एभरेष्ट बैंकको नाफा १ अर्ब ८० करोड, ३ महिनामा १ अर्ब बढी ब्याज आम्दानी
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा एभरेष्ट बैंकको नाफा बढेको छ । गत चैतसम्म बैंकले १ अर्ब ८० करोड ३४ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले १ अर्ब ५२ करोड ५८ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको ९ महिनाको वित्तीय विवरणमा नाफा, कर्जा लगानी र निक्षेप परिचालनमा वृद्धि भएको बैंकले जनाएको छ । बैंकको खराब कर्जा घटेर ०.२३ प्रतिशतमा सीमित भएको छ । गत पुसमा २५ प्रतिशत थियो । यस्तै निक्षेप लागत ५.३९, कर्जा र निक्षेपबीचको अन्तर (स्प्रेड) दर ४.७५ र आधार व्याजदर ८.१८ प्रतिशत छ । कर्जा निक्षेपअनुपात (सीडी रेसियो) ७५.६५ प्रतिशत रहेको बैंकले जनाएको छ । बैंकको प्रतिसेयर आम्दानी बढेर २९.७६ रुपैयाँ पुगेको छ । गत पुसमा २८.४१ प्रतिशत थियो । समीक्षा अवधिमा बैंकले ३ अर्ब २५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत पुसमा २ अर्ब ९ करोड रुपैयाँ थियो । ३ महिनामा बैंकले १ अर्ब रुपैयाँ बढी ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिम बैंकको निक्षेप बढेर १ खर्ब ६ अर्ब ९४ करोड रुपैयाँ गरेको छ । गत पुसमा १ खर्ब ३ अर्ब २९ करोड रुपैयाँ छ । यस्तै कर्जा लगानी विस्तार भई ८८ अर्ब १७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत पुसमा बैंकले ८४ अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको बैंकले जनाएको छ ।
त्रिभुवन विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अवरूद्ध
काठमाडौं । उड्ने क्रममा मलिण्डो एयरको हवाईजहाज धावनमार्गमा चिप्लिएर थचारिएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अवरूद्ध भएको छ। विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले अन्तर्राष्ट्रिय उडान खुलाउने प्रयास भइरहेको बीबीसीलाई बताए। उनले भने, आन्तरिक उडानहरू खुलाइसकेका छौँ, अन्तर्राष्ट्रिय उडान तीन घण्टाभित्र खुलाउने गरी हामीले प्रयास गरिरहेका छौँ क्षेत्रका अनुसार क्वालालम्पुरका लागि उड्न लागेको विमान बिहीवार राति साढे १० बजेतिर धावनमार्गमा चिप्लिएको थियो।
११ कम्पनीको ६ करोड ३६ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, सबैभन्दा बढी बोनस सेयर
काठमाडौं । बिहीबार मात्रै नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा विभिन्न बैंक तथा वित्तीय संस्थाको कुल ६ करोड ३६ लाख ३ हजार १३१ कित्ता सेयर सूचिकृत भएको छ । नेप्सेमा एकैदिन ११ वटा वित्तीय संस्थाको बोनस र हकप्रद गरी सो मात्राको सेयर थपिएका हुन् । सो मध्ये सबैभन्दा बढी बोनस सेयर सूचिकृत भएका छन् । उक्त दिन ८ कम्पनीको ४ करोड ६५ लाख ६३ हजार २८० कित्ता सेयर सूचिकृत भएका छन् । त्यस्तै, बाँकी ३ कम्पनीको एक करोड ७० लाख ३९ हजार ८५१ कित्ता हकप्रद सेयर थपिएका छन् । सबैभन्दा बढी एभरेष्ट बैंकको एक करोड ९९ लाख कित्ता थपिएको छ । त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको एक करोड ८ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत भएको छ । सेयर सूचिकृत गर्ने ११ कम्पनी:
सिन्डिकेट अन्त्यसँगै यातायात व्यवसायीमा उत्साह, धमाधम थप्दै नयाँ ठूला बस
