विकासन्युज

रेडक्रस सोसाइटी र आईसीआरसीबीच सहयोग सम्झौता सम्पन्न

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी र रेडक्रसको अन्तराष्ट्रिय समिति (आईसीआरसी) विच सन् २०१८ मा सञ्चालन हुने गतिविधि सम्बन्धी सहयोग सम्झौता भएको छ । उक्त सम्झौता बुधबार(आज) रेडक्रस केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो । सम्झौतामा रेडक्रस सोसाइटीका तर्फबाट महामन्त्री देवरत्न धाख्वा र आईसीआरसीका तर्फबाट समितिका नेपाल प्रमुख आन्द्रे पाकेटले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार रेडक्रस सोसाइटीलाई आईसीआरसीले अन्तराष्ट्रिय सम्मेलनको भावना र मर्म अनुसार रेडक्रसका आधारभूत सिद्धान्तहरु, पारिवारिक सम्पर्कको पुर्नस्थापना, सुरक्षित पहुँच, समावेशीकरणको अभिवृद्धि जस्ता गतिविधिहरुको लागि करीब ९० लाख रुपैयाँ उपलब्ध गराउने नेरेसोका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिएका छन् । कार्यक्रममा बोल्दै आईसीआरसीका नेपाल प्रमुख आन्द्रे पाकेटले आईसीआरसीको नेपाल भित्र फिल्ड कार्यालय नभएको अवस्थामा पनि रेडक्रस सोसाइटी र अन्तराष्ट्रिय महासंघको सहयोगमा विशेष कार्यदलले काम गरिरहेको बताएका छन् । सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले मुलुक परिवर्तनतर्फ लम्किरहेको अवस्थामा पारिवारिक सम्पर्कको पुनस्थापना र संगठनात्मक आधार सुदृढीकरणमा क्षमता अभिवृद्धिको लागि सहयोग सम्झौता महत्वपूर्ण रहेको बताएका छन् । दशवर्षे सशस्त्र द्धन्दको समयदेखि नेपालमा आईसीआरसीको कार्यालय स्थापना भई संरक्षण र सहयोगको क्षेत्रमा कार्यरत रहेको छ ।

नविल इन्भेष्टमेन्टको सीईओमा सबिर श्रेष्ठ नियुक्त, सेयर बजारमा विश्वस्तरीय सेवा दिने प्रतिवद्धता

काठमाडौं । नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सबिर बादे श्रेष्ठ नियुक्त भएका छन् । मंगलबार सञ्चालक समितिको बैठकले आगामी चार वर्षको लागि श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो । उनी विगत २ वर्षदेखि सोही संस्थामा सेकेण्ड म्यानको रुपमा ‘इन्भेष्टमेन्ट बैकिङ हेड’ पदमा कार्यरत थिए । सन २००८ बेलायतबाट एसीसीए गरेका श्रेष्ठले सोही देशमा ६ वर्ष लेखापरिक्षणको काम गरेका थिए । शुरुका तीन वर्षमा अडिट, ट्याक्स र फाइनान्समा काम गरेका थिए । त्यसपछि विश्वकै छैटौ ठूलो अडिट फर्म बीडीओ इन्टरनेशनेलमा तीन वर्ष म्यानेजर भएर काम गरेको उनले जानकारी दिए । ‘बेलायतमा ६ वर्ष र नेपालमा ६ वर्ष काम गरेको अनुभव छ । पुँजी बजारमा अन्तराष्ट्रिय स्तरको सेवा दिन सकिन्छ भन्ने विश्वास छ’ सीईओको जिम्मेवारी समालेको पहिलो दिन विकासन्युजसँग कुरा गर्दै श्रेष्ठले भने–‘प्राइभेट इक्वीटी र भेन्चर क्यापिटल, फेरन इन्भेष्टमेन्ट म्यानेजमेन्टमा नयाँ काम गर्न सकिन्छ ।’ पुँजी बजारमा चुनौतिहरु र विकासका अवसरहरु दुबै भएको उनले बताए । ‘पुँजी बजारलाई राम्रो बनाउने, समस्याहरु समाधान गर्दै जाने र सेवाको स्तर विकास गर्ने काम मर्चेन्ट बैंकर्सहरुको र त्यसको एउटा पार्ट आजदेखि म पनि भएको छु’ उनले भने । नविल इन्भेष्टमेन्टको सेवालाई राजधानी वाहिर पनि पुर्याउने योजना रहेको उनको छ ।

