इलाममा पुराणबाट रु १२ लाख संकलन
इलाम । इलामको माईजोगमाई गाउँपालिकास्थित नयाँबजारमा सञ्चालित शतचण्डी धनधान्याञ्चल सप्ताह महायज्ञमा रु १२ लाख संकलन भएको छ । अतिथि सदन निर्माणका लागि सञ्चालन गरिएको पुराणबाट रु ११ लाख ८० हजार ८१५ संकलन भएको हो । साथै, ४१ जनाले दूध, धान, चामल द्रव्यलगायत तुलादानसमेत गरेका छन् । पुराणमा करीब १२० बोरा सिमेन्टसमेत विभिन्न दाताले सहयोग गरेका छन् । पुराण समापनका अवसरमा सहयोग गर्ने सबैमा बाबाजी र पुराण आयोजक समितिले धन्यवाद दिनाका साथै सम्मानसमेत गरिएको पण्डित बुद्धिप्रकाश लुइँटेलले बताए ।-रासस
बुटवल पावरको एफपीओ बाँडफाँट, ५०१ रुपैंयाँको सेयर बाँडफाँट अघि नै ४८५ रुपैंयाँमा काराेबार
काठमाडौं । बुटवल पावर कम्पनीको एफपीओ बाँडफाँट भएको छ । बुधबार बुटवल पावर कम्पनीकै कार्यालयमा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले एफपीओ बाँडफाँट गरेको हो । कुल जारी गरिएको एफपीओ सबै बिक्री नभएपछि आवेदकले सबैले मागेजति सेयर पाएका छन् भने नबिकेको कित्ता अण्डरराइटरले खरिद गरेका छन् । कम्पनीले माघ १५ गते प्रतिकित्ता ५०१ रुपैंयाँमा ४० लाख ८१ हजार कित्ता एफपीओ जारी गरेको थियो । २८ लाख ५९ हजार एक सय ७० कित्ता एफपीओका लागि ८४ हजार ८ सय ४ जनाको आवेदन सदर भएको थियो । ती सबैले सेयर पाएका छन् । बाँकी १२ लाख २१ हजार ८ सय ३० कित्ता भने अण्डर राइटरले खरिद गरेका छन् । ५०१ रुपैंयाँ एफपीओ जारी गरेको बुटवल पावर कम्पनीको सेयर मूल्य भने ४६८ रुपैंयाँमा झरिसकेको छ ।
प्रदेश ७ का अर्थमन्त्री झपट बोहराको घोषणाः १०० अर्बको बजेटमा समृद्धी मुल एजेण्डा
अछाम । प्रदेश नं ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश नं ७ लाई समृद्ध बनाउन अबको बजेट केन्द्रित हुने बताएका छन् । यस क्षेत्रको गरिबी, पछौटेपन, अन्त्य गर्न अबको आवश्यकता नै आर्थिक क्रान्ति भएको उनले बताए । सदरमुकाम मंगलसेनमा प्रेस सेन्टर, अछामले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बोहराले प्रदेश सरकारले चैत मसान्तभित्रै यस क्षेत्रको विकासका लागि विशेष बजेट स्वरुप एक खर्ब दुई करोड पाँच लाखको बजेट ल्याउने बताए । “जनतालाई मेरो सरकार हो भन्ने अनुभूति दिलाउनका लागि प्रदेश सरकारले आफ्ना गतिविधि अघि बढाएको छ, उनले भने, समावेशी र आर्थिक समानतासहितको बजेट भूगोल, जनसंख्याको आधारमा विनियोजित गर्ने भन्दै कृषकलाई आत्मनिर्भर बनाउन विशेष योजना ल्याउने तयारी छ ।” अहिले तत्काल आउने बजेटले सबै क्षेत्रलाई समेट्न नसके पनि शिक्षा, स्वास्थ्य, रोजगारी, सिँचाइ तथा खाद्यान्न संकट हटाउने गरी बजेट तर्जुमा भइरहेको जानकारी गराए । बोहराले नेपालमा करमा एकद्वार प्रणाली लागू गर्ने भन्दै संघीयता कार्यान्वयन भएको नचाहनेहरुले प्रणालीका बारेमा विभिन्न नकारात्मक भ्रम फैलाइरहेको आरोप लगाए । आफू अछामबाट निर्वाचित सांसद भएकाले अछामका लागि विशेष बजेटको व्यवस्था गर्नेसमेत बताए । रासस
