विकासन्युज

राष्ट्र बैंकले भन्यो : निक्षेप भन्दा बढी कर्जा प्रवाहले वित्तीय असन्तुलन

काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेपको तुलनामा कर्जा लगानी बढी भएको भन्दै यसले वित्तीय असन्तुलन निम्त्याएको ठहर गरेको छ । समीक्षा अवधिमा कर्जाको वृद्धिदर निक्षेप परिचालनभन्दा लगातार उच्च रहँदै आएको छ । कर्जा प्रवाह १९.५ प्रतिशत वृद्धि भएको छ । निक्षेप परिचालनको १५.३ प्रतिशत मात्र रहेको छ । सरकारको पुँजीगत खर्चमा हुने वृद्धिले वित्तीय असन्तुलनमा सहजता ल्याउने अपेक्षा राष्ट्र बैंकले गरेको छ । चालु आवको ९ महिनामा बैंक तथा वित्तीय संस्थाले निक्षेप परिचलानको तुलनमा ९५ अर्ब १८ करोड रुपैयाँ बढी कर्जा लगानी गरेका छन् । ९ महिनामा बैंक तथा वित्तीय संस्थाले निक्षेप परिचालन २ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ मात्र गरेका छन् । यस्तै ३ खर्ब २२ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । हालसम्म बैंकले २६ खर्ब २ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी २३ खर्ब ९ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ । चैतसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.७, ३५.८ र ४४.९ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४६.१ प्रतिशत छ । निजी क्षेत्रतर्पm प्रवाहित मध्ये समीक्षा अवधिमा वाणिज्य बैंकको १६.२, विकास बैंकको २४.७ र वित्त कम्पनीको १० प्रतिशत बढेको छ । चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको मध्ये ६१.४ कर्जा घर जग्गाको धितोमा र १४.८ चालू धितोमा प्रवाह भएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ७०.९ प्रतिशत अर्थात ४५ अर्ब ७५ करोड रुपैयाँ वृद्धि भई १ खर्ब १० अर्ब २८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज १० र ओभरड्राफ्ट कर्जा १४ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १३.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । गत चैत मसान्तमा १५ अर्ब ११ करोड रुपैयाँ पुनरकर्जा लगानीमा छ । भूकम्प पीडितहरूलाई २ प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न शून्य ब्याजमा उपलब्ध गराउने व्यवस्था अन्तर्गत गत चैतमा १ अर्ब ५० करोड रुपैयाँ पुनरकर्जा उपयोगमा रहेको छ । सरकारबाट ५ प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ६ हजार ९५६ जनाले उपयोग गरेका छन् । यस अन्तर्गत ७ अर्ब ८४ करोड रुपैयाँ कर्जा बक्यौता छ । ४१ करोड ८० लाख ब्याज अनुदान प्रदान गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

एप्पल वर्ल्डले ल्यायाे पुरानो मोबाइल साट्ने अफर, ६० प्रतिशतसम्म छुट

काठमाडौं । मोबाइल पुरानो भएको छ अनि साट्ने सोचमा हुनुहुन्छ भने दरबारमार्गमा रहेको एप्पल वर्ल्ड मोबाइल तपाईको गन्तव्य बनेको छ । मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वर्ल्ड मोबाइलले पुरानो मोबाइल साटेर नयाँ लैजान चाहनेहरुका लागि एक्स्चेञ्ज अफर शुरु गरेको छ । यस अघिका अफरहरुमा ग्राहकको उत्साहजनक उपस्थिती देखिएको भन्दै एप्पल वर्ल्डले २ साताकालागि एक्स्चेञ्ज अफर शुरु गरेको हो । यसबाट मोबाइल सट्टापट्टा गर्न चाहनेहरुलाई सजिलो हुने विश्वास लिइएको छ । जेठ ३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने अफर अन्तर्गत पुरानो मोबाइलको सट्टा नयाँ मोबाइल प्रदान गरिने एप्पल वर्ल्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टा-पट्टा गर्न सकिनेछ । पुरानो स्मार्टफोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइनुका साथै मोबाइल खरिद तथा मर्मतमा समेत विशेष छुटको व्यवस्था गरिएकोे एप्पल वर्ल्ड मोबाइलका निर्देशक संगम राइले जानकारी दिए । एप्पल वर्ल्डमा मोबाइल खरिद गर्नेहरुलाई विभिन्न मोडलका मोबाइलमा ६० प्रतिशतसम्म छुटको पनि व्यवस्था गरिएको छ । एकै छानामुनी विश्व बजारमा पाइने २५ भन्दा बढी ब्राण्डका मोबाइल उपलब्ध गराउँदै आएको एप्पल वर्ल्ड मोबाइलले डेढ दर्जन ब्राण्डका मोबाइलको टच एण्ड फिल सहितको काउन्टर राखेको छ । जहाँ ६० मिनेटमा जुनसुकै मोबाइलको मर्मत हुन्छ ।

