अज्ञात रोगले ५००० कुखुरा मर्दा ६० लाखको क्षति
काठमाडौं । रोगले कुखुरा मर्दा चितवनको दुई वटा खोर नै रित्तिएको छ । रोग लागेर पूर्वी चितवनको रत्ननगर र खैरहनी नगरपालिकामा सञ्चालित कुखुरा फार्मका दुई वटा खोर रित्तिएका हुन् । रत्ननगर–१५ स्थित लामिछाने पोल्ट्री फार्मका पाँच हजार १०० कुखुरा मरेका छन् । त्यहाँको कुखुरा एच ९ लो प्याथोजनिक संक्रमणले मरेको जिल्ला पशुसेवा कार्यालय चितवनका सूचना अधिकारी डा शिखा तिवारीले जानकारी दिए । सो फार्मका सञ्चालक द्रोणप्रसाद लामिछानेले खोर नै रित्तिँदा करीब रु ४० लाखको क्षति भएको बताउए । चैत १५ गतेदेखि यहाँ कुखुरा मर्न थालेको थियो । खोर नै रित्तिएर ठूलो क्षति भएपछि जिल्ला विपद् व्यवस्थापन समितिमा राहतको माग गर्दै निवेदन दिएको लामिछानेले बताए । पूर्वी चितवनको खैरहनी नगरपालिका–१३ स्थित सिम्रेनीको ध्रुवतारा एकीकृत कृषि फार्मका तीन हजार ब्वायलर कुखुरा पनि मरेको सञ्चालक रामशरण थापाले बताए । यही चैत १९ गतेदेखि रोग लाग्न थालेको थापाको फार्ममा आजसम्म गरेर सबै कुखुरा मरेर खोर नै रित्तिएको थापाले बताए । चल्ला हालेको २५ दिनमा कुखुरामा रोग देखिएको बताउँदै थापाले रानीखेत र गम्बारो भन्ने रोग लागेर मरेको चिकित्सकको भनाइ उद्यृत गर्दै जानकारी दिए । शुरुमा कुखुरा झोक्र्याउने अनि पातलो दिसा गर्ने र मर्ने गरिएको छ । जिल्ला पशुसेवा कार्यालय चितवनका सूचना अधिकारी एवं पशु चिकित्सक डा शिखा तिवारीले अहिलेसम्म जिल्लामा बर्डफ्लु भनेर चिनिने एच ५ भने नदेखिएको तर अन्य विभिन्न रोग कुखुरामा देखिने गरेको बताए । रासस
१७ हजार बिरामीले पाए निःशुल्क उपचार, मिर्गौला, मुटु, क्यान्सरको उपचार लिनेको संख्या तेब्बर बढे
काठमाडौँ । सरकारले १ वर्षमा १७ हजार विरामीको निःशुल्क उपचार गरेको छ । मिर्गौला, मुटु, क्यान्सर, अल्जाइमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी, पार्किन्सन्स र सिकलसेल एनिमिया लगायत विभिन्न ८ प्रकारको रोगबाट पीडित १६ हजार ८६० विरामीले निःशुल्क उपचार गरेको स्वास्थ्य सेवा विभागले जनाएको छ । विभागकाअनुसार यो वर्ष मात्रै ५ हजार ८८८ जनाले मिर्गौला रोगको निःशुल्क उपचार पाएका छन् । वीर अस्पतालबाट मात्रै २ हजार ६४६ जनाले उपचार पाएका हुन् । मोरङको नेपाल स्वास्थ्य विकास एण्ड रिर्सच सहकारीबाट ४ जनाले मिर्गौलाको उपचार गराएका छन् । यसैगरी ५ हजार ८२१ जनाले क्यान्सरको उपचार गराएका छन । ३ हजार ५७७ जनाले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराएका छन् । हेड इन्जुरीतर्फ जम्मा ८२ जनाले निःशुल्क उपचार पाएका छन्, सिकलसेल एनिमियो १३० जना, पार्किन्सन्सको १६, अल्जाइमर जम्मा ११ जनाले उपचार पाएका छन् । अघिलो आर्थिक वर्ष २०७३÷७४ मा सरकाले विभिन्न ६ वटा रोगका ६ हजार १८० जनाले निशुल्क उपचार पाएका थिए । उपचार खर्च अभावमा कुनै पनि नागरिकले मृत्युवरण गर्न नपरोस् भन्ने उद्धेश्यले निःशुल्क उपचारका लागि व्यवस्था मिलाइएको विभागले जनाएको छ । क्यान्सर रोगको उपचारका लागि क्यान्सर केयर अस्पताल जावलाखेल, भक्तपुर क्यान्सर अस्पताल, भरतपुर क्यान्सर अस्पताल चितवन, कान्ति बाल अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, पाटन