नबिल फाउण्डेसनको नयाँ वर्ष बालबालिकाको साथमा
काठमाडौं । नबिल बैंकद्धारा प्रवद्र्घित नबिल फाउण्डेसनले नबिल बैंक तथा हिमालयन टेलिभिजन टिम संग संयुक्त रुपमा नयाँ वर्ष २०७५ सेलेब्रल पाल्सी नेपाल नामक संस्थामा उपचाररत एवं अध्ययन्रत बालबालिकाका साथमा मनाएको छ । सेलेब्रल पाल्सीबाट ग्रसीत बालबालिकाहरुसंग केही खुशीका रमाईलो क्षण बिताउन उक्त कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ । बालबालिकाहरुले कार्यक्रममा विभिन्न खेल, सांगीतिक कार्यक्रम, नृत्य साथ मनोरञ्जन गरेका थिए । गायिका सबिना कार्कीले पनि उक्त कार्यक्रममा आफ्ना प्रस्तुतीहरुद्वारा बालबालिकाहरुको मनोरञ्जन गरेका थिए । सेलेब्रल पाल्सी नशामा हुने एकप्रकारको असन्तुलन हो जुन खास गरेर मस्तिष्कको राम्ररी विकास नभएका मस्तिष्क पक्षघातसँग सम्बन्धित हुन्छ । सेलेब्रल पाल्सीले प्रारम्भिक चरणमा शरीरको गति र माँसपेशीहरुको सन्तुलनमा असर पार्दछ । सेल्फ हेल्प ग्रुपको स्थापना ३१ वर्ष अघि भएको हो र यसको उद्देश्य सेलेब्रल पाल्सीबाट ग्रसीत वयस्क र बालबालिकाहरुलाई सही उपचार गर्दै देखभाल गर्ने, सुविधा र राहत प्रदान गर्ने रहेको छ । समुहले त्यस्तो बालबालिकाहरु र उनीहरुका अभिभावकहरुलाई लक्षित गरेर विशेष शिक्षा कार्यक्रम, पुनस्थापना केन्द्र र प्रवद्र्धनात्मक कार्यक्रमहरु संचालन गर्ने गरेको छ । प्रशिक्षित घरेलु प्रशिक्षक सेलेब्रल पल्सी ग्रस्त बालबालिकाहरुलाई घर घरमै गएर सेवा प्रदान गर्दछन् र उनीहरुलाइृ सामान्य थेरापी सीप र उनीहरुका अभिभावकहरुलाई त्यस्तै तरिकाहरुबारे सिकाउने गर्दछ्न् । नबिल बैंकले एसजिसिपिलाई सेलेब्रल पाल्सीबाट ग्रसीत बालबालिकाहरुलाई पर्सामा संचालन गरिन लागेको परामर्श सेवा, उपचार सेवा र प्रशिक्षण कार्यक्रमहरुको निमित्त आर्थिक सहयोग उपलब्ध गराएको पनि थियो ।
सचिवस्तरिय संयुक्त स्थायी समिति बैठकमा ऊर्जा बैंकिङ बनाउन भारत सहमत, बिजुलीको परिमाणको अध्ययन हुने
काठमाडौं । नेपालले ऊर्जा बैंकिङ बनाउन राखेको प्रस्तावमा भारत सहमत भएको छ ।नेपालमा वर्षादको समयमा बढी हुने बिजुली भारतलाई बिक्री गर्न र सुख्खायाममा आयात गर्ने नेपालको प्रस्तावलाई भारतको केन्द्रीय विद्युत प्राधिकरणले स्वीकार गरेको छ । ऊर्जाको सन्तुलन कायम गर्नका लागि ऊर्जा बैंकिङ आवश्यक भन्दै नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय विद्युत प्राधिकरणले परिमाणको विषयमा संयुक्त अध्ययन गरी खाका तयार पार्ने सहमति भएको ऊर्जा मन्त्रालयका प्रवत्ता तथा सहसचिव दिनेशकुमार घिमिरेले बताए । नेपालले दिन सक्ने र भारतले लिन सक्ने बिजुलीको परिमाणको विषयमा विषयमा संयुक्त अध्ययन भएपछि औपचारिक रुपमा ऊर्जा बैंकिङ अवधारण कार्यान्वयनमा आउने उनको भनाई छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसीबाट उत्पादन सुरु भएपछि वर्षादमा बिजुली बढी हुने र हिउँदमा कम भई भारतबाट आयात गर्नेपर्ने अवस्था रहने भएकाले नेपालले वर्षादको बिजुली दिएर सुख्खामा आयात गर्नका लागि यस्तो अवधारणा अघि बढाउन भारतसंग प्रस्ताव गरेको थियो । यस्तै बुटवल–गोरखपुर ४०० केभी प्रसारणलाइनको कामा अघि बढाउन भारतको प्राधिकरण र नेपालको विद्युत प्राधिकरणले संयुक्त रुपमा अध्ययन गरी ३ महिनाभित्र प्रतिवेदन पेश गर्ने सहमति भएको छ । प्रसारणलाइनमा दुबै पक्षबाट हुने लगानी उठाउने विषयमा खाका तयार हुने भएको छ । यस्तै कुसाह–कटैया र परवानीपुर–रक्सौल १३२ केभी प्रसारणलाइनलाई डवल सर्किटमा विकास गर्न भारत सहमत भएको उनले जानकारी दिए । दुबै लाइनबाट १०० मेगावाटबाट बिजुली आयात भइरहेको छ । यस्तै टनकपुरमा ५० एमभीएको अर्को विद्युतीय ट्रान्सफरमर राख्न भारतले सहमति जनाएको छ । दुई देशबीच भारतको नयाँदिल्लीमा सचिवस्तरिय संयुक्त स्थायी समितिले सहसचिवस्तरीय संयुक्त कार्यसमूहले तयार पारेको प्रस्तावलाई स्वीकार गरेको थियो ।
