नागरिक लगानी कोषको साधारणसभा बैशाख ७ गते, २३ प्रतिशत लाभांश पारित गर्ने
काठमाडौं । नागरिक लगानी कोषको २२ औं वार्षिक साधारणसभा बैशाख ७ गते हुने भएको छ । सभामा गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्ने छ । जसअनुसार २२ प्रतिशत बोनस सेयर र १.१५ प्रतिशत नगद लाभांश दिने भएको छ । सभाले पारित गरेपछि मात्र कोषले लाभांश वितरण गर्ने छ । पछिल्लो समयमा कोषको सेयर मूल्यमा गिरावट आएको छ । बजार घट्दै गएपछि कोषको सेयर प्रतिकित्ता २ हजार ७७० रुपैयाँमा झरेको छ ।
चिनियाँ सामानमा ६० अर्ब डलर शुल्कको घोषणा, चीन कुनै पनि व्यापारिक युद्ध लड्न तयार
काठमाडाैं । अमेरिकाले चिनियाँ सामानमाथि ६० अर्ब डलरसम्म शुल्क लगाउने र अमेरिकामा चीनको लगानीलाई सीमित बनाउने निर्णय गरेको छ। कैयौं वर्षदेखि चीनले बौद्धिक सम्पत्ती चोरी गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ र त्यसकै बदलामा यो निर्णय गरिएको जनाइएको छ। चीनको अर्थव्यवस्थाले दिइरहेको अनुचित प्रतिस्पर्धालाई चुनौती दिन यी कदमहरू आवश्यक रहेको ह्वाइट हाउसले जनाएको छ। राष्ट्रपति ट्रम्पले व्यापार सम्बन्धी कार्यालयलाई नयाँ करमा ६० अर्ब डलर शुल्क तिर्नुपर्ने सामानहरूको सूची प्रकाशित गर्न १५ दिनको समय दिएका छन्। ह्वाइट हाउसले परिवर्तन ल्याउनका लागि गरिरहेको वर्षौंदेखिको वार्ता विफल भएको जनाएको छ। चीनले भने आवश्यक उपायहरूसहित त्यसको प्रतिकार गर्न आफू तयार भएको भन्दै प्रतिक्रिया दिएको छ। उसले आफ्नो हितका लागि अमेरिकासँगको कुनै पनि व्यापार युद्धमा अन्त्यसम्म लड्ने जनाएको हो। अमेरिकाको उक्त घोषणाप्रति लगानीकर्ताहरूले प्रतिक्रिया जनाएसँगै अमेरिकाको शेयर बजार बिहीवार निकै कममा बन्द भएको छ। व्यापार युद्धकाे लागि तयार अमेरिकाको पछिल्लो घोषणासँगै अमेरिकाको डाउ जोन्स परिसूचक दिनको अन्त्यमा २.९ प्रतिशत भन्दा बढीले घटेर २३ हजार ९ सय ५७ मा टुंगिएको छ जुन अहिलेसम्मको पाचौं ठुलो गिरावट हो। चीनमाथि लगाइने प्रतिबन्धसम्बन्धी टिपोटमा हस्ताक्षर गर्दै ट्रम्पले यसबारे अमेरिका र चीनले वार्ता गरिरहेको र उनले अमेरिकी कम्पनीहरूका लागि पारस्परिक व्यापार शर्त खोजिरहेको बताएका छन्। चीनमाथि शुल्क लगाउने फैसला गर्नुअघि गत वर्ष अगष्टमा ट्रम्पले चीनका नीतिहरूको जाँच गर्न आदेश दिएका थिए। चीनमाथि सामानमा शुल्क लगाउनु राजनीतिक रूपमा लोकप्रिय र चुनावी अभियानको बेलाको मुख्य प्रतिवद्धता पूरा गरेको देखिए पनि यसले विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध बढाउन सक्ने बताइएको छ। स्राेतः बीबीसी
मेरिको लिमिटेडले ल्यायो नयाँ लिभअन सेरम ड्यामेज प्रोटेक्ट