अस्पताल, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सिभिल अस्पताल नयाँबानेश्वर र महिलालाई हुने क्यान्सर रोगको उपचारका लागि प्रसूति गृह थापाथली लगाएतका अस्पतालहरु तोकिएको छ । यस्तै मिर्गौला रोगको उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज र पाटन अस्पताल लगाएतलाई तोकिएको छ । मुटु रोगको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरान, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, पाटन अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी र मनमोहन कार्डियाक अस्पताल काठमाडौं लगाएतका अस्पतालहरु तोकिएको छ । सिकलसेल रोगको उपचार गर्न नवलपरासी जिल्ला अस्पताल, बुटवल अञ्चल अस्पताल, कपिलबस्तु अञ्चल अस्पताल, घोराही उपक्षेत्रीय अस्पताल दाङ, भेरी अञ्चल अस्पताल बाँके, धनगढी अञ्चल अस्पताल, गुलरिया जिल्ला अस्पताल र महाकाली अञ्चल अस्पताल महेन्द्रनगर लगाएतका अस्पतालहरु तोकिएको छ । हेड इन्जुरी, स्पाइनल इन्जुरी (टाउको र मेरुदण्डको समस्याको निःशुल्क उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, महाराजगञ्जको शिक्षण अस्पताल र पाटन अस्पताल लगाएतका अस्पतालहरु तोकिएको छ । यस्तै पार्किन्सन्स, अल्जाइमरको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरान, वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज र पाटन अस्पताल लगाएतका अस्पतालहरु तोकिएको छ । पायक पर्ने अस्पतालमा शैया नपाएमा वा विभिन्न कारणवस त्यहाँ भर्ना हुन नपाएमा स्वास्थ्य सेवा विभागमार्फत अर्को उपचार सुविधा भएको अस्पतालमा सिफारिस गराउन सकिने व्यवस्था गरिएको छ । सरकारले आठ प्रकारका ठुला र बढी खर्च लाग्ने रोगलाई निःशुल्क भनेको छ । तर, उपचारका क्रममा लाग्ने सबै खर्च भने सरकारले व्यहोर्दैन । यसरी सिफारिस गरिएका अस्पतालमा विरामीले उपचार लिए वापत सो अस्पतालले विभागमा माग सोध भर्ना गरी उपचारमा खर्च भएको रकम प्राप्त गर्नेछ । त्यस्ता अस्पतालले प्रत्येक महिना अस्पतालमा भर्ना भएका वा उपचार लिएका विरामीको संख्याका आधारमा विभागसँग रकम लिँदै आएको छ । त्यसका लागि विभागले अर्थ, गृह र स्वास्थ्य सचिव, विभागका निर्देशक, लगायतका पदाधकारीसहितको बैठक बसी रकम निर्धारण गरेर अस्पताललाई रकम दिँदै आएको छ ।
एडीबीले भन्यो : नेपालको आर्थिक वृद्धि ४.९ प्रतिशत मात्र हुन्छ
काठमाडौं । चालु आर्थि वर्षमा नेपालको आर्थिक वृद्धि घटेर ४.९ प्रतिशतमा सीमित हुने भएको छ । एसियाली विकास बैंक (एडीबी) ले बुधबार चालु आर्थिक वर्षको परिदृष्य सार्वजनिक गर्दै आर्थिक वृद्धिमा गिरावट आउने प्रक्षेपण गरेको हो । गत आवमा नेपालको आर्थिक वृद्धि ६.९ प्रतिशत रहेकोमा यो वर्ष घटेर ५ प्रतिशत भन्दा कम हुने एडीबीको आँंकलन छ । सरकारले ७.२ प्रतिशत वृद्धि लक्ष्य लिएकोमा पुरा हुने नदेखेपछि मध्यावधि मूल्याँकनमा ६ प्रतिशत मात्र हुने अनुमान गरेको छ । एडीबीले सरकारले गरेको भन्द कम वृद्धि हुने जानकारी दिएको छ । कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) मा एक तिहाइ अंश रहेको कृषि र औद्योगिक क्षेत्रमा मन्दी आउने भएपछि समग्र आर्थिक क्षेत्रको वृद्धि घट्ने एडीबीका अर्थशास्त्री मानवरसिंह खड्काले बताए । गत साउनमा तराइमा आएको बाढी र त्यसपछिको डुवानले धान उत्पादन १.