विकासन्युज

भरतपुर महानगर र चीनस्थित सेन्ट्रल साउथ विश्वविद्यालयबीच शैक्षिक सहकार्य

काठमाडौं । भरतपुर महानगरपालिका र मित्रराष्ट्र चीनस्थित सेन्ट्रल साउथ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता भएको छ । भरतपुर महानगरपालिका भित्रका गरिब तथा जेहेन्दार विद्यार्थीहरुको शैक्षिक स्तर वृद्धि गर्न भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल र सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालय डिन प्रोफेसर थाङ सियुआनबीच शैक्षिक सहकार्य सम्बन्धि सम्झौतापत्रमा एक समारोहकाबीच हस्ताक्षर गर्दै शैक्षिक सहकार्य भएको घोषण गरिएको हो । सेन्ट्रल साउथ विश्वविद्यालय चीनको एक ख्याति प्राप्त विश्वविद्यालय भएको जनाइएको छ । स्नातकोत्तर र विद्यावारिधिमा २१७ वटा शैक्षिक कार्यक्रम र स्नातक तहमा ९४ वटा शैक्षिक कार्यक्रम सञ्चालन भएको सो विश्वविद्यालयले भरतपुर महानगरपालिकाभित्र रहेका गरीब, असहाय तथा जेहेन्दार विद्यार्थी करिब २० जनालाई पूर्ण र ५० जना विद्यार्थीलाई आंशिक छात्रवृत्ति प्रदान गर्ने सहमति भएको जनाइएको छ । भरतपुर महानगरपालिकाकोतर्फबाट डा. विश्वास श्रेष्ठले सम्झौताको लागि विश्वविद्यालयसँग आवश्यक समन्वय तथा सहजीकरण गरेका जनाइएको छ । सो अवसरमा बोल्दै सियाङ्या नर्सिङ स्कुल सेन्ट्रल साउथ विश्वविद्यालय डिन प्रोफेसर थाङ सियुआनले नेपाल नै पहिलो पटक भरतपुरमा आफुहरुले सहकार्य गरेको उल्लेख गर्दै चीन र नेपालको सम्बन्धमा यो सहकार्य कोसेढुगां सावित हुने विश्वास लिए । मेयर रेनु दाहाले सहकार्यलाई भरतपुर महानगरको तर्फ थप अगाडी बढाउने जानकारी दिइन् । उनले चीनको विकासका मोडललाई भित्राउन आफु उत्सुक रहेको बताइन् ।  

गाडी चढ्नेको क्षमता कहाँबाट बढ्यो ? हिसाव राखेको छु–अर्थमन्त्री युवराज खतिवडा

बढी कर संकलन हुने क्षेत्र मध्ये अटोमोवाईल क्षेत्र पर्छ । बढी कर तिर्ने अटोमोवाइल व्यवसायीहरु संस्था भएकोले, तपाईहरुलाई सम्मान गर्नु पर्छ भनेर म नाडाको यस वार्षिक साधारणसभामा सहभागि हुन आएको हुँ । अटोमोवाइल व्यवसायी करै घटाउने कुरा गर्नुहुन्छ भनेर मेरो मन्त्रालयको सचिवहरु त आउदै आउनु भएन । म पहिलो चोटी तपाईहरुको कार्यक्रममा आए । कुरा त्यही रहेछ भन्ने बुझेँ । म आटोमोबाइलको आयातालाई बढो ध्यानपूर्वक हेर्छु । कुन साल कति सवारी आयात भए, कुन सालदेखि कुन साल दोब्बर आयात भयो भनेर तथ्याङ्क राख्ने र केलाउने गरेको छु । अनि अटोमोबाइल किन्नेहरुको कसको क्षमता कहाँबाट बढ्यो, त्यो पनि हिसाब राख्ने गर्छु । त्यस्तै अटोमोबाइल मोबिलिटीको लागि वा सोखको लागि हो भनेर पनि अर्थशास्त्रीय दृष्टिकोणको हेर्छु, विश्लेषण गर्छु । कति सीसीको, कति सिलिण्डरको, कति क्षमताको, कति ध्वनी निकाल्ने, कति ननिकाल्ने, कति प्रदुषण गर्ने, कति नगर्ने, सवारी साधान पनि प्रकार–प्रकारका हुने भए । खुला आयात नीतिको लाभ लिएर नचाहिने चिजहरु पनि हामी त्यही द्वारबाट प्रवेश गराउछौं । मूलतः यातायातको साधन उत्पादनसँगै जोडिने हो । यसमा कुनै शंका छैन । तर हामी आफै कति उत्पादनसँग जोडिएका छौं । मैले किनेको सवारी साधनले म कारखानासम्म जान पाउनुपर्दछ । मेरो कारखानाबाट बजारिकरण गर्न पाउनु पर्दछ । उत्पादनलाई निर्यात गर्ने बिन्दुसम्म जान पाउनुपर्दछ । कुनै चिज उत्पादन प्रयोगको हिसाबले हुन्छ । आफैमा त्यो उत्पादक अनुत्पादक हुँदैन । प्रयोग कसरी गर्छौ । मानौं तपाईको हातमा भएको मोबाइल ग्याम खेल्दा पनि भयो, विजनेशमा लाउदा पनि भयो, मार्केट इन्फर्मेशन लिदा पनि भयो, प्रविधिको लागि प्रयोग गर्दा पनि भयो । यो हेर्दा खेरी विलासी जस्तो देखिन्छ । तर यो तपाईको उत्पादनसँग जोडिएको पनि हुन्छ । के खायौ ? भनेरै लामो समयसम्म गफ मात्रै गरिराखेको पनि हुनसक्छ । त्यसो हुनाले हामीले भन्ने के हो भने हामी सबैले आयात गर्ने वस्तुलाई उत्पादनसँग जोड्न सकौं । निर्यात बढाउन सकौं । आयात प्रतिस्थापन गर्न सकौं र मुलुकलाई अघि बढाउनलाई एउटा आधार बनाउन सकौं भन्ने नै हो । मैले पहिले आदिकवि भानुभक्तको श्लोक पढेको थिए कान्तिपुरको बारेमा । त्यहाँ भनिए अनुसार काठमाडौंको ७ फुटको सडकमा ९ फुटको बस दगुड्छ । कवितामा केही अतिरन्जि गरिएको होला । तर कुरो के हो भने सडक साँगुरा छन् । गाडी ठूला भए । गाडीको संख्या कम छन् । गाडी चढ्ने बढी भए । हामीले दुईटा काम गर्नुछ । पहिलो, सवारी साधनको संख्या, आकार सबै बढाउनु पर्छ । दोस्रो, सडकको आकार पनि बढाउनुपर्छ । अब सडकको आकार यसै बढ्दैन पैसा लाग्छ । सरकारले राजस्व