आईएमई अटोमोटिभसद्धारा शत्रु गते टिमलाई २ थान यूएम बाइक हस्तान्तरण

काठमाडौं । आईएमई अटोमोटिभ्स, नेपाल अधिराज्यका लागि यूएम बाइकको आधिकारिक विक्रेताले शत्रु गते टिमलाई २ थान यूएम बाइक हस्तान्तरण गरेको छ । यस सहित कम्पनीले रिनेगेड, कमान्ड २२३सीसी र पावरम्याक्स १२५सीसीका प्रतिनिध्तिवमा उक्त टिमलाई कम्पनीको एक सोरुममा हस्तानान्तरण गरेको हो । कार्यक्रममा किरण केसीले यूएम बाइकसँगको साझेदारीले अफै लामो यात्रा तय गर्ने बताएका छन् । उनले भने-“हामीले चलचित्रमा पनि यस ब्राण्डलाई प्रोमोट गरेका छौँ र यस बाईकको कार्य क्षमता पनि उत्कृष्ट रहेको” बताएका छन् । साथसाथै, व्यक्तिगत रुपमा आफुले पनि छिटै खरिद गर्ने अठोट जानकारी गराएका छन् । शत्रु गतेको निर्माण मह सँचारको ब्यानर अन्तर्गत चर्चित कलाकारहरु जस्तै मह जोडी (मदन कृष्ण श्रेष्ठ तथा हरिबंशआचार्य), दिपक राजआचार्य, दिपाश्री निरौला, राजारामपौडेल, किरण के.सी, प्रियँका कार्की, पौल शाह, आँचल शर्मा लगायतका कलाकार हरुको अभिनय रहेको छ । यस चलचित्र यहि चैत्र ९ गतेदेखि अधिराज्यभरको चलचित्र घरहरुमा प्रदर्शन भइराखेको छ ।

ओलीले भने-अब सिङगापुर बिर्साउने विकास हुन्छ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अब सिङगापुर बिर्साउने गरि नेपालको विकास हुने बताएका छन् । नेपाल ट्रेड युनियन महासंघ(जिफन्ट)को सातौं महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले भने–अबको केहि बर्षपछि मान्छेहरुले सिङगापुर भन्न छाड्नेछन्, किनकी नेपाललाई हामी त्यो भन्दा राम्रो बनाउँछौं, विकास गराउँछौं ।’ प्रधानमन्त्री ओलीले अहिले नेपालको अर्थतन्त्र मृत सागर जस्तै गहिरो दलदलमा फसेको पनि बताए । तर मृत सागरमा फसेको अर्थतन्त्रलाई उकासेर विकास र समृद्धिको मार्गमा आफुले हिडाउने प्रतिवद्धता पनि ओलीले व्यक्त गरे । ‘अहिले हाम्रो अर्थतन्त्र मृत सागर( डेड सी’मा फसेको छ, जुन समुन्द्री सतह भन्दा पनि ४५० मिटर तल छ, तर हामी यसलाई उकासेर समृद्ध नेपाल निर्माण गरि छाड्ने छौं’, ओलीले भने । उनले विज्ञान र प्रबिधिको उपयोगद्धारा नेपालको विकास र समृद्धिको यात्रालाई द्रुत गतिमा अघि बढाउने प्रतिज्ञा पनि व्यक्त गरे । ‘बैशाख ५ गते ३६ हजार जनप्रतिनिधीलाई एक एक जना बालबालिकालाई विद्यालय भर्ना गराउन पनि ओलीले निर्देशन दिए । हामी ३६ हजार निर्वाचित जन प्रतिनिधी छौं, सबैले आफ्नो परिवारका बाहेक एक जना गरिब, अनाथ तथा पिछडिएको वर्गका बालबालिकालाई विद्यालय भर्ना गराउनुस्, म पनि एक जना बालक बालिकालाई विद्यालयमा भर्ना गराउँदैछु’, ओलीले भने । म कर्णाली प्रदेशको पहिलो पर्यटक प्रधानमन्त्री ओलीले आफु चैत अन्तिम दिन रारा ताल पुगेर त्रिपालमा बास बस्ने बताए । उनले भने-‘म चैत अन्तिम दिन रारा पुगेर त्रिपालमा बस्छु, नयाँ बर्ष कर्णाली प्रदेशबाट सुरु हुन्छ र म कर्णाली प्रदेशको पहिलो पर्यटक बन्नेछु ।’

