यातायात व्यवस्था विभागको सिन्डिकेट विरुद्ध काउन्टर: २६ माइक्रोबसको रुट परमिट खारेज सूचिसहित
काठमाडौं । यातायात व्यवस्था विभागले सिन्डिकेट विरुद्ध कडा निर्णय लिएको छ । विभागले आन्दोलन गर्ने व्यवसायीका २६ माइक्रोबसको रुट परमिट खारेज गरेको हो । सूचि हेर्नुहोस
साउदी जेलमा बन्दी रहेका प्रेमबहादुर राईलाई छुटाउन प्रधानमन्त्रीले दिए ३० लाख रुपैयाँ
काठमाडौं । २ वर्ष देखि साउदी जेलमा बन्दीजीवन बिताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारका सदस्यहरुलाई हस्तान्तरण गरेका छन् । यातायात दुर्घटनामा जेल परेका राईलाई साउदीअदालतले तोकेको जरिवाना तिर्न नसकेपछि उनले २ वर्ष देखि बन्दी जीवन बिताइरहेका थिए । इन्द्रेणी कार्यक्रमले संकलन गरेको ३० लाख ९ हजार ४७ रुपैयाँ नगद प्रधानमन्त्री ओलीले प्रेमबहादुर राईकी धर्मपत्नी सरिता राईलाई प्रदान गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा राईको परिवार र इन्द्रेणी सांगीतिक समूहसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जेल प्रेमबहादुरको जेल मुक्तिकालागि साउदी सरकारसँग कुरा गर्ने बताएका छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले विश्वको अन्य देशका नागरिक र नेपाली नागरिक विदेशिनु पर्ने कारण फरक रहेको बताए । नेपाली नागरिक विदेशिने तरिका डरलाग्दो रहेको उनले बताए। ‘अरु देशका नागरिक फरक तरिकाले विदेश जान्छन् । हामी जस्तो प्रकारले विदेशगएका छौं, त्यो डरलाग्दो छ । गरिवी र दुःख हटाउन जान्छौं, त्यसमाथि ठगिन्छौं । अज्ञानता र सोझोपनको शिकार हुन्छौं र झन् दुःख पाउँछौं ।’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो राष्ट्रको ढुकुटीको अवस्थात्यति राम्रो छैन, तर अब हामीले हाम्रै देशमा उत्पादन बढाउनु छ, उद्योग खोल्नु छ, यहिँ रोजगारी रिर्जना गर्नुछ । त्यसका लागि यो सरकार बनेको हो । नेपालीहरुलाई स्वदेशमै रोजगारी दिलाउन र गरिवी हटाउन आफ्नो नेतृत्वमा सरकार बनेको ओलीले बताए । विदेशमा बन्दी जीवन बिताइरहेका नेपालीको उद्धारका लागि सहयोग संकलन गरेकामा इन्द्रेणी सांगीतिक कार्यक्रमको टोलीलाई प्रधानमन्त्री ओलीले धन्यवाद दिएका छन् । कार्यक्रममा इन्द्रेणी सांगीतिक समूहका कृष्ण कंडेलले प्रेमबहादुर राईको रिहाइका लागि ९५ लाख नेपाली रुपैयाँ चाहिने र अहिलेसम्म ७१ लाख रुपैयाँ संकलन भइसकेको बताएका छन् ।
सिण्डिकेटधारी यातायात व्यवसायीमाथि सरकारको पहिलो प्रहार, रत्पार्कदेखि नयाँ बसपार्कसम्म रुट इजाजत खारेज