उठाउनु पर्छ । अनि सडकमा जे कुद्ने हो त्यसैबाट ट्याक्स उठाउनुपर्छ । मोटर चढ्नेसँग पैसा नउठाएर किसानसँग पैसा उठाउने र सडक बनाउने भन्ने कुरा हुन सक्दैन । जो सवारी साधन चढ्छ । उसले कर तिर्नु पर्यो । त्यहि पैसाबाट सडक चौडा गर्ने काम सरकारको हो । त्यो राजस्वलाई सरकारले दुरुपयोग गरेको अवस्थामा तपाईहरुले औला ठढ्याउने हो । राजस्व दुरुपयोग भयो भने तपाईहरुले प्रश्न गर्नुहोस् । तपाईहरु कर तिर्नुहोस् । तपाईहरुले तिरेको करको हामी राम्ररी सदुपयोग गर्छौ । नयाँ सडक, सडक विस्तार गर्ने काम हामी गर्छौ । धेरै भन्दा धेरै नागरिकले गाडी किन्न सक्ने गरि आर्थिक गतिविधि माथि लैजान्छौं । त्यसमा तपाईहरुको व्यवसाय पनि बढ्छ, देशको विकास पनि हुन्छ । यसमा वीन–वीनको कुरा छ । तपाईहरुले तिरेको राजस्वलाई हामीले राम्रो काममा उपयोग गर्न सक्नुपर्छ । त्यो हाम्रो प्रयास छ । तपाइहरु ढुक्क हुनुहोस् । तपाईहरुले तिरेको राजस्व हामी दुरुपयोग हुन दिदैनौं । दोस्रो कुरा हामी अहिले केही दिगो विकासका मोडलहरुको कुरा गर्दैछौं । दिगो विकासका कुरा गर्ने वित्तिकै उपभोग र उत्पादन प्रणालीमा पनि दिगो विकासका अबधारणा ल्याउनु पर्छ । वातावरणीय रुपमा उत्पादनको साधनहरुलाई प्रयोग गर्ने रुपमा, समाजको रुपमा तिनीहरु टिकाउ हुन् । अर्को हामी सुरक्षित सहर, सुरक्षित बस्ती, सुरक्षित आवागमनको कुरा गर्छौ, सहरी यातायात सुरक्षित भएन भने हाम्रो दिगो विकास लक्ष्य पनि प्राप्त हुदैन । त्यो हुनाले सुरक्षित सहरी यातायात, सुरक्षित सवारी साधनहरु र ती सुरक्षीत सवारी साधनहरु पनि वातावरण नविगार्ने किसिमको हुनु पर्दछ भन्ने हाम्रो मान्यता छ । त्यसो भएर हामीले सार्वजनिक ठूला सवारीका साधनहरुलाई विद्युतिय प्रणालीमा लैजाने भनेर काम शुरु गरिसकेका छौं । सार्वजनिक सवारीका ठूला साधनहरु भयो भने सडकको कन्जक्सन पनि कम हुने र विद्युतिय भयो भने प्रदुषण पनि कम हुनेछ । त्यो प्रयासमा यहाँहरुले हामीलाई साथ दिनुहोला । किनभने तपाईहरुले आयात गर्ने ठूला सवारीका साधन, अटोमोबाइलहरुले नै हाम्रो उद्देश्यहरु पूरा गर्नलाई सहयोग पुर्याउछ । त्यसको लागि सरकारले के–कस्तो सहकार्य गर्नु सक्छ, त्यो गर्न हामी तयार छौं । हामीसँग यतिधेरै अटोमोबाइलको माग छ । मुलुकमै इन्डस्ट्रि बनाउ अथवा केही चिज नेपालभित्र पनि उत्पादन गरौं । त्यसको लागि ठूलै औद्योसगक अथवा विशेष अर्थिक क्षेत्र चाहिन्छ भने त्यस्को पनि व्यवस्था गरौं भनेर हामीले ठूलठूला औद्योगिक तथा विशेष अर्थिक क्षेत्रहरुका परिकल्पना पनि गरेका छौं । अब प्रदर्शनी कक्षको मात्र होइन, उत्पादन कक्षको पनि कुरा गर्न थाल्यौं । हामीहरु डिलर्स मात्र नभएर एसेम्ब्लर्स पनि हौं । काँही काँही भ्यालु चेन्जको लागि कुनै–कुनै पार्टपूर्जाहरु हामीले पनि उत्पादन