विकासन्युज

सेञ्चुरी कमर्सियल बैंक र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरुले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्ने छ । उक्त सम्झौतापत्रमा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले हस्ताक्षर गरेका थिए । बैंकले काठमाडौं उपत्यकामा ११ शाखाहरु र ५ वटा एक्स्टेन्सन काउण्टर र उपत्यका बाहिर ८२ शाखाहरु र ३ वटा एक्स्टेन्सन काउण्टरका साथै १० वटा शाखारहित बैंकिङ गरि जम्मा १११ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

टुरिजम डेभलपमेन्ट बैंकको ३० करोड बोनस सेयर स्वीकृत

काठमाडौं । नेपाल राष्ट्र बैंकले टुरिजम डेभलपमेन्ट बैंकको बोनस सेयर दिने प्रस्तावलाई स्वीकृत गरेको छ । बैंकले चुक्तापुँजीको १५ प्रतिशतका दरले हुने ३० करोड १५ लाख ९२ हजार रुपैयाँको बोनस सेयर वितरणको लागि स्वीकृति पाएको जानकारी दिएको छ । साधारणसभाबाट अनुमोदन भएपछि बोनस सेयर वितरण गर्ने बैंकले जानकारी दिएको छ ।

गण्डकी विकास बैंकको प्रस्तावित बोनस राष्ट्र बैंकबाट स्विकृत

काठमाडौं । गण्डकी विकास बैंकको सञ्चालक समितिले आव २०७३।०७४ सम्मको संचित मुनाफाबाट चुक्ता पुजींको १९ः३१ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय नेपाल राष्ट्र बैंकबाट स्विकृत भएको छ । प्रस्तावित बोनस शेयर बैंकको यस पश्चात बस्ने बार्षिक साधारणबाट पारित भएपछि लागू हुने बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम राष्ट्रियस्तरको विकास बैंकले न्युनतम रु.२ अर्व ५० करोड चुक्ता पूँजी पुर्याउनु पर्नेमा बोनस शेयरपश्चात बैंकको चुक्ता पुजीं रु.२ अर्व ७५ करोड हुन जाने जनाइएको छ । चुक्ता पुजींको आधारमा गण्डकी विकास बैंक नेपालको विकास बैंक मध्य सबैभन्दा ठूलो बिकास बैंक हुने समेत दावी गरेको छ । न्युनतम चुक्ता पूँजी पूर्याउन बैंकले पहिल्यै २५ प्रतिशत हकप्रद शेयर निश्काशन गरेको थियो र हकप्रदमा जम्मा नभएको बाँकी शेयर समेत लिलाम विक्री भै बाडफाड भैसकेको छ । बैंकले हाल ५१ वटा शाखा कार्यालायहरुबाट पूर्ण बैंकिङ सेवा प्रदान गर्दै आएको छ । थप २६ वटा शाखाहरु नेपाल राष्ट्र बैंकबाट स्विकृती लिई कार्यालय निर्माणको प्रकृयामा रहेको जनाएको छ । बैंकले सम्पूर्ण शाखाहरुबाट पूर्ण वैंकिङ, निक्षेप, कर्जा एटीएम, मोबाइल बैंकिङ लगायतका सुविधाहरु प्रदान गरिरहेको छ ।

दिगो शहरी यातायातले जेठदेखि राजधानीमा ठूला बस चलाउने, सबै बस यूराे ४ मापदण्डको हुने