काठमाडौं । मेरिको लिमिटेड, उपभोग्य सामानहरुको एक अग्रणी उत्पादकले नेपाली बजारमा लिभअन सेरम ड्यामेज प्रोटेक्ट प्रस्तुत गरेको छ । उक्त प्रोटेक्ट नारीहरुको हेयर स्टाइल गर्नका लागि चर्चित ब्राण्ड लिभअनको नयाँ प्रकार हो । जुन नेपाली बजारलाई लक्षित गरेर खास रुपमा डिजाइन गरिएको छ । उक्त उत्पादनको बिक्री शुभारम्भ बलिउडकी चर्चित हस्ती हेयरस्टाइलिस्ट सानीया सहादद्पुरीले गरेकी जनाइएको छ । सार्वजनिक गरिएको सो उत्पादनले प्रयोगकर्ताहरुलाई विभिन्न उत्कृष्ट हेयर स्टाइल गर्ने विकल्पहरु प्रदान गरेको छ । जसमा कपाल सिधा बनाउने, घुम्रिएको बनाउने, कलर गर्ने लगायत छन् । साथै उक्त प्रोटेक्टले युभि किरणहरु, धुँवा तथा धुलो प्रदुषणबाट समेत कपाललाई जोगाउने कम्पनीको दावी छ । कम्पनीका अनुसार उक्त नयाँ फर्मुलाको उत्पादनले तापको विरुद्धमा ५ गुणा ज्यादा स्याहार र घाम र प्रदुषणको कारण कपाल टुक्रिने समस्याको विरुद्धमा १० गुणा ज्यादा राम्रो सुरक्षा प्रदान गर्ने सुनिश्चित गर्दछ । यसका साथै तत्कालै कपाल मुलायम, चम्किलो र लहलहाउँदो बनाउने बताइएको छ ।
फड्केश्वरका १ सय ३७ घरधुरीलाई लालपूर्जा प्रदान
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका स्थीत फड्केश्वरका १ सय ३७ घरधुरिलाई लालपूर्जा वितरण गरिएको छ । बिहीबार एक कार्यक्रमकाबीच प्रदेश नम्वर ३ का भूमिसुधार तथा कृषिमन्त्री दावा दोर्जे लामाले लालपूर्जा वितरण गरकोे हो । सो अवसरमा वोल्दै मन्त्री लामाले छिट्टै कानून बनाएर प्रदेश नम्वर ३ को भूमि व्यवस्थापन गरिने वताएका थिए । ‘अव यस प्रदेशमा कोही पनि सुकुम्वासी रहने योजनाका सथा अघि बढेका छौं,’ उनले भने । लालपूर्जा पाए पछि स्थानिय वासिन्दा खुसी भएको जनाइएको छ । पशुपतिनाथ मन्दिरको गुठीको नाममा रहेको जग्गामा लामो समयदेखि वसोवास गर्दै आएको स्थानियलाई जिल्ला भूमि अधिकार मन्च सिन्धुपाल्चोकको पहलमा लालपूर्जा वितरण गरिएको हो ।
यामाहाको नयाँ वर्ष योजनाः दाइलाई ‘क्यास ब्याक’, भाइलाई नयाँ यामाहा
काठमाडौं । जलेश्वरका रतिशकुमार झा बिहीबार अलि व्यस्त थिए । यामाहाका कम्पनी अनुसार बीएसएम गरेर उनका भाइ सतिशकुमार भारतको कलकत्ताबाट फर्कंदै थिए । काठमाडौंमै बसोबास गर्ने गरी फर्किएको भाइका लागि एउटा मोटरसाइकल किन्न रतिशकुमार झा कान्तिपथस्थित यामाहाको शोरुम गए । कम्पनीले दिएको जानकारी अनुसार उनको भाइ घर पुग्नुअघि उनका लागि मोटरसाइकल किनेर ल्याउने दाइको योजना थियो । सोही बमोजिम यामाहाको एफजीएस एफआई भाइका लागि किन्न उनी यामाहाको शोरुम पुगे । भाइलाई सप्र्राइज दिन गएकोे उनी आफैं सरप्राइजमा परेको कम्पनीको भनाइ छ । यामाहाको नयाँ वर्ष योजनाअन्तर्गतको स्क्र्याचबुक कोर्दा ५० प्रतिशत क्यास ब्याक पाएकोले उनी सरप्राइजमा परेको जनाइएको हो । उनले २ लाख ६५ हजार रुपैयाँको उल्लेखित मोटरसाकइल खरिद गरेका थिए । यामाहाले चैतको पहिलो दिननै आफ्ना ग्राहकका लागि नयाँ वर्षको स्किम ल्याएको थियो । ‘आमन्त्रण’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउनेछन् जसमा पाँच हजार देखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र सतप्रतिशतसम्म ‘क्यास ब्याक’ अफर प्राप्त गर्नेछ ।
