सरकारी बिदा कटौती, यो वर्ष गएको वर्षभन्दा २२ दिन बढी कार्यालय खुल्ने
काठमाडौं । सरकारले २०७५ का लागि सार्वजनिक बिदा स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को बुधबार साँझ बालुवाटारमा बसेको बैठकले सरकारले अघि सारेको समृद्धिको लक्ष्य पूरा गर्न सार्वजनिक बिदा कटौती गर्ने र कार्यदिन बढाउने उद्देश्यले वर्षभरीमा जम्मा बिदा ८९ दिन कायम गर्ने निर्णय गरेको हो । यसअघि वर्षभरीमा १०४ दिन बिदा हुँदै आएको थियो । सम्बन्धित धर्म, सम्प्रदाय र क्षेत्रका लागि प्रस्ताव गरिएका बिदाको दिन २२ र सबैलाई हुने सार्वजनिक बिदाको दिन भने ६७ कायम गरिएको छ । राज्यमन्त्री बाँस्कोटाका अनुसार गत साल पूरै बिदा भएका तर यस पटक आंशिक बिदा दिइएको दिन १० छ । यस वर्ष कटौती भएका बिदा १२ दिन छन् । विसं २०७४ को तुलनामा २०७५ सालमा २२ दिन बढी सरकारी कार्यालय खुल्नेछन् । रासस
वृज सिमेन्ट, मिरा हिमालय र पुष्पतारा केडिया फाउन्डेशनबीच सम्झौता, ५ लाख अनुदान सहयोग
काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिज, पुष्पतारा केडिया फाउन्डेशन र मिरा हिमालयबीच हितकारी कार्यमा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौता पत्रमा वृज सिमेन्ट तथा पुष्पतारा केडिया फाउन्डेशनको तर्फबाट अध्यक्ष मनोज केडिया र मिरा हिमालयका तर्फबाट संस्थापक एड्रिन हायसले हस्ताक्षर गरेका छन् । प्रर्बतारोहि एड्रिन हायसको नेतृत्वमा मिरा हिमालयले २०७२ सालको भूकम्प पश्चात् हिमाली भेगहरुमा सामान्य औषधी, प्राथमिक उपचार लगायत स्वास्थ्य र सरसफाई सम्बन्धी शिक्षामा काम गर्दै आएको छ । यस कार्यका लागि वृज सिमेन्ट एवं पुष्पतारा केडिया फाउण्डेशनले ५ लाख रुपैयाँ बराबरको सहयोग गरेको छ । आगामी ३ वर्षसम्मको यस्तो सहयोग निरन्तर केडियाले बताए । वृज सिमेन्ट केडिया समूहको धेरै उद्योगहरु मध्ये एक महत्वपूर्ण उद्योग हो । पुष्पतारा केडिया फाउण्डेशन केडिया समूह अन्तरगतको परोपकारी संस्था हो । नाफारहित यो संस्थाले स्वास्थ्य, शिक्षा, खेलकुद र साँस्कृतिक उत्थानको लागि तत क्षेत्रमा संरक्षण तथा टेवा पुरयाउने कार्य गर्दै आएको छ । मिरा हिमालयले विगत ३ वर्षदेखि नेपालको विकट हिमाली जिल्लाका क्षेत्रहरुमा निःशुल्क औषधी, प्राथमिक उपचार, शुलभ शिक्षा क्षेत्रमा परोपकारी काम गर्दै आएको छ ।
प्राइम लाइफ इन्स्योरेन्सले साढे १२ प्रतिशत बोनश शेयर बाड्ने
काठमडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११ औं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । उक्त वार्षिक साधारण सभाबाट आर्थिक वर्ष २०७३/७४ को वित्तीय विवरणहरु पारित गरिएको छ । जसमा आर्थिक वर्षहरुको मुनाफाबाट हकप्रद शेयर निष्काशन पश्चात हुने चुक्ता पूँजी रू १ अर्ब ५८ करोड ६५ लाख २० हजारको १२ दशमलब ५ प्रतिशत (खूद) का दरले शेयरधनीहरुलाई बोनश शेयर बितरण गर्ने प्रस्ताव पारित गरेको छ । बोनश शेयर बितरण तथा हकप्रद शेयर निष्काशन प्रक्रिया पुरा गरे पश्चात कम्पनीको चूक्ता पूँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ हुने बताइएको छ । साधारण सभाबाट संस्थापक शेयरधनीकोतर्फबाट एकजना महिला सञ्चालकको नियूक्ती भएको छ । उक्त इन्स्योरेन्स कम्पनीले देशभरका विभिन्न १२५ भन्दा बढी स्थानहरुबाट जीवनबीमा सेवा उपलब्ध गराई रहेको जनाएको छ । आगामी बर्ष त्यसलाई बढाएर कम्तिमा पनि १३५ स्थानबाट सेवा प्रवाह गर्ने कम्पनीको भनाइ छ । साधारणसभामा कम्पनीको हालसम्मको वित्तीय अवस्था, जीवनवीमा क्षेत्रमा गरेको उपलब्धी लागयतको लसम्बन्धमा जानकारी गराएको थियो ।
जगदम्बा सिमेन्टद्धारा विश्वस्तरीय प्रविधी भीआरएम जडान, उत्पादनमा दोब्बर वृद्धि हुने
काठमाडौं । जगदम्बा सिमेन्टले विश्वकै उत्कृष्ट यूरोपियन कंम्पनी एफएल इस्मिथ(डेनमार्क र इन्डिया)को अत्याधुनिक प्रविधि भर्टिकल रोलेल मिल्स(भीआरएम) जडान गरी उत्पादन शुरु गरेको छ । सिमेन्टले उत्पादनलाई थप गुणस्तरिय बनाउने उद्धेश्यले उक्त विश्वस्तरीय प्रविधि जडान गरेको हो । हालको उत्पादन ४५,००० बोरा प्रतिदिन रहेकोमा भीआरएम प्रविधि जडान पश्चात कम्पनीको उत्पादन करिव करिव दोब्बरको हाराहारीमा पुग्ने कम्पनीले जनाएको छ । भीआरएम प्रविधि पश्चात कम्पनीको उत्पादन ८०,००० बोरा प्रतिदिन उत्पादन हुनेछ । भीआरएम प्रविधि नेपालमा भित्र्याउने जगदम्बा सिमेन्टको दोस्रो कंम्पनी हो भने यो प्रविधि जगदम्बा सिमेन्टको विरगञ्ज स्थित शुभश्री जगदम्बा सिमेन्ट मिल्स् प्रा.लि मा जडान गरिएको छ । त्यस्तै, यही प्रविधि जडान गरी कम्पनीले आफ्नो तेस्रो उद्योग नेपाल जगदम्बा सिमेन्ट ई.प्रा.लि बाट पनि चाडै नै उत्पादन शुरु गर्ने जनाएको छ । तेस्रो उद्योग संचालन पश्चात कम्पनीको उत्पादन प्रतिदिन १,१०,००० बोरा रहने कम्पनीले जनाएको छ । देशको बढ्दो सिमेन्टको मागलाई सम्बोधन गर्दे सिमेन्ट उद्योगलाई नै आत्मनिर्भर हुन टेवा दिइरहेको छ । त्यस्तै, ग्राहक तथा उपभोक्ताको गुणस्तर प्रतिको चाहनालाई आत्मसाथ गर्दे उपलब्धताको सुनिश्चितता प्रदान गरेको छ । यसरी नै आगामी दिनहरुमा आफ्ना सम्पूर्ण उद्योगलाई प्रविधी मैत्री बनाउने कम्पनीको प्रतिबद्धता छ ।
निर्वाचन आयोगको बेरुजु फछ्र्योट ५९.८२ प्रतिशत