काठमाडौं । दिगो शहरी यातायातले नयाँ वर्षकाे अवसर पारेर बैशाख १ गतेबाट सुरु गर्ने भनिएको ठूला बस सेवा सञ्चालन केहि ढिलो हुने भएको छ । बस निर्माणको जिम्मा दिएको कम्पनीले यूरो ४ को मापदण्डको मात्र बस निर्माण गर्ने भएपछि बस आउन ढिला हुने भएको हो । यातायातले युरो ३ मापदण्डको बस सिप्रदी ट्रेडिङ कम्पनीसँग अर्डर गरेको थियो तर कम्पनीलाई युरो ४ को मापदण्ड मात्र बिक्री गर्न पाउने भएपछि बस आउन केहि ढिला भएको शहरी यातायातका प्रमुख लालप्रसाद गुराँगाईले बताए । ‘हामी बैशाख १ गतेबाट बस सञ्चालनमा ल्याउने गरी काम गरिरहेका थियौं, जस अनुसार चैत १७ गते बस काठमाडौं आइपुग्नु पर्ने थियो तर कम्पनीले युरो ४ को मापदण्डको कारण देखाउँदै बैशाखको अन्तिममा मात्रै बस उपलब्ध गराउने भनेपछि तोकिएको मितीमा बस सञ्चालन गर्न सकेनौं,’ गुरागाँईले विकासन्युजसँग भने । अब दिगो सहरीको युरो ४ मापदण्डको १७ बस बैशाख अन्तिम साता मात्रै काठमाडौं आइपुग्नेछ । यातायातको अनुसार अहिले बस पाकिङ गर्ने डिपो निर्माण भैरहेको छ । बसको लागि आवश्वस्यक पर्ने चालक र सहचालकको पनि व्यवस्था भैरहेको छ । बस खरिद गर्न प्रालीले १० करोड रुपैंया खर्च गरेको छ । खरिदका लागि नगर विकास कोषले ८० प्रतिशत ऋण दिएको छ भने एसियाली विकास बैंकले १५ प्रतिशत अनुदान दिएको छ । बाँकी ५ प्रतिशत दिगो सार्वजनिक यातायात प्रालीको लगानी रहेको छ । प्रालिले ५० लाख रुपैंया जम्मा गरेर नगर विकास कोषसँग ऋण सम्झौता गरेको हो । आयोजनाले पाइलट प्रोजेक्टका रुपमा अघि सारेको यो रुटलाई एस ५ नाम दिएको छ । बसमा यस्तो सुविधा हुनेछ ५० यात्रु क्षमताको बसमा २४ वटा पेसेन्जर सिट, एउटा ह्विचर बेस रहनेछ । ती बसहरुमा लोकेशन पत्ता लगाउने जिपिआरएस, सिसिटिभी, ट्राफिक सेन्सर जडान गरिएका हुनेछन् । बस गुड्ने रुट ५० यात्रु क्षमताका बस मात्रै गुड्ने रुट सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवि–डिल्लीबजार–रत्नपार्क–लैनचौर–सामाखुसी–गंगबु हुँदै नयाँ बसपार्कसम्म सञ्चालन हुनेछ । यो रुट १०.२ किलोमिटरको हुनेछ । पुनः सोही बस नयाँ बसपार्कबाट गंगम्बु–गल्कोपाखा–लैनचौर–जमल–तिनधारा–कमलपोखरी–ज्ञानेश्वर–मैतीदेवि–पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । यसको लम्बाई भने ८ दशमलब ९ किलोमिटरको हुनेछ ।यो रुटको रत्नपार्क–लैनचौर–बसपार्क खण्डमा हाल २६ वटा माइक्रो सञ्चालनमा रहेका छन भने सिनामंगल–पुरानो बानेश्वर–रत्नपार्क खण्डमा ३५ वटा टेम्पो सञ्चालनमा छन् । विवाद मिलिसक्यो सो रुटमा चलिरहेको ३५ वटा टेम्पो र ३६ वटा माइक्रो सञ्चालकबिच विवाद मिलिसकेको प्रालिले जनाएको छ । ती माइक्रो तथा टेम्पोलाई प्रालीले पहिचान गरेको ६४ रुट मध्येको सी ग्रेडका रुटहरुमा स्थानान्तरण गरिनेछ । यस्तो छ प्रालिले पहिचान गरेको रुट एडिबीसँगको सहकार्यमा प्रालीले उपत्यकामा ए, बी र सी ग्रेड गरि ६४ वटा रुट पहिचान गरेको छ । १० मिटर भन्दा चौडा सडक भएको र दैनिक एक लाख यात्रु आवत जावत गर्ने सडकलाई ए ग्रेडमा राखिएको छ । त्यस्तै, ६ मिटरदेखि १० मिटरसम्म चौडाई भएको र ५० हजार देखि एक लाखसम्म यात्रु आवात जावत गर्ने सडक लाई बी ग्रेडमा राखिएको छ । ६ मिटर भन्दा कम चौडाई भएका साना गल्लीहरुलाई भने सी ग्रेडको सडकमा वर्गिकरण गरिएको छ । ए ग्रेडमा ठुला बस, बी ग्रेडमा मझौला बस र सी ग्रेडका सडकमा साना सवारी साधन सञ्चालन गर्ने तयारीका साथ योजनाले ६४ वटा सडकको तथ्यांक निकालेको हो । त्यसमा ६ वटा ए ग्रेडका रुट, १६ वटा बी ग्रेड र ४२ वटा सी ग्रेडका सडक छनौट गरिएका छन् ।