बीपीसीको सेयरमा ६१ करोड हाल्न एउटै लगानीकर्ता तयार, सेयर बाँडफाँट नीति गलत भएको अण्डरराइटरको निष्कर्ष

काठमाडौं । बुटवल पावर कम्पनी (बीपीसी)ले ४० लाख ८१ हजार कित्ता सेयर थप निष्काशन (एफपीओ) जारी गर्यो । २८ लाख ५९ हजार १७० कित्ताको लागि मात्र आवेदन पर्यो । बिक्री हुन बाँकी २९.९४ प्रतिशत अर्थात १२ लाख २१ हजार ८३० कित्ता सेयर अण्डरराईटर एनएमबी क्यापिटल, लक्ष्मी क्यापिटल, एनआईबीएल क्यापिटल, नविल इन्भेष्टमेन्ट, ग्लोबल आईएमई क्यापिटल किन्नु पर्ने भएको छ । उक्त सेयर किन्न अण्डरराईटरहरुले ६१ करोड २१ लाख ३६ हजार ८३० रुपैयाँ लगानी गर्नुपर्ने भएको छ । कम्पनीहरुले गरेको प्रतिवद्धताका आधारमा समानुपातिक हिसावले सेयर किन्नुपर्छ । बुधबार एफपीओको बाँडफाँट गर्ने क्रममा अण्डरराईटरहरुले भने सेयर निष्काशन तथा बाँडफाँट नीतिमा भएको कमजोरीले आवदेन कम परेको हो । बीपीसीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक र अण्डरराईटर समेत रहेको एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले भने– ‘बुटवल पावर कम्पनीको एफपीओ बिक्री नहुनुमा नीतिगत कमजोरी रहेको छ । व्यक्ति तथा कम्पनीहरुबाट ८५ हजार ६१४ वटा आवेदन गरेका छन् । आवेदनको संख्या सानो होइन । सेयर आवदेन तथा बाँडफाँट सम्बन्धि नीति र संरचनाको कारण सेयर बिक्री भएन ।’ ‘८५ हजार लगानीकर्ताको तर्फबाट औषतमा ३३ कित्ता मात्र आवेदन पर्यो । त्यो पनि संस्थागत लगानीकर्ताको समेतलाई औसतिकरण गरिएको छ’ उनले थपे–‘२० हजार ४०० कित्ता आवेदन गरेपनि ५० कित्ता मात्र पाइने हो भने किन बढी आवेदन गर्ने भन्ने मान्छेमा पर्यो । त्यसैले धेरैले १० कित्ता मात्र पाइने अपेक्षामा ३० देखि ५० कित्ता मात्र आवदेन गरे । पैसै नभएका मान्छेले आवेदन गरेका होइनन्, नीतिगत कमजोरी हो । ‘अण्डरसब्स्क्राइब भईसकेपछि पनि २०४०० कित्ताको सीमा किन राख्नु पर्यो ?’ धितोपत्र बोर्डलाई लक्षित प्रश्न गर्दै उनले भने–‘अहिलेसम्म अण्डरसब्स्क्राइब भएको थिएन । सेबोनको नीतिलाई पनि हामीले ठिकै मानेका थियौ । भविष्यमा यस्तो अवस्था आउँदा अधिकतम आवदेन गर्ने सीमा किन नहटाउने ?’ बढीमा २० हजार ८०४ कित्ता मात्र आवेदन गर्न पाउने सीमाका कारण ठूला तथा संस्थागत लगानीकर्ताले चाहेर पनि बढी लगानी गर्न नसकेको उनकाे भनाई छ । उनले ठूला लगानीकर्ता बीपीसीको सेयरमा लगानी गर्न इच्छुक रहेको प्रमाण दिने प्रयास गर्दै उनले भने–अण्डरराइटर पाँच वटै कम्पनी सबै सेयर दिन चाहेमा १२ लाख २१ हजार ८३० कित्ता सबै हामी किन्छौं भनेर लगानीकर्ताहरु आएका छन् । मोलमोलाई भईरहेको छ । हामीले निर्णय गरिसकेका छैनौं’ उनले भने । बुटवल पावर कम्पनीको १२ लाख कित्ता सेयर किन्छु भनेर आज शुरु गर्यो भने कति वर्ष लाग्ला ? उनले प्रश्न गर्दै भने–यति ठूलो परिणाममा सेयर किन्न चाहानेको लागि यो ठूलो मौका पनि हो । बीपीसीको सेयरमा ६१ करोड लगानी गर्न चाहने व्यक्ति तथा संस्था को हो ? उनले खुलाएनन् । जोखिम कम अण्डरराईटरहरुले बीपीसीको एफपीओ सकार गर्दा जोखिम कम रहेको बताए । ‘हामीले बजारको सेयर किनेको होइनौ, कम्पनीको स्ट्रेन्थ हेरेर लगानी गरेका छौं । अण्डरराइटिङ गरेको सेयरमा नोक्सान हुन्छ भन्ने हामीलाई लाग्दैन’ घिमिरेले भने । म्यूचल फण्डले ५/७ वर्षका लागि फण्ड संकलन गरेको हुने र ५ वर्षसम्म होल्ड गर्दा कुनै नै कुनै दिन नाफामा बेच्न सकिने उनले बताए । नविल इन्भेष्टमेन्ट बैकिङका प्रमुख कार्यकारी अधिकृत सविरवादे श्रेष्ठले धितोपत्र बोर्डले एफपीओको मूल्य निर्धारण गरेको, अरु स्वतन्त्र निकायहरुले पनि राम्रो रेटिङ गरेकोले यस कम्पनीको सेयरमा घाटा नहुने बताए । ग्लोवल आईएमई क्यापिटलका सहायक प्रमुख कार्यकारी अधिकृत प्रराग विष्ठले पनि बुटवल पावरको एफपीओ अण्डरराईटिङ गर्दा दीर्घकालिन रुपमा जोखिम नभएको बताए । निष्काशन गरिएको एफपीओ पूर्ण रुपमा सार्वसाधारणमा बिक्री नहुनमा कम्पनीको कमजोरी नभएको बुटवल पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत उत्तरकुमार श्रेष्ठले बताए । ‘आन्तरिक कारण होइन, वाह्य कारण सेयर आवेदन कम भयो, उनले भने–यहिबेलामा धेरै हकप्रद सेयर निष्काशन भए, धेरै साधारण सेयर तथा म्यूचल फण्ड आए । बैंकमा लगानीयोग्य पुँजीको अभाव रह्यो ।’ कम्पनीले दिने लाभांश राम्रो र स्थीर रहेको, कम्पनीको संचित कोष पनि राम्रो भएको, ५ वर्षको १००० मेघावाट विजुली उत्पादन गर्ने योजना लिएर कम्पनी अगाडि बढिरहेकोले कम्पनीको भविष्य राम्रो रहेको उनको भनाई छ ।    

