पूर्व–पश्चिम रेलमार्ग बनाउन बर्सेनि ४० अर्ब चाहिने, बर्दिवास–निजगढसम्म ४० किलोमिटरको काम आगामी वर्षमा सुरु हुने
काठमाडौं । पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम गरिरहेको रेल विभागले १० वर्षमा सक्न वार्षिक ४० अर्ब रुपैयाँ बराबरको बजेट चाहिने भएको छ। ९४५ किलोमिटर लामो मार्ग निर्माण गर्न हालको सीमित बजेटबाट २५ किलोमिटरमा निर्माणको काम र बुटवल पश्चिमको क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम भइरहेको छ।रेलमार्ग निर्माणको लागत ज्यादै धेरै हुने भएकाले वैदेशिक लगानी जुटाउन नसकिए निर्माणको कामले गति लिन नसक्ने बताएका छन्। प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका क्रममा रक्सौल काठमाडौं रेलमार्गको चर्चा चल्दै गर्दा लामो समयदेखि थाती रहेको पूर्व पश्चिम रेलमार्ग निर्माणले अपेक्षित गति लिन सकेको देखिंदैन। २०६९ सालमा निर्माण शुरु गरेर पनि रुख कटानी देखि मुआब्जा विवाद झेल्दै पछिल्ला २ आर्थिक वर्षमा भौतिक निर्माण थोरै अघि बढेको पूर्व पश्चिम रेलमार्गको हाल २५ किलोमिटर क्षेत्रमा रेलको लिंक विछ्याउनु अगाडीको काम भैरहेको छ। द्रुत गतिमा निर्माण गर्ने हो भने हाल छुट्याइएको बजेट ज्यादै न्यून छ। “अवका वर्षहरुमा बजेटको आवश्यकता निकै बढेको छ। १० वर्षमा सक्ने हो भने प्रतिवर्ष ४० अर्ब जति बजेट कम्तिमा पनि चाहिन्छ” रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्याय भन्छन। बर्दिवासबाट निजगढ सम्मको अर्को ४० किलोमिटरमा आगामी आर्थिक वर्षमा निर्माण शुरु गर्ने योजना रेल विभागले बनाएको छ। पहिले देखिएका रुख कटानी मुआब्जा जस्ता विवादलाई समाधान गर्दा भएका नीतिगत निर्णयले बाँकी कामलाई गति दिन सक्ने आधार तयार भएको विभागका अधिकारीहरुको भनाई छ। तर चालु आर्थिक वर्षमा सरकारले विनियोजन गरेको ४ अर्ब रुपैंयाको बजेटलाई कम्तिमा १० गुणाले बढाउनु पर्ने उनीहरुको भनाइ छ। उपाध्यायले भने, द्रुत गतिमा निर्माण गर्ने हो भने हाल छुट्याइएको बजेट ज्यादै न्यून छ। अबका वर्षहरुमा बजेटको आवश्यकता निकै बढेको छ। १० वर्षमा सक्ने हो भने प्रतिवर्ष ४० अर्ब रुपैयाँ जति बजेट कम्तिमा पनि चाहिन्छ। बजेट सँगै सरकारी निकाय र स्थानीय सरकारसँग समन्वयका लागि पनि सरकारले पहल गर्नु पर्ने उनको भनाइ छ।यसबाट आवश्यक पर्ने निर्माण सामग्री जुटाउन सहज हुने बताइएको छ। १ सय ६० किलोमिटर प्रति घण्टा गुड्ने रेलको कल्पना गरेका छौं त्यसका लागी प्रतिकिलोमिटर झन्डै १ अर्ब रुपैया लागत लाग्छ। निर्माणलाई गतिदिने हो भने शुरुको चरणमा वैदेशिक सहायता आवश्यक पर्छ लागत रकम निकै धेरै हुने भन्दै पूर्व पश्चिम रेलमार्गलाई गति दिन सरकारले वैदेशिक लगानी जुटाउन पहल गर्नु पर्ने भौतिक पूर्वाधार विज्ञ एवम पूर्व सचिव तुलसी सिटौलाले बताए। उनले भने, वैदेशिक सहायता विना निर्माण हालकै गतिमा जान्छ। किनकि १६० किलोमिटर प्रति घण्टा गुड्ने रेलको कल्पना गरेका छौं त्यसका लागी प्रतिकिलोमिटर झन्डै १ अर्ब रुपैया लागत लाग्छ। निर्माणलाई गतिदिने हो भने शुरुको चरणमा वैदेशिक सहायता आवश्यक पर्छ । रेल विभागसँग हाल सम्म करिव ४०० किलोमिटर क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारी अवस्थामा रहेकाले बजेट पाएमा कामलाई गति दिन कुनै समस्या नरहेको उसले जनाएको छ। बुटवल पश्चिमको ४ सय किलोमिटर क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम आगामी कार्तिकसम्म तयार हुने बताइएको छ। चितवन निकुञ्जका कारण निजगढ देखि भरतपुर सम्म परिवर्तन गर्नुपर्ने मार्गको पहिचान भैसकेको र सो क्षेत्रको डीपीआर तयार पार्ने काम पनि छिट्टै शुरु गरिने रेल विभागका अधिकारीहरुको भनाई छ। स्रोतः बीबीसी
