आइएमई इन्स्योरेन्स र मौरीपालन सहकारी संघबीच मौरीको बीमा गर्ने सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मौरीपालन केन्द्रीय सहारी संघ लिमिटेडबीच संघसँग आवद्ध मौरीपालक कृषकहरुको मौरीको बीमा गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक शरण रेग्मी र सहकारी संघ लिमिटेडका अध्यक्ष अर्जुनप्रसाद पोखरेलले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतापश्चात उक्त सहकारीसँग आवद्ध सबै मौरीपालक कृषकहरुको मौरीको बीमा हुनेछ । सोही अवसरमा इन्स्योरेन्सका नायव महाप्रबन्धक रेग्मीले बीमा बजारमा मौरीको बीमा गर्ने बीमालेख भएतापनि आजसम्म खासै मौरीपालक कृषकहरुले आफ्ना मौरीहरुको बीमा गराईनसकेकोे जानकारी गराए । सो अवस्थामा संघसँगको संझौताबाट थोरै बीमा शुल्कबाट मौरीपालक कृषकहरुले आफ्ना मौरीको बीमा गरी ढुक्कसँग व्यावसायलाई विस्तार गर्न उत्साह पुग्ने उनले अपेक्षा गरे । सहकारी संघ लिमिटेडले आफ्ना सदस्य कृषकहरुको व्यावसायीक हितलाई सदैव ध्यानमा राखी सराहनीय कार्य गरेको जनाइएको छ ।
टिभीएसको एक्सचेन्ज जात्रा, जस्तोसुकै कन्डिसनको मोटरसाइकल साटिने
काठमाडौं । बिगतमा गरियको एक्सचेन्ज मेलाको सफलतापछि ग्राहकहरुको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै यस पटक पनि टिभीएसले एक्सचेन्ज जात्रा नामक एक्सचेन्ज अफर आयोजना गरेको छ । भक्तपुरको सल्लाघारीस्थित ग्राउण्डमा भैरहेको उक्त जात्रामा ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको जनाएकाे छ । चैत्र २३ देखि २७ सम्म चल्ने उक्त जात्रामा विभिन्न प्रकारका ग्राहकमुखी अफरहरु सार्वजनिक गरियको कम्पनीले बताएको छ । कम्पनीको अनुसार जस्तोसुकै कन्डिसनको मोटरसाइकल तथा स्कुटरको कम्तिमा रु २५००० मुल्यांकन गरि टिभीएस कम्पनीको मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरिने अवसर प्रदान गरिएको छ । त्यसैगरी कनडिशनमा रहेको मोटरसाइकल तथा स्कुटरहरुलाई उत्कृस्ट मुल्याकनसहित नयाँ बर्षको उपहारस्वरुप थप रु ८००१ छुट दिइने छ कम्पनीको भनाइ छ । यसको अलावा टेस्ट राइडमा गिफ्ट ह्याम्पर, रु २५०० बराबरको टिभी एस हेलमेट, लक्की ड्रमा प्रत्येक दिन एक जनालाई स्मार्टफोन, क्विज लगायतको विभिन्न उपहारहरुको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएकाे छ ।
सनराइज बैंकको नयाँ शाखा धनुषाको औरहीमा
काठमाडौं । सनराइज बैंक लिमिटेडले सोमबार धनुषाको औरही गाउँपालिकामा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । औरही गाउँपालिकामा गाउँपालिका अध्यक्ष ब्रहमदेव यादव र बैंकका नायब महाप्रबन्धक अपछकुमार यादबले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए । हाल सनराइज बैंकले मुलुकभर आफ्नो ७९ वटा शाखा, ९५ वटा एटीएम, २० वटा शाखारहित बैंकिङ सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्वारा आधुनिक एंव सर्वसुलभ बैकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ
शैक्षिक क्षेत्रमा माछापुछ्रे बैंकको साढे ६ लाख सहयोग
काठमाडौं । माछापुछ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा मातृभूमि महिला समाज तथा टिच फर नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ । शनिबार एक कार्यक्रमकोबीच बैंकले उक्त समाजमा रहेका अनाथ, टुहुरा, भूकम्प पिडित, द्वन्द पीडित तथा विभिन्न समस्याबाट जकडिएका १५ जना विधार्थीहरुलाई ५ महिनासम्म शैक्षिक शुल्क तथा सामाग्रीका लागि पुग्ने गरी रु १ लाख ५० हजार आर्थिक सहयोग प्रदान गरेको जानकारी दिएको छ । त्यसैगरी सोमबार पनि एक कार्यक्रमका विच बैंकले देशको सार्वजनिक शिक्षाको विकासमा लागि रहेको संस्था टिच फर नेपाललाई रु ५ लाख आर्थिक सहयोग प्रदान गरेको बताएको छ । उत्त कार्यकममा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अर्जुन थापा ले चेक हस्तान्तरण गरेको बताइएको छ । बैंकले मुलुकभर आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १५ शाखा रहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