जनता बैंकद्धारा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, १२९५ जनाले गरे परिक्षण

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले हालै लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । उक्त शिविरमा कूल १२९५ जनाले स्वास्थ्य परिक्षण गराएका थिए । सो मध्ये ३० जना बिरामीको शिविर स्थलमै मोतिबिन्दुको अपरेशन गरिएको थियो भने २९ जना महिलाहरुलाई पाठेघर सम्बन्धि अपरेसनको लागि अस्पतालमा सिफारिस गरिएको छ । उक्त अपरेशनमा जनता बैंकले आर्थिक सहयोग गर्ने छ । बैंकले बैशाख २८ गतेदखि ३० गतेसम्म आँखाको निःशुल्क मोतिबिन्दु अपरेशन, महिलाको पाठेघरसँग सम्बन्धित रोग, नाँक/कान/घाँटी र सामान्यचिकित्सा सम्बन्धि स्वास्थ्य शिविर राखेको थियो । साथै, ५०० जनाभन्दा बढी आँखाको समस्या भएका व्यक्तिहरुलाई निःशुल्क चस्माका साथै सम्पूर्ण विरामीहरुलाई आवश्यक औषधि वितरण गरिएको थियो । आँखाको अपरेशन गरेका बिरामीहरुको चौथो दिनमा शिविरमै फलोअप राखिएकोमा सबै बिरामीहरुको अवस्था सामान्य रहेको थियो । उक्त स्वास्थ्य शिविरको समापनको अवसरमा दोर्दी गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले गाउँसम्म आई यति धेरै जनताहरुको स्वास्थ्य उपचारमा सहयोग गरेकोमाजनता बैंक तथा सहयोगि संस्थाहरुप्रति हार्दिक आभार व्यक्त गरेका थिए । उक्त शिविरमा नेपाल नेत्रज्योती संघ, हिमालयन आँखा अस्पताल पोखरा र अल्का अस्पताल प्रा.लि. जावलाखेलका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले प्राविधिक सेवा प्रदान गरेका थिए । स्वस्थ्य नारी पहलमार्फत विपन्न ग्रामिण महिलाहरुको स्वास्थ्य सुधारमा महत्वपूर्ण सहयोग पुर्याउने उद्देश्यले बैंकले स्त्री तथा प्रसूति रोग सम्बन्धि यस्ता शिविरहरु अन्य क्षेत्रमा पनि गर्दै जाने योजना बनाएको छ ।

अखिलमा नयाँ नेतृत्व आउँदै कस्ले मार्ला बाजी !