५ प्रतिशतले कमी आउने उनको भनाई छ । उत्पादन उपक्षेत्रमा लगानी घटेकाले औद्योगिक वृद्धिदर कम हुने खड्काले जानकारी दिए । यद्यपी थोक तथा खुद्रा व्यापार विस्तार, वित्तीय मध्यस्थता र पर्यटन जस्ता उपक्षेत्रमा भएको वृद्धिले सेवा क्षेत्र उत्साहजनक रहेको एडीबीको भनाई छ । यस्तै चालु आवमा मूल्यवृद्धि साढे ४ प्रतिशत हुने छ । अर्को वर्ष बढेर साढे ५ प्रतिशत हुने एडीबीको प्रक्षेपण छ । यो मूल्यवृद्धि दर केन्द्रीय बैंकले निर्धारण गरेको भन्दा कम हो । केन्द्रीय बैंकले मूल्यवृद्धि ७ प्रतिशत राख्ने लक्ष्य लिएको छ । यस्तै सरकारी खर्चमा र लगानीमा भएको सुधारले चालु आवको आर्थिक वृद्धिलाई उकास्ने एडीबीको ठहर छ । यस्तै आगामी आव ०७५÷०७६ मा आर्थिक वृद्धि साढे ५ प्रतिशत हुने अनुमान एडीबीको छ । यो वृद्धि मनसुन र ठुला आयोजनामा हुने प्रगतिले निर्भर गर्ने एडीबीको ठहर छ ।
प्रधानमन्त्री माथिल्लो तामाकोसीमा, तोकिएको समयमा आयोजना सम्पन्न गर्न निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित समयमै निर्माणधिन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको काम सक्न निर्देशन दिएका छन् । बुधबार ४५६ मेगावाटको आयोजनाको स्थलगत अवलोकनका क्रममा ढिलाइ हुने देखिएपछि उनले कुनै पनि हालतमा आयोजनाको काम निर्धारित समयमा सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । उनले आउदो पुसमा आयोजनाको पहिलो युनिट ७६ मेगावाट र बैशाखभित्र सबै युनिट सञ्चालन गर्ने कार्यतालिकाअनुसार काम गर्न निर्देशन दिएका हुन् । तामाकोसी अयोजनामा ढिलाइ हुदा दैनिक ४ करोड रुपैयाँ नोक्सान हुने भन्दै उनले कुनै पनि हालतमा निर्धारित समयमा काम सम्पन्न गर्न आयोजनालाई निर्देशन दिएका छन् । सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवको आयोजना तामाकोसी निर्धारित तालिकामा सक्नुपर्नेमा जोड दिएका छन् । उनले तामाकोसीबाट बिजुली उत्पादन भएपछि भारतबाट हुने १८ अर्ब रुपैयाँको बिजुली आयात बन्द हुने भएकाले आयोजना निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा उनको जोड थियो । सो अवसरमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजना १ महिना अगावै आउदा करोडौ रुपैयाँ ब्याज खर्च कम हुने जानकारी दिए । सो अवसरमा अपरतामाकोसी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विज्ञानप्रसाद श्रेष्ठले हाइड्रोमेकानिकल ठेकेदार टेक्सम्याको इण्डिया लिमिटेडले काममा ढिलाइ गरिरहेको भन्दै यसलाई कुटनीति पहलबाट समधान खोज्नु पर्नेभन्दै प्रधानमन्त्रीको ध्यानकर्षण गराएका थिए । यस्तै लामोसाँघु–चरिकोट सडककको ठेकेदारले काम नगर्दा यातायातमा समस्या भएको उनले जानकारी दिए । हालसम्म ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनामा हालसम्म ३७ अर्ब रुपैयाँ खर्च भएको छ । आयोजनाको लागत पनि बढेर निर्माण अवधिको ब्याज बाहेक ४९ अर्ब २९ करोड रुपैयाँ पुगेको सो अवसरमा जानकारी दिइयो । आयोजनाको ४ लटमध्ये पहिलो, तेस्रो र चौथोको काम निरन्तर रुपमा भइरहेको छ । तर, दोस्रा लटको ठेकेदारले ढिलाई गरिरहेको छ । लट २ को ठेकेदारले काममा ढिलाइ गरेको छ । आयोजनामा ७६ मेगावाटका ६ वटा युनिट छन्
नायव सुब्बा जितेन्द्र चित्रकार र अनन्त श्रेष्ठ घुस अभियोगमा पक्राउ
