८ महिनामा व्यक्तिले बैंकमा जम्मा गरे ११८ अर्ब, व्यक्तिगत वचत बढेर पुग्यो १४ खर्ब
काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा व्यक्तिगत निक्षेप ९.३ प्रतिशत बढेको छ । गत फागुनसम्म विभिन्न बैंक तथा वित्तीय संस्थामा व्यक्तिले १ खर्ब १८ अर्ब ४६ करोड रुपैयाँ बैंकमा राखेका छन् । विभिन्न बैंक तथा वित्तीय संस्थामा व्यक्तिगत निक्षेप बढेर १३ खर्ब ८७ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । बैंकले संकलन गरेको कुल रकमको ५६ प्रतिशत बढी व्यक्तिगत निक्षेप रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा संस्थागत र व्यक्तिगत गरी कुल २५ अर्ब ५४ करोड ५३ लाख रुपैयाँ रहेको छ । बाँकी ४४ प्रतिशत निक्षेप स्थानीय सरकार, बीमा कम्पनी, कर्मचारी संचय कोष, नागरिक लगानी कोष, सरकारी र गैरसरकारी संस्थाको रहेको छ ।
३१५ व्यक्तिगत सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न गृहको निर्देशन
काठमाडौ । गृह मन्त्रालयले सुरक्षाबाहेक अन्य प्रयोजनमा खटाइएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई निर्देशन दिएको छ ।सुरक्षाकर्मीलाई घरमा कामदारका रुपमा राख्ने, सुरक्षा खतरा नभएकाहरुले पनि पहुँचको भरमा सुरक्षाकर्मीलाई व्यक्तिगत गार्ड (पिएसओ) का रुपमा राख्नेलगायतका गुनासो आएपछि गृहले आज नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई त्यस्ता सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गरी सोको जानकारी मन्त्रालयलाई दिन परिपत्र जारी गरेको हो । यस्तै नेपाल प्रहरीका पूर्व पदाधिकारीको सुरक्षार्थ खटिएका ३१५ जना नेपाल प्रहरीका कर्मचारीलाई समेत फिर्ता ल्याउन गृहले नेपाल प्रहरीलाई परिपत्र पठाएको छ । पूर्व प्रहरी पदाधिकारीहरुले सुरक्षाका लागि भन्दै लिएर गएका त्यस्ता सुरक्षाकर्मीमध्ये अधिकांशलाई घरमा कामदारका रुपमा राख्ने गरेको आरोप लाग्ने गरेको छ । सुरक्षा जोखिम रहेको अवस्थामा पूर्व प्रहरी अधिकारीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत निवेदन दिएर सुरक्षा खतरा रहेसम्मका लागि सुरक्षागार्ड पाउनसक्ने प्रावधान रहे पनि कुनै खतरा नै नरहेकाहरुले पनि यस्तो सुरक्षाकर्मी राखेर दुरुपयोग गर्दै आएका छन् । बहालवाला अति विशिष्ट एवं पूर्व पदाधिकारीहरुको सुरक्षार्थ निर्णय भएभन्दा बढी संख्यामा खटिएका ४५ जना नेपाल प्रहरीलाई समेत फिर्ता ल्याउन गृहले निर्देशन दिएको छ । गृहले यसअघि दिएको निर्देशनका आधारमा बहालवाला तथा पूर्व पदाधिकारीहरुको सुरक्षार्थ निर्णय नभईकनै खटिएका ४९ मध्ये ४२ जना नेपाल प्रहरी फिर्ता भइसकेका छन् । यस्तै सशस्त्र प्रहरी बलका पनि करीब ५०० सुरक्षाकर्मी बहालवाला विशिष्ट व्यक्ति, पूर्व पदाधिकारीको सुरक्षामा खटिएका छन् । उनीहरुमध्ये केहीलाई घरेलु कामदारका रुपमा समेत प्रयोग गरिराखिएको गुनासो आउने गरेको छ । सुरक्षाबाहेक अन्य काममा लगाइएका सशस्त्रका कर्मचारीलाई समेत तत्काल फिर्ता बोलाउन गृहले परिपत्र जारी गरेको हो । दुवै प्रहरीले गृह मन्त्रालयलाई पठाएको विवरणमा कतिपय राजनीतिक दलका नेता, केही पूर्व गृहसचिवलगायतका घरमा सहयोगीका रुपमा सुरक्षाकर्मीलाई खटाइएको उल्लेख छ । गत चैत १९ गते गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक गरेको ८२ बुँदे ‘गृह प्रशासन सुधार कार्ययोजना, २०७४’ को बुँदा नं ७१मा सुरक्षाबाहेक अन्य प्रयोजनमा खटिएका सुरक्षाकर्मीलाई वैशाख मसान्तभित्र फिर्ता बोलाउने समयसीमा तोकिएकामा त्यसलाई कार्यान्वयन गर्न त्यसअघि नै गृहले काम शुरु गरेको हो । रासस
सिण्डिकेट हटेपछि सुर्योदय यातायातले सञ्चालनमा ल्यायो स्मार्ट यात्रुबस: टिभी, वाईफाई , जिपिएस र सीसी क्यामेरा जडान
काठमाडौं । सरकारले देशभरी नयाँ रुट अनुमति खुला गरेपछि निजी क्षेत्रबाट सुर्योदय यातायात एन्ड अटो प्राइभेट लिमिटेडले अत्याधुनिक सुविधा सहितको यात्रुबस सञ्चालनमा ल्याएको छ । नयाँ वर्षको आगमनसँगै सूर्योदयले अशोक लेलैण्डका १५ थान नयाँ मोडेलका यात्रुवहाक वस पूर्वाञ्चलमा सञ्चालनमा ल्याएको हो । बसमा डिजिटल डिस्पले , टिभी, वाईफाई , जिपिएस, सीसी क्यामेरा लगायत अत्याधुनिक उपकरणहरु जडान गरिएको छ । जनाइएको छ । कम्पनीको अनुसार गाडीमा विभिन्न किसिमका लाईफटाईम इन्जिन जडान गरिएको छ । कम्पनीले पूर्वाञ्चलमा नमुना रुपमा यात्रुहरुलाई सेवा दिने बताएको छ । संस्थाका अध्यक्ष देवेन्द्रकुमार न्यौपानेले गाडीहरुमा फिल्टर र मोबिल खर्चबाहेक अन्य खर्च नआउने दावी गरेका छन् । संस्थाका प्रबन्ध निर्देशक सरोज न्यौपानेले आगामी दिनहरुमा यस संस्था देशभरी गाडी विस्तार गर्दै यात्रुहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने एक अग्रणी संस्थाको रुपमा परिचित गराउने जानकारी दिए । राजधानीमा पनि संगठित रुपमा सार्वजनिक यातायात सञ्चालनमा आउन थालेका छन् । महानगर यातायात, सिटी यातायात, साझा यातायात, मयुर यातायात र धुम्रबराही यातायात सञ्चालनमा छन् । सरकारले यातायात सिण्डिकेट खारेजको घोषणा गरेपछि निजी क्षेत्रबाट संगठित रुपमा ठुला बस सञ्चालनमा आउन थालेका छन् ।
सेयर कारोबार गर्न अब ब्रोकरकोमा जानु नपर्ने, घर र कार्यालयमा बसेर किनबेच गर्न सकिने
काठमाडौं । तपाई सेयर खरिदबिक्री गर्नका लागि ब्रोकर कार्यलय धाउनु परेको छ ? तपाईलाई ब्रोकर अफिसमा जान समय छैन ? अब चिन्ता नलिनुस तपाईले बैशाखदेखि नै घरमै बसेर सेयर कारोबार गर्न सक्नु हुनेछ । अब ब्रोकर कार्यलयले बैशाखदेखि इन्टरनेटमार्फत सेयर कारोबार गराउन पाउने भएका छन् । नियामक धितोपत्र बोर्डले वैशाखदेखि इन्टरनेटमार्फत सेयर कारोबार गराउन धितोपत्र बोर्डले ब्रोकर कम्पनीलाई निर्देशन दिएको छ । ब्रोकर कम्पनीले आफनो व्याकअफिसमा सुधार गरी अनलाइन कारोबार गर्न सकिने जानकारी दिएपछि बोर्डले यस्तो निर्देशन दिएको हो । यसबाट लगानीकर्ता ब्रोकर कार्यालयमा उपस्थित भएर सेयर कारोबारको अन्त्यभई घर वा कार्यालयबाट सेयर खरिदबिक्री गर्न सक्ने भएका छन् । लगानकर्तालाई झण्झट नहुने, सेयर कारोबार र अभिलेख अझ बढी प्रभावकारी, सहज, पारदर्शी र छिटो काम हुने बोर्डले जनाएको छ । यसले निकट भविष्यमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडले गर्न लागेको अनलाईन सेयर कारोबारलाई आधार तयार गर्ने बोर्डको भनाई छ ।
