९० मोटरसाइकल सहित १३८ सवारी चोरी, ८ मोटरसाइकल भेटीए
काठमाडौं । उपत्यकामा एक महिनामा १३८ वटा सवारीसाधन चोरी भएका छन् । उपत्यकाको विभिन्न स्थानबाट ९० मोटरसाइकल सहित १३८ मोटरसाइकल चोरी भएको हो । महानगरीय ट्राफिक कार्यलयका अनुसार गत फागुन महिना भरिमा ४० वटा स्कुटी, ट्रक, टीपर, स्करपियो, कार १–१ र ५ वटा साइकल चोरी भएको छ । चोरी भएका सवारी साधनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । यसैगरी प्रहरीले ८ वटा सवारी साधन फेला पारेको छ । फेला परेको मध्ये ५ वटा मोटरसाइकल र ३ वटा स्कुटी रहेको छ । प्रहरीले यी सवारी साधन वेवारिसे अवस्थामा फेला पारेकाे हुाे । सवारी लिन सवारी लिनलाई आवश्यक कागजात सहित प्रहरी कार्यलयमा सम्पर्क गर्न प्रहरीले आग्रह गरेको छ ।
५७ कम्पनीको साढे १४ अर्बको बोनस सेयर सुचिकृत, हेर्नुस् कसको कति ?
काठमाडौं । चालु आर्थिक वर्ष शुरुभएपछि विभिन्न ५७ कम्पनीको १४ अर्ब ४१ करोड रुपैयाँ बढीको बोनस सेयर सुचिकृत भएको छ । कारोबारका लागि बोनस सेयर सुचिकृत हुनेमा अधिकाँश बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । न्युनतम ५ देखि ११४ प्रतिशतसम्म बोनस सेयर सुचिकृत भएका छन् । सबैभन्दा कम नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको छ । उसले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर दिएको छ । हालसम्म सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनी लिमिटेड रहेको छ । राष्ट्रिय बीमाले ११४ प्रतिशत बोनस दिएको छ । यस्तै कालिका माइक्रोक्रेडिट वित्तीय संस्था लिमिटेडको ६५ प्रतिशत बोनस सेयर सुचिकृत भएको छ । (थप क-कसको भयो? हेर्नको लागि यसमा क्लिक गर्नुहोस्)
डेपुटी गभर्नरद्धारा एकैदिन ओम डेभलपमेन्ट बैंकको ३ शाखा उद्घाटन
काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडले एकैदिन उपत्यकाको तीन स्थानमा नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंको गोंगबु, बानेश्वर र ललितपूरको सातदोबाटोमा नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएको हो । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले मंगलबार उक्त ३ वटै शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रममा बैंकले सुमेरु सामुदायिक अस्पताल र मानव सेवा आश्रमलाई ह्विल चेयरहरु बितरण गरेको छ । बैंकले फाल्गुन मसान्तसम्म १८ अर्ब १५ करोड निक्षेप संकलन गरी १६ अर्ब ३२ करोड कर्जा लगानी गरेको छ । हाल बैंकको शाखा संख्या ५२, कर्मचारी संख्या ३९९, ग्राहक संख्या करिब २ लाख ३१ हजार, एटिएम संख्या ११ रहेको छ ।
ऊर्जामन्त्री पुनले भने –भारतबाट बिजुली आयात छिट्टै बन्द हुन्छ
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले भारतबाट हुने बिजुलीआयात प्रतिस्थापन गरी ऊर्जामा मुलुकमा आत्मनिर्भर बनाउने योजना सार्वजनिक गरेका छन् । उनले लोडसेडिङ हटाउन भारतबाट आयात भइरहेको ५ सय मेगावाट बिजुली आयात प्रतिस्थापन गर्ने सरकारको पहिलो योजना रहेको उनले सुनाएका हुन् । मन्त्री भएपछि मन्त्रालयमा पत्रकारसंग अन्तरक्रिया गर्दै उनले नेपालले बिजुली, पेट्रोलियम गरी भारतबाट मात्रै वार्षिक डेढ खर्ब रुपैयाँको ऊर्जा आयात गरिरहेको जानकारी दिए । “अब सरकारले बिजुली र ग्यासको आयात प्रतिस्थापन गर्नेछ” उनले भने “केही वर्षमा नेपाल आत्मनिर्भर हुने छ ।” १० वर्षमा १० हजार मेगावाट बिजुली आवश्यक पर्ने बताउदै उनले सरकारको ध्यान ऊर्जा उत्पादनमा जाने स्पष्टपारे । आयोजना बनाउने वास्तविक प्रवद्र्धकलाई लाइसेन्स दिने उनले बताए । “जलविद्युतमा धेरै विचौलिया देखेको छु” उनले भने अब आयोजना ओगटेर र व्यापार गर्नेका दिन गए । काम गर्नेले मात्र बिजुलीको लाइसेन्स पाउने छन् ।” सरकारले ५० प्रतिशत जलसययुक्त आयोजना निर्माण गर्ने योजना राखेको बताए । निर्माणधिन माथिल्लो तामाकोसी आयोजनामा ढिलाइ भइरहेको बताउदै उनले यसलाई गति दिने जानकारी दिए ।
