सेयर बजार २४ अंकले बढ्यो, लगानीकर्तामा उत्साह
काठमाडौं । बैंकिङ प्रणालीमा तरलता बढेको र विदेशबाट बैंकले ऋण लिन पाउने व्यवस्था भएपछि ब्याज दर घट्ने अनुमानका आधारमा सेयर बजार बढ्न थालेको छ । बिहीबार पनि सेयर बजार २४ अंकले बढेर नेप्से परिसुचक १ हजार २५० मा पुगेको छ । मंगलबारदेखि बढ्न थालेको बजार बिहीबारसम्म निरन्तरता पाएको छ । बजार बढेपछि सेयर बजारमा पुरै हरियाली देखिएको छभने लगानीकर्तामा उत्साह थपिएको छ । बजार बढेपछि बिहीबार ६१ करोड ९३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको भएको छ । कम्पनीको प्रतिकित्ता प्रतिकित्ता ९९१ रुपैयाँमा ३ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
सञ्चय कोषको प्रशासकका लागि तुलसी, दीपक र राजेन्द्रको नाम शिफारिश,कसले मार्ला बाजी ?
काठमाडौं । कर्मचारी संचय कोषको प्रशासकका लागि ३ जनाको नाम शिफारिश भएको छ । अर्थ मन्त्रालयले गठन गरेको छनौट शिफाशिर समितिले तुलसीप्रसाद गौतम, दीपक रौनियार र राजेन्द्र काफलेलाई छनौट गरेको छ । समितिले बुधबार कोष सञ्चालनको व्यवसायिक योजना र अन्तरवार्ता लिएको थियो । योजना र अन्तरवार्ताबाट ३ जनाको नाम शिफारिश गरिएको समितिले जनाएको छ । रौनियार हाल कोषको कामू प्रशासकको रुपमा कार्यरत छन भने काफले उपप्रशासको रुपमा कार्यरत छन् । अर्थ मन्त्रायले नियुत्तका लागि ३ जनाको नाम मन्त्रिपरिषदमा पेश गर्नेछ ।
एशियन लाईफ ईन्स्योरेन्स १० वर्षमा ६८ जिल्ला पुग्यो, बार्षिकोत्सवमा ५१६ जनाले गरे रक्तदान
काठमाडौं । २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको यस एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो कार्यकालका दशौं वर्ष पुरा गरी एघारौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले १० वर्षकोे अवधिमा नेपालको पूर्व मेची देखि पश्चिम महाकालीसम्म ६८ वटा जिल्लामा कुल २८ वटा शाखा र ६८ वटा उपशाखा कार्यालयहरुको स्थापना गरी देशको अधिकांश जिल्लाहरुमा बीमा सेवा विस्तार गर्न सफल भएको जनाएको छ । एघारौं वर्षको उपलक्ष्यमा कम्पनीले चैत्र १७, २० र २१ गते सामाजिक उत्तरदायित्व अन्तर्गत विविध कार्यक्रहरु सम्पन्न गरेको बताएको छ । जसमा मस्तिष्क पक्षघात समाज, गौरीघाट गुहेश्वरी काठमाण्डौंलाई अपाङ्ग मैत्री कुर्सी तथा टेवल (२/२ थान) हस्तान्तरण गरि उक्त संस्थाका वालवालिकाहरुलाई फलफूल तथा मिठाई वितरण गरेको जानकारी दिएको छ । त्यस्तै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बुधबार लायन्स क्लब चाबहिल काठमाण्डौंको सहकार्यमा कम्पनीको प्रधान कार्यालयको प्राङ्गणमा खुल्ला रक्तदान कार्यक्र गरेको कम्पनीको भनाइ छ । जहाँ ९० जनाको सहभागीतामा रक्तदान गरियो छ । कम्पनीले एघारौं वार्षिक उत्सवको अवसर पारी गरिएको रक्तदान कार्यक्रममा नेपालको पूर्व देखि पश्चिम सम्मका विभिन्न शाखाहरु तथा प्रधान कार्यालय गरी कुल ५१६ जनाले रक्तदान गरेको कम्पनीले जनाकारी दिएको छ । काम्पनीको अनुसार १० वर्षको अवधिमा ७५ वटै जिल्लामा अभिकर्ताहरुलाई तालिम प्रदान गरि २०७४ फागुन मसान्तसम्ममा रु.