सेयर, सवारीसाधन र रियलस्टेटमा बैंकको लगानी घट्यो, अटोलोन ३०० प्रतिशत गिरावट
काठमाडौं । गत वर्षको तुलनामा यो वर्ष बैंक तथा वित्तीय संस्थाले दिने सेयर (मार्जिन नेचर लोन) र सवारी साधन (अटोलोन) र रियलस्टेटमा कर्जा लगानी घटेको छ । गत वर्ष जस्तै यो वर्ष पनि बैंकसंग लगानीयोग्य पुँजीको अभाव भएपछि कर्जा लगानी घटेको हो । नेपाल राष्ट्र बैंकले सेयर, सवारी र रियलस्टेट क्षेत्रमा भएको लगानी अनुत्पादक भन्दै प्राथमिकता नदिएपछि लगानी घटेको हो । चालु आर्थिक वर्षको फागुनसम्म बैंक तथा वित्तीय संस्थाले १ अर्ब ९९ करोड २१ लाख रुपैयाँ सेयर कर्जा प्रवाह गरेका छन् । गत वर्षको सोही अवधिमा सेयर कर्जा २ अर्ब ६ करोड ५२ लाख रुपैयाँ थियो । बैंक तथा वित्तीय संस्थाले हालसम्म ४२ अर्ब ४६ करोड रुपैयाँ सेयर कर्जा लगानी गरेका छन् । यो वर्ष पनि बैंकमा लगानीयोग्य पुँजीको अभाव भएपछि बैंकले सेयर कर्जा लगानी घटाउदा यसको असर पुँजी बजारमा परेको छ । ५० प्रतिशत भन्दा बढी हिस्सा बैंकको ऋणले चलेको पुँजीबजारमा बैंक तथा वित्तीय संस्थाको लगानी हुन छाडेपछि घट्दै गएको छ ।लगानीयोग्य पुँजी नुहुनु सेयर बजार घट्नुको मुल कारण भएको लगानीकर्ताको भनाई छ । यस्तै अटोलोनमा ३०० प्रतिशत गिरावट आएको छ । चालु आवको फागुनमा अटोलोन ८.८ प्रतिशत बढेको छ । अघिल्लो वर्ष यस्तो कर्जा ३४.८ प्रतिशत थियो । गत फागुनसम्म बैंकले १३ अर्ब १४ करोड ७५ लाख रुपैयाँ सवारी कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षको फागुनमा ३८ अर्ब ३२ करोड ९२ लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए । हालसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ६२ अर्ब ४७ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । यस्तै रियलस्टेट क्षेत्रमा हुने कर्जा प्रवाह ४० प्रतिशत भन्द बढीले कमी आएको छ । चालु आवको फागुनसम्म ९.२ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १६.७ प्रतिशत बढेको थियो । गत फागुनसम्म बैंक तथा वित्तीय संस्थाले ११ अर्ब ६१ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा १८ अर्ब रुपैयाँ लगानी भएको थियो । हालसम्म यो क्षेत्रमा १ खर्ब ३७ करोड ५३ लाख रुपैयाँ लगानी भएको राष्ट्र बैंकले जनाएको छ ।
नयाँ वर्षमा एनटीसीकाे चार नयाँ अफर, रू १५ मा १ जीबीदेखि ७ हजारमा एक वर्षसम्म चल्ने डाटा प्याकेज पाइने
