एभरेष्ट बैंकको बासँगढीमा नयाँ शाखा विस्तार
काठमाडौं । एभरेष्ट बैंकले बैंकले बर्दियाको बाँसगढीमा नयाँ शाखाको विस्तार गरी उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन बाँसगढी नगरपालिकाका मेयर शालिकराम अधिकारी र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए । उक्त कार्यक्रममा बाँसगढी नगरपालिकाका, उपमेयर सुष्मा चौधरी, प्रमुख प्रशासकिय अधिकृत कमलप्रसाद पौडेल, इलाका प्रशासन कार्यालयका प्रमुख महेन्द्रजंग शाहिको उपस्थिति थियो । हालै भएको क्यामेल रेटिङमा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
ओम डेभलपमेन्ट बैंकको घान्द्रुकमा शाखा रहित बैंकिङ्ग सेवा, विकास बैंकहरुमा पहिलो
काठमाडौं । ओम डेभलपमेन्ट बैंक लिमिटेडले कास्की जिल्लाको घान्द्रुकमा शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको छ । कार्यक्रमका प्रमुख अतिथी अन्नपूर्ण गाँउपालिकाका अध्यक्ष युवराज कुंवरले मेश्रम बाराह मा.बि.का विद्यार्थीलाई छात्राबृत्ती प्रदान गरी शाखा रहित बैंकिङ्ग सेवाको उद्धघाटन गरेका हुन् । विकास बैंकहरुमा शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्ने ओम पहिलो विकास बैंक भएको छ । बैंकको सञ्जाल बिस्तार गरी ग्राहकहरुलाई थप सुविधा प्रदान गर्ने उदेश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा शुरु गरिएको र यसबाट बैंकिङ्ग सेवा पुग्न नसकेका घान्द्रुक, छोमरोम र आसपासका क्षेत्रका बासिन्दाहरु लाभान्वित हुने प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले बताए । शाखारहित बैंकिङ्ग सेवाको लागि बैंकले आफ्नै कर्मचारी बिवेक गुरुङ्गलाई नियुक्त गरेको छ । यस सेवा अन्तर्गत ग्राहकहरुले बैंकको बायोम्याट्रिक्स ट्याब्लेट मेशिनबाट प्रतिदिन २ लाख रुपैयाँ सम्म निक्षेप जम्मा गर्न र १ लाख रुपैयाँसम्म निक्षेप तथा रेमिटेन्सको भुक्तानी लिन र ग्राहकहरुबाट कर्जाको फाईल संकलन गर्नेछ । कार्यक्रममा बैंकका सञ्चालक राजेन्द्रकुमार बाटाजुले बैंकको हालसम्म ५२ वटा शाखा, एउटा एक्स्टेन्सन काउन्टर र १६ वटा एटिएम मेशिनबाट ४२१ कर्मचारीहरुद्धारा २ लाख ३१ हजार ग्राहकहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको बताएका छन् । साथै, उनले निशुल्क सि-आश्वा सेवा र बिना धितो १५ लाख सम्म प्रोफेशनल कर्जा प्रदान गरिरहेको बताए । बैंकले चैत्र मसान्तसम्म १९ अर्ब १२ करोड निक्षेप संकलन गरी १७ अर्ब ९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
राष्ट्र बैंकमा जागिर मोहः १५१ जनाको कोटामा ५६ हजार आवेदन, ४ करोड राजश्व, कहिले हुन्छ परीक्षा ?
