विकासन्युज

एभरेष्ट बैंकले सार्वजनिक गर्यो २०७५ सालको क्यालेन्डर

काडमाडौं । एभरेष्ट बैंकले २०७५ सालको आफ्नो क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको क्यालेन्डरमा नेपाली पर्यटन र कलासंस्कृतिको प्रर्बधनमा सहयोग पुर्याउने फोटाहरु प्रयोग भएका छन् । मंगलबार सार्वजनिक भएको उक्त क्यालेन्डरको थिम ‘स्थानिय जात्रा’ रहेको जनाइएको छ । बैंकको केन्द्रिय कार्यालयमा एक कार्यक्रमको आयोजना गर्दै बैंकका अध्यक्ष बीके श्रेष्ठले उक्त क्यालेन्डरको सार्वजनिक गरेका थिए । बैंकको अनुसार संस्कृतविद सत्यमोहन जोशीले समेत क्यालेन्डर निर्माणमा सहयोग पुर्याएका थिए । हाल बैंकले आफ्नो अत्याधुनीक सेवासहित देशभर रहेका ८० शाखा कार्यालय, ७ एक्स्टेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर, ११३ एटीएम मेसिन र विश्वभर फैलिएर रहेका संञ्जालमार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

ग्रेट महाभारत ट्रेल पदमार्ग खाेज्दै अध्ययन टाेलि, प्रारंभिक चरणनै भेटिए प्रशस्तै सम्भावनाहरू (फोटो फिचरसहित)

काठमाडौं । समृद्ध सिन्धुली अभियानले काभ्रेको नमोबुद्धबाट महाभारत डाडैंडाडा नयाँ पदमार्गको सम्भाब्यता अध्ययन गर्न गएको टोली मंगलबार ऐतिहासिक सिन्धुलीगढी पुगेको छ । अध्ययनका लागि बुधबार अभियानको टोली काठमाडौंबाट त्यसतर्फ प्रस्थान गरेको थियो । अध्ययन टोलीमा पर्यटनविज्ञ, समाजशास्त्री, भिडियोग्राफर, नक्साङनकर्ता लगायतका विज्ञहरु सहभागी रहेको जनाइएको छ । टोलीले नमोबुद्धबाट सिन्धुलीगढी हुँदै फिक्कलसम्म अध्ययन गर्न हिँडेको जानकारी दिएको छ । सिन्धुलीगढी नपुग्दै दैनिक पानी पर्न थालेकाले यात्रालाई सिन्धुलीगढी खण्ड पार गरेर केही दिनका लागि स्थगित गरिएको टोलिमा सहभागी अभियन्ता सौरभ ढकालले बताए । ग्रेट हिमालयन ट्रेल जस्तै ग्रेट महाभारत ट्रेल पदमार्गको सम्भाब्यता अध्ययन गर्न टोलीले महाभारत डाँडैडाँडा पदयात्रा गरेको थियो । यात्राको पाँचौ दिनदेखि लगातार पानी परिरहेकाले केही दिनका लागि पदयात्रा स्थगित गरेका उनको भनाइ छ । मौसममा सुधार हुनासाथ यात्रालाई निरन्तरतता दिने बताइएको छ । समृद्ध सिन्धुली अभियानको टोलि पूर्वपश्चिम फैलिएको महाभारत डाँडैडाँडा नयाँ पदमार्गको खोजी गर्न हिँडेको अभियानका संयोजक लीलानाथ घिमिरेले जानकारी दिए । उनले बाटोमा पर्ने गाउँहरुमा होमस्टे संचालन, पदमार्गको सुधार र पदमार्गमा पर्ने स्थानीय तहसँग समन्वय गरेर त्यस क्षेत्रका बासिन्दालाई सहभागी गराउन सके राजधानी र तराइबाट नजिकै रहेको यस मार्गमा पदयात्रा गराउन सकिने संभावना देखिएको उनको भनाइ छ । राजधानीबाट नजिकै रहेको महाभारत पदमार्ग आवश्यकताअनुसार लामो र छोटो दुरीमा गर्न सकिने देखिएको अभियन्ता ढकालले बताए । ‘यस मार्गलाई खगोल, जीवजन्तु, चराचुरुंगी र बनस्पत्ति अध्ययनका साथै स्थानीय उत्पादनलाई ब्यवसायीकरण गर्न समेत उपयोग गर्न सकिने देखिएको छ,’ उनले भने । आगामी फागुन समृद्ध सिन्धुली अभियानले पदयात्रीलाई काठमाडौंबाट नमोबुद्ध हुँदै सिन्धुलीगढीसम्म लैजाने ढकालले जानकारी दिए । अध्ययन टोलीले ७ दिनमा नमोबुद्धदेखि काभ्रेको दाप्चा, डराउने पोखरी, काक्रे सिपाली, रोशी, वाल्टिङ, सिन्धुलीको सुनकोशी, घ्याङलेख, सिन्धुलीगढीहुँदै , रतनचुरासम्मको यात्रा गरेको छ । यात्राका क्रममा पुगिने ठाउँका स्थानीय जातजाती, संस्कृति, रहनसहन, वातावरण, बनस्पति, सार्बजनिक स्थलहरु, झरना, गुफालगयातका हेर्नलायक स्थलहरु, होमस्टेको सम्भावनालगायतका कुराहरुको अध्ययन गरिएकको अर्का अभियन्ता दीपक श्रेष्ठको भनाइ छ । ‘अध्ययनका क्रममा पुगेका स्थलहरुको डिजिटलरएनालग नक्सा, फोटोरभिडियो, स्थानीय स्तरमा प्राप्त कथाहरु संकलन गरेका छौं,’ उनले भने । यात्रामा समृद्ध सिन्धुली अभियानका अभियन्ताहरु लीलानाथ घिमिरे, सौरभ ढकाल, दीपक श्रेष्ठ, फोटो ग्राफर गणेश भण्डारी र भिडियोग्राफर सान महर्जन सहभागी थिए । महाभारत ट्रेट अध्ययनका लागि राष्ट्रिय प्रकृति कोषसँग अभियानले सहकार्य गरेको छ । अध्यनमा स्टोरी साइकल, आवर ड्रिम सिटी लगायतका संस्थाले सघाएका जनाइएको छ ।  