गर्न सकौं । तपाईहरुलाई उद्योगसँग पनि जोड्न पायौं भने हामी धेरै खुसी हुन्छौं । तपाईहरुको त्यस्तो उद्देश्यले पनि आइदिनुभयो भने हामी खुसी हुन्छौं र सहकार्य गर्न हामी तयार हुन्छौं । एक हातले तालि काँही पनि बज्दैन । तपाईहरु इमान्दर भइन्जेल नेपाल सरकारका कर्मचारीहरुले बेइमानी गर्ने ठाँउ नै हुदैन । अथवा नेपाल सरकारका कर्मचारी इमान्दार भइन्जेल तपाईहरुलाई बेइमान गर्ने पनि ठाँउ हुदैन । त्यसैले मेरो प्रयास के हो भने हामी सदाचारमा रहन्छौं । अर्थमन्त्रालय मातहतमा तपाईहरुलाई कसैले दस्तुरी मागेको, कसैले केही मोलाइहिज्जा गर्न खोजेको गुनासो छ भने हाम्रो हटलाईनको व्यवस्था छ । सिधै इलेक्ट्रोनिक मेलमा राख्न सक्नुहुन्छ । अर्थमन्त्रालयको वेवसाईटमा त्यस्तो एउटा पेज छ जहाँ तपाईले इलेक्ट्रोनिकली कम्प्लेन पनि राख्नुसक्नुहुन्छ । फिजिकल कम्प्लेन पनि मन्त्रालयमा पठाउन सक्नुहुन्छ । फोन नम्बरमार्फत पनि सम्पर्क गर्नुसक्नुहुनेछ । हाम्रो मन्त्रालयदेखि केही दिनमा पाउनुहुनेछ । त्यसो भएर हामीले तपाईहरुसँग सदाचारीताको अपेक्षा गरेका छौं । साथै हामी पनि त्यसमा बस्ने प्रतिवद्धता जाहेर गर्दछु । एउटा अर्को विषय छ । खुला सीमाना छ । अनि सवारी साधनहरुको आवगमन हुन्छ । कोही आएका फर्किदै फर्किदैन । कोही गएका फर्किदैनन् । कहिले भन्सार विन्दुभन्दा अर्को विन्दुबाट आउछ । नजानेको मान्छेले किन्छ । किनिसकेपछि पक्राउ पर्छ । उसले भन्छ ‘मैले त यहीँको सवारी साधन भनेर किने मलाई प्रहरीले पक्रर्यो भन्छ’ गुनासो गर्छ । यसको लागि हामीले हाम्रो खरिदकर्ताहरुलाई चेतना जगाउनु पर्ने काम छ भने, अर्को हामीले सीमा नियन्त्रण पनि त्यतिकै गर्र्नुछ । सीमा व्यवस्थित गर्नुको लागि र अस्वस्थ्य प्रतिस्पर्धा नहोस् भन्नका लागि त्यो काम हामीले गर्नुछ । हामीले सीमा सुरक्षा, व्यवस्थापन र भन्सार व्यवस्थापनलाई अलि कडाइका साथ अघि बढाउन खोजेका छौं । भन्सार वा अरु करका दरहरु मुलुकअनुसारको हुन्छ । चेम्बरका उपाध्यक्ष राजेन्द्र मल्लले नेपालमा भन्दा भुटानमा मोटरमा लाग्ने कर कम छ, गाडी सस्तो छ भन्नुभयो । मैले भुटानमा काम गरेको हुनाले मलाई थाहा छ । भुटानको अर्थतन्त्र बिगार्ने अटोमोबाइल नै भएको छ । मैले त्यहाँ काम गर्दा भुटानको राजधानी थिम्पुमा कुनै समय ट्राफिक नै थिएन । ट्राफिक र ट्राफिक लाइट नभएको कुनै देशको राजधानी भन्न पर्दा थिम्पुलाई भनिन्थ्यो । अहिले ट्राफिक जाम हुन्छ । गाडीको आयात बढ्दा भुटानको ब्यलेन्स अफ पेमेन्टको समस्या आएको छ । आयात गरेको सामानको भुक्तानी गर्न पैसा भुटान अहिले अप्ठ्यारो स्थितिमा परेको छ । मुलुकका आकारअनुसार यस्ता कुराहरु हुन्छन् । सिंगापुरका कथाहरु पनि तपाईहरुलाई थाहा भएकै हो । मैले यो भनेर हामी गाडीको आयातलाई कुन्ठीत