काठमाडौं । यातायात क्षेत्रको सिन्डिकेट तोडिएपछि धमाधम नयाँ कम्पनीले नयाँ बस थप्न लागेका छन् । विभिन्न कम्पनीले सिन्डिकेट अन्त्यको फाइदा उठाउदैं नयाँ बस थप्न लागेका हुन् । लामो सघर्षपछि सञ्चालनमा आएका साझा, मयुर यातायातले थप उत्साही हुँदै बसहरु थप्न लागेका छन् । साझाले २४ नयाँ ठुला बस थप्ने तयारी गरेको छ । साझा यातायातका कर्मचारी महेन्द्र पाण्डेका अनुसार २ महिनाभित्र ४ वटा ठुला बस र ६ महिनामा २० वटा सिटी बस थप्ने बताए । यस्तै दिगो शहरी यातायातले १५ दिन भित्रमा १७ ठुला बस काठमाडौंमा ल्याउने तयारी गरेको छ । यातायात प्रमुख लालप्रसाद गुरागाँईका अनुसार बस युरो ४ मापदण्डको हुनेछ । बस सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवि–डिल्लीबजार–रत्नपार्क–लैनचौर–सामाखुसी–गंगबु हुँदै नयाँ बसपार्कसम्म सञ्चालन हुनेछ । यो रुट १०।२ किलोमिटरको हुनेछ । बस पुनः सोही बस नयाँ बसपार्कबाट गंगम्बु–गल्कोपाखा–लैनचौर–जमल–तिनधारा–कमलपोखरी–ज्ञानेश्वर–मैतीदेवि–पुरानो बानेश्वर हुँदै सिनामंगल पुग्नेछ । यसको लम्बाई भने ८ दशमलब ९ किलोमिटरको हुनेछ । यस्तै सूर्योदय यातायातले अशोक लेलैण्डका १५ थान नयाँ मोडेलका यात्रुवहाक वस पूर्वाञ्चलमा सञ्चालनमा ल्याएको छ । बसमा डिजिटल डिस्पले , टिभी, वाईफाई , जिपिएस, सीसी क्यामेरा लगायत अत्याधुनिक उपकरणहरु जडान गरिएको छ । कम्पनीको अनुसार गाडीमा विभिन्न किसिमका लाईफटाईम इन्जिन जडान गरिएको छ । कम्पनीले पूर्वाञ्चलमा नमुना रुपमा यात्रुहरुलाई सेवा दिने बताएको छ । संस्थाका अध्यक्ष देवेन्द्रकुमार न्यौपानेले गाडीहरुमा फिल्टर र मोबिल खर्चबाहेक अन्य खर्च नआउने दाबी गरे । संस्थाका प्रबन्ध निर्देशक सरोज न्यौपानेले आगामी दिनहरुमा यस संस्था देशभरी गाडी विस्तार गर्दै यात्रुहरुलाई गुणस्तरीय सेवा प्रदान गर्ने एक अग्रणी संस्थाको रुपमा परिचित गराउने जानकारी दिए । सरकारले यातायात सिण्डिकेट खारेजको घोषणा गरेपछि निजी क्षेत्रबाट संगठित रुपमा ठुला बस सञ्चालनमा आउन थालेका हुन् । सिद्धबाबा यातायात प्राइभेट लिमिटेडले केहि दिनभित्रै २० वटा बसञ्चालनमा ल्याउने जनाएको छ । मयुर यातायातका प्रमुख मोहन श्रेष्ठका अनुुसार २३ वटै बस सञ्चालनमा ल्याउने तयारी गरेको छ । यसैगरी नयाँ बस सञ्चालनमा ल्याउनेहरुमा सिला सालिग्राम यातायात, सप्तरंगी प्राली, टेकु सवारी परिक्षकले ११ वटा बस थपेका छन् । यस्तै इन्द्रेणी यातायातले २ वटा र अन्य कम्पनीहरुले पनि नयाँ बस सञ्चालन ल्याउने तायारी गरेको यातायात विभागका सूचना अधिकृत तुलसीराम अर्यालले जानकारी दिए ।
गरिमा विकासको तीन लाख १५ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको तीन लाख १५ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । अब यस कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । पछिल्लो समय(बिहीबार) यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २०७ रुपैयाँ रहेको छ ।
हिमालय एअरलाइन्सद्धारा ‘प्रयास नेपाल’लाई सहयोग
काठमाडौं । हिमालय एअरलाइन्सले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत पुनः एकपटक ‘प्रयास नेपाल’लाई सहयोग गरेको छ । एअरलाइन्सले नववर्ष २०७५ तथा कम्पनीको तेस्रो वार्षिकोत्सवको उपलक्ष्यमा उक्त सहयोग गरेको हो । प्रयास नेपालले नयाँ शैक्षिक सत्र २०७५/७६ का लागि माग गरे अनुसार एअरलाइन्सले त्यहाँ रहेका आश्रित बालबालिकाहरूलाई एक वर्षका लागि कापीतथा भान्छामा प्रयोग हुने सामाग्री प्रदान गरेको हो । कार्यक्रममा एअरलाइन्सको ब्राण्ड तथा सर्भिस इम्प्रुभ्मेन्ट विभागकी