नेपाल टेलिकमले नयाँ वर्षको अवसरमार उपभोक्ताको थप सुविधाका लागि नयाँ वर्ष अफर २०७५ उपलब्ध गराउने भएको छ । उक्त अफर २०७५ बैशाख ०१ देखि लागू हुने जनाइएकाे छ। कम्पनीकाे अनुसार अफर बैशाख १५ गतेसम्म लिन सकिनेछ । अफरहरु यस्ता छन् :- ह्याप्पी विकेन्ड प्याक जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा ह्याप्पी विकेन्ड प्याक अफर प्रयोग गर्न सकिन्छ । ह्याप्पी विकेन्ड प्याक अन्तर्गत शुक्रबार, शनिबार र आइतबार प्रत्येक दिन १ जीबी डाटा प्रयोग गर्न सकिने छ । सो प्याक एक सय रुपैयाँमा प्राप्त हुनेछ र सात दिनसम्म यसको समयावधि रहनेछ । अनलिमिटेड जीएसएम/सीडीएमए नाइट डाटा प्याक जीएसएम/सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा अनलिमिटेड नाइट डाटा प्याक प्रयोग गर्न सकिन्छ । अनलिमिटेड जीएसएम/सीडीएमए नाइट डाटा प्याक अन्तर्गत १५ रुपैयाँमा १ जीबी डाटा राती १० बजेदेखि बिहान ६ बजेसम्म चलाउन पाइने छ । डाटा खरिद गरेको एक दिनसम्म यसको अवधि हुनेछ । १ जीबी डाटा थ्रिजी/फोरजीको गतिमा चल्ने छ र त्यसपछि २५६ केबीपीएसको गतिमा चल्ने कम्पनीको भनाइ छ । एडीएसएल भोलुम बेस्ड प्याकेज नेपाल टेलिकमले ५ एमबीपीएससम्म गतिको एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ । एडीएसएल भोलुम वेस्ड प्याकेज अन्तर्गत २ सय रुपैयाँमा १५ जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिनेछ । ३ सय रुपैयाँमा २५ जीबी डाटा र ४ सय रुपैयाँमा ४० जीबी डाटा ३० दिनसम्म प्रयोग गर्न सकिने जनाइएको छ । एडीएसएल अनलिमीटेड प्याकेज कम्पनीले ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा उपलब्ध गराइहेको छ । एडीएसएल अनलिमिटेड प्याकेज अन्तर्गत ७ सय रुपैयाँमा अनलिमिटेड डाटा ३० दिनसम्म प्रयोग गर्न सकिनेछ । त्यसैगरी ३ हजार ७ सय ५० रुपैयाँको प्याकेजमा अनलिमिटेड डाटा १ सय ८० दिन सम्म र ७ हजार रुपैयाँको प्याकेजमा अनलिमिटेड डाटा ३ सय ६० दिनसम्म प्रयोग गर्न सकिने कम्पनीकाे भनाइ छ । ती विभिन्न प्याकेज प्राप्त गर्न ग्राहकले स्टार १४१५ ह्याज डायल गर्न सक्नेछन् । जहाँबाट डाट प्याकको बारेमा बुझ्न र लिन सकिने कम्पनीले जानकारी गराएको छ ।
बैंकहरु कर्जा विस्तारमा आक्रमक : निक्षेप संकलन भन्दा ९६ अर्ब बढी लगानी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले निक्षेप भन्दा झण्डै ९६ अर्ब रुपैयाँ बढी कर्जा लगानी गरेका छन् । चालु आर्थिक वर्षको ८ महिनामा बैंक तथा वित्तीय संस्था कर्जा लगानीमा झनै आक्रमक हुदा बढेको हो । गत फागुनसम्म बैंक तथा वित्तीय संस्थाले १ खर्ब ७९ अर्ब ४२ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब १२ करोड रुपैयाँ कर्जा लगानी गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ । ८ महिनामा निक्षेप भन्दै ९५ अर्ब ६९ करोड रुपैयाँ बढी कर्जा प्रवाह भएको छ । बैंकले आफनो स्रोत भन्दा बढी लगानी गरेको राष्ट्र बैंकको भनाई छ । क्षमता भन्दा बढी कर्जा विस्तार गरेपछि अहिले बैंकको प्राथमिक पुँजी, कर्जा र निक्षेप अुनपात (सीसीडी) ७८ माथि रहेको छ । अधिकाँश बैंक थप कर्जा लगानी गर्न नसक्ने अवस्थमा पुगेका छन् । लगानीयोग्य पुँजी नभएपछि बैंकले ८ देखि ११ प्रतिशत ब्याजमा निक्षेप उठाएका छन् । बढी ब्याजको योजना ल्याउदा पनि निक्षेप परिचालन सोचेअनुसार बढ्न सकेको छैन् । वार्षिक बिन्दुगत आधारमा गत फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाको निक्षेप १३ प्रतिशत बढेको छ । यस्तै कर्जा लगानी १७.