ठूला बैंकसंग पनि पैसाको अभाव, अग्रिम ११ प्रतिशत ब्याज दिएर निक्षेप तान्न थाले
काठमाडौं । नाम कहलिएका ठूला बैंकलाई समेत लगानीयोग्य पुँजीको अभाव भएको छ । लगानी गर्न थप पुँजी नभएपछि बैंकले निक्षेप तान्न धमाधम आकर्षक योजना ल्याउन थालेका छन् । मुद्धतिमा ११ र वचतमा ८ प्रतिशत भन्दा बढी ब्याज नबढाउने भद्र सहमति गरेका बैंकहरुले निक्षेप तान्न धमाधम आकर्षक योजना ल्याउन थालेका हुन् । अधिकांश बैंक तथा वित्तीय संस्थाले अहिले विज्ञापन गरेर निक्षेप तान्ने प्रयास गरिरहेका छन् । नविल बैंकसंग पनि लगानीयोग्य पुँजीको अभाव भएको छ । बैंकसंग थप लगानी गर्न पैसा नभएपछि निक्षेप तान्न १ वर्षको अग्रिम ब्याज खातामा जम्मा गर्ने मुद्धति योजना ल्याएको छ । निक्षेप बढाउन अग्रिम ब्याज दिने योजना ल्याएको नविलका डेपुटी सीईओ अनिलकेशरी शाह बताउछन् । बैंकमा नयाँ निक्षेप नआएपछि तान्नका लागि यस्तो योजना ल्याएको उनको भनाई छ । उनले साना उद्यममा लगानी बढाउन आवश्यक पुँजी जुटाउन नयाँ मुद्धति निक्षेप योजना ल्याएको जानकारी दिए । बैंकको पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी रेसियो) ७५ प्रतिशत रहेको बताउदै थप लगानी बढाउन नयाँ निक्षेप योजना ल्याएको शाहको भनाई छ । यस्तै एनआईसी एसिया बैंकले पनि निक्षेप तान्न ११ प्रतिशत अग्रिम ब्याज दिने मुद्धति वचत योजना ल्याएको छ । व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले खाता खोल्न सक्ने यो मुद्दती योजनामा चाहेको बेलामा जम्मा गरेको रकमको ८० प्रतिशतसम्मको कर्जा उपभोग समेत गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले बताए । उनका अनुसार मुद्दती खाताखोल्ने ग्राहकको ५ लाख रुपैया सम्मको दुर्घटना बीमा पनि बैंकले नै गरिदिने भएको छ । बैंकको सीसीडी रेसियो ७९ प्रतिशत पुगेको छ । अधिकांश बैंक थप ऋण लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् । निक्षेप नबढाइ लगानी गर्न नसक्ने अवस्था आएपछि बैंकले धमाधम आकर्षक योजना ल्याएका हुन् । ग्लोबल आईएमई बैंक, जनता बैंक, लक्ष्मी बैंक बैंकलगायतले धमाधम निक्षेप तान्ने योजना ल्याएका छन् । यस्तै लक्ष्मी बैंकले पनि निक्षेप तान्नका लागि नयाँ योजना ल्याएको छ । बैंकमा निक्षेप बढाउन नयाँ योजना ल्याएको लक्ष्मी बैंकका सीईओ सुदेश खालिङ बताउछन् । चालु आर्थिक वर्षको ७ महिनामा बैंक तथा वित्तीय संस्थाले निक्षेप संकलन भन्दा १०८ अर्ब रुपैयाँ बढी कर्जा लगानी गरेका छन् । चालु आवको माघसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ४८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ५६ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । समीक्षा अवधिमा निक्षेप ११.