११ हजारको पछि लाग्दा नायब सुब्बा हरिप्रसाद पौडेलले २५ हजारको जागिर गुमाए
काठमाडौं । ११ हजारको पछि लाग्दा नायब सुब्बा हरिप्रसाद पौडेलले सरकारी जागिर गुमाउनु परेको छ । रुपन्देही मझगावाँ मालपोत कार्यालय काम गर्दै आएका सुब्बा पौडेलले जग्गा कित्ताकाट एवं दाखिला खारेज गराई जग्गाधनीसँग घुस लिएपछि उनले जागिर गुमाउनु परेको हो । जग्गाको प्रमाणपूर्जा दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । पौडेलले लेखापढी व्यवसायी राम लखन पाण्डे मार्फत छ हजार र सेवाग्राहीसंग पाँच हजार ११ हजार घुस लिएको अख्तियारको अनुसन्धानबाट प्रमाणित भएको छ । उनी सहित लेखापढी व्यवसायी रामलखन पाण्डेलाई विशेष अदालत काठमाडौंमा मुदा दायार गर्ने अख्तियारले तयारी गरेको छ ।
मुगु जिल्लाको विभिन्न स्थानमा टेलिकमको जीएसएम सेवा
काठमाडौं । नेपाल टेलिकमले चीनसँग सीमाना जोडिएको मुगुको अति विकट स्थानमा भिस्याट प्रविधिमार्फत जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको बलम्बुमा अवस्थित सगरमाथा अर्थ स्टेशनमार्फत मुगुको मुगुम कर्मारोङ गाउँपालिकामा अवस्थित भिस्याट प्रविधिलाई लिंक गरी सेवा सञ्चालनमा ल्याएको हो । मुगुम कर्मारोङ जिल्लाको सबैभन्दा विकट र दुर्गम स्थानमा रहनुका साथै चीनको सीमाना तत्कालीन मुगु गाविसको मुगु गाँउ नाक्च्या लाग्नासँग जोडिएको गाउँपालिका हो । यो करिब ३ हजार मिटर उचाईमा अवस्थित छ । मुगु सदरमुकाम गमगढी र प्रसिद्ध राराताल देखि तीन दिन पैदल हिडेर सो स्थानमा पुग्न सकिन्छ । उक्त क्षेत्रमा यस अघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन । स्थानीय वासिन्दाहरु करिब ३ घण्टा हिडेर मोबाइल सेवा उपभोग गर्ने गरेका थिए । अब भने उनीहरुले घर आँगनमै मोबाइल सेवा प्रयोग गर्न पाउने भएका छन् । अब यो सेवाबाट त्यस स्थानका करिव २ सय जति घरधुरीका बासिन्दाहरु तथा यस क्षेत्रमा आउने पर्यटकहरु लाभान्वित हुनेछन् । उनीहरुले जीएसएम मोबाइल मार्फत सहजै अन्य क्षेत्र तथा विश्व समुदायसँग सम्पर्क स्थापित गर्न सक्नेछन् । सेवा सुचारु भएपछि यस क्षेत्रका जनता निकै उत्साहित भएको पाइएको छ । स्थानीय वासिन्दाहरुले अव त्यस क्षेत्रमा पनि पर्यटन विकासका लागि सहयोग पुग्ने बताएका छन् । दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो । प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो ।
लालबाबु पण्डितले २५ जना विद्यार्थी भर्ना गराए, २ सय जनालाई शैक्षिक सामग्री वितरण
काठमाडौं । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले २५ जना विद्यार्थीलाई विद्यालय भर्ना गराएका छन् । मन्त्रि पण्डितले मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ६ को वि.पी आधारभूत विद्यालयमा २५ जना विद्यार्थी भर्ना गराएका हुन् । उनले थप २ सय जना विद्यार्थीहरुलाई विद्यालय पोषाक, ब्याग, जुक्ता, कापी, कलम लगायतका सामग्रही हस्तान्तरण गरेका हुन् । मन्त्री पण्डितले सबै नेपालीलाई साक्षर बनाउने अभियान अन्तर्गत आफुले २५ जना विद्यार्थीलाई भर्ना गराएको बताएका थिए । बालबालिकाहरु भविष्यका कर्णधार भएकाले पनि उनीहरुका लागि उचित शिक्षा दिक्षाको प्रबन्ध मिलाउनुपर्नेमा उनले जोड दिएका थिए ।