इतिहास बाेकेकाे घण्टाघर सहित त्रिचन्द्र क्याम्पसको पुनःर्निमाण अझै सुरु हुन सकेन
काठमाडाैं । नेपालमै पहिलो पटक उच्च शिक्षाको सुरुवात गरेको काठमाडौंको घण्टाघरमा रहेको त्रिचन्द्र बहुमुखी क्याम्पसको पुनःर्निमार्ण अझै सुरु हुन सकेको छैन । ७२ सालको भूकम्पबाट क्षति पुगेको घण्टाघरको पुनःर्निमाण हुन नसकेको हो । क्याम्पसका क्याम्पस प्रमुख प्रदिप न्यौपानका अनुसार क्याम्पसको पश्चिम भागको जल तथा मैसम विज्ञान विभागको भवनको माथिलो तलाको कोठाहरु भूकम्प पछि प्रयोगमा आउन सकेका छैन्न । क्याम्पसको २ वटा पढाइ हुने कोठा, एउटा ल्याब र एउटा कार्यालयको भवन अन्य भवनमा पाटेसन् गरेर सञ्चालन गरिएको छ । पुर्ननिर्माणका लागि थ्रिडी स्क्यानको माध्यमबाट जापानको कुमोनोज कम्पनीले रिपोट दिएको थियो त्यो रिपोट क्याम्पसले पुरातत्व विभागमा पढाएको छ । थ्रिडी स्क्यानको माध्यमबाट भवनको अध्ययन गर्दा भित्रको भागमा पनि कति क्षति भएको छ भन्ने पनि थाहा हुन्छ । अब पुरातत्व विभागको निर्णय पछि नै कसरी बन्य र कहिले बन्य निस्कर्षमा पुग्ने प्रमुख न्यौपानेले बताए । पुरातत्व विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरले भने घण्टाघरमा रहेको त्रिचन्द्र बहुमुखी क्याम्पसको भवनको भूकम्पले कति क्षति गरेको छ भनेर केहि समय अघि अध्ययन गरेका थियौ । तर त्यस पछि यसको विषयमा हामीलाई कुनै जानकारी नआएको समेत घिमिरेले बताए । विसं १९७५ मा श्री ३ चन्द्र शमशेरले क्याम्पस स्थापना गर्दा आइएको पढाइ सुरू भएकाे क्याम्पसमा १९७६ देखि बेलायती शिक्षा प्रणालीमा आइएस्सीको सुरुवात भएको थियो । त्यसपछि विस १९८१ मा बिएको पढाइ र विसं २००४ मा बिएस्सीको सुरुवात भएको थियो ।
सरकारले यसै वर्ष व्यापार घाटा घटाउन ठोस कार्यक्रम ल्याउने
काठमाडौं । नेपाल उद्योग परिसंघद्वारा परिसंघ–प्रवुद्ध परिषदको सहयोगमा तयार गरिएको समृद्धिको मार्गचित्र सोमबार एक कार्यक्रमबीच प्रधानमन्त्री केपी ओलीलाई बुझाएको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलिले ‘समृद्ध नेपाल सुखी नेपाली’को आफ्नो परिकल्पनालाई परिसंघले प्रस्तुत गरेको आर्थिक समृद्धिको मार्गचित्रले थप टेवापुग्ने विश्वास व्यक्त गरेका थिए । उनले मुलुक अब दीगो विकासको साथसाथै छिटो विकास नभए अन्य मुलुकहरुको तुलनामा विकासको गति पछाडी पर्ने जानकारी गराए । सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको समृद्धि एवं औद्योगिक विकासको लागि जीवन उपयोगी शिक्षाको आवश्यकता भइ मुलुकमा दक्ष जनशक्तिको खाँचो टड्कारो रुपमा रहेको बताए । ‘आफुले चाल्ने प्रत्येक कदम विकासको कदम हुनेछ,’ उनले भने ‘भ्रष्टाचारमा शून्य सहनसिलताको नीति कडाइका साथ लागू गरिने छ ।’ त्यस्तै उनले लगानीका सम्भाव्य क्षेत्रहरु निजी क्षेत्रले पहिचान गरी अझ बढी परिष्कृत र थप छलफल गर्नु पर्ने जनाए । उनको अनुसार परम्परागत प्रविधिबाट उन्मुक्ति लिदै नयाँ प्रविधि प्रयोग गर्न र सहश्राब्दी विकास लक्ष्यले अंगीकार गरेको उत्पादन र रोजगारी सृजनामा जोड दिन सकेमा मात्र व्यापार घाटा घट्नेछ । सरकार यसै वर्षदेखि व्यापार घाटा घटाउन ठोस योजना तथा कार्यक्रम ल्याउने तयारीमा गरिरहेको उनले जानकारी दिए । सो अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले दीर्घकालीन औद्योगिक लगानीको लागि पूँजीको आवश्यकता हुने हुँदा सबै सम्भाव्य क्षेत्रहरु खुल्ला हुनु पर्ने बताए । उनले स्मार्ट व्यवसायको सन्दर्भमा सूचना प्रविधि लगायत सबै क्षेत्रमा नवीन प्रविधिको प्रयोगमा जोड दिइने धारणा राखे । दिर्घकालीन लगानीसँगै दिर्घकालीन पूँजी आवश्यक पर्ने यथार्थतालाई औल्याउदै उनले उद्योग सञ्चालनमा जग्गा प्राप्तिको समस्यालाई समाधान गर्न सरकार निजी क्षेत्रसँगै मिलेर अघि बढ्ने किसिमको नीतिगत व्यवस्था हुने जानकारी गराए । परिसंघका अध्यक्ष हरिभक्त शर्माले लामो राजनीतिक संक्रमणको अन्त्यसँगै मुलुकमा बहुप्रतिक्षित राजनीतिक स्थायीत्वको सम्भावना बढेर गएको विचार व्यक्त गरे । यो सम्भावनालाई एउटा सक्तिशाली आर्थिक तथा सामाजिक रुपरेखाको अवसरमा परिणत गर्दै मुलुकलाई दिगो शान्ति, सुशासन र समृद्धिको गन्तव्यमा पुर्याउने ऐतिहासिक जिम्मेवारी अहिलेको सरकारको काँधमा आएको बताए ।
बीमा समितिलाई उच्च अदालत पाटनको पत्रः चौधरी ग्रुपसँग युनाइटेड इन्स्योरेन्सको २४ करोड फिर्ता गर्नु
काठमाडौं । उच्च अदालत पाटनले चौधरी ग्रुपसँग युनाइटेड इन्स्योरेन्स कम्पनीको २४ करोड रुपैंयाँ असुल्न बीमा समितिलाई पत्र लेखेको छ । अदालतले बीमा समिति विरुद्ध सीजी ग्रुपले हालेको मुद्दाकाे पूर्ण पाठ तयार पार्दै चौधरी ग्रुपसँग २४ करोड रुपैंयाँ असुल्न भनेको हो । २०६९ असोज २९ गते राजधानीको सतुंगलस्थित सिजीअन्तर्गतका चारवटा इलोक्ट्रोनिक्स उद्योगको गोदाममा आगलागी भएपछि चौधरी ग्रुपले युनाइटेड इन्स्योरेन्सबाट ५८ करोड भुक्तानी लिएको थियो । तर बीमा समितिमा उजुरी परेपछि समितिले छानविन गर्दा ३४ करोड मात्रै क्षति भएको देखिएको थियो । समितिको प्रतिवेदन विरुद्ध चौधरी समुहले तत्कालिन पुनरावेदन अदालत पाटनमा मुद्दा हालेको थियो । अदालतले बीमा समितिकै निर्णयलाई सदर गरिदिएको थियो । अदालतले समितिको निर्णयलाई सदर गर्दै ३४ करोड मात्रै भुक्तानी दिन भनेपनि फैसालको पूर्ण पाठ भने पठाएको थिएन् । मंगलबार अदालतले फैसलाको पूर्ण पाठ समितिमा पठाएको हो । ‘अदालतले फैसलाको पूर्ण पाठ समितिमा पठाएको छ, हामी अदालतको आदेश अनुसार नै अघि बढ्छौं’, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले विकासन्युजसँग भने । चौधरी ग्रुपको सीजी इलोक्ट्रोनिक्सले एक पटक ३६ करोड र एक पटक २२ करोेड गरि ५८ करोड भुक्तानी लिएको थियो । तर अदालतले बीमा समितिको प्रतिवेदन अनुसार ३४ करोड मात्रै क्षति भएको निर्णय सदर गरिदिएपछि चौधरी ग्रुपले २४ करोड रुपैंयाँ युनाइटेड इन्स्योरेन्सलाई फिर्ता गर्नुपर्नेछ । सीजीले आगलागीबाट ८४ करोडको क्षति भएको दावी गरेको थियो । युनाइेटडका सर्भेयरले भने ५४ करोड मात्रै क्षति भएको प्रतिवेदन तयार पारेका थिए । तर ५४ करोड क्षति पनि नभएको भन्दै अख्तियारमा उजुरी परेको थियो । अख्तियारले समितिलाई छानविन गर्न निर्देशन दिएपछि समितिले आफ्ना सर्भेयर खटाएको थियो । समितिकाे सर्भेयरले ३४ करोड मात्रै क्षति भएको प्रतिवेदन तयार पारेका थिए । समितिको प्रतिवेदन विरुद्ध सीजी उच्च अदालत पाटनमा पुगेको थियो । अदालतले अण्डर राइटर र सर्भेयरलाई समेत ३/३ हजार जरिवाना गर्न आदेश दिएको थियो ।
स्पर्स लघुवित्तको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल, २ करोड ४० लाख सेयर जारी गर्दै
काठमाडौं । स्पर्स लघुवित्त वित्तिय संस्था लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाले २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार कित्ता साधारण सेयर (कर्मचारीहरु समेत) सर्वसाधारणमा निष्काशन गर्नको लागि उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त नियुक्त सम्बन्धि सम्झौतापत्रमा स्पर्स लघुवित्तका तर्फबाट सजल खड्का र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् । हाल वित्तीय संस्थाको चुक्ता पूँजी ५ करोड ६० लाख रुपैयाँ रहेको छ । यस सार्वजनिक निष्काशन पश्चात वित्तिय संस्थाको पूँजी ८ करोड रुपैयाँ पुग्ने छ । हाल वित्तिय संस्थाले १० वटा जिल्लामा १५ वटा शाखा मार्फत करिब ६५०० सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ ।
मेलम्चीले मात्र काठमाडौंको खानेपानी माग धान्दैन, दोस्रो योजना सुरु हुन्छ: मन्त्री मगर
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्चीको पानीले मात्र काठमाडौंबासीको पानीको माग नधान्ने बताएकी छिन् । एसियाली विकास बैंक एडीबीको दक्षिण एसिया विभागका महानिर्देशक हुन किमसँगको भेटवार्तामा मगरले मेलम्चीबाटै दोस्रो योजना सुरु गर्ने बताएकी हुन् । मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री मगर र महानिर्देशक हुनबीच खानेपानी आयोजना र सेवा प्रणालीका विषयमा छलफल भएको छ । छलफलमा मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाले रिङरोडभित्र खानेपानी वितरणको योजना बनाएको र काठमाडौंमा रिङरोग बाहिर समेत खानेपानी आपूर्तिका लागि योजना बनिरहेको बताइन । काठमाडौं उपत्यकाको माग अनुसार मेलम्चीको पानीले मात्रै माग धान्न नसक्ने भएकाले दोस्रो चरणको परियोजना सञ्चालन प्रक्रिया अगाडि बढाउने योजना बनिरहेको बताइन । महानिर्देशक हुनले मेलम्ची दोस्रो चरणको आयोजना निर्माणका लागि एडीबीले सहयोग गर्ने प्रतिवद्धता जनाए । रिङरोड बाहिर समेत खानेपानी वितरणका लागि केयूकेएलमार्फत् अगाडि बढ्न सकिने र प्रदेश स्तरीय योजना कार्यान्वयनमा समेत एडीबी सकारात्मक सहयोग गर्ने हुनले बताए ।