प्रिमियर इन्सोरेन्सले ६ करोड ९५ लाख बोनस शेयर जारी गर्यो, अब चुक्ता पूँजी ५८ करोड ४० लाख पुग्ने
काठमाडौं । सोमबार प्रिमियर इन्स्योरेनस कम्पनीको २४ औं वार्षिक साधारण सभा नक्साल व्याङ्क्वेट, नक्सालको सभा कक्षमा सम्पन्न भएको छ । कम्पनीको गएको आर्थिक वर्ष २०७३/७४ मा कुल बीमा शुल्क १ अर्ब ३४ करोड ८८ लाख २१ हजार रुपैयाँ आर्जन गरि खुद मुनाफा रु १५ करोड ५८ लाख आर्जन गरेको जनाएको छ । उक्त मुनाफाबाट बीमा कोषमा रु ७ करोड ७९ लाख सारी बाँकी रकम तथा गत आर्थिक वर्षसम्मको वितरण नभएको जगेडा समावेश गरि हाल हकप्रद शेयर जारी पश्चात कामय चुक्ता पूँजीको १३.५२ प्रतिशतका दरले रु ६ करोड ९५ लाख रकम बराबरको बोन शेयर जारी गरेको छ । साथै बोनश शेयरको कर प्रयोजनको लागि ३६ लाख ५९हजार ७४९ रुपैयाँ नगद लाभांशको व्यवस्था साधारण सभाबाट पारित भएको कम्पनीले जानकारी गराएको छ । कम्पनीको अनुसार सो जारी बोनस शेयर पश्चात कम्पनीको चुक्ता पूँजी रु ५८ करोड ४० लाख पुग्नेछ । साथै कम्पनीले चालु आर्थिक वर्ष २०७४/७५ मा हालसम्म १ अर्ब १० करोड १० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको कम्पनीको भनाइ छ ।
आइएमई इन्स्योरेन्स र मौरीपालन सहकारी संघबीच मौरीको बीमा गर्ने सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मौरीपालन केन्द्रीय सहारी संघ लिमिटेडबीच संघसँग आवद्ध मौरीपालक कृषकहरुको मौरीको बीमा गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक शरण रेग्मी र सहकारी संघ लिमिटेडका अध्यक्ष अर्जुनप्रसाद पोखरेलले संयुक्त रुपमा सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतापश्चात उक्त सहकारीसँग आवद्ध सबै मौरीपालक कृषकहरुको मौरीको बीमा हुनेछ । सोही अवसरमा इन्स्योरेन्सका नायव महाप्रबन्धक रेग्मीले बीमा बजारमा मौरीको बीमा गर्ने बीमालेख भएतापनि आजसम्म खासै मौरीपालक कृषकहरुले आफ्ना मौरीहरुको बीमा गराईनसकेकोे जानकारी गराए । सो अवस्थामा संघसँगको संझौताबाट थोरै बीमा शुल्कबाट मौरीपालक कृषकहरुले आफ्ना मौरीको बीमा गरी ढुक्कसँग व्यावसायलाई विस्तार गर्न उत्साह पुग्ने उनले अपेक्षा गरे । सहकारी संघ लिमिटेडले आफ्ना सदस्य कृषकहरुको व्यावसायीक हितलाई सदैव ध्यानमा राखी सराहनीय कार्य गरेको जनाइएको छ ।
टिभीएसको एक्सचेन्ज जात्रा, जस्तोसुकै कन्डिसनको मोटरसाइकल साटिने
काठमाडौं । बिगतमा गरियको एक्सचेन्ज मेलाको सफलतापछि ग्राहकहरुको चाहना र आवश्यकतालाई मध्यनजर गर्दै यस पटक पनि टिभीएसले एक्सचेन्ज जात्रा नामक एक्सचेन्ज अफर आयोजना गरेको छ । भक्तपुरको सल्लाघारीस्थित ग्राउण्डमा भैरहेको उक्त जात्रामा ग्राहकहरुको उल्लेख्य सहभागिता रहेको जनाएकाे छ । चैत्र २३ देखि २७ सम्म चल्ने उक्त जात्रामा विभिन्न प्रकारका ग्राहकमुखी अफरहरु सार्वजनिक गरियको कम्पनीले बताएको छ । कम्पनीको अनुसार जस्तोसुकै कन्डिसनको मोटरसाइकल तथा स्कुटरको कम्तिमा रु २५००० मुल्यांकन गरि टिभीएस कम्पनीको मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गरिने अवसर प्रदान गरिएको छ । त्यसैगरी कनडिशनमा रहेको मोटरसाइकल तथा स्कुटरहरुलाई उत्कृस्ट मुल्याकनसहित नयाँ बर्षको उपहारस्वरुप थप रु ८००१ छुट दिइने छ कम्पनीको भनाइ छ । यसको अलावा टेस्ट राइडमा गिफ्ट ह्याम्पर, रु २५०० बराबरको टिभी एस हेलमेट, लक्की ड्रमा प्रत्येक दिन एक जनालाई स्मार्टफोन, क्विज लगायतको विभिन्न उपहारहरुको व्यवस्था गरिएको कम्पनीले जानकारी दिएकाे छ ।