४ लाख ४,४०० बीमालेख बिक्रि गरी रु. १३ अर्व ९ करोड प्रिमियम संकलन गरेको छ । पौष मसान्तसम्म रु. ११ अर्व ३२ करोड जीवन बीमा कोष रहेको छ । सोही अवधिसम्म कम्पनीको कुल लगानी रु.११ अर्व २५ करोड रहेको छ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलकाे निर्माण अघि बढ्यो
काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बहुप्रतिक्षित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रिया अघि बढेको छ । बारा जिल्लामा प्रस्तावित सो विमानस्थलको निर्माण कार्य संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अघि बढाउने निर्णय गरेको हो । लामो समयदेखि प्रतिक्षारत उक्त परियोजनालाई शीघ्र अगाडि बढाई निर्माणलाई तीव्रता दिन प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ । उक्त विमानस्थलको विस्तृत सम्भाव्यता अध्ययन (डिएफएस)का लागि उक्त मन्त्रालय र कोरियन कम्पनी ल्याण्डमार्क बल्र्डवाइड (एलएमडब्लु) बीच सन् २०१० मार्चमा सम्झौता भएको थियो । सम्झौताबमोजिम कोरियन कम्पनलीले डिएफएस तयारी गरी सन् २०११ अगष्टमै मन्त्रालयसमक्ष प्रतिवेदन पेश गरेकामा मन्त्रालयले लामो समयसम्म प्रतिवेदनअनुरुपका कार्य अघि बढाउन सकेको थिएन । सरकारले घोषणा गरेको राष्ट्रिय गौरबको परियोजनाको रुपमा घोषित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थललाई उच्च प्राथमिकतामा राखेको उक्त मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । ‘विविध किसिमका समस्या समाधान गर्दै यस परियोजनालाई शीघ्र अगाडि बनाई मुलुकको आर्थिक समृद्धि र विकासमा महत्वपूर्ण योगदान पु¥याउने उद्देश्यले कोरियन कम्पनीले पेश गरेको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई सरकारले ग्रहण गरी यसको अध्ययन अगाडि बढाइएको’ विज्ञप्तिमा जनाइएको छ । रासस
रानीपोखरी पुनः निर्माणमा पराम्परागत सामानको प्रयोग गर्ने, जेठ १५ देखि काष्ठमण्डपको काम थाल्ने
काठमाडौं । राजधानीको रानीपोखरीस्थित बालगोपालेश्वरको मन्दिर पराम्परागत निर्माण सामाग्रीको प्रयोग हुने भएको छ । काठमाडौं महानगरपालिकाको बिहिबार बसेको वोर्ड बैठकले हाल प्रयोग भइरहेको आधुनिक निर्माण सामाग्री हटाइ पराम्परागत सामानको प्रयोग गराउने निर्णय गरेको छ । परम्परागत सौन्दर्यता कायम राखी रानीपोखरीको पुनःनिर्माण गर्ने निर्णय भएको छ । रानीपोखरीलाई सुन्दर बनाउन महानगरपालिका र पुरात्व विभागबीच समन्वय गरिने भएको छ । यस्तै भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्ड मन्दिरको पुनःनिर्माण जेठ १५ गतेदेखि गर्ने महानगरले निर्णय गरेको छ ।
जावलाखेलमा यामाहा मिनी मेला, मोटरसाइकल एक्सचेन्जदेखि विभिन्न उपहार याेजना
