विकासन्युज

श्वेतपत्र अतिरञ्जनापूर्ण

काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले मुलुकको अर्थतन्त्र रित्तो भएको अवस्थामा नभए पनि अर्थमन्त्रीले हालै जारी गरेको श्वेतपत्र अतिरञ्जनापूर्ण रहेको आरोप लगाएको छ । बैठकको विशेष समयमा काँग्रेसका डा मीनेन्द्र रिजालले पछिल्लो दशकमा अर्थतन्त्रमा समग्रमा सुधार आए पनि सरकारले यथार्थ विश्लेषण नगरी दोषारोपण गर्ने गरी श्वेतपत्र ल्याएको आरोप लगाए । उनले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र निजी क्षेत्रलाई सँगै लान नसक्दा तथा राजनीतिक अस्थिरता हुँदा निर्यात घाटा भएको बताउँदै त्यसको खाडललाई पूर्ति गर्दै सबैको सहयोग लिएर नयाँ सरकारले ठोस कदम चाल्नुपर्नेमा जोड दिएका थिए । नेकपा (एमाले)का मोहन बानियाँले दुर्गम क्षेत्र विकास समिति खारेज गर्न नहुने बताए । नेकपा (माओवादी केन्द्र) का अग्निप्रसाद सापकोटाले भूकम्प एवं अन्य प्राकृतिक प्रकोपपीडित जनता हालसम्म पूर्ववत् जीवनमा फर्कन नसकेको बताउँदै चीनसँगको तातोपानी नाका तत्काल खुलाउन आग्रह गरे । संघीय समाजवादी फोरम नेपालका राजेन्द्रप्रसाद श्रेष्ठले काठमाडौँका विभिन्न स्थानमा सडक विस्तारका क्रममा स्थानीयवासीले पाउनुपर्ने क्षतिपूर्ति र सर्वोच्च अदालतले गरेको फैसलासमेत कार्यान्वयन नभएको गुनासो गरेका छन् । अहिले जारी बैठकमा केहीबेरपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न भारत भ्रमणबारेको सार्वजनिक महत्वको विषयबारे सदनमा जानकारी दिने कार्यक्रम छ । रासस

एसईई सकियो, अब जाने हैन त ब्रिजकोर्स पढ्न ?