एनआईसी एशिया बैंकको नयाँ शाखा चितवनको गीतानगरमा
काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा भरतपुर महानगरपालिका ६, चितवनस्थित गीतानगर–चोकबजार सोमबार एक समारोहकाबीच भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल र बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले संयुक्त रुपमा उद्घाटन गरिएको छ । कार्यक्रमका मेयर दाहालले एनआईसी एशिया बैंकले अवलम्बन गरेको शाखा सञ्जाल विस्तार रणनीति एक अग्रगामी कदम भएको बताएका थिइन् । त्यस्तै बैंकका सञ्चालक अर्यालले बैंकले देशका कुना कन्दरामा बसोबास गर्ने स्थानीय सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने र यस यात्रालाई निरन्तरता दिदै जाने कार्यक्रममा जानकारी गराएका थिए । बैंकले हाल मुलुकभर १९२ शाखा कार्यालयहरु, १९३ एटीएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा ब्रान्चलेस बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।
सिद्धार्थ सिमेन्टका बिक्रेताहरुको गोसाईकुण्ड यात्रा
काठमाडौं । सिद्धार्थ सिमेन्ट उद्योगले आफ्ना काठमाडौंका प्रमुख बिक्रेताहरुलाई आइतबार रसुवा जिल्लामा अवस्थित गोसाईकुण्डको यात्रा गराएको थियो । नव वर्ष २०७५ लाई स्वागत गर्ने एवम् बिक्रेताहरुसँगको व्यवसायिक सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले उद्योगले उक्त धार्मिक तिर्थस्थलको भ्रमणको आयोजना गराएको जानकारी गराएको छ । करिब एक दर्जन बिक्रेताहरुलाई बिहान हेलिकप्टरद्वारा गोसाइकुण्डको यात्रा गराएको जनाइएको छ ।
एनएमबि बैंकद्वारा बर्लादहका १२३ किसानलाई साढे ८ लाखको तरकारीको विउ प्रदान
काठमाडौं । एनएमबि बैंकले आफ्नो संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत सप्तकोशी नगरपालिका वडा नं ४ बर्लादहका किसानहरुलाई रु. ८ लाख पचास हजार मुल्य वरावरको ११ किसिमका बेमौसमी तरकारीका विउ वितरण गरेको छ । बैंकले व्यवसायीक खेतीमा सहयोग पुग्ने उद्देश्यले तरकारी खेती, नगदेवाली, अन्नवाली लगायत अन्य वालीहरु लगाउन १२३ जना किसानहरुलाई ती विउ प्रदान गरेको हो । सोही कार्यक्रममा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (आईसिआईएमओडि) र अष्ट्रेलियन सरकारको संयुक्त सहयोगमा सप्तरी जिल्लाका २३ किसानलाई सोलार पम्प समेत वितरण गरेको जनाएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले व्यवसायीक तरकारी खेतीका लागि उक्त सहयोग बैंककोतर्फबाट सानो पहल भएको जानकारी गराएको छ ।
एलजी डिलर्स सबमिट सम्पन्न
काठमाडौं । एलजीले आफ्नो डिलर्स सबमिट २०१८ केही दिन अघि मात्रै सम्पन्न गरेको छ । राजधानीमा सम्पन्न भएको उक्त सबमिटमा एलजीले आफ्ना सबै काठमाडौंका र बाहिरका डिलरहरुलाई निम्त्याएको थियो । लेट्स ग्रो टुगेदर भन्ने मुल नाराका साथ सबमिटमा एलजीले आफ्नो २०२० को भिजन शेयर गरेको जानकारी दिएको छ । कार्यक्रममा सीजी इलेक्ट्रोनिक्सले उक्त भिजन प्रस्तुत गरेको थियो । सोही अवसरमा एलजीले नयाँ प्रोडक्ट पनि सार्वजनिक गरेको जनाएको छ । त्यस्तै कार्यक्रमकै अवसरमा कम्पनीले वेस्ट पफमेन्स र लङ टर्म एसोसिएसन विथ एलजी गरेर आफ्ना २० जना डिलरहरुलाई सम्मानित समेत गरेको बताइएको छ ।