काठमाडौं । गुठी संस्थान शाखा कार्यालय, ललितपुरमा कार्यरत नायव सुब्बा जितेन्द्र चित्रकार र गुठी संस्थान शाखा कार्यालय ललितपुरका कार्यालय सहयोगी अनन्त श्रेष्ठ घुस अभियोगमा पक्राउ परेका छन् । गोदावरी नगरपालिका वडा नं ८ स्थीत रहेको जग्गाको मोही हक नामसारीका साथै जग्गा मोही हक खरिद बिक्रि सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालबाट खटिइ गएको टोलीले निजहरुलाई बिस हजार सहित रंगेहात पक्राउ गरेको हो । उनीहरुमाथी थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
पर्यटक अझै लोभ्याउन फेवाताल परिक्रमा गर्ने २७ किलोमिटर पदमार्ग र ५ किलोमिटर साइकल मार्ग बन्ने
काठमाडौं । पोखरामा रहेको फेवाताललाई परिक्रमा गर्ने गरी २७ किलोमिटर लामो पदमार्ग र ५ किलोमिटर साइकल मार्ग निर्माण हुने भएको छ । पोखरा लेखनाथ महानगरपालिकाले पर्यटनको गन्तव्य थप गर्नका लागि पदमार्ग निर्माण गर्न लागेको हो । महानगरपालिकाका प्रशासकिय अधिकृत दीर्घनारायण पौडेलका अनुसार २७ किलोमिटर पदमार्गले पदमार्ग महानगरको जहरेबरबरदेखि कास्कीकोट, स्तुपा,छोरेपाटन हुँदै फेवाताललाई परिक्रमा गर्नेछ । त्यसैगरी फेवातालको किनारमा रहेको रानीवन मा ५ किलोमिटरको साइकलमार्ग र ५ किलोमिटरको पदमार्गको लागि डीपीर सुरु भएको छ । पहिलो प्रतिवेदनबाट साइकलमार्ग र पदमार्ग निर्माणका लागि १६ करोड लागत खर्च लाग्ने अनुमान गरिएको महानगरका प्रसासकिय अधिकृत पौडेलले जानकारी दिए । ३३ वटा वडा रहेको महानगर महानगरमा बाटोघाटो निर्माण, पदमार्ग, साइकलमार्ग, ढल कुलो निर्माण, फोहोर मैला व्यवस्थापन, धुलो नियन्त्रण, पार्क निर्माण लगायतलाई प्राथमिकतामा राखेर काम भैरहेको मेयर जिसी बताए । महानगरको सडकमा कुनै खाल्डाखुल्डी परेमा २४ घण्टाभित्र पुरिने र धुलो नियन्त्रणको लागि महानगरले बिहान सडक सरसफाई गर्ने, पानी छेप्ने लगायत काम भैरहेको महानगरले जनाएको छ । यदि कुनै ठाउँको सडकमा खाल्डाखुल्डी भएको थाहा भएमा जो सुकैले महानगरलाई खबर गर्न सक्छन् । महानगरले बाटोमा छोडिएको गाइवस्तु लगायत जनावरलाई प्रतिस्थापन गरिसकेको छ । महानगरमा ६ मिटर भन्दा सागुँरोबाटोलाई मान्याता दिने छैन । निर्माण हुने बाटो पनि ६ मिटर चौडाई भन्दा घटी बनाउन पाइने छैन् । २ सय रोपनी सार्वजनिक जग्गा फिर्ता महानगरको विभिन्न स्थानमा रहेको झन्डै २ सय रोपनीभन्दा बढी सार्वजनिक जग्गा महानगरले फिर्ता गरेको छ । यसअघि विभीन्न घरटहरा भवन रहेको जग्गा खाली गराई महानगरले पार्क, हरियाली क्षेत्र, बालबालिका, जेष्ठ नागरिक मैत्री स्थानको लागि विकास गर्न लागिएको छ । शहिद पार्क निर्माण महानगरको वडा नं १८ को ५८ रोपनी क्षेत्रफलमा शहिद पार्क निर्माण हुनेछ । विभिन्न राष्ट्रिय विभुतीहरुको मुर्ति र सहिदहरुको शालिक निर्माण गरिनेछ । भुगोल पार्क निर्माणका प्रमुख झपड थापाका अनुसार मुर्ति निर्माणका लागि सम्बन्धित संस्थाले जिम्मा लिनेछन । पर्कभित्र भ्युटावर बगैंचा लगायत मनोरम वातावरण बनाउने महानगरको लक्ष्य रहेको छ । महानगरले आर्थिक वर्ष २०७४ ०७५ मा ४ अर्ब तीन कराडको बजेट बिनियोजन गरेको छ । महानगरले आफ्नै आम्दानीबाट खर्च चलाउन सक्ने महानगरको प्रशासकिय अधिकृत दीर्घ नारायण पौडेलले बताउँछन् । महानगरको राजस्व जिल्ला समन्वय समितीले मालपोत रजिष्ट्रेशन शुल्क मार्फतको करिब ८५ करोड रुपैंया महानगरलाई प्रदान गरे आर्थिक लक्ष्य प्राप्त गर्ने मेयर बिसीले बताए ।