नेपाल प्रहरी र सशस्त्रको आइजीपीमा क्रमशः सर्वेन्द्र खनाल र शैलेन्द्र खनाल

काठमाडौं । नेपाल प्रहरी र शसस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा क्रमशः सर्वेन्द्र खनाल र शैलेन्द्रं खनाल नियुक्त भएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको  मन्त्रिपरिषदको बैठकले  डीआईजी खनाललाई आईजीपीमा बढुवा गरेको हो । नेपाल प्रहरीको आइजीपीमा खनालसँगै, रमेश खरेल र पुष्कर कार्की प्रतिस्पर्धामा थिए। पधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाबीच दुई खनाललाई प्रमुख बनाउन सहमति जुटेपछि मन्त्रिपरिषदको बैठकले अाैपचारिकता दिएकाे हाे । २०४६ सालमा इन्सपेक्टरबाट प्रहरी सेवा प्रवेश गरेका खनालसँगै उनकै ब्याजका रमेश खरेल, पुष्कर कार्की, उत्तम कार्की लगायतका डिआईजीहरुले प्रतिस्पर्धा गरेका थिए । डीआईजी बढुवाको बरियतामा खनाल पहिलो, खरेल दोस्रो र कार्की तेस्रो नम्बरमा थिए । प्रहरीका महानिरीक्षक प्रकाश अर्याल र सशस्त्र प्रहरीका महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवा अवधिका कारण बुधबारदेखि अवकाश पाउँदैछन् । कार्यक्षमता,कार्यसम्पादन मुल्याङ्कन र र वरिष्ठताको आधारमा १ नम्वरमा रहेका खनाललाई सरकारले आईजीपी बनाउन लागेको हो। प्रहरी सेवामा रहेर काम गर्दा हालसम्म बसेको स्थानहरुमा उत्कृष्ट काम गरी लोकप्रियता कमाइसकेका खनालले एक व्यवसायीक अधिकृतको छवि बनाएका थिए । प्रहरीको व्यवसायिक छवि एवं संगठनको प्रतिष्ठा सर्बदा उंचो राख्न खनालका दर्जनौं कामका श्रृंखलाहरु छन्, जसले उनलाई सफलताको उचाइतर्फ दोहोर्याएको छ ।नेपाल प्रहरीमा कुनै पनि ठाउँमा अराजकता फैलिएपछि त्यहाँको वस्तुस्थिति नियन्त्रण गर्नका लागि पटक–पटक खनाललाई पठाउने गरेको थियो। मधेस अन्दोलनका क्रममा धनुषामा आन्दोलनकारीले सबै सकारी कार्यालयलाई नियन्त्रणमा लिएपछि सरकारले स्थितिलाई नियन्त्रणमा लिन खनाललाई नै खटाएको थियो। जनआन्दोलनमा काठमाडौंको प्रमुख हुँदा उनले निभाएको भूमिकाकै कारण पनि उनी प्रहरीको नेतृत्व सम्हाल्न सक्छनभन्ने प्रमाणित गरेको छ। खनालका चर्चित काम मोस्टवान्टेड सूचिका गुन्डा नाइके कुमार श्रेष्ठ घैंटेको इन्काउन्टर। खनाल अपराध महाशाखामा आएपछिको पहिलो ठूलो सफलता थियो, जसका कारण काठमाडौंमा शान्ति सुरक्षा एवं अमन चयन कायम गर्न उनको उल्केखनिय भूमिका रह्यो । घैँटे इन्काउन्टरका बेला नेपालबाट मात्र होइन विदेशका पनि नेपालीहरुले फोनबाट बधाई दिएका थिए उनलाई । खनाल महाशाखामा हुँदा लागु औषध र अपहरण काण्डका अभियुक्त जेलबाट भागेका रावणजीत तामाङलाई गोली हानेर पक्राउ गरेका थिए । त्यस्तै काम गरेपछि परिणाम देखाउने खुबी भएका उनको दोस्रो ठूलो सफलता थियो, पैसामा खेल बेचेर सबै देशको इज्जत फाल्ने फुटबल खेलाडीमाथिको ठूलो र जोखिमयुक्त अप्रेसन । लामो समयदेखि पेट्रोलियम पदार्थ बेच्ने पम्प सञ्चालकहरुले तेलको मात्रा कम गरि बच्ने उपकरणहरु रिमोट, रिसिभर, डिभाईस, गियर, स्विच, कोड