नेपाल लाइफ इन्स्योरेन्स र एभरेष्ट बैंकबीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एभरेष्ट बैंक लिमिटेडका ग्राहकहरूलाई एकद्वार सेवा प्रणालीमार्फत जीवन बीमा सेवा उपलब्ध गराउने उद्देश्यले नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एभरेष्ट बैंक लिमिटेडबीच बैंकासुरेन्स सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकातर्फबाट प्रमुख कर्पोरेट मार्केटिङ पवनकुमार खड्का र एभरेष्ट बैंक लिमिटेडकातर्फबाट नायब महाप्रबन्धक केशवराज पौडेलले एक कार्यक्रमबीच हस्ताक्षर गरेका थिए । सम्झौतासँगै अब एभरेष्ट बैंक लिमिटेडका नेपालभर रहेका सबै शाखाहरूबाट बैंकका ग्राहकहरूले छिटो छरितो तथा सहज रूपमा बीमालेख प्राप्त गर्न र बीमा शुल्क भुक्तानी गर्न सहज हुने जानकारी दिएइको छ । साथै जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा सुबिधा प्राप्त गर्न सक्ने बताइएको छ । कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना १ सय २४ भन्दा बढी शाखा तथा उपशाखाहरूमार्फत जीवन बीमा सम्बन्धि सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । नेपालको बीमा बजारमा एकतिहाइ बजार हिस्सा ओगटेको कम्पनीले दावी गरेको छ । कम्पनीको हाल अधिकृत पूँजी रु ५ अर्ब, चुक्ता पूँजी रु ३ अर्ब ९ करोड रुपैयाँ रहेको छ । हालसम्म स्वदेश र विदेश गरी झण्डै २४ लाख व्यक्ति यस कम्पनीमा बीमित भइसकेका जनाएको छ ।  

दुर्लभ जनावर सिकारको मुद्दामा अभिनेता सलमान खान दोषी ठहर, ५ वर्षस जेल

काठमाडौं । भारतको एउटा अदालतले बलिउडका चर्चित अभिनेता सलमान खानलाई सन् १९९८ मा दुर्लभ जनावरको सिकार गरेको सम्बन्धी मुद्दामा दोषी ठहर गरेको छ। खानले दुईवटा कालो हरिणलाई एउटा चलचित्रको छायाङ्कनका क्रममा पश्चिम राज्य राजस्थानमा मारेका थिए। उक्त अभियोग लागेका अन्य तीन अभिनेताहरूलाई भने जोधपुरस्थित अदालतले निर्दोष साबित गरेको छ। खानले अब १ देखि ६ वर्षसम्म जेल सजायको सामना गर्नुपर्ने हुनसक्छ। तर अहिलेको फैसलाविरुद्ध उनले पुनरावेदन गर्न सक्छन्।

शिखर इन्स्योरेन्सको संस्थापक सेयर ६० साधारण ४० हुने

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर घटेर ६० प्रतिशत कायम हुने भएको छ । कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले संस्थापक सेयर घटाउने र साधारण सेयर बढाएर ४० प्रतिशत पुर्याउने निर्णय गरेको छ । १० प्रतिशत संस्थापक सेयर साधारणमा परिणत हुने कम्पनीले जनाएको छ ।

२०७५ सालमा बैंकलाई ३६ दिन सार्वजनिक बिदा, यस्तो छ बैंक बिदाको विवरण

काठमाडौं । २०७५ सालमा बैंकिङ क्षेत्रलाई ३६ दिन सार्वजनिक हुने भएको छ । नेपाल राष्ट्र बैंकको अनुसार जात धर्म लिङ्गलाई आधार मानेर सार्वजनिक बिदा निर्धारण गरेको हो । राष्ट्र बैंकले बिदालाई दुई भागमा वर्गिकरण गरेको छ । जसअनुसार पुरै दिन हुने बिदालाई ‘क’ वर्गमा राखेको छ भने आदी दिन हुने बिदालाई ‘ख’ वर्गमा राखेको छ । ‘ख’ वर्गको बिदामा बैंक बिहान १० बजेदखि ३ बजेसम्म खुल्नेछ । बैंकहरुलाई अब दशैमा ५ दिन मात्रै बिदा हुनेछ भने तिहारमा ३ दिन बिदा हुनेछ । ०७५ सालमा बैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत्र मसान्तसम्म बिहान १० बजेदेखि ५ बजेसम्म कार्यालय खुल्ने छ । त्यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म बैंक खुल्नेछ । थप विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्