ग्लोबल आईएमई बैंक र बेलायतको क्रसपेबीच रेमिट्यान्स कारोबार सम्झौता
काठमाडौं । ग्लोबल आईएमई बैंक र बेलायत स्थित क्रसपेबीच रेमिट्यान्स व्यापार कारोबार सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा हस्ताक्षर पछि क्रसपे मार्फत पठाएको रकम नेपालमा रहेको ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ्ग सेवा एजेन्टहरु मार्फत नगद भुक्तानी लिन सक्नेछन् । क्रसपेको बेलायत स्थित शाखाहरुबाट विश्वका जुनसुकै ठाउँमा पनि सजिलै पैसा पठाउन सकिनेछ । २०७४ चैत्र मसान्तसम्म बैंकको १२२ वटा शाखाहरु, १४ वटा राजश्व संकलन काउण्टर, १२८ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर तथा ७९ शाखा रहित बैंकिङ्ग सेवा रहेका छन् । हाल बैंकको ७५०० भन्दा बढि एजेन्टहरु रहेका छन् । त्यस्तै, बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि/सम्पर्क कार्यालय स्थापना गरी नेपालीहरुलार्इ सेवा प्रदान गर्दै आईरहेको छ । त्यसैगरि बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको बताएको छ ।
शिखर इन्स्योरेन्सका सञ्चालक शेर्पाको राजिनामा स्वीकृत
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीका सञ्चालक आं छिरिङ शेर्पाले राजिनामा दिएका छन् । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सञ्चालक शेर्पाले दिएका राजिनामा स्वीकृत गरेको हो ।
विश्व बैंकको निश्कर्षः वामपन्थी बजेटले आर्थिक तथा मौद्रिक क्षेत्रमा समस्या
काठमाडौं । विश्व बैंकले बामपन्थी सरकारहरुले ल्याएका बजेटहरुले नेपालको आर्थिक तथा मौद्रिक क्षेत्रमा समस्या आएको निष्कर्ष निकालेको छ । विश्व बैंकले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै केपी ओली नेतृत्वको सरकार र प्रचण्ड नेतृत्वको सरकारले ल्याएको बजेटकै कारण आर्थिक तथा वित्तिय क्षेत्रमा वेथितीहरु देखा परेको निष्कर्ष निकालेको हो । हाल कार्यान्वयनमा रहेको बजेट माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले ल्याएका हुन भने गत आर्थिक बर्षको बजेट एमाले नेता विष्णु पौडेलले तयार पारेका थिए । सो भन्दा अगाडीको बजेट भने काँग्रेस नेता डा. रामशरण महतले ल्याएका थिए । विश्व बैंकले यस अघिका तीन वटा बजेटले आर्थिक तथा वित्तिय क्षेत्रलाई सहि ढंगले सम्बोधन गर्न नसकेको दावी गरेको हो । विकास साझेदार विश्व बैंकले नेपालको विकास अद्यावधिक प्रतिवेदन सार्वजनिक गर्दै अवास्तविक तरिकाले बजेट निर्माण हुदा बैंकिङ क्षेत्रमा तरलताको संकट र समग्र आर्थिक क्षेत्रमा नकरात्मक प्रभाव पारेको बैंकले औल्याएको हो । बैंकका वरिष्ठ अर्थशास्त्री दामिर कोशिकले सन् २०१५ यता बजेट तयारीमा वेथिती रहेको भन्दै अवास्तविक तवरले बजेट निर्माण भएको औल्याएको छ । ३ वर्षयता बनेका सबै बजेटमा उनले प्रश्न गरेका छन् । मुलुकको ढिकुटी रित्तियो भनेर आर्थिक श्वेतपत्र जारी गरेका डा. खतिवडा आफै सहभागी भएर बनाएको बजेटको कारण बैंकमा तरलताको संकट आएको हो । अव्यवस्थित ढंगले बजेट तर्जुमा गर्दा बजारमा लगानीयोग्य पुँजीको अभाव हुन पुगेको र त्यसको असर ब्याजदरमा पर्दा उत्पादन लागत महंगियएको अर्थशास्त्री कोसिकको भनाई छ । कोसिकले खर्च गर्नका नाममा सरकारले महंगो ब्याजदरमा आन्तरिक ऋण उठाउन वाध्य भएको बताए ।