सनराइज बैंकको नयाँ शाखा धनुषाको औरहीमा
काठमाडौं । सनराइज बैंक लिमिटेडले सोमबार धनुषाको औरही गाउँपालिकामा आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । औरही गाउँपालिकामा गाउँपालिका अध्यक्ष ब्रहमदेव यादव र बैंकका नायब महाप्रबन्धक अपछकुमार यादबले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका थिए । हाल सनराइज बैंकले मुलुकभर आफ्नो ७९ वटा शाखा, ९५ वटा एटीएम, २० वटा शाखारहित बैंकिङ सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्वारा आधुनिक एंव सर्वसुलभ बैकिङ सेवाहरु प्रदान गर्दै आइरहेको छ
शैक्षिक क्षेत्रमा माछापुछ्रे बैंकको साढे ६ लाख सहयोग
काठमाडौं । माछापुछ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा मातृभूमि महिला समाज तथा टिच फर नेपाललाई आर्थिक सहयोग प्रदान गरेको छ । शनिबार एक कार्यक्रमकोबीच बैंकले उक्त समाजमा रहेका अनाथ, टुहुरा, भूकम्प पिडित, द्वन्द पीडित तथा विभिन्न समस्याबाट जकडिएका १५ जना विधार्थीहरुलाई ५ महिनासम्म शैक्षिक शुल्क तथा सामाग्रीका लागि पुग्ने गरी रु १ लाख ५० हजार आर्थिक सहयोग प्रदान गरेको जानकारी दिएको छ । त्यसैगरी सोमबार पनि एक कार्यक्रमका विच बैंकले देशको सार्वजनिक शिक्षाको विकासमा लागि रहेको संस्था टिच फर नेपाललाई रु ५ लाख आर्थिक सहयोग प्रदान गरेको बताएको छ । उत्त कार्यकममा बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत अर्जुन थापा ले चेक हस्तान्तरण गरेको बताइएको छ । बैंकले मुलुकभर आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १५ शाखा रहित बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
एनआईसी एशिया बैंकको नयाँ शाखा चितवनको गीतानगरमा
काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा भरतपुर महानगरपालिका ६, चितवनस्थित गीतानगर–चोकबजार सोमबार एक समारोहकाबीच भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल र बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले संयुक्त रुपमा उद्घाटन गरिएको छ । कार्यक्रमका मेयर दाहालले एनआईसी एशिया बैंकले अवलम्बन गरेको शाखा सञ्जाल विस्तार रणनीति एक अग्रगामी कदम भएको बताएका थिइन् । त्यस्तै बैंकका सञ्चालक अर्यालले बैंकले देशका कुना कन्दरामा बसोबास गर्ने स्थानीय सर्वसाधारणहरूलाई वित्तीय सेवाको पहुँचमा ल्याउने र यस यात्रालाई निरन्तरता दिदै जाने कार्यक्रममा जानकारी गराएका थिए । बैंकले हाल मुलुकभर १९२ शाखा कार्यालयहरु, १९३ एटीएम, ४ वटा एक्स्टेन्सन काउन्टर एवं ४ वटा ब्रान्चलेस बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।
सिद्धार्थ सिमेन्टका बिक्रेताहरुको गोसाईकुण्ड यात्रा
काठमाडौं । सिद्धार्थ सिमेन्ट उद्योगले आफ्ना काठमाडौंका प्रमुख बिक्रेताहरुलाई आइतबार रसुवा जिल्लामा अवस्थित गोसाईकुण्डको यात्रा गराएको थियो । नव वर्ष २०७५ लाई स्वागत गर्ने एवम् बिक्रेताहरुसँगको व्यवसायिक सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले उद्योगले उक्त धार्मिक तिर्थस्थलको भ्रमणको आयोजना गराएको जानकारी गराएको छ । करिब एक दर्जन बिक्रेताहरुलाई बिहान हेलिकप्टरद्वारा गोसाइकुण्डको यात्रा गराएको जनाइएको छ ।