काठमाडौं । राष्ट्र बैंकको १ सय ५१ जनाको विज्ञापनमा ५६ हजार ५ सय ६१ जनाको आवेदन परेको छ । राष्ट्र बैंकले ३ तहको लागि खुलाएको विज्ञापनमा ठुलो संख्यामा दरखास्त परेको हो । बैंकले २ महिनाअघि खुलाएको असिस्टेन्ट सहयकमा ९६ जना, अफिसर तृतिय ४५ जना र अफिसरमा १० जना माग गरी विज्ञापन गरेको थियो । असिस्टेन्ट सहायकमा सबैभन्दा धेरै ४३ हजार ६ सय ६६ जनाले आवेदन दिएका छन् । त्यस्तै अधिकृत तृतिया तर्फ ४ हजार ३२ जनाले आवेदन दिएका छन् । त्यसैगरी अफिसरमा १ हजार १ सय ४४ जनाको आवेदन परेको छ । आवेदन दिएकामध्ये ७ हजार ६ सय ४८ जनाले परिक्षा दिन नपाउने भएका छन् । बैंकका निर्देशक गुरु पौडेलका अनुसार आवश्यक कागजपत्र नपुगेपछि उनीहरुले परिक्षा दिन नपाउने भएका हुन् । यसरी आवेदन रद्ध गरिएका व्यक्तिहरुलाई मोबाइलमा सूचना जाने निर्देशक पौडेलले जानकारी दिए । बैंकले आवेदन दस्तुरबाट मात्रै ४ करोड रुपैयाँ राजस्व उठाएको छ । बैंकका अनुसार परिक्षा सञ्चालन गर्न बैंकले लोकसेवालाई १५ दिनअघि पत्र काटिसकेको छ । लोकसेवाले नै अब परिक्षा सञ्चालन गर्ने निर्देशक पौडेलले बताए ।
युनाइटेड इन्स्योरेन्समा लगानीकर्ता झुम्मिदा सबैभन्दा बढी सेयर कारोबार, यस्तो छ कारण
काठमाडौं । सेयर बजार बढेपछि यूनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर किन्न लगानीकर्ता झुम्मिएका छन । कम्पनीले चुक्तापुँजी बढाउन २४० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएपछि लगानीकर्ता सेयर किन्न झुम्मिएका हुन् । यस्तै कम्पनीको हालै सम्पन्न सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको १० बराबर २४ कित्ता सेयर निष्कासन गरी पूँजी वृद्धि गर्ने प्रस्ताव गरेको छ ।लगानीकर्ता लोभिएपछि कम्पनीको बुधबार प्रतिकित्ता १ हजार १९० रुपैयाँ मात्रै ५ करोड ९२ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र सो मात्राको सेयरको बिक्री खुला हुनेछ । १ हजार १९० रुपैयाँ पर्ने सेयर १ सय रुपैयाँमा किन्न पाइने भएपछि लगानीकर्ता यूनाइटेडको सेयरमा लोभिएका हुन् । हाल कम्पनीको चुक्ता पूँजी ३० करोड २४ लाख रुपैयाँ रहेको छ । १२४ प्रतिशत हकप्रद जारी पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ नाघ्ने छ । युनाइटेडपछि चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर बढी कारोबार भएको छ । चिलिमेको प्रतिकित्ता ८३५ मा २ कम्पनीको ३ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
सेयर बजार ३१ अंकले बढ्दा १ अर्बबढीको कारोबार, लगानीकर्ताको विश्वास बढेकै हो ?
काठमाडौं । नयाँ वर्ष शुरु भएपछि सेयर बजार बढ्न थालेको छ । बजारमा सुधार आएपछि लगानीकर्ताको विश्वास पनि बढेको छ । लगातार घट्दै गएको बजारले निराशा बनाएको लगानीकर्तालाई आइतबारदेखिको वृद्धिले आशा जगाएको छ । निरन्तर बढ्दै गएको बजार बुधबार पनि ३१ अंकले बढेर १३६३ अंकमा पुगेको छ । बजारमा नेप्से परिसूचकका साथै सेयर कारोबारमा वृद्धि देखिएको छ । बुधबार मात्रै सेयर बजारमा १ अर्ब १२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन रकम एकवर्ष यताकै उच्च हो । सो दिनको बजारमा १६५ कम्पनीको २४ लाख ४० हजार कित्ता सेयर किनबेच भएको छ । केही दिनयता सेयर लगानीकर्ताको विश्वास बढ्दै गएकाले बजारमा सुधार आएको विश्लेषकहरु बताउछन् । बुधबार ११ कम्पनीका लगानीकर्ताले ९ प्रतिशत बढी कमाएका छन् । सबैभन्दा बढी न्याङदी ग्रुप पावर, हिमालयन पावर पार्टनर र नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । त्यस्तै, राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयर ९.