काठमाडौं । यातायात व्यवस्था विभागले राजधानीको रत्नपार्कदेखि नयाँ वसपार्कसम्मको रुट इजाजत निलम्बन गरेको छ । राजधानीमा सबैभन्दा बढी सवारी चल्ने सो रुटमा शुक्रबार सिण्डिकेटधारी यातायात व्यवसायीले गाडी नचाएपछि विभागले पहिलो चरणमा यो सडकको रुट इजाजत निलम्बन गरेको हो । विभागमा दर्ता भएका सवारीसाधनले मात्र शनिबारदेखि सञ्चालन हुन पाउनेछन् । रुटमा चल्ने सबै सवारीसाधनको इजाजतपत्र रद्ध भएको विभागका सुचना अधिकृत तुल्सीराम अर्यालले बताए । उनकाअनुसार शनिबारदेखि सो रुटमा नयाँ इजाजत पाएका गाडी चल्ने छन् । २६ वटा माइक्राबसलगायत सबैको रुट इजाजत खारेज भएको छ । यो पनि हेर्नुहोस् यातायात व्यवस्था विभागले भन्यो : ४ बजेसम्म विवरण संकलन, ५ बजे रुट इजाजत खारेज
व्यवसायी खोरमा, ग्यारेजमा रहेका १ लाख बढी सवारीको रुट परमिट खारेज गर्न बैठक सुरु
काठमाडौं । सिन्डिकेटको माग गर्दै आन्दोलनमा उत्रिएका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला सहित अन्य व्यक्तिहरु प्रहरी हिरासतमा पुगेका छन् । उनीहरु विरुद्ध अत्यावश्यक सेवा ऐन २०१४ अनुसार कारबाहि प्रक्रिया अघि बढेको छ । गृहमन्त्रालयले व्यवसायीहरुको बैंक खाता रोक्का गर्न राष्ट्र बैंकलाई पत्र समेत काटिसकेको छ । उता यातायात व्यवस्था विभागले ग्यारेजमा रहेका सबै सवारीहरुको रुट परमिट खारेज गर्न बैंठक सुरु भएको छ । देशभरबाट यातायात सञ्चालन नगर्ने व्यवसायीहरुको तथ्यांक संकलन भैसकेको विभागका सूचना अधिककृत तुलसीराम अर्यालले जानकारी दिए । “हामीले तथ्याङक संकलन गरिसकेका छौं, अब बैठक बसी कहाँबाट रुट परमिट खारेज गर्ने भन्ने बारेमा निर्णय लिन्छौं,”अधिकृत अर्यालले विकासन्युजसँग भने । विभागले सबैभन्दा धेरै समस्या रहेको क्षेत्रबाट रुट परमिट खारेज गर्ने तयारी गरेको छ ।
नेपाल इन्स्योरेन्सको ४.५२ प्रतिशत बोनस र ६५ प्रतिशत हकप्रद पारित, पुँजी एक अर्ब नाघ्याे
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको प्रस्तावित ४.५२ प्रतिशत बोनस सेयर पारित भएको छ । शुक्रबार(आज) सम्पन्न कम्पनीको ६९औँ वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । साथै, सभाले बोनस वितरण पश्चात कायम हुने पुँजीको ६५ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने प्रस्तावलाई पनि पारित गरेको छ । कम्पनीले पुँजी वृद्धि गर्न सो मात्राको हकप्रद जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ५९ करोड ९ लाख रुपैयाँ रहेको छ । ४.५२ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी ६१ करोड ७६ लाख रुपैयाँ पुगेकाे छ । त्यसपश्चात यस पुँजीको ६५ प्रतिशतका दरले हकप्रद सेयर निष्काशन गर्ने भएकाे छ । सो मात्राको हकप्रद पश्चात यस इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब एक करोड रुपैयाँ नाघ्ने कम्पनीले जनाएकाे छ ।
बजेटमा लगानीकर्ताका मागः १५ खर्बको सेयर बजार २७ किलोमिटर भित्र, ब्रोकरको सिण्डीकेट कहिलेसम्म ?
काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले १५ खर्ब रुपैयाँको सेयर बजारलाई २७ किलोमिटर भित्र नखुम्च्याउन माग गरेको छ । फोरमले अर्थमन्त्री डा. युवराज खतिवडालाई बुझाउन तयार पारेको ज्ञापन पत्रमा सेयर बजार विस्तार सम्बन्धी आफ्ना धारणा अघि सारेको छ । फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले अर्थमन्त्रीलाई भेटेर सेयर बजारको विस्तार र विकासका लागि नयाँ बजेटमा आफ्ना सुझाव दिने तयारी भैरहेको बताए ।फोरमले १५ खर्ब रुपैयाँको सेयर बजारलाई २७ किलोमिटरको रिङरोडभित्र कैद नगर्न, सेयर बजारमा ब्रोकरको सिण्डीकेट तोड्न माग गरेका छन् । फोरमले यी बिषय समेटेर अर्थमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदैछ बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया तत्काल कार्यान्वयन गर्ने बाटो खोलियोस् । ब्रोकर लाइसेन्स मर्चेण्ट बैंकरलाई दिए पनि हुन्छ । बैंक वा मर्चेण्ट बैंकरलाई ब्रोकर लाइसेन्स दिएर ७७ वटै जिल्लामा सेयर बजारलाई विस्तार गरियोस् । ५० वटा ब्रोकर कम्पनीबाट सेयर बजारलाई मुक्त गरियोस् । यातायात क्षेत्रको सिण्डीकेट अन्त्य भयो अब पुँजी बजारको सिण्डीकेट कहिले हट्छ ? उपत्यका भित्र ५० वटा र बाहिर ५० वटा गरि १०० ब्रोकरलाई लाइसेन्स दिनुपर्छ । ब्रोकर कमिसन घटाउनु पर्यो । ब्रोकर कमसिन नै पुँजी बजारको बाधक हो । यसलाई घटाएर बजार बढाउन सहयोग गर्नुपर्छ । एनआरएनलाई पनि सेयर बजारमा लगानीको वातावरण बनाउनु पर्छ । एनआरएनलाई लगानी गर्न झ्याल खुलेको छ अब ढोका खुलाउनु पर्छ । उनीहरुलाई सहि बाटोबाट लगानी गर्न दिने र त्यस्तो लगानीबाट आएको मुनाफा फिर्ता लैजाने वातावरण बनाइदिनु पर्छ । अनलाईन कारोबारलाई तोकिएकै समयमा ल्याउनु पर्छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई मार्केट डिलरको लाइसेन्स दिनुपर्छ । म्युचुअल फण्डलाई उचित नियमन गरिनु पर्छ । पुँजी बजारमा भ्याट लगाउनै हुन्न् । भ्याट भनेको अन्तिम उपभोक्ताले तिर्ने हो । सेयर बजारका लगानी कर्ता अन्तिम उपभोक्ता होइनन् । पुँजी बजार भनेको चल सम्पति हो । चल सम्पतिमा भ्याट लगाउने नियम संसारमै छैन् । नेपालमा पनि भ्याट लगाउने कुराले पुँजी बजारको विस्तार हुनै सक्दैन् ।
सरोज सिटौला सहित अन्य व्यवसायीको बैंक खाता रोक्का गर्न गृहको राष्ट्र बैंकलाई पत्र
काठमाडौं । गृहमन्त्रालयले सिन्डिकेटधारी व्यवसायीको बैंक खाता रोक्का गर्न राष्ट्र बैकलाई चिठी काटेको छ । व्यवसायीहरुको सम्पत्ति छानमिन गर्न मन्त्रालयले बैंक खाता रोक्का गरेको हो ।गृहमन्त्रीका प्रेस सल्लाकर किरण भट्टराई अनुसार सिन्डिकेटधारी सबै यातायात व्यवसायीको बैंक खाता रोक्का गर्न मन्त्रालयले बैंकलाई पत्र काटेको हो । यसअघि गृहमन्त्री रामबहादुर थापाले अत्यावश्यक ऐन २०१४ अनुसार सबै प्रक्रिया अपनाउन सबै जिल्लाका सिडियोलाई निर्देशन दिएका थिए ।
नक्कली प्रमाणपत्र पेस गरी जागिर खाने ६ जना सरकारी कर्मचारीलाई अख्तियारले समात्यो
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागीर खाने ६ जना कर्मचारी विरुद्ध अख्तियारले कारबाहि प्रक्रिया अघि बढाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग‚ टङ्गालमा शैक्षिक योग्यता सम्बन्धी परेको उजुरीमा अनुसन्धान हुँदा विभिन्न सरकारी कार्यालय‚ संस्थान र शैक्षिक निकायमा कार्यरत कर्मचारीहरुले नक्कली प्रमाणपत्र पेस गरेको भेटिएको हो । भारतका विभिन्न बोर्डबाट जारी नै नभएका शैक्षिक योग्यताको प्रमाणपत्रहरु झुठा बनाइ अनुचित लाभ लिने उद्देश्यले नियुक्ति र बढुवाको लागि पेश गरेको तथ्य प्रमाणित हुन आएपछि ६ जना विरुद्ध कारबाहि प्रक्रिया अघि बढेको हो । ६ जना विरुद्ध नै विशेष अदालत‚ काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ । यस्ताे छ नक्कली शैक्षिक प्रमाणपत्र बुझाउने कर्मचारीको विवरण