८ र कर्जा लगानी १६.७ प्रतिशत बढेको छ ।
एनआईसी एसिया बैंकले ११ प्रतिशत अग्रिम ब्याज भुक्तानी दिने
काठमाडौं । एनआईसी एसिया बैंकले अग्रीम ब्याज भुक्तानी दिने गरी मुद्धती वचत योजना सञ्चालनमा ल्याएको छ । ग्राहकले मुद्दती खाताखोली सोही दिनमा वार्षिक ११ प्रतिशत दरले हुनआउने अग्रीम ब्याज भुक्तानी खातामा जम्मा गरिदिने भएको छ । मुद्दती खाता ३, ६, ९ अथवा १२ महिनाको लागि खोले पनि सम्बन्धित अवधिका लागि ११ प्रतिशतका दरले अग्रिम ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ । व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले खाता खोल्न सक्ने यो मुद्दती योजनामा चाहेको बेलामा जम्मा गरेको रकमको ८० प्रतिशतसम्मको कर्जा उपभोग समेत गर्न सक्ने बैंकले जनाएको छ । मुद्दती खाताखोल्ने ग्राहकको ५ लाख रुपैया सम्मको दुर्घटना बीमा पनि बैंकले नै गरिदिने भएको छ । यस अलावा,मुद्दती खाताखोल्ने ग्राहकहरुले बैंकले भर्खरै ल्याएको प्रिमियम समुन्नति बचत खाताको सम्पुर्ण अतुलनिय विशेषतबाट समेत लाभ लिन सकिने बैंकले जनाएको छ । एनआईसी एसियाको मुलुकभर १८५ शाखाबाट बैंकिङ सेवा उपलब्ध गराउदै आएको छ । बैंकको सेवाग्राहीको संख्या १० लाखभन्दा बढी पुगेको छ । बैंकको वासलातको आकार १खर्ब ४८ अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । कर्जा लगानी १ खर्ब ४ अर्ब र निक्षेप १ खर्ब २४ अर्ब रुपैयाँ पुगेको बैंकले जनाएको छ ।
रारा तालबाट कर्णाली महोत्सव, ५ लाख पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौं । कर्णाली प्रदेशको पर्यटन प्रवद्र्धनका लागि रारा तालबाट महोत्सव सुरु गरिने भएको छ । ५ लाख पर्यटक भित्र््याउने लक्ष्यकासाथ वैशाख १ गतेदेखि ‘रारा–कर्णाली पर्यटन महोत्सव हुन लागेको हो । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशको विकासको आधार पर्यटन व्यावसाय भएको भन्दै कृषि उत्पादनलाई पनि जोड दिने बताए । कर्णाली प्रदेशमा रारा राष्टिय निकुञ्ज, विश्वकै अग्लो छांंयानाथ, शेगुम्बा ,फोक्सुडो ताल, वाला त्रिपुरा सुन्दरी, नेपाली भाषा र उद्गमथल र बुलबुले ताल लागयतका पर्यटकीय सम्पदाहरु रहेका छन् । रारा–कर्णाली पर्यटन महोत्सवमा प्रधानमन्त्री विभिन्न देशका राजदूत, कुटनीतिक नियोगका प्रमुखलगायतलाई आमन्त्रण गरिएको आयोजकले बताएका छन् ।