र सेफ्टी पिन जडान गरी उपभोक्ता ठग्नेलाई पनि खोजिखोजि हत्कडी लगाए । खनाल महाशाखामा आएको केही समयमा संचार उद्यमी जमिम साहको हत्याका मुख्य आरोपीलाई पक्राउ परे । जमिम हत्याकाण्डका आरोपित जगदिश चन्दलाई नियन्त्रणमा लिएका थिए । जमिम साहको २०६६ सालमा हत्या भएको थियो । त्यस्तै अर्को निर्मम हत्याकाण्डको पर्दाफास पनि भयो । ललितपुरको बडिखेलमा १२ वर्ष पहिला एउटै परिवारका ५ जनाको विभत्स ढंगबाट भएको हत्याकाण्डको पर्दा पनि उनै खनालले खोले । २०६० सालमा एउटै परिवारका पाँच जनाको ज्यान लिने चन्द्रबहादुर पहरीलाई खनालकै टोलीले पक्राउ गरेर देखायो । अवैध धन्दा गर्ने कन्सलटेन्सीहरु उनको नजरबाट बच्न सकेनन् । अवैध कन्सल्टेन्सी खोलेर अवैध रुपमा विदेश पठाउने दलालहरुको अखडामा उनको टोलीले धावा बोल्यो । निहित स्वार्थका लागि शैक्षिक परामर्शको नाममा गलत सूचना दिएर हाम्रै छोरो छोरी तथा भाइ बहिनीको भविश्वमाथि खेलवाड गर्ने जो कोहिलाई कानुनले छाड्दैन भन्दै उनले कारवाही अगाडि बढाए । छापा हान्न थालेपछि अतालिएका दलालहरु कन्सलटेन्सी दर्ता गराउन तछाडमछाड नै गरे । विभिन्न प्रलोभन देखाएर सर्वसाधारण जनताको करोडौं रुपैयाँ ठगी गरेर फरार भएका युनिटी लाईफ इन्टरनेशनल लिमिटेडका सञ्चालनक विष्णुबहादुर क्षेत्र र कृष्ण बहादुर क्षेत्री पनि खनालको फन्दामा परे । अनेकन प्रलोभन देखाएर यी दुई दाजुभाईले ठगीको सन्जाल नै चलाएका थिए । खनालले संबेदनशिल एवं चुनौतिपूर्ण जिल्लाहरुको सफलतापुर्वक कमाण्ड गरेका थिए । जनकपुर, पर्सा लगायतका तराइमा बस्दा खनालले गुण्डागर्दी, तस्करी नियन्त्रण गर्दा धेरै पटक आफ्ने ज्यानसंग खेल्नु पर्यो । उनले आफ्नो जिम्मेवारीबाट भाग्ने प्रहरी संगठनका डिएसपीको घटुवा समेत गरेका थिए । कुख्यात भारतीय अन्डर वर्ल्ड नाइके बब्लु दुबेलाई पक्राउ गरेपछी त उनले भारतको समेत पुरस्कार पाए । तराई जनतान्त्रिक मुक्तिमोर्चा धनुषा महोत्तरी प्रमुख सुधिर पाण्डे, राजन मुक्ति प्लटुन कमाण्डर, ज्वाला समूहका धनुषा, महोत्तरी, सर्लाही इन्चार्ज मरिक यादव, बीरगन्जमा उत्पाद मच्चाउने गुण्डानाइके अग्नी भनिने सुनिल जैसवाललाई पनि खनालले कारवाहीको दायरामा ल्याएका थिए । पछिल्लो समयमा ट्राफिक प्रहरी महाशाखामा कार्यरत खनालले पशुपति, ठमेल र असन क्षेत्रमा चारपांग्रे सवारी निषेध गराएर ब्यबस्थित बनाएका थिए । सडकका खाल्डाखुल्टी पुर्ने अभियान,चक्रपथ सुधार र सरसफाइ अभियान तथा राजधानीका १० स्थानमा लाइन बसेर सवारी चढ्ने नियमको सुरुवात गरे । सार्वजनिक माइक्रो चालक र सहचालकलाई पोशाक लगाउने नियम बसालेका खनालकै पहलमा १० बर्ष देखी बिग्रेका ट्राफिक बत्तीको मर्मत गरी बल्न थालेका छन् ।मोस्टवान्टेड सूचिका गुन्डा नाइके कुमार श्रेष्ठ घैंटेको इन्काउन्टर। खनाल अपराध महाशाखामा आएपछिको पहिलो ठूलो सफलता थियो, जसका कारण काठमाण्डौंमा शान्ति सुरक्षा एवं अमन चयन कायम गर्न उनको उल्केखनिय भूमिका रह्यो ।  

