इतिहास बाेकेकाे घण्टाघर सहित त्रिचन्द्र क्याम्पसको पुनःर्निमाण अझै सुरु हुन सकेन
काठमाडाैं । नेपालमै पहिलो पटक उच्च शिक्षाको सुरुवात गरेको काठमाडौंको घण्टाघरमा रहेको त्रिचन्द्र बहुमुखी क्याम्पसको पुनःर्निमार्ण अझै सुरु हुन सकेको छैन । ७२ सालको भूकम्पबाट क्षति पुगेको घण्टाघरको पुनःर्निमाण हुन नसकेको हो । क्याम्पसका क्याम्पस प्रमुख प्रदिप न्यौपानका अनुसार क्याम्पसको पश्चिम भागको जल तथा मैसम विज्ञान विभागको भवनको माथिलो तलाको कोठाहरु भूकम्प पछि प्रयोगमा आउन सकेका छैन्न । क्याम्पसको २ वटा पढाइ हुने कोठा, एउटा ल्याब र एउटा कार्यालयको भवन अन्य भवनमा पाटेसन् गरेर सञ्चालन गरिएको छ । पुर्ननिर्माणका लागि थ्रिडी स्क्यानको माध्यमबाट जापानको कुमोनोज कम्पनीले रिपोट दिएको थियो त्यो रिपोट क्याम्पसले पुरातत्व विभागमा पढाएको छ । थ्रिडी स्क्यानको माध्यमबाट भवनको अध्ययन गर्दा भित्रको भागमा पनि कति क्षति भएको छ भन्ने पनि थाहा हुन्छ । अब पुरातत्व विभागको निर्णय पछि नै कसरी बन्य र कहिले बन्य निस्कर्षमा पुग्ने प्रमुख न्यौपानेले बताए । पुरातत्व विभागका सिनियर डिभिजन इन्जिनियर सम्पत घिमिरले भने घण्टाघरमा रहेको त्रिचन्द्र बहुमुखी क्याम्पसको भवनको भूकम्पले कति क्षति गरेको छ भनेर केहि समय अघि अध्ययन गरेका थियौ । तर त्यस पछि यसको विषयमा हामीलाई कुनै जानकारी नआएको समेत घिमिरेले बताए । विसं १९७५ मा श्री ३ चन्द्र शमशेरले क्याम्पस स्थापना गर्दा आइएको पढाइ सुरू भएकाे क्याम्पसमा १९७६ देखि बेलायती शिक्षा प्रणालीमा आइएस्सीको सुरुवात भएको थियो । त्यसपछि विस १९८१ मा बिएको पढाइ र विसं २००४ मा बिएस्सीको सुरुवात भएको थियो ।
सरकारले यसै वर्ष व्यापार घाटा घटाउन ठोस कार्यक्रम ल्याउने
काठमाडौं । नेपाल उद्योग परिसंघद्वारा परिसंघ–प्रवुद्ध परिषदको सहयोगमा तयार गरिएको समृद्धिको मार्गचित्र सोमबार एक कार्यक्रमबीच प्रधानमन्त्री केपी ओलीलाई बुझाएको थियो । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलिले ‘समृद्ध नेपाल सुखी नेपाली’को आफ्नो परिकल्पनालाई परिसंघले प्रस्तुत गरेको आर्थिक समृद्धिको मार्गचित्रले थप टेवापुग्ने विश्वास व्यक्त गरेका थिए । उनले मुलुक अब दीगो विकासको साथसाथै छिटो विकास नभए अन्य मुलुकहरुको तुलनामा विकासको गति पछाडी पर्ने जानकारी गराए । सो अवसरमा प्रधानमन्त्री ओलीले मुलुकको समृद्धि एवं औद्योगिक विकासको लागि जीवन उपयोगी शिक्षाको आवश्यकता भइ मुलुकमा दक्ष जनशक्तिको खाँचो टड्कारो रुपमा रहेको बताए । ‘आफुले चाल्ने प्रत्येक कदम विकासको कदम हुनेछ,’ उनले भने ‘भ्रष्टाचारमा शून्य सहनसिलताको नीति कडाइका साथ लागू गरिने छ ।’ त्यस्तै उनले लगानीका सम्भाव्य क्षेत्रहरु निजी क्षेत्रले पहिचान गरी अझ बढी परिष्कृत र थप छलफल गर्नु पर्ने जनाए । उनको अनुसार परम्परागत प्रविधिबाट उन्मुक्ति लिदै नयाँ प्रविधि प्रयोग गर्न र सहश्राब्दी विकास लक्ष्यले अंगीकार गरेको उत्पादन र रोजगारी सृजनामा जोड दिन सकेमा मात्र व्यापार घाटा घट्नेछ । सरकार यसै वर्षदेखि व्यापार घाटा घटाउन ठोस योजना तथा कार्यक्रम ल्याउने तयारीमा गरिरहेको उनले जानकारी दिए । सो अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले दीर्घकालीन औद्योगिक लगानीको लागि पूँजीको आवश्यकता हुने हुँदा सबै सम्भाव्य क्षेत्रहरु खुल्ला हुनु पर्ने बताए । उनले स्मार्ट व्यवसायको सन्दर्भमा सूचना प्रविधि लगायत सबै क्षेत्रमा नवीन प्रविधिको प्रयोगमा जोड दिइने धारणा राखे । दिर्घकालीन लगानीसँगै दिर्घकालीन पूँजी आवश्यक पर्ने यथार्थतालाई औल्याउदै उनले उद्योग सञ्चालनमा जग्गा प्राप्तिको समस्यालाई समाधान गर्न सरकार निजी क्षेत्रसँगै मिलेर अघि बढ्ने किसिमको नीतिगत व्यवस्था हुने जानकारी गराए । परिसंघका अध्यक्ष हरिभक्त शर्माले लामो राजनीतिक संक्रमणको अन्त्यसँगै मुलुकमा बहुप्रतिक्षित राजनीतिक स्थायीत्वको सम्भावना बढेर गएको विचार व्यक्त गरे । यो सम्भावनालाई एउटा सक्तिशाली आर्थिक तथा सामाजिक रुपरेखाको अवसरमा परिणत गर्दै मुलुकलाई दिगो शान्ति, सुशासन र समृद्धिको गन्तव्यमा पुर्याउने ऐतिहासिक जिम्मेवारी अहिलेको सरकारको काँधमा आएको बताए ।
बीमा समितिलाई उच्च अदालत पाटनको पत्रः चौधरी ग्रुपसँग युनाइटेड इन्स्योरेन्सको २४ करोड फिर्ता गर्नु
काठमाडौं । उच्च अदालत पाटनले चौधरी ग्रुपसँग युनाइटेड इन्स्योरेन्स कम्पनीको २४ करोड रुपैंयाँ असुल्न बीमा समितिलाई पत्र लेखेको छ । अदालतले बीमा समिति विरुद्ध सीजी ग्रुपले हालेको मुद्दाकाे पूर्ण पाठ तयार पार्दै चौधरी ग्रुपसँग २४ करोड रुपैंयाँ असुल्न भनेको हो । २०६९ असोज २९ गते राजधानीको सतुंगलस्थित सिजीअन्तर्गतका चारवटा इलोक्ट्रोनिक्स उद्योगको गोदाममा आगलागी भएपछि चौधरी ग्रुपले युनाइटेड इन्स्योरेन्सबाट ५८ करोड भुक्तानी लिएको थियो । तर बीमा समितिमा उजुरी परेपछि समितिले छानविन गर्दा ३४ करोड मात्रै क्षति भएको देखिएको थियो । समितिको प्रतिवेदन विरुद्ध चौधरी समुहले तत्कालिन पुनरावेदन अदालत पाटनमा मुद्दा हालेको थियो । अदालतले बीमा समितिकै निर्णयलाई सदर गरिदिएको थियो । अदालतले समितिको निर्णयलाई सदर गर्दै ३४ करोड मात्रै भुक्तानी दिन भनेपनि फैसालको पूर्ण पाठ भने पठाएको थिएन् । मंगलबार अदालतले फैसलाको पूर्ण पाठ समितिमा पठाएको हो । ‘अदालतले फैसलाको पूर्ण पाठ समितिमा पठाएको छ, हामी अदालतको आदेश अनुसार नै अघि बढ्छौं’, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले विकासन्युजसँग भने । चौधरी ग्रुपको सीजी इलोक्ट्रोनिक्सले एक पटक ३६ करोड र एक पटक २२ करोेड गरि ५८ करोड भुक्तानी लिएको थियो । तर अदालतले बीमा समितिको प्रतिवेदन अनुसार ३४ करोड मात्रै क्षति भएको निर्णय सदर गरिदिएपछि चौधरी ग्रुपले २४ करोड रुपैंयाँ युनाइटेड इन्स्योरेन्सलाई फिर्ता गर्नुपर्नेछ । सीजीले आगलागीबाट ८४ करोडको क्षति भएको दावी गरेको थियो । युनाइेटडका सर्भेयरले भने ५४ करोड मात्रै क्षति भएको प्रतिवेदन तयार पारेका थिए । तर ५४ करोड क्षति पनि नभएको भन्दै अख्तियारमा उजुरी परेको थियो । अख्तियारले समितिलाई छानविन गर्न निर्देशन दिएपछि समितिले आफ्ना सर्भेयर खटाएको थियो । समितिकाे सर्भेयरले ३४ करोड मात्रै क्षति भएको प्रतिवेदन तयार पारेका थिए । समितिको प्रतिवेदन विरुद्ध सीजी उच्च अदालत पाटनमा पुगेको थियो । अदालतले अण्डर राइटर र सर्भेयरलाई समेत ३/३ हजार जरिवाना गर्न आदेश दिएको थियो ।
स्पर्स लघुवित्तको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल, २ करोड ४० लाख सेयर जारी गर्दै
काठमाडौं । स्पर्स लघुवित्त वित्तिय संस्था लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त भएको छ । संस्थाले २ करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार कित्ता साधारण सेयर (कर्मचारीहरु समेत) सर्वसाधारणमा निष्काशन गर्नको लागि उक्त क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त नियुक्त सम्बन्धि सम्झौतापत्रमा स्पर्स लघुवित्तका तर्फबाट सजल खड्का र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका छन् । हाल वित्तीय संस्थाको चुक्ता पूँजी ५ करोड ६० लाख रुपैयाँ रहेको छ । यस सार्वजनिक निष्काशन पश्चात वित्तिय संस्थाको पूँजी ८ करोड रुपैयाँ पुग्ने छ । हाल वित्तिय संस्थाले १० वटा जिल्लामा १५ वटा शाखा मार्फत करिब ६५०० सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ ।
मेलम्चीले मात्र काठमाडौंको खानेपानी माग धान्दैन, दोस्रो योजना सुरु हुन्छ: मन्त्री मगर
काठमाडौं । खानेपानी मन्त्री बिना मगरले मेलम्चीको पानीले मात्र काठमाडौंबासीको पानीको माग नधान्ने बताएकी छिन् । एसियाली विकास बैंक एडीबीको दक्षिण एसिया विभागका महानिर्देशक हुन किमसँगको भेटवार्तामा मगरले मेलम्चीबाटै दोस्रो योजना सुरु गर्ने बताएकी हुन् । मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री मगर र महानिर्देशक हुनबीच खानेपानी आयोजना र सेवा प्रणालीका विषयमा छलफल भएको छ । छलफलमा मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाले रिङरोडभित्र खानेपानी वितरणको योजना बनाएको र काठमाडौंमा रिङरोग बाहिर समेत खानेपानी आपूर्तिका लागि योजना बनिरहेको बताइन । काठमाडौं उपत्यकाको माग अनुसार मेलम्चीको पानीले मात्रै माग धान्न नसक्ने भएकाले दोस्रो चरणको परियोजना सञ्चालन प्रक्रिया अगाडि बढाउने योजना बनिरहेको बताइन । महानिर्देशक हुनले मेलम्ची दोस्रो चरणको आयोजना निर्माणका लागि एडीबीले सहयोग गर्ने प्रतिवद्धता जनाए । रिङरोड बाहिर समेत खानेपानी वितरणका लागि केयूकेएलमार्फत् अगाडि बढ्न सकिने र प्रदेश स्तरीय योजना कार्यान्वयनमा समेत एडीबी सकारात्मक सहयोग गर्ने हुनले बताए ।
अर्थशास्त्रीज्यूहरु कुरो के हो ?
