवश्यक ४ सय किलोमिटर लामो ४ सय केभीए क्षमताका प्रसारणलाइन बनाउन थप ४० अर्ब रुपैयाँ बढी लगानी लाग्ने छ । सरकारले जलासययुक्त आयोजनाको पीपीए दर सार्वजनिक गरिसकेको छ । आयोजना अघि बढाउन २ हजार ३२० हेक्टर क्षेत्रफल अधिग्रहण गर्नुपर्ने देखिएको छ ।
वृज सिमेन्टले गुरुद्वारा गुरुनानक समितिलाई ४ लाखको सिमेन्ट दियो
काठमाडौं । केडिया अर्गनाईजेशनअन्तर्गत वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले ललितपुरको कानदेवता थानमा रहेको गुरुद्वारा गुरुनानक सत्संग समितिलाई ४ लाख रुपैयाँ बराबरको सिमेन्ट सहयोग गरेको छ । पुष्पतारा केडिया सेवा संस्थाद्वारा आयोजित एक कार्यक्रममा इण्डष्ट्रिजले उक्त गुरुद्वारा गुरुनानक सत्संग समितिलाई सहयोग गरेको हो । आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत कम्पनीले बिभिन्न देशबाट नेपालका धार्मिक तीर्थस्थलहरुमा दर्शन एवं पुजा गर्न आउने भक्तजनहरुलाई बसोवासको लागि गुरुद्वाराले धर्मशाला निर्माण शुरु गरेको भन्दै सहयोग गरेको जनाएको छ । कम्पनीको अनुसार निर्माण हुदै गरेको धर्मशालाको भवन २४ कोठाको हुनेछ । भवनमा बस्न आउने भक्तजन तथा तिर्थालुहरुलाई गुरुद्वारले निशुल्क खाना र बस्नको व्यवस्था गर्नेछ । गुरुद्वार पंजावीहरुको गुरु, गुरुनानको नाममा खोलिएको हो । भवनमा बासस्थाको साथसाथै बिवाह, ब्रतवन्ध तथा अन्य भागवत बाचनको लागि समेत उपयुक्त हुने भवनका संरक्षक बलवन्त सिंहले बताएका छन् ।
राष्ट्रियसभाका ५५ सदस्यद्धारा शपथ
काठमाडौं । राष्ट्रियसभाका ५५ जना सदस्यले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको राष्ट्रियसभा कक्षमा आज साँझ आयोजित एक कार्यक्रममा ज्येष्ठ सदस्य तारादेवी भट्टले उनीहरुलाई शपथ दिलाएका हुन् । केही सांसदले आ–आफ्नो मातृभाषामा शपथ लिएका थिए । शपथ कार्यक्रममा राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादव भने उपस्थित थिएनन् । मुलुकका प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपांगता वा अल्पसंख्यकसहित आठ जनाका दरले राष्ट्रियसभामा प्रतिनिधित्व हुने संवैधानिक व्यवस्था रहेको छ । राष्ट्रियसभामा नेकपा (एमाले) का २७, नेपाली काँग्रेसका १३, नेकपा (माओवादी केन्द्र)का १२, राष्ट्रिय जनता पार्टी दुई र संघीय समाजवादी पार्टी नेपालका दुई जना सदस्यको प्रतिनिधित्व रहेको छ । शपथ ग्रहणपछि संघीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईबाट नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना व्यक्त भयो । त्यसपछि राष्ट्रियसभा सदस्यलाई तोकिएको लोगो लगाउन भनिएको थियो । सरकारको सिफारिशमा राष्ट्रपतिबाट नियुक्त भएका तीन जना सदस्यलाई भने सर्वोच्च अदालतको ‘शपथ नगराउनू’ भन्ने अन्तरिम आदेशपछि उनीहरुको शपथ रोकिएको हो । यसअघि ज्येष्ठ सदस्य भट्टलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै पद तथा गोपनीयताको शपथ दिलाएका थिए। राष्ट्रियसभा सदस्यमा अहिले २१ महिला र ३५ पुरुषको प्रतिनिधित्व रहेको छ । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहने ५९ सदस्यीय राष्ट्रियसभामा राष्ट्रको विविध क्षेत्रका बौद्धिक व्यक्तित्वहरु उपस्थिति रहने गर्छ । संघीय गणतन्त्र नेपालको संविधान जारी भएपछि राष्ट्रियसभा पहिलो पटक गठन भएको हो । नेपालको संविधानको धारा ८६ मा राष्ट्रियसभा गठन र पदावधिसम्बन्धी व्यवस्था रहेको छ । छ वर्ष कार्यकाल रहने राष्ट्रियसभाका सदस्यमध्ये एक तिहाईको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुनेछ । संविधानको धारा ८८ बमोजिम सदन वा समितिको बैठकमा भाग लिनुअघि शपथ लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । रासस
एलजीले ‘फ्री एसी सर्भिस क्याप’ शुरु गर्ने, जुनसुकै एसी निशुल्क सर्भिसिङ्ग गराउन सकिने
काठमाडौं । एलजीले यस वर्ष पनि ‘फ्री एसी सर्भिस क्याप, २०१८’ शुरु गर्ने भएको छ । यस क्याम्प अन्तर्गत ग्राहकहरुले जुन सुकै ब्राण्डको एसी निशुल्क सर्भिसिङ्ग गराउन सक्ने छन् । साथै, एलजीकै एसीभएमा स्पेयर पार्टस्मा विशेष छुट दिइने छ । नयाँ एलजी एसी किनेमा अथवा अरु कुनै एसीसँग नयाँ एलजी एसी साटेमा पनि विशेष छुट पाईने कम्पनीले जनाएको छ । यस क्याम्पअन्तर्गत पहिलो चरणमा काठमाडौं, नारायणगढ, बुटवल, पोखरा, नेपालगंज र धनगढी मा यो क्याम्पको लागि रेजिस्ट्रेशन गर्न सकिने छ । त्यस्तै, दोस्रो चरणमा विराटनगर, इटहरी, धरान र विर्तामोडमा रेजिस्ट्रेशन गर्न सकिने छ । पहिलो चरणको रेजिस्ट्रेशनगर्नको लागि फाल्गुण २० गते देखि चैत्र ०२ गते कम्पनीमा सम्पर्क अथवा इमेल गर्नुपर्ने हुन्छ । त्यस्तै, सोही नम्बरहरु वा इमेलमा चैत्र ०४ देखि चैत्र १६ सम्म दोस्रो चरणका लागि रेजिस्ट्रेशन गर्न सकिने कम्पनीले बताएको छ । नेपालका लागि एलजी ब्राण्डको आधिकारीक विक्रेता चौधरी ग्रुप अन्तर्गत सि.जी. इम्पेक्स प्रा.ली. हो ।
भ्रष्टचारीलाई कारबाही गर्न सहज, जो त्रसित छ अझ बढी त्रसित बन्नेछ– उद्योगमन्त्री यादव
काठमाडौं । मुलुकको समग्र आर्थिक विकास हासिल गर्न आवश्यक औद्योगिकरण, उपभोक्ताहरुको हीतको लागि माल–वस्तु सहज, सरल र नियमित आपूर्ति हुनु पर्नेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले जोड दिए । उनले त्यसको लागि एकीकृत योजना बनाइ कार्यान्वयन गर्ने संकल्प गरे । ‘आर्थिक क्षेत्रको तीव्र विकास एवं सुशासनको प्रत्याभूति प्रदान गर्न भ्रष्टाचारमा शुन्य सहनसिलता अपनाउने छु,’ उनले भने ‘जो भ्रष्टाचारमा लिप्त छ, ऊ त्रसित भएमा अझ बढी त्रसित बन्नेछ ।’ भ्रष्टाचारीलाई कारवाही गर्न वाम गठबन्धनका दुवै शीर्ष नेताहरुको सार्वजनिक वक्तव्य आइसकेको भन्दै उनले कारवाहीको लागि अझ सहज र सजिलो हुने जानकारी दिए । उनले आइतबार नेपाल उद्योग परिसंघका अध्यक्ष हरि भक्तशर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसँगको भेटमा भ्रष्टचारीलाई कारवाही गर्ने सम्बन्धमा जोड दिएका थिए । सरकार उद्यमी व्यवसायीसँग सहकार्य गर्न तत्पर रहेको र यसमा निजी क्षेत्रको सहयोग आवश्यक रहेको उनको भनाइ छ । सो अवसरमा नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले औद्योगिक क्षेत्रको विकास एवं उत्थानको लागि सरकारसँग सहकार्य गर्न निजी क्षेत्रले सरकारलाई अभिभावकको रुपमा हेरेको बताए । छिमेकी मुलुकले उद्योग, वाणिज्य र आपूर्ति व्यवस्थापन क्षेत्रमा गरेको तीव्रतर आर्थिक विकासबाट नेपालले पनि लाभ लिनु पर्नेमा उनको जोड छ ।