काठमाडौं । यामाहाको आधिकारिक विक्रेता रिसिक अटोमोबाइल्स प्रालिले नयाँ वर्ष २०७५ को अवसरमा ललितपुरको जावलाखेलमा यामाहा मिनी मेला आयोजना गरेको छ । मेलाको उद्घाटन मिस इन्टरनेशनल २०१७ तथा फेस अफ फेसिनो निती शाहले बुधबार गरेकी हुन् । आयोजकको अनुसार मेला बुधबारदेखि चार दिनसम्म चल्ने छ । मेलामा यामाहाका सबै मोडेलका मोटरसाइकल तथा स्कुटरहरु खरिदका लागि उपलब्ध गरिनेछ । साथै ‘एट दी स्पट’ फाइनान्सको व्यवस्था पनि रहेको छ । मेलामा कुनै पनि ब्रान्डको मोटरसाइकल र स्कुटरको एक्सचेन्जमा न्युनतम २५ हजार रुपैयाँ न्युनतम मूल्यांकन तोकिएको छ । यामाहा मोटरसाइकल वा स्कुटरको खरिदमा ग्राहकले निःशुल्क हेल्मेट, ब्याग, बाइक कभर, रेनकोट र लेगगार्ड वा फुट म्याट उपलब्ध गराउने रिसिक अटोमोबाइल्सका प्रबन्ध निर्देशक मिलनबाबु मल्लले बताए । ‘हरेक ग्राहकले यामाहाको नयाँ वर्ष स्किम प्राप्त गर्नका साथै थप उपहारको व्यवस्था गरिएको छ,’ उनले भने । यामाहा मोटरसाइकल वा स्कुटरको टेस्ट राइड गर्नेलाई समेत आकर्षक उपहारको व्यवस्था गरिएको जनाइएको छ ।
नेपाल इन्स्योरेन्सको हकप्रद धेरै, बोनस सेयर थोरै
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर थोरै हकप्रद सेयर धेरै भएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई साढे ४ प्रतिशत अर्थात १ करोड ३६ लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीले चुक्तापुँजी बढाउन शत्प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको छ । नेपाल इन्स्योरेन्सले ३० करोड १९ लाख ८८ हजार रुपैयाँको हकप्रद सेयर निष्कासन गर्दैछ । हकप्रद निष्कासन पछि चुक्तापुँजी बढाउन पुनः ६५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने कम्पनीले जनाएको छ । हकप्रद निष्कासनपछि चुक्तापुँजी १ अर्ब १ करोड रुपैयाँ पुग्ने छ । यस्तै बैशाख ७ गते कम्पनीको सेयर दाखिला बन्द हुने छ । ६९ औं साधारणसभा बैशाख २१ गते बस्ने भएको छ ।
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा बैंकास्योरेन्स सम्बन्धि ४० जनालाई तालिम
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकद्वारा चैत्र तेस्रो साता केएफएसँगको सहयोग तथा सहकार्यमा बैंकास्योरेन्स सम्बन्धी एक दिने तालिम पोखरामा सम्पन्न भएको थियो । उक्त तालिममा बैंककातर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली तथा केएफएकातर्फबाट रेष्टा झा तथा जस्मीन हाटा उपस्थीत भएका थिए । उक्त तालिममा बैंकका बिभिन्न तहका ४० भन्दा बढी कर्मचारी लाभान्वीत भएको बैंकको भनाइ छ । बैँकले बिभिन्न बिमा कम्पनीसँग सहकार्य गरि आफ्ना ग्राहक बर्गलाई जीवन र निर्जिवन बिमाका बिबिध सेबाहरु प्रदान गर्ने गरेको नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताएका छन् । त्यस्तै बैंकले देशका बिभिन्न स्थानहरुमा शाखा बिस्तार गर्दै सेवा प्रदान गर्ने तयारी गरिरहेको जानकारी दिएको छ ।