गर्नुपर्छ, रोक्नुपर्छ भनिराखेको छैन । मुलुकको विकासको आवश्यकता, व्यावसायिक सम्भावना र मान्छेको मोभीलीटीलाई व्यवस्थित गर्ने क्रममा अर्थतन्त्रको विकास सँगसँगै यसलाई अघि बढाउनु पर्दछ । निरपेक्ष ढङ्गले कुनै सेक्टर मात्रै अघि बढ्न सक्दैन । मुख्य कुरो नेपालीहरुको आम्दानी सृजना गर्ने अवस्था सृजना गर्न सक्यौं भने त्यो आम्दानीले कर पनि तिर्नु हुन्छ, गाडी पनि किन्नु हुन्छ । तपाईहरुले तिरेको करले हामी सडक बनाउछौं । तपाईहरु गाडी बिक्री पनि बढ्छ । अहिलेनै काठमाडौंको ट्राफिक हेर्नुभयो भने तपाईहरु आफैलाई एक किसिमले महशुस हुँदो हो नि कति गाडी बेचिएछ भनेर । भलै त्यो पनि सरकारकै कारणले हो । हामीले आयात गर्न छोडेकै छौं । तपाईहरुले व्यवसाय गरिरहनु भएको छ । त्यही कारण भएर । तर हाम्रो सडक विस्तारको योजना त्यसअनुरुप हुन सकेन । व्यवसायीहरु पनि काठमाडौं केन्द्रित भए । अब संघीयता कार्यान्वयनसँगै अलिकति केही हाम्रा क्रियाकलापहरु, राजनैतिक शक्ति वाँडफाँड क्षेत्रहरु केही विकेन्द्रीकृत भएका छन् । तर पनि कतिपय ठाँउमा यो समस्या छ । त्यसो भएको हुनाले हामीले काठमाडौं उपत्यकाभित्रको सवारी व्यवस्थापनमा तपाईहरुको सहयोगले केही कामहरु गर्नुपर्नेछ । सार्वजनिक यातायातको क्षेत्र बढाउने, हाम्रो अटोमोबाइलको क्षेत्रलाई कसरी व्यवस्थित गर्ने ? हामीले ल्याउने सवारी साधनहरु कस्तो प्रकृति, मोडेलको हुने, कुनलाई विलासीताको भन्ने ? कुनलाई आवश्यकताको भन्ने यसको पनि परिभाषा त होला नि ? वहस गरौं । २५/२६ सय देखि ३/४ हजार सीसीको पनि बाइक हुन्छ भन्ने सुनेको छु । त्यो के होला ? त्यसो हुनाले राज्यले विचार गर्नु पर्ने पक्ष हुन्छ । तपाईहरुले पनि बिचार गर्नु पर्ने हुन्छ । व्यवसायी जवाफदेहीता तपाईहरुको छ । तर त्यो व्यवसायिक जवाफदेहीता भित्रनै व्यवसाय गरेर तपाईहरुको संरक्षण, तपाईहरुको व्यवसायलाई संरक्षण गरिदिने र त्यसको आधारबाट राज्यले राजस्व लिएर देश विकास गर्ने हाम्रो जवाफदेहीता हुन्छ । त्यसैले हामी सहकार्यता गरौं । निजी क्षेत्रसँग यो सरकार धेरै नजिकमा रहेर काम गर्न चाहन्छ । चाहे उद्योग, व्यापार वा कुनै क्षेत्रमा होस् कोही पनि दुविधामा पर्नु हुदैन । हामी हाम्रो नीतिहरुलाई पछाडि फर्काउने पक्षमा छैनौं । तर जहाँ सुधार आवश्यक छ । जहाँ परिमार्जन आवश्यक छ । त्यो हामीले गर्नैपर्छ । किनभने हामीले रोजेको बाटो सबै नेपालीहरु सुखी हुन् । सबै नेपालीहरु समृद्ध होऊन् । कुनै एउटा वर्ग व्यक्ति मात्र धनी भएर मुलुक धनी हुदैन । हामी सबै धनी भयौं भने मुलुक धनी हुन्छ भन्ने हाम्रो सिद्धान्त हो । त्यसकै आधारबाट हामी अघि बढ्न चाहन्छौं । (नाडा अटोमोवाईल्स डिलर्स एशोसिएशन अफ नेपालको ४१ औं वार्षिक साधारणसभामा अर्थमन्त्री खतिवडाले व्यक्त गरेको विचार)  