काठमाडौ । चितवको स्मल हेवन स्कुलबाट एसईईको परीक्षा सकिएको केही दिन मै राउल शाह ब्रिजकोर्समा भर्ना भए । कक्षा ११ मा विज्ञान विषय अध्ययन गर्ने योजना बनाएका उनको पहिलो उद्देश्य प्रवेश परीक्षामा राम्रो अंक ल्याएर छात्रवृत्ति प्राप्त गर्नु हो । उनीसँगै उनका सहपाठीे साथीहरु पनि ब्रिजकोर्सका लागि इन्स्टिच्युटमा भर्ना भएका छन् । परीक्षा र नतिजाबीचको तीन महिना समयको सदुपयोग पनि हुने र कक्षा ११ मा भर्ना हुनका लागि पनि सहज हुने भएकाले आफूहरु ब्रिजकोर्समा भर्ना भएको उनीहरुको भनाइ छ । राउल शाहा र उनका साथीहरु जस्तै यती बेला ४ लाख ८५ हजार परीक्षार्थी फुर्सदिला बनेका छन् । उनीहरु धेरैका लागि ब्रिजकोर्स समय सदुपयोग गर्ने उपयुक्त विकल्प बनेको छ । इन्टिच्युटहरुले विद्यार्थि तान्नका लागि धमाधम ब्रिज कोर्सका लागि कक्षा खुला गरेका छन् । पुतलिसडकमा रहेको क्यामरिज इन्स्टिच्युटका सञ्चालक श्री बास्तव ब्रिजकोर्सले कक्षा १० र ११ लाई जोड्ने पुलको रुपमा काम गर्ने बताउछन् । विकास न्युजसंग कुरा गर्दै उनले भने “पाठ्यक्रमको हिसाबले कक्षा १० सम्म र प्लस टुको पाठ्यक्रम फरक छ, त्यसमाथि ए लेभलका साथै सीटीईभीटीका विभिन्न प्राविधिक कोर्स पनि छन् । यस्तोमा ब्रिजकोर्स विद्यार्थीका लागि सहयोगी बनेको छ ।” ब्रिजकोर्सको कक्षाकोठामा पाठ्यक्रमका साथै व्यक्तित्व विकासका कक्षाहरु साथै अतिरिक्त क्रियापकलाका कक्षा समेत सञ्चालन गरिने बास्तवले जानकारी दिए । दैनिक ३ घण्टाको कक्षामा आधा घण्टा ब्रेक दिइने गरेको छ । प्रत्येक साता जाँच पनि लिइने गरेको उनले सुनाए । इन्टिच्युटहरुले १० हप्ताका लागि ७ देखि ८ हजार शुल्क लिने गरेका छन् । यसमा आवश्यक पुस्तक पनि सोही शुल्कमा उपलब्ध गराउँदै आएको सञ्चालकहरुले बताएका छन् । इन्स्टिच्युटले विद्यार्थीको सेन्ड अप परीक्षाको नतिजाका आधारमा शतप्रतिशतसम्म छात्रवृत्ति समेत उपलब्ध गराउँदै आएको छ । राजधानी काठमाडौंमा मात्रै होइन, देशका सबै जसो ठाउँमा ब्रिजकोर्स अध्यापन गराउने इन्स्टिच्युटहरु खुलेका छन् । जहाँ कक्षा १० पछि विज्ञान, व्यवस्थापन, ए लेभल तथा प्राविधिक विषय अध्ययन गर्न चाहने विद्यार्थीका लागि प्रि–क्लास उपलब्ध गराइन्छ । देशभरी नै पछिल्लो समयमा ब्रिजकोर्सको माग बढेको पाइन्छ । एसईईपछिको खाली समयमा घुमघाम गर्नेमात्र नभई कम्प्युटर सिकेर वा सीपमूलक तालिम लिएर आफ्नो क्षमता बृद्धि गर्नुको साथै आत्माविश्वास पनि बढाउन सकिने भएकाले अहिले धेरैका लागि पहिलो विकल्प ब्रिजकोर्स नै बनेको छ । ब्रीज कोर्स किन ? ब्रिजकोर्स विद्यार्थीहरुका लागि एउटा राम्रो मौका पनि हो । एसईईपछिको खाली समयलाई विद्यार्थीहरुले घुमेर र खेलेर कटाइरहेका हुन्छन् । त्यही समयलाई विद्यार्थीहरुले सदुपयोग गर्न सके उनीहरुको भविष्यमा धेरै ठूलो परिवर्तन आउन सक्छ । ब्रिजकोर्सले विद्यार्थीहरुमा पढ्ने बानीको विकास गराउँछ । विद्यार्थीहरुलाई हुने फाइदा विद्यार्थीहरुले पछि पढ्ने विषयको सामान्य ज्ञान ब्रिजकोर्स पढ्दा पाइन्छ । उनीहरुले उच्च शिक्षा हासिल गर्ने क्रममा कक्षामा पढ्ने विभिन्न विषयका बारेमा पहिले नै जानकारी दिइने हुनाले उनीहरुका लागि सजिलो हुन्छ । त्यस्तै, ब्रिजकोर्स अध्ययन गर्ने धेरैको उद्देश्य प्रवेश परीक्षाको तयारी नै हो । राम्रा कलेजमा भर्ना पाउनका लागि वा छात्रवृत्ति पाउनका लागि प्रवेश परीक्षामा ल्याउने अंक महत्वपूर्ण हुन्छ । बाग बजारमा रहेको ड्रिम हाई एजुकेशन एकेडेमीका संचालक महेन्द्र मिजारका अनुसार एसईई परीक्षापछि विद्यार्थीहरु पूर्णरुपमा तनाव मुक्त हुन्छन् । केही दिनपछि विद्यार्थीहरु आफै ब्रिज कोर्सका लागि कन्सलटेन्सीसम्म आउने गर्छन । विषेशगरी गणित, विज्ञान, व्यवस्थापन र नर्सिङ पढ्न चाहने विद्यार्थीहरुको लागि ब्रिजकोर्स निकै सहयोग गरेको मिजारको भनाई छ ।  

ढल्केबर सवस्टेशनमा ३१५ एमभीएको ट्रान्सफरमरको ठेक्का भारतको टीबीईएले पायो, मूल्य २५ करोड