विमान दुर्घटनामा ज्यान गुमाएका अवधेशको परिवारलाई आर्थिक सहयोग

रौतहट । यूएस–बंगला विमान दुर्घटनामा परी ज्यान गुमाएका मृतक अवधेश यादवको परिवारलाई रौतहटबाट आर्थिक रकम सहयोग हस्तान्तरण भएको छ । समाजसेवीको रुपमा स्थापित युवा अभियानी रिपोर्टर्स क्लब नेपाल रौतहट जिल्लाका अध्यक्ष अभिमनुकुमार पटेलको पहलमा रौतहटमा संकलित रकम सर्लाहीको कबिलासी नगरपालिका वडा नं ३ बिनगरा बस्ने अवधेश यादवको परिवारलाई प्रदान गरिएको हो । रौतहटका संचारकर्मी, कर्मचारी, युवा, व्यापारी, शिक्षक, राजनीतिककर्मी र संघसंस्थाबाट संकलन गरिएको ४१ हजार ११ रुपैया बिनगर टोल स्थित घरमै पुगेर अवधेशको बृद्ध अपाङ्ग बुवा रास नारायण यादवलाई कबिलासी नपाका मेयर कौशल यादव,स्थानीय प्रहरी चौकीका इन्चार्ज सहायक प्रहरी निरिक्षक बिनोद यादव, बागमती नपा १० निवासी क्रिएटिभ युथ क्लबका अध्यक्ष एवं शिक्षक ओमबहादुर कार्की लगायत दर्जनौ स्थानीयबासीहरुको रोहवरमा सहयोग रकम हस्तान्तरण गरेको रिपोर्टस क्लब नेपालका रौतहट जिल्ला अध्यक्ष पटेलले जानकारी दिए । दुईभाई छोरा मध्यको जेठो छोरा मदन रायको १२ वर्षकै उमेरमा विमारीले गर्दा जनकपुर अस्पतालमा मृत्यु भएको थियो भने पैसाको अभाव भएपछि कान्छो छोरा अवधेश गाउँमै ऋण उठाएर कतार कमाउन गएको थियो । तर भनेको काममा नलगाए पछि ४ महिनामै घर फिर्ता आइरहेका अवधेशको त्रिभुवन विमान स्थल काठमाडौंमा भएको युएस बंगला विमान दुर्घटनामा परेर मृत्यु भएको थियो । उनीसँग प्लेनको टिकट समेत खरिद गर्न पैसा नरहेको अवस्थामा सोही ठाउँमा काम गर्ने आफनो सालोसँग सापटी पैसा लिएर घर फर्किरहेका थिए । छोराको मृत्यु पछि बेसहारा भएका अवधेशका बृद्ध अपाङ्ग बुवा सम्पत्तिको नाममा नहरको छेउमा जम्मा १० कठ्ठा जग्गा मात्र रहेको जसमा कुनै वर्ष वाली हुने र कुनै वर्ष त्यतिकै खाली रहने भने । छोराको मृत्यु पश्चात अवधेशकी श्रीमती पुनम देवी र ३ महिनाकी अबोध छोरीको लालन पोषणको भार वृद्ध अपाङ्ग बुवा माथि नै आइपरेको छ । ४ महिना बिदेश बस्दा छोराले एकपैसा पनि नपठाए पछि घर चलाउन मुस्किल परेपछि गाउँ मै थप ऋण लिएको रासनारायणले बताए । आर्थिक रकम संकलन गर्न राजपा नेपालका केन्द्रीय सदस्य बिबेककुमार यादव र फोरम नेपालका युवा नेता अरविन्दकुमार यादव लगायतले दिनरात खटेर अभियानलाई सफल बनाएको पटेलले बताए ।

भारतीय नम्बर प्लेटको गाडी छुटाइदिने भन्दै २५ हजार घुस माग्ने २ कर्मचारी पक्राउ

काठमाडौं । नेपाल भारत सिमामा पर्ने बोर्डर आउट पोष्ट कप्तानगञ्ज, सुनसरीमा भारती नम्बरको गाडी छुटाइदिने भन्दै घुस माग्ने २ शसस्त्र प्रहरी जवान पक्राउ परेका छन् । अख्तियारका अनुसार पक्राउ पर्नेमा प्रहरी जवान ठाकुर खत्री र नविन खड्का रहेका छन् । उनीहरुलाई गोप्य सूचनाको आधारमा अख्तियारको कार्यालय इटहरीबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनीहरुमथी थप अनुसन्धान भैरहेको अख्तियारले जनएको छ ।  

२५ करोड भन्दा बढी कर नतिर्ने ४० कम्पनीलाई राजस्व विभागको १५ दिने अल्टिमेटम

काठमाडौं । २५ करोड भन्दा बढी कर नतिर्ने ४० कम्पनीलाई आन्तरिक राजस्व विभाग कर सेवादाता कार्यालय कलंकीले १५ दिनको समयअवधि दिएको छ । कार्यालयले कर तिर्न टेलिफोन सम्पर्क र पत्राचार गर्दा कुनैपनि प्रतिक्रिया नआएपछि अल्टिमेटम दिएको हो । ४० कम्पनीले लामो समयदेखि मूल्य अभिवृद्धि कर तथा आयकर नबुझाएको करसेवादाता कार्यालयले जनाएको छ । तोकिएको समयमा कर दाखिला गर्न नआएमा मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा २१ तथा आयकर ऐन २०५८ को दफा १०३ बमोजिम कानूनी प्रक्रिया अघि बढ्नेछ । सबैभन्दा धेरै कर नतिर्ने नविनलाल श्रेष्ठले संचालन गरेको मकवाना विस्कुट प्रालीले १ करोड २२ लाख ४३ हजार ९ सय २५ रहेको छ । यसैगरी कर नतिर्ने कम्पनीहरुमा सुनगाभा इटा उद्योग, विरेन्द्र मोटर पार्टस लगायत ४० कम्पनी रहेका छन् ।