नबिल फाउण्डेशन र तिलगंगा आँखा प्रतिष्ठानबीच एमओयुमा हस्ताक्षर
काठमाडौं । नबिल फाउण्डेशन र तिलगंगा आँखा प्रतिष्ठानबीचमा मंगलबार एक समझदारीपत्र(एमओयु)मा हस्ताक्षर सम्पन्न भएको छ । उक्त समझदारी पत्रमा नबिल फाउण्डेशनका तर्फबाट अध्यक्ष दयारामगोपाल अग्रवाल र तिलगंगा आँखा प्रतिष्ठानका तर्फबाट डा.रीता गुरुङ्गले हस्ताक्षर गरेका छन् । आँखाको नानीमा समस्या भएको कारण दृष्टिविहीन भएर रहेका तथा आर्थिक अभावले गर्दा उपचार समेत पाउनबाट बञ्चित दृष्टिविहीनहरुको हितलाई मध्यनजर गर्दै दुई संस्थाले सम्झौता गरेका हुन् । यस समझदारीपत्र अनुसार सहयोग आवश्यक रहेको भनी तिलगंगा आँखा प्रतिष्ठानद्धारा सिफारिश गरिएका त्यस्ता व्यक्तिहरुमा आँखाको नानी प्रत्यारोपण गर्नका लागि नबिल फाउण्डेशनले तिलगंगा आँखा प्रतिष्ठानमार्फत आर्थिक सहयोग उपलब्ध गराउने छ । यस कार्यक्रमलाई “नबिल फाउण्डेशनसँगको सहकार्यमा तिलगंगाद्वारा सबैका लागि दृष्टि” भनी सम्बोधन गरिएको छ । तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा, काठमाडौंमा आयोजित एक समारोहमा नबिल वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुईत, नबिल बैंक सञ्चालक समितिका अध्यक्ष शम्भुप्रसाद पौड्याल, कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह तथा दुबै संस्थाका अन्य पदाधिकारीहरु समेतको सहभागिता रहेको थियो । सो कार्यक्रममा नबिल फाउण्डेशनका अध्यक्ष अग्रवालले आँखा दान र प्रत्यारोपण जस्तो यस पवित्र अभियानमा फाउण्डेशनले केही सहयोग गर्न सकेकोमा सन्तुष्टी व्यक्त गरेका छन् । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. रुईतले मानिसहरुलाई दृष्टिविहीन हुनबाट जोगाउन तिलगंगा आँखा प्रतिष्ठानले अनवरत प्रयास गरी रहेको बताएका छन् ।
टिभीएसको नयाँ वर्ष अफर, मोटरसाइकल/स्कुटीको खरिदमा ८ हजार पुरस्कार
काठमाडौं । नेपाली बजारमा स्कुटर तथा मोटरसाइकल बिक्री वितरण गर्दै आएको टिभीएस कम्पनीले नयाँ वर्ष योजना ल्याएको छ । ग्राहकहरुका लागि कम्पनीले ‘नयाँ बर्षको सुरुवात, जिवन भरको साथ’ नामक नयाँ योजना ल्याएको हो । अब रहेक ग्राहकले स्कुटर तथा मोटरसाइकलको खरिदमा ८००१ रुपैंया पुरस्कार प्राप्त गर्न सक्छन् । देशैभर सेल्स, सर्भिस र स्पेर्स सहितको अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ । यस योजना सिमित अवधिका लागि मात्र लागू हुनेछ । ग्राहकहरुले कम्पनीको जुनसुकै डिलरबाट यो सुविधा लिन सक्छन् ।
सेञ्चुरी कमर्सियल बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र इन्स्योरेन्सका निमित्त प्रमुख कार्यकारी अधिकृत किसोरप्रसाद लामिछानेले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।
आगामी डेढ वर्षभित्र ८०० मेगावाट विद्युत् उत्पादन, यस्तो छ निजी क्षेत्रको तयारी
काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीले आगामी डेढ वर्षभित्र ८०० मेगावाट विद्युत् उत्पादन गर्ने भएका छन् । प्राधिकरणले तयार पारेको कार्ययोजनाका आधारमा माथिल्लो तामाकोशी, कुलेखानी तेस्रो, माथिल्लो त्रिशूली थ्री ‘ए’, साञ्जेन, रसुवागढीजस्ता आयोजनाबाट विद्युत् उत्पादन हुनेछ । स्वदेशी आयोजना निर्माण सम्पन्न भएपछि विद्युत्मा आत्मनिर्भर बन्न सकिने प्राधिकरणको बुझाइ छ । ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउने लक्ष्य पूरा गर्नसमेत निर्माणाधीन आयोजना समयमै सम्पन्न गर्नुपर्ने दबाबमा प्राधिकरण रहेको छ । प्राधिकरणका अनुसार आगामी डेढ वर्षभित्र माथिल्लो साञ्जेन १४.८ मेगावाट, साञ्जेन ४२.५ मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न हुनेछ । साञ्जेन जलविद्युत् कम्पनीका प्रमुख किरण श्रेष्ठले दुवै आयोजनाको भौतिक निर्माण कार्य करिब ७० प्रतिशतको हाराहारीमा पुगेको जानकारी दिएका छन् । त्यसमा माथिल्लो साञ्जेनको प्रगति भने उल्लेख्य रुपमा सकारात्मक रहेको छ । यस्तै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी आयोजना २०७५ साल मंसिर मसान्तमा सम्पन्न हुनेछ । सरकारले सो आयोजनामा सबै प्रकारको सहयोग उपलब्ध गराएको छ । आयोजनाको काम द्रुत रुपमा भइरहेको प्रवक्ता डा गणेश न्यौपाने बताए । यस्तै भूकम्प र नाकाबन्दीका कारण समस्यामा परेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजना भने आगामी डेढ वर्षभित्र सम्पन्न गर्ने गरी कार्यतालिका तयार गरिएको छ । यस्तै चालू आवभित्रै कुलेखानी तेस्रो जलविद्युत् आयोजना सम्पन्न गर्ने भनिए पनि निर्माण व्यवसायीका कारण ढिलाइ भइरहेको छ । कूल १४ मेगावाट क्षमताको सो आयोजनाको भौतिक निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भए पनि ‘हाइड्रोमेकानिकल’ र इलेक्ट्रोमेकानिकल’ को काम रोकिँदै आएको छ । यस्तै १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजना पनि डेढ वर्षभित्र निर्माण सम्पन्न हुनेछ । सो आयोजनाको हाल ६५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको आयोजना प्रमुख माधव कोइरालाले जानकारी दिए । यस्तै मध्यभोटेकोशी जलविद्युत् आयोजनालाई पनि २०७५ सालको अन्त्यसम्म निर्माण सम्पन्न गर्ने गरी कार्यतालिका तय गरिएको छ । तर सो आयोजनाको कार्यप्रगति भने हालसम्म ४० प्रतिशतमात्रै सम्पन्न भएको छ । निर्माण सम्पन्न भइसक्नु पर्ने राहुघाट जलविद्युत् आयोजना ठेकेदार छनोटको प्रक्रियामा नै अल्झिएको छ । काम नगरेपछि ठेक्का सम्झौता तोडेर नयाँ प्रक्रियामा जाँदा राहुघाटको निर्माण शुरु हुनै सकेको छैन । सो आयोजनाको क्षमता ३२ मेगावाटबाट बढाएर ४० पुर्याइएको छ । प्राधिकरणका अनुसार माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजनाको ठेकेदार छनोटको प्रक्रिया शुरु भएको छ । प्राधिकरण र नेपाल टेलिकमलगायतको लगानी रहने सो आयोजना माथिल्लो त्रिशूली थ्री ‘ए’को सहायक आयोजनाका रुपमा निर्माण गर्न लागिएको हो । सो आयोजनाको क्षमता ३७ मेगावाट रहेको छ । प्राधिकरणले सो आयोजना २०७६ को अन्त्यसम्म सक्ने कार्यतालिका बनाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आगामी तीन वर्षभित्र प्राधिकरण र सहायक कम्पनीका करीब एक हजार मेगावाट क्षमताका आयोजना राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्यका साथ काम भइरहेको छ । यस्तो छ निजी क्षेत्रको तयारी यस्तै निजी क्षेत्रले सो अवधिमा साना, मझौला आयोजनाबाट करीब एक हजार ३०० मेगावाट क्षमताका आयोजना निर्माण सक्ने गरी तयारी गरिरहेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)का अनुसार सरकारले थप सहजीकरण गरिदिए आगामी डेढ वर्षभित्र करिब एक हजार ५०० मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न हुने जनाएको छ । इपानका अध्यक्ष शैलेन्द्र गुरागार्इंले विद्युत् खरिद सम्झौता भएका तीन हजार ५०० मेगावाट क्षमता बराबरका आयोजनामध्ये करीब ७० प्रतिशत आयोजना निर्माणका चरणमा रहेको बताए । ऊर्जामा आत्मनिर्भर–सरकारको प्राथमिकता नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ऊर्जा क्षेत्रमा आत्मनिर्भर बनाउनका लागि सरकारी, निजी क्षेत्रका आयोजना तोकिएको समयभन्दा अगावै सम्पन्न गर्ने योजनामा सरकार रहेको जानकारी दिएका छन्। उनले वार्षिक एक खर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयातमात्रै प्रतिस्थापन गर्न पनि विद्युत् उत्पादनमा जोड दिनुपर्ने र निर्माणाधीन आयोजना समयअगावै सक्नुपर्ने बताएका छन् । हाल भारतबाट पेट्रोलियम पदार्थमात्रै नभई हिउँदमा ४५० मेगावाट विद्युत् आयात भइरहेको प्राधिकरणले जनाएको छ । रासस