ठेकेदारले ढिलाइ गर्न थालेपछि प्रधानमन्त्री ओली बुधबार माथिल्लो तामाकोसीको निरीक्षणमा जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बुधबार माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको स्थलगत अवलोकनमा जाने भएका छन् । आयोजनाको प्रगति बुझन र समस्या समधान गर्नका लागि उनी आयोजनाको निरीक्षणमा जान लागेका हुन् । प्रधानमन्त्रीसँगै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन पनि आयोजनास्थल जान लागेका छन् । ४५६ मेगावाटको आयोजनाबाट २०७५ मंसिरसम्म विद्युत गर्ने लक्ष्य लिइएको छ । लट २ को ठेकेदार भारतको टेक्सम्याको इण्डिया लिमिटेडले हाइड्रोमेकानिलको काममा ढिलाइ गरेकाले आयोजना पछि सरेको हो । अहिलेसम्म आयोजनाको ९६ प्रतिशत काम पूरा भएको छ । आयोजनाको ४ लटमध्ये पहिलो, तेस्रो र चौथोको काम निरन्तर रुपमा भइरहेको छ । तर, दोस्रा लटको ठेकेदारले ढिलाई गरिरहेको छ । लट २ को ठेकेदारले काममा ढिलाइ गरेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । यसले गर्दा आयोजनाको काम निर्धारित समयमा सम्पन्न नहुदे देखिएको छ । आयोजनामा ७६ मेगावाटका ६ वटा युनिट छन् । २०७५ मंसिरसम्म पहिलो युनिटबाट विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

