सिण्डिकेट नहटाउन यातायात व्यवसायीको दवाव, हटाए घुँडा टेकाउने सरकारलाई चेतावनी
काठमाडौं । यातायात व्यवासायीले सिण्डिकेट हटाउने सरकारको निर्णयको विरुद्धमा आन्दोलन गर्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार सम्पन्न परिषद भेलाले सरकारले सिण्डिकेट हटाउन ल्याएको नयाँ व्यवस्था खारेजको माग गरेको छ । यातायात व्यवस्था विभागले ल्याएको कार्यविधि खारेज नगरे हदैसम्मको आन्दोलनमा उत्रने निर्णय भएको महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए । कार्यविधि खारेज गर्नका लागि दवाव दिन प्रधानमन्त्री केपी शर्मा ओली, भौतिक पुर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठलगायत सातै प्रदेशका मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउने उनले बताए। यति गर्दा पनि माग पुरा नभए चरणवद्ध आन्दोलनमा जाने निर्णय भएको उनले जानकारी दिए । महासंघको परिषद बैठकले आन्दोलनका कार्यक्रम तय गर्ने जिम्मा कार्यसम्पादन समितिलाई दिएको उनले बताए । माग पुरा नभए हड्तालदेखि नेपाल बन्दसम्म गर्न सक्ने उनको भनाई छ । विभागले गत १८ गते यातायात व्यवस्था सम्बन्धि कार्यविधि निर्देशिका संशोधन गरेर देशभरका सडकमा रुट इजाजत खुला गर्ने निर्णय गरेको थियो । विभागले परमिट खुला गर्न देशभरीका यातायात कार्यालयलाई निर्देशन दिइसकेको छ । सरकारले यातायात सिण्डिकेट हटिसकेको जानकारी गराएको छ । महासंघको परिषद् भेलाले नयाँ व्यवस्था खारेजको माग गरेको छ । आक्रोसित व्यवसायीहरुले भेला गरेर आन्दोलनबाटै सरकारलाई घुँडा टेकाउने रणनीति बनाएका छन् । मयुर यातायातलाई सञ्चालन अनुमति दिएको विरुद्धमा कोटेश्वरपुर्वका यातायात व्यवसायी आन्दोलित भएका थिए । विभागले वस सञ्चालन नगर्ने र अवरोध गर्नेको रुट इजाजत खारेज गर्ने चेतावनी दिएपछि यातायात सञ्चालनमा ल्याएका छन् । कानूनले सिण्डिकेटलाई बर्जित गरेपनि व्यवसायीले समितिका नाममा अघोषित रुपमा आलोपालो सवारी सञ्चालन गरिरहेका छन् ।
कैलाश बैंकको नयाँ शाखा दमकमा, चाँडै तीन जिल्लामा खोल्दै
कैलाश विकास बैंक लिमिटेडले झापा जिल्लाको दमकमा आफ्नो ४७ औँ शाखा स्थापना गरि सोमवारदेखि कारोवार सन्चालनमा ल्याएकाे छ । उक्त शाखाको उद्घाटन दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले एक समारोहकाबीच गरेको जानाएको छ । उक्त नयाँ शाखासहित बैंकको शाखा संख्या ४७ पुगेका छ । एटीएमको संख्या २२ पुगेको छ । बैंकले निकट भविष्यमा बारा जिल्लाको गंजभवानीपुर, सिराहा जिल्लाको बेल्हा, पर्सा जिल्लाको विरगंज तथा अन्य विभिन्न ठांउहरुमा समेत शाखा सञ्चालन गर्ने तयारी गरिरहेको जानकारी गराएको छ । राष्ट्रिय स्तरको सो विकास बैंकको चुक्ता पूँजी रु.२ अर्व ५२ करोड रहेको छ । हालसम्म रु.२० अर्व ४ करोड निक्षेप संकलन गरी रु.१८ अर्ब १६ करोड कर्जा प्रवाह गरेको जनाएको छ । बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ सेवाको अलावा मोबाएल बैंकिङ, एसएमएस बैंकिङ, ईन्टरनेट बैंकिङ लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।
ग्लोबल आईएमई र नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ७० करोडको म्युचअल फण्ड बजारमा ल्याउदै
काठमाडौं । दुई वाणिज्य बैंकले १ अर्ब ७० करोड रुपैयाँ बराबरको १७ करोड एकाई सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन गर्न लागेका छन् । ग्लोबल आईएमई बैंकले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड कित्ता ग्लोबल आईएमई व्यालेन्स फण्ड १ र नेपाल इन्भेष्टमेन्ट बैंकले ५० करोड रुपैयाँ बराबरको ५ करो एकाईको एनआईबीएल सहभागिता फण्ड निष्कासन गर्न लागेका छन् । म्युचअल फण्ड निष्कासन गर्न दुबै बैंकले धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बैंकको प्रस्तावको अध्ययन भइरहेको बोर्डले जानकारी दिएको छ । दुई कम्पनीले प्रति इकाई १० रुपैयाँका दरले कुल १७ करोड इकाई निष्कासन गर्ने प्रक्रिया अघि बढाएका हुन् । बोर्डले अनुमति दिए पश्चात बजारमा यी दुई कम्पनीले म्यूचल फण्डको बिक्री गर्ने छन् । ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ ग्लोबल आइएमई क्यापिटल लिमिटेड र एनआइबिएल सहभागिता फण्ड एनआईबिएल क्यापिटल लिमिटेडले जारी गर्नेछन् । बैंकको ब्याजदर बढेको र ऋण पनि नपाउने अवस्था आएपछि ठुला लगानीकर्ताले लगानी गर्न नसक्दा एनआईसी एसिया बैंकले १ अर्ब रुपैयाँको एनआईसी एसिया ग्रोथ फण्ड बिक्री नभएपछि समय थप गरिएको थियो । यस्तै सिटिजन्स बैंकले ल्याएको १ अर्ब रुपैयाँको फण्ड पनि बिक्री भएन । चालु आर्थिक वर्षमा सिद्धार्थ इक्विटी फण्ड, सानिमा इक्विटी फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड र सिटिजन म्यूचल फण्ड १ ले म्यूचल फण्ड निष्काशन गर्ने बोर्डको अनुमति पाई बिक्री पनि गरिसकेका छन् । बजारमा सिद्धार्थ इक्विटी फण्ड र सानिमा इक्विटी फण्डले बिक्रीमा ल्याएको म्यूचल फण्डको सजिलै बिक्री भएको थियो ।
नाडाको अध्यक्षमा शम्भु दाहाल निर्वाचित
काठमाडौं नेपाल अटोमोबाइल डिलर्स एशोसिएसन(नाडा)को अध्यक्षमा शम्भु दाहाल निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा दाहाल अध्यक्षमा निर्वाचित भएका हुन । दाहालले ६६० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी राम कँडेलले ६८ मत मा पाएका थिए । नाडाका उपाध्यक्ष समेत रहेका दाहाल तारा म्यानेजमेन्टका निर्देशक पनि हुन् । सदस्यमा सबै दाहाल पक्षका निर्वाचि भएका छन । सदस्यमा कृष्णप्रसाद दुलाल, करणकुमार चौधरी,अभिक ज्योती,सुनिल रिजाल,सुरेन्द्रकुमार उप्रेती,अनुपकुमार बराल, विक्रम सिंघानिया,प्रकाश कपुरी,सुरज भट्टराई,दीपक अग्रवाल,मिलनबाबु मल्ल,पंकज अग्रवाल,नन्दकिशोर शाही र निलमणि पाठक निर्वा्चित भएका छन् ।
प्रधानमन्त्री अाेलीले गरेकाे सम्झौताको कांग्रेसद्वारा स्वागत
काठमाडौं । प्रमुख प्रतिपक्षीमा रहेको नेपाली कांग्रेसले भारतको राजकिय भ्रमणको क्रममा प्रधानमन्त्री केपी ओलीले गरेको सम्पूर्ण सम्झौताको स्वागत गरेको छ । सोमबार राजधानीस्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै पार्टीको प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले भारतमा रेल, पानीजहास सम्बन्धि गरेको सम्झौताको काग्रेसले स्वागत गरेको बताए । ‘हामीले भारतमा प्रधानमन्त्री र भारतीय समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीसंग भएको रेल, पानीजहाज लगायत सम्झौताको स्वागत गरेका छाै,’ उनले भने । उक्त सम्झौतालाई कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि बढाउन पर्ने कांग्रेसले जोड दिएको उनकाे भनाइ छ । कार्यक्रमको अवसरमा कांग्रेसका उच्च स्तरिय नेताहरुले मुलुकमा वैदेशीक लगानी भित्र्याउन पर्नेमा जोड दिएका थिए । कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महत्त लगायतको उपस्थिति रहेको थियो । प्रधानमन्त्री ओली र समककक्षी मोदीले वीरगञ्जदेखि राजधानीसम्म रेलमार्ग निर्माण गर्ने सम्झौता गरेको थियो । त्यसलार्इ भारतले सहयोग गर्ने भएको छ । यसैबीच नेपालले सम्भाव्यता अध्ययन गर्नका लागि रेल विभागले प्रारम्भिक छानैटमा पेरका ६ वटा कम्पनीले पेश गरेको आर्थिक र प्राविधिक प्रस्ताव छान्ने क्रममा रहेको छ । तयार भएको सम्भाव्यता अध्ययन रिपोर्टकै आधारमा डिपिआर निर्माण र रेल मार्ग निर्माणको काम अघि बढाइसकिएको छ । त्यस्तै बंगालबाट नेपालसम्म पानीजहाज सञ्चालन गर्ने सम्बन्धमा शनिबार नै नेपालकातर्फबाट प्रधानमन्त्री ओली र भारतकातर्फबाट प्रधानमन्त्री माेदीबीच सम्झौता भएकाे थियो । त्यसको लागि पनि भारतले सहयोग गर्ने भएको छ । सम्झौता अनुसार नेपलाको कोशीनदीसम्म जहाज चल्ने भएकाे छ । कलकत्ताबाट सडकमार्ग हुदै विराटनगर र वीरगञ्जसम्म भइरहेका आयात–निर्यात व्यापार जहाज सञ्चालनपछि सिधै समुद्रबाट हुनेछ जनाइएकाे छ ।
बुटवल पावरको सेयर मूल्य एफपीओ भन्दा कम, ५०१ मा किन्नेलाई २० रुपैयाँ नगद लाभांशले धान्नाला त ?