रामेछापको उमाकुण्डमा सनराइज बैंकको नयाँ शाखा

काठमाडौं । सनराइज बैंक लिमिटेडले मंगलबार रामेछाप, उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्ती भण्डारमा नयाँ शाखा बिस्तार गरेको छ । बाम्तीभण्डार शाखाको उद्घाटन प्रतिनिधि सभाका सांसदद्वय जर्नादन शर्मा र श्यामकुमार श्रेष्ठ र बैंकका अध्यक्ष मोतीलाल दुगडले संयुक्त रुपमा गरेका थिए । हाल बैंकले मुलुकभर आफ्नो ८० वटा शाखा, ९४ वटा एटीएम, २० वटा शाखारहित बैंकिङ सेवा र ३ वटा एक्सटेन्सन काउण्टरद्वारा आधुनिक एंव सर्वसुलभ बैकिङ सेवाहरु प्रदान गर्दै आएको छ । साथै मर्चेन्ट बैकिङ तथा ईन्भेष्टमेन्ट बैकिङ कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल लिमिड समेत रहेको जानकारी गराएको छ ।  

एनआईसी एशियाको नयाँ शाखा गैडाकोटको कांग्रेस चोकमा, सञ्चालन शुरु

काठमाडौं । एनआईसी एशिया बैंकले नवलपुर जिल्लाको गैडाकोटस्थित कांग्रेस चोकमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ । मंगलबार एक समारोहबीच नयाँ शाखाको गैडाकोट नगरपालिकाकी प्रमुख छत्रराज पौडेल र बैंक सञ्चालक समितिका सदस्य राजेन्द्र अर्यालले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै मेयर पौडेलले स्थानिय निकायमा बैकिङ सेवा नपुगेको अवस्थामा क वर्गको बैक गैडाकोटमा खुल्नु आर्थिक समृद्धिको लागि नयाँ कोसेढुगां हुने बताए । बैकको शाखा खुलेसँगै जिल्लाका व्यापारी, व्यवसायी तथा स्थानीय सर्वसाधारणलाई सहज पुग्ने विश्वास समेत व्यक्त गरेका थिए । बैंकको १७४ औ शाखाको रुपमा कांग्रेस चोकमा एटीएम सहित सेवा औपचारिक रुपमा आजबाट सुरु भएको बैंक सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद अर्यालले बताए । ‘क’ वर्गका बैंक मुख्य मुख्य सहरमा रहेको भएपनि गाउ गाउमा बिस्तार नभएको भन्दै एनआईसी एशिया बैंकले गाउ–गाउमा शाखा बिस्तार लक्ष्य गर्ने लक्ष्य अनुसार आफुहरु आइपुगेको बताए । सोहि अबसरमा गैडाकोट उद्योग बाणिज्य संघका अधयक्ष अमृत भट्टचनले बैंकिङ क्षेत्रमा बित्तिय तरलता भइरहेको बेला बैंकले शाखा सञ्जाल बिस्तार हुनेले आर्थिक विकासमा अगाडी बढिरहेको गैडाकोटवासीलाई सहज भएको बताए । बिराटनगरबाट सुरु भएको बैंकको अहिले देश भरि १ सय ९२ शाखा कार्यालय, १ सय ९३ एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर, ४ ब्राञ्चलेस बैंकिङमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १५४ अर्ब पुग्दा कुल कर्जा १०६ अर्ब छ भने कुल निक्षेप १३० अर्ब पुगिसकेको जनाएको छ ।

बीपीसीको लाभांशमा लगानीकर्ता लोभिए, मंगलबार सबैभन्दा बढी सेयर कारोबार

काठमाडौं । सेयर बजार घटेपनि मंगलबार लगानीकर्ता बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) को लाभांशमा लोभिएका छन् । बीपीसीले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई २० प्रतिशतका दरले नगद लाभांश दिने घोषणा गरेपछि लगानीकर्ताको आकर्षण बढेको हो । मंगलबार बीपीसीको प्रतिकित्ता ४६१ रुपैयाँमा १ करोड ३६ लाख ८९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बीपीसीको २९ हजार ८०० कित्ता सेयर किनबेच भएको छ । कम्पनीलको सेयर मूल्य घटेर थप निष्कासन (एफपीओ) भन्दा कम भएको छ । बीपीसीले प्रतिकित्ता ५०१ रुपैयाँमा एफपीओ बिक्री गरेको थियो । ५०१ रुपैयाँमा एफपीओ किन्ने लगानीकर्ताले २० रुपैयाँ नगद लाभांश पाउने छन् । सोमबारको तुलनमा मंगलबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ रुपैयाँ घटेको छ । एफपीओ निष्कासन गर्नुअघि कम्पनीको सेयर बढेर प्रतिकित्ता ७ सय रुपैयाँ कटेको थियो । पछि विस्तारै घट्न थालेको हो । चीनबाट २ खर्ब रुपैयाँ वैदेशिक लगानी ल्याएर ५ वर्षमा १ हजार मेगावाट थप बिजुली उत्पादनको योजना ल्याएपछि बीपीसको सेयर मूल्य उकालो लागेको थियो । नगद लाभांश दिने प्रस्ताव पारित गर्न बीपीसीले जेठ ८ गते वार्षिक साधारणसभा बोलाएको छ । वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्ने बीपीसीले जनाएको छ । साधारणसभा प्रयोजनका लागि वैशाख २७ देखि जेठ ८ गतेसम्म सेयरधनी दर्ता किताव बन्द हुने भएको छ ।

लगानीकर्ताको विश्वास गुम्दा सेयर बजार साढे १७ अंक घटेयो

काठमाडौं । लगानीकर्ताले विश्वास गुमाउदा मंगलबार पनि सेयर बजार साढे १७ अंकले घटेको छ । केही दिनदेखि लगातार बढेको सेयर बजार सोमबारदेखि लागेको ब्रेक मंगलबार पनि निरन्तर रहेको छ । २ दिनमा बजार झण्डै २४ अंकले घटेको छ । नेप्से परिसुचकमा पनि गिरावट आई १ हजार २७० अंकमा झरेको छ । मंगलबार बैंक, वित्त, होटल, जलविद्युत, बीमा, उत्पादनमुलक र लघुवित्तलगायत सबै क्षेत्रको सेयर मूल्यमा गिरावट आएको छ । बजार घटेपछि करोबार रकम घटेर ३४ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार बजार घटेपनि ९४ करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।  