प्रमुख उज्ज्वला दलीले प्रयास नेपालको गरिब तथा विपन्न बालबालिकालाई उचित शिक्षा तथा पालन पोषण दिने कार्यलाई एअरलाइन्सले भविष्यमा पनि सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हिमालय एअरलाइन्स सामाजिक कार्यहरूमा भोलिका दिनमा पनि संलग्नका साथै आफूले कामगर्ने क्षेत्रको सामाजिक तथा आर्थिक विकासका लागि कटिबद्ध रहेको बताएकाे छ । प्रयास नेपाल सन् २००३ मा स्थापित गरिब, अनाथ, पीडित तथा अपाङ्ग बालबालिकाहरूलाई उचित पालन–पोषण, शिक्षातथा सीपमूलक तालिम प्रदान गर्दै जागरूक बनाउने कार्यमा अनवरत रूपमा लागेको संस्था हो । यस संस्थामा देशका विभिन्न स्थानबाट आएका बालबालिकाहरू आश्रित रहेका छन् ।
२०७५ सालमा सेयर बजारलाई ग्रीन सिग्नल, लगानीकर्ता भन्छन्- अब सुनौला दिन आउँछन्
काठमाडौं । नयाँ वर्ष सुरु भएपछि सेयर बजारमा सकरात्मक संकेत देखापरेको छ । गत वर्षको चैतसम्म बजार निरन्तर घट्दै गएर लगानीकर्तामा निराशा देखापरेकोमा बैशाख लागेपछि बजारमा सुधारको संकेत देखिएको छ । कारोबार भएको ५ दिनमा सेयर बजार १११ अंकले बढेको छ । गत बिहीबार सेयर बजार घटेर १ हजार २७७ अंकमा रहेकोमा बढेर १ हजार ३८८ अंक पुगेको छ । आइतबारदेखि सुरु भएको वृद्धि बिहीबारसम्म कायम रहेको छ । सेयर बजार बढ्ने संकेत देखिएको लगानीकर्ताको भनाई छ । बजारमा लगानीयोग्य पुँजीमा केही सुधार हुनुका साथै नेपाल राष्ट्र बैंकले विदेशी बैंकबाट लगानी ल्याउन वाणिज्य बैंकलाई खुला गरेपछि यसको सकरात्मक प्रभाव बजारमा परेको सेयर लगानीकर्ता छोटेलाल रौनियार बताउछन् । आगामी दिनमा बैंक ब्याजदरमा पनि गिरावट आउने भएकाले ठुला लगानीकर्ताको प्रवेश भएपछि बजारले अझ गति लिने उनको तर्क छ । लगानीकर्तामा रहेको मार्जिन कलको ह्याङ हट्नुका साथै कम्पनीको वित्तीय विवरण धमाधम आउने क्रममा रहेको आगामी दिनमा सुधार हुने देखिने उनको तर्क छ । मार्जिन कलको ह्याङ ३ महिनालाई हटेको उनको भनाई छ । यस्तै ब्रोकर सेमीअटोमेसनमा गएको र आउदो ३ महिनामा सेयर बजार अनलाईनमा जाने भएकाले आगामी दिन सेयर बजारका लागि सुनौलो दिन भएको उनको भनाई छ । पछिल्लो समयमा नेप्से परिसूचकमा भएको वृद्धिसंगै कारोबार रकम पनि बढेर १ अर्ब १२ करोडको रुपैयाँसम्म पुगेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको सेयरबजार प्रतिको नकरात्मक टिप्पणीले पनि बजार घटाउन सहयोग पुगेको लगानीकर्ताको भनाई छ । सेयर बजारलाई अनुत्पादक भनेपछि बजारमा भारी गिरावट आएको थियो । यता बैंकसंग लगानीयोग्य पुँजी नभएपछि ब्याजदर बढेर १५ प्रतिशत पुगेको छ ।
सनराइज बैंक लिमिटेडद्धारा स्वास्थ्य बीमा अन्तर्गत बीमा रकम भुक्तानी
काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्ना बचत खाताका ग्राहकहरुको लागि “स्वास्थ्य बीमा सुविधा” अन्तर्गत सानुमैंया राइठोरलाई १२ हजार रुपैयाँ बराबरको रकम हस्तान्तरण गरेको छ । बैंकका वरिष्ठ नायब महाप्रबन्धक आशा राणा अधिकारीले स्वास्थ्य बीमा अन्तर्गत भक्तपुर शाखाका ग्राहक राइठोरलाई मोती विन्दुको शल्यक्रियाको क्रममा लागेको सो मात्राको उपचार खर्च प्रदान गरेकी हुन् । बैंकले प्रदान गर्दै आएको “स्वास्थ्य बीमा सुविधा” बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च १ लाख रुपैयाँमा नबढ्ने गरी आफ्नो बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतिशत वा विल रकम मध्ये जुन कम हुन्छ सो रकम दाबी गर्न पाइनेछ ।