काठमाडौं । ढल्केबर सवस्टेशनमा ३१५ एमभीए क्षमताको २ वटा विद्युतीय ट्रान्सफरम आपूर्ति र जडानको ठेक्का एक भारतीय कम्पनीले पाएको छ । टीबीइए इनर्जी इण्डिया प्राइभेट लिमिटेडले साढे २५ करोड रुपैयाँमा २ वटा ठुला ट्रान्सफरमर आपूर्ति र जडानको जिम्मा पाएको हो । ग्लोबल टेण्डर गर्दा कम दर प्रस्ताव गरेपछि उसले ठेक्का पाएको हो । जसअनुसार प्राधिकरणले टीबीईएलाई २१ लाख ५८ हजार डलरमा र २ करोड २६ लाख ३९ हजार नेपाल रुपैयाँमा भुत्तानी दिने छ । नेपाल विद्युत प्राधिकरणले ठेक्का सम्झौताका लागि टीबीइएलाई बोलाएको छ । भारतबाट बिजुली आदनप्रदान गर्नका लागि मज्जफपुर–ढल्केबर ४०० केभी क्षमताको प्रसारणलाइन भएपनि हाल १३२÷२२० केभीमा सञ्चालनमा ल्याउन लागिएको छ । यस्तै आउदो २ वर्षमा सवस्टेशनको क्षमता बढाएर ४०० केभी पुर्याउने प्राधिकरणले जनाएको छ । हाल सवस्टेशन निर्माणको काम जारी छ ।

नेपाली बैंकले विदेशी वित्तीय संस्थाबाट ऋण लिन पाउने, एनएमबी र एनआईसी एसियालाई बाटो खुल्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई विदेशी वित्तीय संस्थाबाट ऋण लिन पाउने व्यवस्था गरेको छ । केन्द्रीय बैंकको हालै बसेको सञ्चालक समिति बैठकले नेपाली बैंकलाई विदेशबाट ऋण लिन पाउने निर्णय गरेको हो । ऋण लिन पाउने नीति केही दिनभित्र सार्वजनिक हुनेछ । सञ्चालक समितिले पास गरेको तर माइन्युट साइन भएर बाहिर नआएको राष्ट्र बैंकका प्रवत्ता नारायणप्रसाद पौडेलले बताए । माइन्युटमा सही भएर आएपछि यसको खाका बनाएर कार्यन्वयनमा ल्याउने उनले जानकारी दिए । एनएमबी बैंक र एनआईसी एसिया बैंकले ऋण लिन स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिएको पौडेलले जानकारी दिए । “बैंकले विदेशी वित्तीय संस्थाबाट ल्याउन पाउने ऋणको सीमा, ब्याजदर, हेजिङफण्ड, र लगानीको क्षेत्र र कर्जाको अवधि तोकिने गरी अर्को निर्णय आउने छ” पौडेलले भने । लगानीयोग्य पुँजी बढाउन विदेशबाट ऋण लिन पाउने व्यवस्था गरिएको उनको भनाई छ । एनएमबी बैंकले विश्व बैंक अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आईएफसी) बाट ल्याउन लागेको १ अर्ब ५० करोड रुपैयाँ ऋण ल्याउन बाटो खुलेको छ ।अघिल्लो साता आइतबार एनएमबीले आईएफसीसंग ऋण लिने सम्झौता गरेको थियो । आईएफसीबाट ऋण लिनका लागि प्रक्रिया अघि बढाएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बताए । उनले ऋण लिन अनुमतिका लागि राष्ट्र बैंकमा निवेदन दिने जानकारी गराए । यस्तै एनआईसी एसिया बैंकले पनि विदेशबाट ऋण लिने तयारी गरेको छ । गत वर्षदेखि लगानीयोग्य पुँजीको संकट बढेपछि यो समस्या समधानका लागि राष्ट्र बैंकले विदेशबाट ऋण लिनका लागि बाटो खोलिदिएको हो । प्राथमिक पुँजीको २५ प्रतिशतसम्म मात्र ऋण ल्याउन पाउने छन् । यो व्यवस्थाअनुसार ७५ अर्ब रुपैयाँसम्म ल्याउन सक्ने देखिएको पौडेल बताउछन् ।

भूकम्प पीडितको दोस्रो किस्ताको म्याद ३ महिना थपियो

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पीडितको दोस्रो किस्ताको म्याद असारसम्म थपेको छ । चैत अन्त्यसम्म रहेको दोस्रो किस्ताको म्याद असारसम्म थपिएको हो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको मंगलबार बसेको बैठकले तीन महिना म्याद थप्ने निर्णय गरेकोे प्रधिकरणका आयुक्त यामलाल भुषालले जानकारी दिए । प्रधिकरणका अनुसार भूकम्प पीडितका १ लाख १५ हजार घर निर्माण भैसकेका छन् भने ३ लाख ९० हजार घरहरु निर्माणाधीन छन् । आगामी वर्षको असारसम्म ४ लाख ४९ हजार घर निर्माण गर्ने प्रधिकरणले लक्ष्य लिएको छ । यसैगरी प्रधानमन्त्रीले केपी शर्मा ओलीले दिएको निर्देशन अनुसार कार्यविधि संशोधन गर्ने विषयमा पनि लफल भएको भुषालले जानकारी दिए ।  