अम्बिका प्रसाद पौडेल-अध्यक्ष, नेपाल इन्भेष्टर्स फोरम धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ११३ ले भन्छः पूँजीबजारको बिकास र लगानीकर्ताहरुको हितलाई संरक्षण गर्ने जस्ता नीतिगत बिषयमा नेपाल सरकारले समय समयमा बोर्डलाई आवश्यक निर्देशन दिन सक्नेछ र त्यस्तो निर्देशनको पालना गर्नु बोर्डको कर्तव्य हुनेछ ।” १) नेप्से इन्डेक्स १८८१ बाट निरन्तर घटेर ११३५ अंक सम्म आउदा ७४६ अंकको ३९.६९ प्रतिशत गिरावट भई लगानीकर्ताको करिब आठ खर्ब ६० अर्ब रकम गुमेको अवस्थामा लगानीकर्ताको मात्र दोष होला की सूचिकृत कम्पनीको, बजार संचालकको , नियमकको वा सरकारको कमि कमजोरीकै कारण यस्तो भएको होला सवैले म।म गरौँ । २) लगानीकर्तालाई कहि कतै दोष दिन मिल्दैन । लगानी गरेर प्रतिफलको आस गर्नु लगानीकर्ताको धर्म हो । लगानीकर्ताहरुको हितलाई संरक्षण गर्नु नियामकको कर्म हो । बजारलाई नियन्त्रण गर्न हुदैन तर अपरिपक्प बजारलाई टुलुटुलु हेरी रहन पनि मिल्दैन होला । नीतिगत सम्बोधन जरुरी छ बिलम्व नगर सरकार । ३) सेयर बजार सूचनामा आधारित संम्वेदनशिल बजार हो । नयाँ सरकार गठन भए संगै निरन्तर घटिरहेको बजारलाई सरकारले वेवास्ता गरेको कारण आम लगानीकर्ताहरुको भावनामा चोट पुगेको छ । सम्पत्तिमा लागेको चोट भन्दा भावनामा लागेको चोट कैयौं गुना महंगो हुन्छ । सरकार, लगानीकर्ताको भावनामा चोट पुराएर आर्थिक समृद्धि कसरी हासिल होला खै । ४) सिमित क्षेत्रका कम्पनीहरुको मात्रै कारोबार हुने त्यसमा पनि ती क्षेत्रका नियमकले पूजी बढाउन दिएको निर्देशनको प्रभाव सोझै शेयर बजारमा पर्ने हुदा मूल्यमा व्यापक उतार चढाब हुन्छ भन्ने सबैलाई ज्ञान थियो होला तर बजार स्थायित्व गर्नको लागि आवश्यक कदम चालेको खै त । ५) शेयर सम्पत्ति हो । बजारले त्यसको मुल्याङकन गर्छ । शेयर बजारको निरन्तर गिरावटले लगानीकर्ताको मात्र नभई शेयरधनी, कम्पनी प्रवद्र्धकहरुको सम्पत्तिमा पनि गिरावट आउँछ । सम्पत्तिमा क्षति भए कर्जा लिने क्षमतामा कमि आउछ । फलस्वरुप व्यापार उद्योग धन्दा, आर्थिक गतिविधिको बिकास र बिस्तारमा कमि आउछ अनी देश कता तर्फ जान्छ अर्थशास्त्रिज्यूहरु कुरो के हो बोलिदिनु परो । अर्थमन्त्रीज्यू बिलम्ब नगरीकन शेयर बजार लाई सम्बोधन गरिदिनुस् ।
हाते कागजः नेपालमा फालाफाल, युरोपमा मालामाल