प्रदेश ५ को ‘स्थिति पत्र’ सार्वजनिक हुदैं

बुटवल । प्रदेश नं ५ को सरकारले प्रदेशका सम्पूर्ण अवस्था चित्रण हुने गरी ‘स्थिति पत्र’ सार्वजनिक गर्ने भएको छ । प्रदेशका सम्पूर्ण अवस्थाको चित्रण गरी तयार गरिएको स्थिति पत्र अब बस्ने प्रदेशसभा बैठकमार्फत सार्वजनिक गर्ने सरकारले निर्णय गरेको हो । मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको स्थिति पत्र स्वीकृत गरी प्रदेशसभामा पेश गर्न स्वीकृति समेत दिएको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए । उक्त स्थिति पत्र चैत २९ गते बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शंकर पोखरेलले प्रस्तुत गर्ने कार्यक्रम छ । मानव विकास सूचकांक, शिक्षा, स्वास्थ्य, सडक, सिँचाइ, रोजगारी, आयलगायका विषय समेटी तयार गरिएको स्थिति पत्र प्रदेशसभालाई जानकारीका लागि मात्र बैठकमा पेश गरिने तर, पारित गर्नुपर्ने बाध्यता नरहेको मन्त्री चौधरीले बताए । प्रदेश सरकारले तयार गरेको स्थिति पत्रलाई आधार मानेर सरकारले आगामी बजेट तथा योजना निर्माण गर्ने र यसको आधारमा निर्माण भएका बजेट तथा योजना सन्तुलित बन्ने सरकारले विश्वास लिएको समेत उनले बताए । प्रदेश ५ मानव सूचकांकका हिसाबले चौँथो तहमा रहेको स्थिति पत्रमा देखाइएको छ । यो प्रदेशमा करिब ४४ लाख जनसंख्या रहेकामा सबैभन्दा बढी आठ लाख ८८ हजार जनसंख्या रुपन्देहीको छ भने सबैभन्दा कम जनसंख्या रुकुम रहेकोसमेत मन्त्री चौधरीले जानकारी दिए । प्रदेश ५ मा २५ दशमलव ८ प्रतिशत कुल गरिबीको अवस्था देखिएकोमा यसमा सबैभन्दा गरिबीको रेखामुनि ३५ दशमलव ५ प्रतिशत कपिलवस्तुमा रहेको स्थिति पत्रमा देखिएको मन्त्री चौधरीले जानकारी दिए । रासस  

त्रिपुरेश्वरको आँखा अस्पताललाई सिद्धार्थ बैंकको १ लाख सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा नेपाल आँखा अस्पताल, त्रिपुरेश्वरको ४४ औँ वार्षिकोत्सवको अवसरमा आर्थिक अाँखा सम्बन्धि बिरामीलार्इ अार्थिक सहयाेग गरेकाे छ । बैंकले अाँखाकाे अवस्था कमजोर भएका ४४ जना मोतिबिन्दुका बिरामीको मोतिबिन्दुको शल्यक्रिया गर्न रु. १ लाख १० हजार बराबरको आर्थिक सहयोग प्रदान गरेको जनाएकाे छ । उक्त सहयोग रकम एक समारोहकाबीच बैंकका नायव महाप्रबन्धक रामेश्वरप्रसाद बस्यालले अस्पतालका अध्यक्ष विश्वकान्त मैनालीलाइ हस्तान्तरण गरेका थिए । कार्यक्रममा बैंकका नायव महाप्रबन्धक बस्यालले आगामी दिनहरुमा पनि सिद्धार्थ बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्तै प्रकारका विभिन्न कार्यहरुमा सहभागिता जनाउने जानकारी दिएका थिए ।

पानी व्यवस्थापन विश्वकै लागि चुनौतीपूर्ण रहेको विज्ञहरुको ठहर, अन्तराष्ट्रिय सम्मेलन शुरु