काठमाडौं । बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को सेयर मूल्य घटेर अहिले थप निष्कासन (एफपीओ) को भन्दा कम भएको छ । सोमबार बजार घटेर बीपीसीको सेयर मूल्य प्रतिकित्ता ४७० रुपैयाँमा झरेको छ । कम्पनीले प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ निष्कासन गरेको थियो । एफपीओ निष्कासन गर्नुअघि कम्पनीको सेयर बढेर प्रतिकित्ता ७ सय रुपैयाँ कटेको थियो । पछि विस्तारै घट्न थालेको हो । चीनबाट २ खर्ब रुपैयाँ वैदेशिक लगानी ल्याएर ५ वर्षमा १ हजार मेगावाट थप बिजुली उत्पादनको योजना ल्याएपछि बीपीसको सेयर मूल्य उकालो लागेको थियो । बीपीसीले नयाँ सेयरधनीलाई समेत गरी २० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । ५०१ रुपैयाँमा एफपीओ किन्नेले जम्मा २० रुपैयाँ मात्र लाभांश पाउने भएका छन् । कम्पनीको सेयर मूल्य बढ्ने भन्दा पनि घट्ने क्रममा रहेकाले लगानीकर्ताले राम्रो प्रतिफल पाउने देखिन्दैन् । नगद लाभांश दिने प्रस्ताव पारित गर्न बीपीसीले जेठ ८ गते वार्षिक साधारणसभा बोलाएको छ । वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्ने बीपीसीले जनाएको छ । साधारणसभा प्रयोजनका लागि वैशाख २७ देखि जेठ ८ गतेसम्म सेयरधनी दर्ता किताव बन्द हुने भएको छ । थप निष्कासन (एफपीओ) खरिद गर्नेले पनि लाभांश पाउने भएका छन् ।
साेमबार बैंक अफ काठमाण्डूको १२ करोड बढीको संस्थापक सेयर कारोबार, कसले किन्यो ?
काठमाडौं । सेयर बजार घटेको दिन बैंक अफ काठमाण्डू (बीओके) लिमिटेडको ठूलो परिमाणमा संस्थापक सेयर किनबेच भएको छ । बीओकेको प्रतिकित्ता २१२ रुपैयाँमा ५ लाख ९७ हजार ९१४ कित्ता सेयर किनबेच भएको छ । ब्रोकर नम्बर ३५ र ५९ मार्फत बीओकेको १२ करोड २९ लाख ४१ हजार रुपैयाँको संस्थापक सेयर किनबेच भएको छ । हालै मात्र कर्मचारी संचय कोषले २५१ रुपैयाँमा ६१ लाख ५० हजार कित्ता संस्थापक सेयर किनेको थियो । बीओकेको संस्थापक सेयर अहिले घटेर प्रतिकित्ता २१२ रुपैयाँमा झरेको छ । बीओकेपछि सबैभन्दा बढी सेयर नविल बैंकको कारोबार भएको छ । नविलको प्रतिकित्ता ९९४ रुपैयाँमा ३ करोड ५६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । सस्तो मूल्य र राम्रो प्रतिफल पाउने आशामा लगानीकर्ताले नविलको सेयर किन्न थालेका हुन् । केही सातायता नविलको सेयर बढी कारोबार हुदै आएको छ । सेयर बजार ६.८७ अंकले घटेपनि सोमबार ९४ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
सेयर बजारमा एक्कासी ब्रेक, ६.८७ अंकले घट्दा ९४ करोड ९६ लाखको कारोबार
काठमाडौं । निरन्तर बढीरहेको सेयर बजार सोमबार आएर ब्रेक लागेको छ । आइतबार ४४ अंकले बढेको बजार सोमबार ६.८७ अंकले बढेको छ । बजार खुल्दा २० अंक बढेकोमा बन्द हुदाँ ६.८७ अंकले घटेको छ । सोमबार नेप्स परिसुचक १ हजार २८७ मा झरेको छ । बजार घटेपनि कारोबार रकम भने बढेर ९४ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।सोमबार सबै क्षेत्रको सेयर मूल्य घटेको छ ।