काठमाडौं । नेपालमा उपयोगीता हराउँदै गएको हाते कागज युरोपियन बजारमा भने लोकप्रिय बन्दै गएको छ । युरोपियन बजारमा नेपाली हाते कागज डलरमा खरिद गरिने सम्बन्धित व्यवसायीहरु बताउँछन् । सरकारको प्राथमिकतामा पर्न नसकेको हाते कागजको अन्तर्राष्ट्रिय बजारमा अत्याधिक माग छ । मागअनुसार कागजको आपूर्ति गर्न नसकेको उनीहरुको भनाइ छ । काठमाडौंस्थित नेपा क्रिएसन ह्न्डीक्राफ्टका सञ्चालक भरत श्रेष्ठले नेपालको हाते कागजको माग युरोपियन देशहरुबाट हुने गरेको बताए । नेपालबाट अमेरिका, क्यानडा, अस्ट्रेलिया, जर्मन, इटली, स्पेन लगायतका देशहरुमा हाते कागज निर्यात हुने उनको भनाइ छ । ‘नेपालमा २० ग्राम गुणस्तरीय हाते कागजको मुल्य १५/२० रुपैयाँ पर्छ,’ उनले भने ‘उक्त परिमाण युरोपियत बजारमा १ डलरमा निर्यात हुन्छ ।’ ती मुलुकहरुबाट अत्यधिक मात्रामा हाते कागजको माग रहेको उनले जानकारी दिए । युरोपमा प्लाष्टिकको प्रयोग नहुने भएकाले गिफ्टजन्य प्रयोगको लागि नेपाली हातेकागज उपयोगमा आउने गरेको उनको बुझाइ छ । आफ्नो कम्पनीले मात्रै वार्षिक १५ लाख रुपैयाँ बढीको हाते कागजको व्यवसाय गर्ने उनको भनाइ छ । त्यस्तै श्रमजिवी नेपाली हाते कागज उद्योगका सञ्चालक नरेन्द्रबहादुर रोकायाले विगत वर्षहरुभन्दा अहिले नेपाली हाते कागजको माग अत्यधिक रहेको बताए । ‘हाते कागजका ठूला व्यापारीहरुले जति उत्पादन गरे पनि खरिद गर्ने बताएका छन्,’ उनले भने ‘तर उत्पादन भने गर्न सकिएको छैन ।’ यद्यपि विगत वर्षहरुको तुलनामा उद्योगले उत्पादन बढाएको उनले सुनाए । उनकाअनुसार अहिले सञ्चालन गरेको उद्योग दुई दशकअघि स्थापना गरिएको हो । बीचमा माओवादीे द्वन्दकालमा केही समय बन्द भएपनि अहिले निरन्तर सञ्चालन भइरहेको छ । ‘त्यसताका हामीले मासिक १६० किलो हातेकागज उत्पादन गथ्र्यौ,’ उनले भने ‘अहिले कागजको उत्पादन दुईगुणाभन्दा बढी बढाएका छौं ।’ हाल मासिक ३२० किलोभन्दा बढी तयारी हातेकाज उत्पादन भइरहेको छ । करिब १० लाखसम्मको वार्षिक कारोबार हुने गरेको छ । उद्योगबाट परम्परागत तथा जापानीज प्रविधिमा हाते कागज उत्पादन भइरहेको छ । नेपाली हाते कागज उद्योग फिदिमका मदन मगरले पनि उद्योगले उत्पादन गरेको हाते कागज जापान, चीन लगायतको देशमा निर्यात हुने गरेको बताए । परम्परागत र जापानिज प्रविधिबाट उत्पादन गर्दै आएको हाते कागजको माग अत्यधिक रहेको उनको भनाइ छ । नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले नेपालमा मात्रै तयार हुने