३ प्रतिशतले बढेको छ । निक्षेपको तुलनामा कर्जा लगानी ४ प्रतिशत बढी छ । फागुनसम्म बैंक तथा वित्ती संस्थाको निक्षेप बढेर २५ खर्ब ५४ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानीमा पनि विस्तार भई २२ खर्ब ६१ अर्ब ३४ करोड रुपैयाँ छ । बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा बचत निक्षेपको अंश ३६.५ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४४.० प्रतिशत छ । अघिल्लो वर्ष यस्तो निक्षेपको अंश ४८.४ प्रतिशत रहेको थियो । निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये समीक्षा अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह १३.९, विकास बैंकको २१.२ र वित्त कम्पनीहरुको ६.८ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.४ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १४.७ प्रतिशत कर्जा चालू सम्पत्तिको धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.२ र १४.५ प्रतिशत थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ६५.७ प्रतिशत बढेर ४२ अर्ब ३९ करोड वृद्धि भई१ खबै ६ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १५.१ प्रतिशत बढेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज कर्जा ८.८ तथा ओभरड्राफ्ट कर्जा ११.३ प्रतिशतले बढेको छ । रियल स्टेटकर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ११.३ प्रतिशतले बढेको छ । उत्पादनशील क्षेत्रतर्पफ लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । फागुन मसान्तमा १२ अर्ब ९४ करोड रुपैयाँ प्रदान गरेको पुनरकर्जा लगानीमा रहेको छ । २०७४ फागुन मसान्तसम्ममा सरकारबाट ५.० प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ६ हजार ५३२ जनाले उपयोग गरेका छन् । यस अन्तर्गत ६ अर्ब ६१ करोड २८ लाख कर्जा बक्यौता छ । ३८ करोड २० लाख ब्याज अनुदान प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।
६४ ठेकेदार कम्पनीलाई कालो सूचिमा राख्दै सडक विभाग
काठमाडौं । डिभिजन सडक कार्यालय हेटौंडाले ६४ वटा कम्पनीलाई कालो सूचिमा राख्ने भएको छ । सडक निर्माण जिम्मा लिएर समयमै काम नसक्ने कम्पनीहरुलाई कार्यालयले कालो सूचिमा राख्न लागेको हो । डिभिजन सडक कार्यालय अन्तर्गत सडक तथा पुल निर्माणको जिम्मा लिएर निर्माण सम्पन्न गरेको प्रमाणपत्र पटक-पटक बुझाउन आग्रह गर्दा पनि कम्पनीहरुले वेवस्था गरेपछि कम्पनीहरु कालो सूचिमा पर्न लागेका हुन् । कार्यालयले निर्माणा सम्पन्नको प्रमाणपत्र बुझाउन अब ७ दिनको समय दिएको छ । समय अवधीभित्र विवरण नबुझाए सार्वजनिक खरिद ऐन २०६३ अनुसार ठेक्का तोड्ने र कालो सूचिमा राखिने कार्यालयले जनाएको छ । समयमै विवरण नबुझाउने कम्पनीहरुमा मनिस कन्स्ट्रक्सन आशिया कन्स्ट्रक्सन, शिव निर्मण कम्पनी सेवा लगायत ६४ कम्पनी रहेका छन् ।