राष्ट्र बैंकको निर्देशन विपरित नविल बैंककाे बम्पर उपहार, डेपुटी गभर्नरले भने–‘हामी उचित निर्णय लिन्छाैं’

काठमाडौं । नेपाल राष्ट्र बैंकले दिएको निर्देशन विपरित नविल बैंकले नयाँ बम्बर उपहार योजना ल्याएको छ । नविलले आफ्ना ग्राहकलाई १५०० रुपैयाँको किनमेल गर्दा १०० रुपैयाँ फिर्ता दिने र सबैंभन्दा बढी कारोबार गर्नेलाई २७ लाख रुपैयाँकाे कार उपहार पनि दिने गरि बम्पर उपहार योजना ल्याएको हाे । चैत २० गतेदेखि लागू हुने गरी बैंकले ल्याएको यो योजना गलत भएको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् । ‘मैले आजै पत्रिकामा नविल बैंकको बम्बर उपहार योजनासहितको विज्ञापन पढेँ, मेरो बुझाइमा त्यो गलत छ, यस विषयमा राष्ट्र बैंकमा छलफल हुन्छ’ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले विकासन्युजसँग भने । राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले पनि नविल बैंकको उपहार योजना राष्ट्र बैंकको एकिकृत निर्देशनको बुँदा १३ को भाव विपरित भएको बताए । ‘नविल बैंकले राष्ट्र बैंकको निर्देशनको शब्द शब्द केलाउँदै निर्देशनको भावना विपरित काम गरेको छ । यस विषयमा राष्ट्र बैंकले उचित निर्णय लिन्छ’ उनले भने । नेपाल बैंकर्स संघको अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले पनि नविल बैंकको उपहार योजना गलत भएको बताए । ‘मलाई लाग्छ, कुनै पनि बैंक तथा वित्तीय संस्थाले उपहार योजना सञ्चालन गर्न पाईनैन । राष्ट्र बैंकको नियम त्यहि हो, सबैलाई त्यो लागू हुनुपर्ने हो’ उनले विकासन्युजसँग भने । नबिल बैंक डेविट/क्रेडिट/प्रिपेड जस्ता भिसाकार्ड वाहक ग्राहकहरुलाई लक्षित गरेर ‘कार्डबाट कार’ योजना ल्याएको छ । यस योजनामा दुई वटा योजना छन् । पहिलोमा ग्राहकहरुले नेपाल भित्रका पीओएस तथा ई–कमर्श साइटबाट एउटै कार्डबाट प्रत्येक ३ पटक सफल कारोबार गरे पश्चात १०० नगदै फिर्ता पाउनेछन । नगद फिर्ता योजनाको लागि योग्य हुन प्रत्येक कारोवार रकम कम्तिमा ५०० वा सो भन्दा बढीको हुुनु पर्ने बैंकले जनाएको छ । बम्पर उपहार योजना अन्तरगर्त यस योजना अवधिभर सबैभन्दा धेरै पटक कारोबार गर्ने एक जना ग्राहकलाई बम्पर उपहार स्वरुप हुण्डाई ग्राण्ड आई १० कार प्रदान गरिने बैंकले जनाएको छ । यस कारको बजार मूल्य २६ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो योजना २० गतेदेखि प्रारम्भ भई ३ महिनासम्म अर्थात आगामी असार १९ गतेसम्म रहने नविल बैंकले जनाएको छ । यस विषयमा नविल बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहसँग कुरा गर्न प्रयास गर्दा कुरा गर्न मानेन् । कर्पोरेट कम्यूनिकेशन युनिट आस्था शाहले भने राष्ट्र बैंकबाट स्वीकृत लिएर यो उपहार योजना ल्याएको बताइन । एक दशकअघि बैंकहरुले निक्षेपकर्तालाई आकर्षित गर्न सुनको सिक्का, हिराको हार, कार, घर उपाहार दिन थालेका थिए । यसले बजारमा अस्वस्थ प्रतिस्पर्धा गराएको, एक दुई जना ग्राहकलाई ठूलो लाभ र लाखौ ग्राहकलाई नोक्सान हुने काम गरेको भन्दै राष्ट्र बैंकले सबैं प्रकारका उपहार योजन बन्द गराउने निर्णय गरेको थियो । ‘त्यतिबेला निक्षेपकर्तालाई प्रलोभनमा पार्ने धेरै होडबाजी थियो । कुमारी बैंकले घर उपहार दिने योजना ल्यायो’ राष्ट्र बैंकका तत्कालिन डेपुटी गभर्नर कृष्णबहादुर मानन्धरले भने–‘लाखौ निक्षेपकर्तालाई २ प्रतिशत मात्र व्याज दिने, एक जनालाई ७० लाख रुपैयाँको घर उपहार दिने योजनाले लाखौ निक्षेपकर्तालाई मर्का परेको देखियो र हामीले सबै प्रकारका उपहार योजनालाई बन्द गराएका थियौ । राष्ट्र बैंकले बेलैमा सहि निर्णय नगर्ने हो भने एक दशक पहिले जस्तै फेरी नेपाली बैंकिङ क्षेत्रमा बम्पर उपहार योजनाको बहार आउने देखिएको छ ।