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन बुझाउँदै आयोगले आफ्नो कार्यव्यवस्था प्रभावकारी बनाउन दोस्रो रणनीतिक योजना (२०७१/०७२–२०७५/०७६) अन्तर्गत मतदाता शिक्षा र लैङ्गिक तथा समावेशीकरण नीति र रणनीति जारी गरी सोहीबमोजिम सरोकार भएकाहरुसँगको सहकार्यमा प्राथमिकताप्राप्त क्रियाकलाप सञ्चालन गरिरहेको अवगत गराएका छन् । गत आवमा आयोगले ६४ दिन मात्रै बाँकी रहेको चुनौतीपूर्ण अवस्थामा पनि स्थानीय तह निर्वाचन, २०७४ को व्यवस्थापन गर्ने क्रममा निर्वाचनसँग सम्बन्धित चार नियमावली र १६ निर्देशिका जारी गर्नाका साथै गत आवअन्तर्गत विसं २०७४ वैशाख ३१ र असार १४ गते दुई चरणमा ६१७ स्थानीय तहमा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको थियो । स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी विसं २०७३ कात्तिक २६ गतेदेखि २०७४ माघ मसान्तसम्म विशेष कार्यक्रम सञ्चालनमार्फत मतदाता नामावली संकलन र अद्यावधिक तथा एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताको नामावली तयार गरी वेबसाइटमार्फत सार्वजनिक गरिएको उनले जानकारी दिए । गत आवमा आयोगका नाममा कायम रहेको बेरुजु ४७ करोड ८९ लाख ६३ हजार रूपैयाँमध्ये २८ करोड ६५ लाख तीन हजार रुपैयाँ फछ्र्योट गरी ५९.८२ प्रतिशत बेरुजु फछ्र्योट गरिएको जनाइएको छ । प्रतिवेदनमा गत आवमा आयोगले सम्पादन गरेका कार्य उल्लेख छन् । नेपालको संविधानको धारा २९४ अनुरुप आयोगले आफूले गरेका कामकारवाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने र आयोग ऐन, २०७३ को दफा ४५ बमोजिम सार्वजनिकसमेत गर्नुपर्ने व्यवस्था छ । रासस
१५ वर्ष पेट्रोलियम बजार भारतलाई सुम्पँदै प्रधानमन्त्री ओली, आफ्नै घोषणा विपरित पाइपलाइन शिलान्यासको तयारी
काठमाडौं । मुलुकलाई आत्म निर्भर बनाउने भाषण गर्दै आएका प्रधानमन्त्री केपी ओलीले १५ बर्षसम्म नेपालको पेट्रोलियम बजारमा भारतीय एकाधिकार स्विकार गर्ने भएका छन् । ओलीले आफ्नै पुर्व घोषणा विपरिद १५ बर्षसम्म भारतसँग मात्रै पेट्रोलियम पदार्थ खरिद गर्नुपर्ने सर्तसहित निर्माण हुने मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको शिलान्यास गर्न लागेका हुन् । निर्वाचन अघि यसो भनेका थिए ओलीले- वामपन्थी सरकार बनेपछि रक्सौल-अमलेखगञ्ज पाइपलाईन खारेज : केपी ओली केहि समयपछि हुने भारत भ्रमणका क्रममा प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाइपलाइनको संयुक्त शिलान्यास गराउने तयारी भैरहेको छ । ‘प्रधानमन्त्रीज्युको भारत भ्रमणका क्रममा पाइपलाइनको संयुक्त शिलान्यास गराउने तयारी भैरहेको छ’, उद्योग, बाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले भने । उनले विश्व व्यापार संगठन (डब्ल्युटीओ)को मन्त्रीस्तरीय बैठकमा भाग लिएर बिहीबार स्वदेश फर्कने क्रममा सो तथ्य उजागर गराएका थिए । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशिल भट्टराईले भारतको मोतिहारीदेखि नेपालको अमलेखगन्जसम्म बिछ्याइने पेट्रोलियम पाइपलाइन सिलन्यास गर्ने अवस्थामा पुगिसकेको बताए । ‘अवश्यक इक्वीप्मेन्टहरु आइसकेको छ,’ उनले भने ‘अहिलेसम्म्म ३६ किलोमिटर पाइप भित्रिसकेको छ, हामी प्रधानमन्त्रीबाटै शिलान्यास गराउने सोँचमा छौं ।’ उनले २५/३० प्रतिशत इक्वीपमेन्ट आइसकेको जानकारी पनि दिए । वर्तमान प्रधानमन्त्री ओलीले प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचन पुर्व मंसिर ४ गते नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा १५ इण्डियन आयल कर्पाेरेशनबाट मात्रै पेट्रोलियम पदार्थ खरिद गर्नुपर्ने सम्झौता मान्य नहुने घोषणा गरेका थिए । २०१५ अगष्ट २४ मा नेपाल र भारतबीचमा रक्सौल अमलेखगञ्ज पाइपलाइन विच्छ्याउने सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त परियोजनाका लागि २ अर्ब ७५ करोड भारु लाग्ने बताइएको थियो ।
२८ हजार घुसले सहायक अधिकृत पुष्प राना क्षेत्रीको जागिर चट
काठमाडौं । २८ हजार घुस लिदा सहायक अधिकृत पुष्प राना क्षेत्रीले जागिर गुमाउनु परेको छ । औषधि व्यवस्था विभाग, शाखा कार्यालय नेपालगञ्ज, बाँकेमा कार्यरत क्षेत्री घुस लिदालिदैं पक्राउ परेका हुन् । मेडीकल सेन्टर अनुगमनको क्रममा विभिन्न बहाना बनाइ सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कोहलपुरको टोलीले उनलाई रकम सहित पक्राउ गरेको हो । उनीमाथी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिमको कसूर गरेको देखिन आएकोले उनीमाथी थप कारवाहि गर्न विशेष अदालतमा आरोपपत्र दायार गरिएको छ ।
एनसीसी बैंकको बिशेष साधारण सभा माग्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन
काठमाडौं । एनसीसी बैंकको बिशेष साधारण सभा माग गर्दै कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन परेको छ । एनसीसी बैंकको लगानीकर्ता एनबी ग्रुपले बिशेष साधारण सभाको माग गर्दै चैत १२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएका हुन् । एनबी समुहका तर्फबाट लक्ष्मी बहादुर, जीत बहादुर श्रेष्ठले निवेदन दिएका हुन् । उनीहरुले बैंकको पुँजी वृद्धि, नयाँ सञ्चालक समिति चयन गर्न र एपेक्स डेभलपमेन्ट बैंकको कारोबार छुट्टै राख्ने एजेण्डासहित साधारण सभाको माग गरेका छन् । ‘एनसीसी बैंकको बिशेष साधारण सभा माग गरेर एनबी समुहले निवेदन दर्ता गरेको छ, हामी अध्ययन गरिरहेका छौं’ कम्पनी रजिष्ट्रारको कार्यालयका सहायक रजिष्ट्रार राजन बस्नेतले विकासन्युजसँग भने । गत वर्ष बैंकले विशेष साधारणसभा गर्न लाग्दा लक्ष्मी बहादुर, जित बहादुर समुहले लगातार बिशेष साधारण सभा गर्न नहुने भन्दै राेक्न कर्यालयमा निवेदन दिएका थिए । यसअघि बैंकले पहिलो बिशेष साधारण सभाबाट चार वटा विकास बैंकसँग मर्जरको निर्णय गरेको थियो भने दोश्रोबाट पुँजी वृद्धिका लागि हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको थियो । हकप्रद सेयर निष्काशन गर्ने बिशेष साधारण सभाको निर्णय भने अझै कार्यान्वयन भैसकेको छैन् ।