९५, सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको ९.९०, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ९.८६, कर्णाली डेभलपमेन्ट बैंकको ९.८४ र सिभिल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.६८ प्रतिशतले बढेको छ । त्यसैगरी, हथवे फाइनान्स कम्पनी, सिनजी पावर डेभलपमेन्ट र राधी विद्युत कम्पनीका लगानीकर्ताले क्रमशः ९.६६, ९.५६ र ९.५४ प्रतिशत कमाएका छन् । बजारमा सबैभन्दा बढी एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य ४.२७ प्रतिशतले घटेको छ । बुधबार कारोबारमा आएका १० वटै समूहको सूचक हरिया भएका छन् । त्यसमध्ये सबैभन्दा बढी हाइड्रो समूहको सूचक १०७ अंकले उकालो लागेको छ । ट्रेडिङ, माइक्रोफाइनान्स र अन्य समूह सामान्य अंकले बढेका छन् भने बाँकी समूहहरु दोहोरो अंकले बढेका छन् ।
गण्डकी विकास बैंकको एकैसाथ आठवटा शाखाबाट कारोबार शुरु, १८ वटा थप्ने तयारी
काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले एकैदिन थप आठवटा शाखा कार्यालयबाट कारोबार शुरु गरेको छ । बैंकले बुधबार(अाज)देखि नयाँ शाखाहरु मकवानपुरको हेटौडा, चितवनको पर्सा, पोखराको रत्नचोक, पाल्पाको तानसेन, बाँकेको नेपालगञ्ज, कैलालीको धनगढी, दाङको घोराही र काठमाण्डौंको नयाँ वानेश्वरबाट काराेबार शुभारम्भ गरेकाे हाे । यससँगै बैकका ५९ वटा शाखाहरुबाट पुर्ण बैंकिङ सुविधा प्रदान हुने छ ।बैंकले उक्त शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाहको साथमा एबीबीएस, एटीएम, इसीसी/आईपीएस, सीआश्वा, मोबाइल बैकिङ्ग, लघुवित्त सेवा, रेमिट्यान्स सेवा, सहितको पूर्ण बैकिङ्ग सेवा संचालन गरिएको छ । साथै बैंकका विभिन्न ठाउँमा १८ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन् । बैकले यी शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ । यस पश्चात बैंकका कुल ७७ वटा शाखा कार्यालयहरु हुने छन् ।
वृद्धभत्ता र कर्मचारीको पेन्सन घटाउन विश्व बैंकको सुझाव
काठमाडौं । विकास साझेदार विश्व बैंकले नयाँ संघीय प्रणालीले आगामी दिनमा थप वित्तीय दायित्व सिर्जना भई खर्चको दवाव बढ्ने भन्दै खर्च कटौती गर्न सरकारलाई सुझाएको छ । बैंकले बुधबार नेपाल विकास परिदृष्य सार्वजनिक गर्दै खर्च व्यवस्थापन नगरे समस्या आउनेतर्फ सचेत गराउदै खर्च कटौती नै अहिलेको समधान भएको उल्लेख गरेको छ । दायित्व बढ्दै गएर बजेट घाटा कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को ५.