हाते कागज उद्योगतर्फ सरकारले ध्यान पुर्याउन नसकेको बताए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा अत्यधिक माग भएपनि नेपालका साना तथा घरेलु उद्योगहरुले उत्पादन गर्न नसकेको उनको भनाइ छ । हालसम्म काठमाडौं, भक्तपुर र सुनसरीमा मात्रै ठूला हाते कागज उत्पादन गर्ने मेसिन विज्ञान प्रविधि मन्त्रालयसँगको सहकार्यमा उपलब्ध गराइएको छ । बाँकी राम्रो सम्भावना भएको क्षेत्रहरुमा समेत मेसिन उपलब्ध गराउन नसकिएको उनको भनाइ छ । ‘हामीले हाते कागजको उत्पादन बृद्धि र बजारीकरणको लागि पहल गरिरहेता पनि सरकारकोतर्फबाट मागको सुनुवाइ भएको छैन,’ उनले भने ‘जसबाट राम्रो सम्भावना भएपनि पछिल्लो प्रविधिहरुको प्रयोग गरेर मागअनुसार हाते कागजको गुणस्तरीय उत्पादन बढाउन सकिएको छैन ।’ स्वदेशी कच्चा पदार्थबाटै उत्पादन हुने हाते कागजको उत्पादन र बजारीकरणको लागि महासंघले योजना बनाइरहेको उनको भनाइ छ । नेपालमा लोक्ता, कागती, वावियो, केरा, अलैचि लगात कच्चापदार्थहरुबाट हाते कागज उत्पादन गरिदै आएको छ । हातेकागज व्यवसायीहरुका अनुसार मुलुकमा पूर्वको ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम दोलखादेखि पश्चिमको जाँजरकोट लगायतको क्षेत्रमा हाते कागजको कच्चा पदार्थ उत्पादन हुदै आएको छ ।
वार्षिक ७२ जना उत्कृष्ट प्रहरी छनोट गर्न बंगलादेश बैँकको प्रहरीलाई साढे १८ लाख सहयोग
काठमाडौँ । नेपाल बंगलादेश बैंकले ‘काठमाडौँ प्रहरी अवार्ड’को लागि १८ लाख ६० हजार सहयोग गरेको छ । प्रहरी जवानदेखि प्रहरी नायब उपरीक्षकसम्म प्रत्येक महिना एक जनालाई उत्कृष्ट प्रहरी घोषणा गर्न बैंकले सो रकम सहयोग गरेको हो । एक कार्याक्रममा महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेल र बैँकका प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद ढुंगानाबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । अब परिसरले हरेक महिना उत्कृष्ट कार्य गर्ने प्रहरीलाई पुरस्कारका प्रदान गर्नेछ । पुरस्कारको राशि जवानलाई रु दश हजार, प्रहरी हबल्दारलाई रु १५ हजार, प्रहरी सहायक निरीक्षकलाई रु २० हजार, प्रहरी नायब निरीक्षकलाई रु २५ हजार, प्रहरी निरीक्षकलाई रु ३५ हजार र प्रहरी नायब उपरीक्षकलाई रु ५० हजार पुरस्कार हुनेछन् । अहिले परिसरमा ३३ सय जना प्रहरी कार्यरत रहेका छन् । जसमध्ये प्रत्येक वर्ष ७२ जना प्रहरी पुरस्कृत हुनेछन् ।