सेञ्चुरी कमर्सियल बैंक र नर्भिक इन्टरनेशनल हस्पिटलबीच सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र नर्भिक इन्टरनेशनल हस्पिटलबीच बैंकका ग्राहकहरु, शेयरधनी तथा कर्मचारीहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका काम. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख बजार अधिकृत प्रविण दावरले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सेञ्चुरी प्रिमियम बचत र सेञ्चुरी प्लाटिनम बचत क्रेडिट कार्ड, शेयरधनीहरु त्था कर्मचारीहरुले १० प्रतिशतसम्म प्याथोलोजी, रेडियोलेजी, मेम्मोग्राम, सर्जरी र कार्रदियाकनंन इन्भेसिभ जाँचमा छूट पाउनेछन् । साथै, बेड चार्जमा ५ प्रतिशत छुट पनि पाउनेछन् ।
७ जनाको हत्या गरी फरार रहेका सकिल हुसेनलाई कतारबाट पक्राउ गरी नेपाल ल्याइयो
काठमाडौं । नेपालमा ७ जनाको हत्या गरी फरार रहेका सकिल हुसेन कतारबाट पक्राउ परेका छन् । हुसेनलाई रेड कर्नर नोटिसको आधारमा इन्टरपोल प्रहरी कतारले पक्राउ गरेको हो । हुसेनमाथी सप्तरीका ईद्रीस खलिफा नट, जैतुन खातुन, सैरुन खातुन, सहबुद मिँया, सगिरा खातुन, दुलारीदेवी साह र निर्मलादेवी साहको हत्या गरी फरार रहेको आरोप लागेको छ । यसअघि उनीमाथी ७ जनाको हत्या गरी फरार रहेको अभियोगमा सप्तरी जिल्ला अदालतमा सर्वस्व सहित जन्मकैद सजायको माग दावी गरिएको थियो । हुसेनलाई इन्टरपोल नेपालको समन्वयमा कतारबाट पक्राउ गरी इन्टरपोल कतारबाट खटि आएका प्रहरी अधिकृतको साथ आइतबार नेपाल ल्याइएको हो । प्रतिवादी हुसेनलाई नेपाल प्रहरीको अनुरोधमा इन्टरपोल सचिवालयबाट सन् २०१५ जुन २२ मा रेडक्रनर नोटिस जारी भएको थियो । अब हुसेनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।
एशियन लाईफ इन्स्योरेन्सको इलाम र बागलुङ्गको उपशाखा शाखामा स्तरोन्नती
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले इलाम र बागलुङ्गको उपशाखालाई शाखामा स्तरोन्नती गरेको छ । कम्पनीले इलामकाे उपशाखालाई स्तरोन्नती गरी यस कम्पनीको २७ औं शाखाको रुपमा आइतबार(आज)देखि संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले गरेका थिए । त्यसैगरी, बागलुङ्गमा अवस्थित उपशाखालाई स्तरोन्नती गरी यस कम्पनीको २८औं शाखाको रुपमा आजैदेखि संचालनमा ल्याएको छ । कम्पनीले २८ वटा शाखा र ६७ वटा उपशाखाहरु गरी जम्मा ९५ वटा शाखा तथा उपशाखा मार्फत सेवाग्राहीहरुलाई बीमा सेवा प्रदान गर्दै आईरहेको छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाब्यताको आधारमा थप शाखा तथा उपशाखा कार्यालयहरु खोल्दै लैजाने यस कम्पनीको लक्ष्य रहेको छ ।