काठमाडौं । उपराष्ट्रपति नन्दकिशोर पुनले पानीको सुरक्षालाई ध्यान दिन आग्रह गरेका छन् । मंगलबार राजधानीमा पानी, वातावरण र जलवायु परिवर्तन ज्ञानको आदानप्रदान र साझेदारी विषयक तीन दिवसीय अन्तराष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले पानीलाई सुरक्षा गर्नु पर्नेमा जोड दिएका थिए । सम्बोधनका क्रममा उपराष्ट्रपति पुनले बढ्दो जनसंख्या र सहरीकरणको चापले पानीको स्रोत, वनजंगल र जमीनमा मानवीय चाप पर्दै गएको भन्दै पानीको आपूर्ति अत्यन्त संवेदनशील भएको बताए । संयुक्त राष्ट्र संघले दिगो विकासका लागि निर्धारण गरेका लक्ष्यहरुलाई राष्ट्रिय योजनामा ढालेर कार्यान्वयनमा ल्याउन पर्नेमा उनको जोड थियो । त्यस्तै सम्मेलनमा दक्षिण कोरियाका पूर्व प्रधानमन्त्री डा. हान सुड. सूले जीवनको प्रमुख आधारको रुपमा रहेको पानीको व्यवस्थापन अत्यन्तै चुनौतिपूर्ण रहेको बताए । उनले बढ्दो जनसंख्या, तीव्र सहरीकरण, बढ्दो औद्योगिकरणका कारण पानीको अभाव बढ्दै जानुको साथै पानीको प्रदुषण बढेको र व्यवस्थापनमा उचित ध्यान नपुगेकोले विश्वभर प्राकृतिक विपत्तिहरुको निरन्तर सामना गर्नुपरेको उनको भनाइ छ । संयुक्त राष्ट्र संघको हाई लेभल एक्सपर्ट एण्ड लिडर इन वाटर एण्ड डिजआस्टरका चेयरमेन रहहेका डा.सूले पानीको समुचित व्यवस्थापन गर्न नजान्दा कतै अभाव,कतै बाढी पहिरो, कतै सुनामी र आँधीको समस्या उत्पन्न हुने गरेको जानकारी गराए । जनस्वास्थ्यको क्षेत्रमा कार्यरत इञ्जिनियरहरुको संस्था सोफेनको अग्रसरतामा नेपाल इञ्जिनियर्स एशोसिएसन र खानेपानी तथा ढल निकास विभागको संयुक्त आयोजनामा उक्त सम्मेलनकाे अायाेजना भएकाे हाे । आयोजकको अनुसार उक्त सम्मेलनमा १८ वटा कि नोट पेपर, १ सय १६ वटा कार्यपत्र प्रस्तुत गरिनेछ । करिब १५० जना विदेशी भने ३५० जना नेपाली पानी वातावरण लगायतको विज्ञहरुको प्रस्तुति तथा सहभागी हुनेछ ।

मेलम्ची खानेपानी आयोजनाको पानी सबै भन्दा छिटो पिउन पाउने भाग्यमानी चाबहिलवासी

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको २७.५ किलोमिटर सुरुङ आज छेडिएको छ । विसं २०५५ सालदेखि सुरु गरिएको आयोजनाको करिब १८ वर्ष पछि सुरुङ काठमाडौंसम्म छिचलिएकाे हो । मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल झरेको १५ दिनमै चाबहिलवासीले पिउन पाउने भएका छन् । आयोजना प्रमुख रामचन्द्र देवकोटाका अनुसार ४ वर्ष अघि विछ्इएको पाइप सफा गर्न समय लाग्ने भएकाले सुन्दरीजलमा पानी झरेको १५ दिनमै चावेलवासीले सबैभन्दा छिटो खानेपानी प्राप्त गर्नेछन् । सुन्दरीजलदेखि मंकालसम्म पानी आइपुग्न २ घण्टा लाग्नेछ । पाइप धेरै अघि बिछ्याइएकोले केमिकल प्रयोग गरी सफा गर्नुपर्ने आयोजनाले जनाएको छ । आयोजनाको खानेपानीको अन्तिम बिन्दुमा पुग्न पानी सुन्दरीजल आइपुगेको करिब ६ महिना लाग्नेछ । आयोजनाले अहिले खानेपानी पाइप वितरणको ९० प्रतिशत काम सकिसकेको छ । आायोजनाले पानी पशोधनको लागि सुन्दरीलमा दैनिक साढे ८ करोड लिटर पानी प्रशोधनको सफल परिक्षण गरिसकेको छ । समान क्षमताको अर्को पानी प्रशोधन टीसीपीएल प्रतिभा जेभी कम्पनीले निर्माण कार्य २५ प्रतिशत सम्पन्न गरेको छ । यस केन्द्रको आगामी वर्षको असारसम्ममा सक्ने लक्ष्य लिइएको छ ।