नगरपालिकाको बजेट आफुखुशि खर्च गर्ने अधिकृत नवीनकुमार श्रेष्ठ प्रहरी हिरासतमा

काठमाडौं । नगरपालिकाको रकम आफुखुशि खर्च गर्ने नगरपालिका कार्यालय धनकुटाका अधिकृत नवीनकुमार श्रेष्ठलाई अख्तियारले हिरासतमा लिएको छ । श्रेष्ठलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय धनकुटाले हिरासतमा लिएको हो । उनले नगरको रकम बैंकमा दाखिला नगरी व्ष्क्तिगत प्रयोगमा ल्याएको भन्ने जनगुनासो बढ्न थालेपछि अख्तियारले कारवाहि प्रक्रिया अघि बढाएको थियो । अख्तियारको अनुसार उ नीमाथीअनधिकृत रुपमा रकम समेत झिकी अनियमितता गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ बमोजिम पक्राउ गरी हिरासतमा राखी अनुसन्धान भइरहेको छ ।

मुआब्जाको लागि सबैले पहल गर्ने भएपछि साँफे मार्तडी सडक सुचारु

काठमाडौं । मुआब्जाका लागि सबै निकायले पहल गर्ने सहमतिसँगै साँफे—मार्तडी सडक खण्ड सुचारु भएको छ । सडक डिभिजन कार्यालयबाट सडकको सीमा निर्धारण गर्ने टोली बोलाई मूल्यांकन गर्ने र यसअघि भएका दोहोरो अर्थ लाग्ने सर्वपक्षीय भेलाका निर्णयको पुष्ट्याँइका लागि अदालत जाने सहमति पछि बाटो सुचारु भएको प्रहरी नायब निरीक्षक हरिबहादुर ओलीले बताए । तिपाडामा स्थानीयले बिहान ६ बजेदेखि सडक अवरुद्ध गरेका थिए । सडक सोमबार दिउँसो सञ्चालनमा आएको हो । स्थानीयले तिपाडा बजार क्षेत्रको सरकारले मुआब्जा नदिएको भन्दै सडक अवरुद्ध गरेका हुन् । २०७२ सालदेखि नै छलफलको विषय रहेको उक्त सडक क्षेत्रमा राज्यले मुआब्जा दिन ढिलासुस्ती गरेको जग्गाधनी धीरबहादुर सिंहको गुनासो छ । सडक कालोपत्रेको प्रक्रियामा रहेपनि स्थानीयले मुआब्जा नपाएसम्म काम गर्न नदिने बताउँदै आएका छन् । जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय र स्थानीय राजनीतिक दलबीच मुआब्जा दिने सहमति भएपछि अहिलेसम्म भुक्तानी भएको छैन । पटकपटक भएका निर्णयमा मुआब्जा दिने कुरा भएपनि कति दिने भन्नेमा साझा निर्णय नभएकाले भुक्तानीमा समस्या भएको प्रशासनले बताउने गरेको छ । उनीहरुले बिहानै पर्खाल र तारबारसहित बन्द गरेका थिए । सडक अवरुद्ध गरिएपछि करिब छ घण्टा दर्जनौँ सवारी साधनका यात्रु तिपाडामा अलपत्र परेका थिए । जिल्ला बाहिर जान र आउन लागेका दुवैतिरका यात्रु सडक सुचारु भएसँगै गन्तव्यतर्फ लागेका छन् । आइतबार मात्र प्रशासन कार्यालयमा सहमतिका लागि प्रयास गरिए पनि २०७२ सालको मूल्यांकनका आधारमा मुआब्जा दिने कुरा भएपछि आफूहरुले न्यायका लागि सडक बन्द गरेको बताएका छन् । रासस