मेलम्ची खानेपानीको सुरुङ छेडियो, अब काठमाडौमा अाउने भयाे पानी

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको सुरुङ आज छेडिएको (ब्रेक थ्रुृ) छ ।  आयोजनाको सुरुङ खन्नका लागि अन्तिम ब्लाष्टको काम सकिएकाले आयोजनाको सुरुङ ब्रेक थ्रु भएको हो ।ब्रेक थ्रु को औपचारिक कार्यक्रम भने चैत २९ गते राखिएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गरी आयोजनको सुरुङ छेडिएको जानकारी दिएको हो । इटालियन ठेकेदार को–अपरेटिभ मुरातोरी सिमेन्टिक डि रेभेना (सिएमसी) ले सम्पन्न गरेको हो । मेलम्चीको सुरुङ खन्ने काम सकिएकाले राजधानीमा खानेपानी आउने अब पक्का भएको छ । मेलम्चीको रिवर्मादेखि सुन्दरिजलसम्म सुरुङको लम्बाइ २७. ५ किलोमिटर छ । सुरुङ खन्ने काम सकिएपछि कंक्रिट र लाइनिङको काम हुने उनले जानकारी दिए । सन् २०१३ जुलाइमा सिएमसीसँग ७ अर्ब ७२ करोडमा ठेक्का सम्झौता भएको थियो । यसले पनि ढिलाइ गरेपछि पटकपटक म्याद थप गरी अन्तिम अवधि यो महिनासम्म तोकिएको छ । पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी राजधानी ल्याइनेछ । दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाको पनि १७र१७ गरी ३४ करोड लिटर पानी ल्याउने तयारी भइरहेको छ । मेलम्चीको पानी आएपछि उपत्यकावासीलाई दैनिक ५ घण्टासम्म पानी आपूर्ति हुने छ । याङ्ग्री र लार्के खोलाको समेत गरी दैनिक ५१ करोड लिटर पानी आउन थालेपछि २४ सै घण्टा पानी वितरण हुने छ । यसका लागि समितिले संभाव्यता अध्ययनको काम थालेको छ । पहिलो चरणको आयोजनाबाट उपत्यकामा दैनिक रुपमा १७ करोड लिटर पानी झरे पनि अझै उपत्यकावासीलाई ३४ करोड लिटर पानी अपुग हुनेछ । सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माणको काम सम्पन्न भएको छ । अर्को साढे ८ करोड लिटर पानी प्रशोधनको काम २० प्रतिशत सम्पन्न भएको पन्तले जानकारी दिए ।  

५ लाख घुससहित उप-सचिव लिला अधिकारी र इन्जिनियर वीरेन्द्र श्रेष्ठ पक्राउ, दुई वटा कार पनि बरामद

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका कार्यालय, काठमाडौंका उपसचिव प्रमुख प्रशासकिय अधिकृत लिला अधिकारी र ईन्जिनियर बिजेन्द्र श्रेष्ठ ५ लाख घुस सहित पक्राउ परेका छन् । उनीहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिदालिदै पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता दिर्घराज मैनालीका अनुसार उनीहरुले बुढानिलकण्ठ नगरपालिका वडा नं २ बाँडेपाखामा रिजर्भ वायर पानी ट्याङ्की  निर्माण कार्य सम्पन्न गरे पश्चात कार्य अनुभवपत्र लिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस मागीरहेका थिए । त्यसपछि आयोगको कार्यालय टङ्गालले टोली खटाई रंगेहात पक्राउ गरेको हो । घुस बापतको रकम लिएको अवस्थामा काठमाडौं महानगरपालिका वडा नं ३ को कार्यालय अगाडी सार्वजनिक सडकबाट निज प्रमुख प्रशासकिय अधिकृत लिला अधिकारीको बा १८ च। ७०८७ नम्बरको कार सहित पक्राउ परेका हुन । त्यसैगरी ईन्जिनियर बिजेन्द्र श्रेष्ठको बा ७ च ५८९४ नम्बरको कार पनि नियन्त्रणमा लिइएको छ । उनीहरुमाथी थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।