साँग्रीला ग्रुपले पोखरामा दोस्रो नयाँ रिसोर्ट बनाउदै, १ वर्षमा सञ्चालनमा ल्याउने
काठमाडौं । साँग्रीला ग्रुपले पोखरामा दोस्रो नयाँ होटल निर्माण थालेको छ । पोखरा लेखनाथ महानगरपालिकाको ३१ स्थित वेगनासमा ५० वेडको साँग्रीला रिसोर्टको निर्माण सुरु भएको हो । होटल आगामी १ वर्षमा सञ्चालनमा ल्याउने गरी निर्माण सुरु भएको साँग्रीलाले जनाएको छ । रिसोर्ट निर्माण तथा सञ्चालनबाट भौतिक, जैविक, साँस्कृतिक, सामाजिक र वातावरणीय प्रभाव मूल्याँकनको काम थालेको छ । यस्तै यसअघि सञ्चालनमा आएको साँग्रीला भिलेज रिसोर्टको पनि वातावरणीय प्रभाव मूल्याँकनको काम थालेको छ । काठमाडौंमा रहेको ५ ताँरे साँग्रीला होटलपछि सन् १९९६ मा पोखरामा साँग्रीला भिलेज रिसोर्ट सञ्चालनमा ल्याइसकेको छ । कम्पनीले वेगनासमा अर्को रिसोर्ट सञ्चालनको तयारी थालेको हो । पर्यटकीय नगरी पोखरामा विदेशीको चाप बढेपछि होटल निर्माण गर्ने क्रम बढेको छ । यस्तै प्रदेश नम्बर १ को राजधानी विराटनगरमा १ अर्ब ८० करोड रुपैयाँ लागतमा ५ तारे सेन्चुरी होटल निर्माण सुरु भएको छ ।विराटनगर महानगर पालिकाको वडा न ६ मा रहने होटलमा १०८ कोठा रहने छ । होटल आउदो १ वर्षमा सञ्चालनमा ल्याउने तयारी छ । पछिल्लो समयमा होटल खोल्ने क्रम पनि बढेको छ । चालु आर्थिक वर्षको ७ महिनामा विभिन्न बैंक तथा वित्तीय संस्थाको होटल क्षेत्रमा लगानी १८ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको माघसम्म होटल क्षेत्रमा ९ अर्ब १४ करोड रुपैयाँ लगानी भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । हालसम्म होटल क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले ६० अर्ब रुपैयाँ लगानी गरेका छन् । राजधानीमा रहेका अपार्टमेन्ट बिक्री नभएपछि केही हाउजिङ कम्पनीले त्यसलाई होटलमा परिणत गर्न लागेका छन् । सिभिल समूहले निर्माण गरेका केही हाउजिङ योजना होटलमा परिणतको तयारी सुरु भएको छ ।
महालक्ष्मी विकास बैंकको साधारणसभा बैंशाख २१ मा, २३ करोड ७० लाख नगद लाभांश बाँड्ने
काठमाडौं । महालक्ष्मी विकास बैंकको १६ औं वार्षिक साधारणसभा बैशाख २१ गते हुने भएको छ । सभाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ९ प्रतिशत अर्थात २३ करोड ७० लाख ४१ हजार रुपैयाँ नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । संस्थापक सेयरधनीका तर्फबाट ३ र सर्वसाधारणबाट ३ गरी ६ जना सञ्चालक समितिको निर्वाचन गर्ने कार्यक्रम रहेको बैंकले जनाएको छ । यस्तै सञ्चालकको बैठकभक्ता र सुविधा वृद्धिको प्रस्ताव सभामा पेश हुने छ । बैंक अन्य कुनै बैंकसंग एकआपसमा गाभिने वा प्राप्तिका लागि उपर्यत बैंक तथा वित्तीय संस्थाको पहिचान गरी सहमतिपत्रमा हस्ताक्षर गर्न सोका आधारमा सहमतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने प्रस्ताव सभामा पेश हुने छ । यस्तै चलअचल सम्पत्ति दायित्व र कारोबार मूल्याँकन (डीडीए) नियुत्तः गर्न र प्राप्ती र एकआपसमा गाभिन प्रयोजनका लागि निर्णय लिन सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने छ ।