९ प्रतिशत पुगेको बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । बैंकले खर्च व्यवस्थापन गर्न अनावश्यक खर्च कटौती, पेन्सन प्रणालीमा सुधार र सामाजिक सुरक्षा खर्च व्यवस्थापन गर्न सुझाएको छ । पेन्सन र सामाजिक सुरक्षा खर्च वर्षेनी बढ्दै गएर थप दायित्व सिर्जना गरेको उल्लेख गर्दै यसलाई व्यवस्थापन गर्न सुझाएको हो । यी ३ कुरामा सरकारले सुधार गरे आगामी दिनमा देशको अर्थतन्त्र सही दिशामा जाने विश्व बैंकको ठहर रहेको छ । अवकासपछि कर्मचारीलाई वितरण हुने पेन्सनले थप दायित्व सिर्जन गरेको बताउदै यसलाई पुनसंरचना गर्न बैंकले सुझाएको हो । बैंकले एक दशकअघि कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) को ०.५ प्रतिशत अंश रहेको पेन्सन अहिले बढेर १.५ प्रतिशत पुगेको भन्दै यसलाइै व्यवस्थापन गर्न सुझाएको हो । बैंकका वरिष्ठ अर्थशास्त्री ड्यामिर कसिकले पछिल्ला ३ वर्षयताका वजेट वास्तविक धरातलबाट बाहिर गएर तर्जुमा गरिएको बताउदै यसले गर्दा वित्तीय क्षेत्रमा केही संकट आएको जानकारी दिए । यसले बैंकिङ प्रणालीमा तरलताको अवस्था कमजोर र ब्याजदर बढाउन सहयोग पुर्याएको उनको ठहर छ । बैंकको ब्याजदरले उत्पादन लागत बढाएको बताउदै यसले पनि अर्थतन्त्रमा केही असर गरेको उनले बताए । पछिल्लो समयमा सेयर, गाडी र रियलस्टेट कर्जा खुम्चिएको ठहर गरेको छ । बैंकले आगामी दिनमा नेपालले वृहत संक्रमणकालिन योजना बनाएर लागु गर्नुपर्ने सुझाएको छ । यस्तै यो योजना भरपर्दौ र विश्वसनिय हुनुपर्ने र नयाँ संक्रमणकालिन योजना सफलतापुर्वक लागु गर्नुपर्ने बताएको छ । पछिल्लो समयमा रेमिट्यान्स आप्रवाहमा कमी, आयातमा वृद्धिले गर्दा समग्र शोधानान्तर घटामा गएको बैंकको ठहर छ । बैंकका अर्का अर्थशास्त्री सुदम्यन दाहालले यो वर्ष नेपालको आर्थिक वृद्धिदर खुम्चिएर ४.६, आगामी वर्ष ४.५ र अर्को वर्ष ४.२ प्रतिशत हुने प्रक्षेपण गरेको जानकारी दिए । वाढी र डुवानले कृषि उत्पादनमा गिरावट आउदा आर्थिक वृद्धिदर घटेको उनको सुझाव छ । आगामी केही वर्ष नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत तल हुने बैंकको प्रक्षेपण छ ।
सी-आस्वा सेवा प्रभावकारी बनाउँन यस्तो छ बोर्डको नयाँ निर्देशन
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सी-आस्वा सेवालाई थप प्रभावकारी बनाउँन नयाँ निर्देशन जारी गरेको छ । उक्त सेवा प्रभावकारीका साथै अावेदन गरेबमाेजिम रकम खातामा उपलब्ध नभएको भन्दै लगानीकर्ताहरूकाे गुनासो अाएपछि बोर्डले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । यस्ता छन् निर्देशन: १. सार्वजनिक निष्काशनमा सेयर खरिदका लागि प्राप्त आवेदन सी–आस्वा सफ्टवेरमा रुजु गरी ग्राहकको पहिचान एकिन गरेपश्चात् मात्र बुझि लिने । २. आवेदनकर्ताको खातामा आवेदन गर्दाको बखत आवश्यक रकम उपलब्ध भएमा माग आवेदन स्वीकार गरी आवेदन रकम रोक्का गर्ने । ३. सेवाग्राहीलाई सी–आस्वा सेवा सम्बन्धमा जानकारी प्रदान गर्न पर्याप्त प्रचार प्रसार गर्ने । ४. सी–आस्वा सेवा अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न सम्बन्धित कर्मचारीहरुलाई तालिम प्रदान गर्ने । बैंक तथा वित्तीय संस्थाका कतिपय शाखा कार्यालयबाट प्रदान गरिने सेवा प्रभावकारी नरहेको र लगानीकर्ताहरुको खातामा धितोपत्र खरिद आवेदनमा उल्लेख भए बमोजिम यथेष्ट रकम उपलब्ध भए नभएको एकिन नगरिकनै आवेदन बुझिलिने गरेको गुनासो आएपछि बोर्डले उक्त निर्देशन दिएको हो ।