काठमाडौ । अनेरास्ववियुको बैशाख ४ र ५ गते बस्ने केन्द्रिय बैठकले नयाँ नेतृत्व चुन्ने भएको छ । पुर्व अध्यक्ष नविना लामा संघिय सांसद बनेपछि अनेरास्ववियुमा नयाँ नेतृव्व आउन लागेको हो । नयाँ नेतृत्वको लागि अध्यक्षमा सुदेश पराजुलीको चर्चा उत्कर्शमा पुगेको छ । किर्तिपुरमा बस्ने केन्द्रिय कमिटी बैठकले पराजुलिलाई अध्यक्ष बनाउने संभावना बढेको हो । सो बैठकबाट अध्यक्ष नबिना लामाले राजीनामा गरेर नया अध्यक्ष चयन गर्ने कार्यसुची छ । अध्यक्षका लागि उपाध्यक्षहरु रश्मि आचार्य, महेस बर्तौला, महासचिव ऐन महर र सचिब सुदेश पराजुलीबिच प्रतिस्पर्धा छ । आचार्य, बर्तौला र महर केपि ओलि समुहका हुन भने पराजुली माधब नेपाल झलनाथ खनाल समुहका हुन । ओलि समुहका तीन जनाबिच प्रतिस्पर्धा चलिरहदा पराजुलीले बाजि मार्ने पक्क भएको हो । पराजुलीलाई अखिल भित्र मिलनसार तथा बौद्धिक व्यक्तित्व मानिन्छ । अध्ययनशिल, कुसल संगठक र बौद्धिक व्यक्तित्वका धनी पराजुलीलाई अध्यक्ष बनाउनु पर्ने माग गर्दै सामाजिक संजालमा अभियान चलिरहेको छ । माधब नेपाल र झलनाथ खनालले समेत पराजुलीलाई अध्यक्ष बनाउन प्रयास गरिरहेका छन् । अध्यक्षमा ओलि समूह बाट शैलेश लामा र सुनिता बरालले पनि दाबी गरेका छन् । महासचिवमा भने नेपाल समूह बाट वसिम आलम र आरती लामाको चर्चा छ । ओलि समूह बाट भने महासचिवमा मकर खड्का, आरसी लामिछाने, समिक बडालले दाबी गरेका छन । ओलि समूह आपस जुधिरहदा नेपाल समुहका पराजुलिको पल्ला भारी हुन लागेको हो । अध्यक्षमा दाबी गरिरहेका ओलि समुहका नेताहरुले नै अन्तिममा पराजुलीलाई सघाउने सम्भावना पनि बढेको नेताहरुले बताएका छन्।

वोमी माइक्रोफाइनान्सको सबैभन्दा बढी कारोबार, यस्तो छ कारण

काठमाडौं । केही दिनयता सेयर बजारका लगानीकर्ताहरु वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडमा आकर्षित भएका छन् । संस्थाले चुक्ता पुँजी बढाउन हकप्रद सेयर जारी गर्ने भएपछि लगानीकर्ता वाेमीकाे सेयरमा लोभिएका हुन् । बिहीबार अाेमीकाे सेयर मूल्य प्रतिकित्ता १८३० रुपैयाँमा काराेबार भएकाे छ । करिब १८३० रुपैयाँको प्रतिकित्ता सेयर १०० रुपैयाँमै आउने भएपछि लगानीकर्ताहरु यस कम्पनीमा आकर्षित भएका हुन् । बिहीबारको बजारमा सबैभन्दा बढी यस कम्पनीको सेयर कारोबार भएको छ । यस संस्थाको एकैदिन २ करोड १३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार पनि यस संस्थाको सबैभन्दा बढी सेयर किनबेच भएको थियाे। यस संस्थाले आगामी जेठ १६ गतेदेखि हकप्रद सेयरकोे आवेदन खुला गर्दै छ । संस्थाले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल मार्फत १० कित्ता बराबर २ कित्ताको अनुपातमा अंकित मूल्य एक सय रुपैंयाँको २ लाख ३३ हजार २८० कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको हो । साताको अन्तिम कारोबार भएको बजार सामान्य अंकले बढेको छ । बजार १.६४ अंकले बढेर १३३९ अंकमा पुगेको छ । सो दिन कूल १५४ कम्पनीको ५ लाख ७९ हजार कित्ता सेयर २८ करोड ५४ लाख रुपैयाँमा कारोबार भएको छ ।

नेपाल बैंकको एफपीओ ३१० मा किन्न सीबीआईएल क्यापिटलको प्रस्ताव

काठमाडौं । नेपाल बैंकको थप निष्कासन (एफपीओ) प्रतिकित्ता ३१० रुपैयाँसम्ममा किन्ने प्रस्ताव परेको छ । बैंकले एफपीओ निष्कासनअघि प्रत्याभूति (अण्डरराइटिङ) का लागि मर्चेन्ट बैंकर्ससंग प्रस्ताव आब्हान गर्दा सीबीआईएल क्यापिटल लिमिटेडले प्रतिकित्ता ३१० मा लिने प्रतिवद्धता जनाएको हो । बैंकले बुधबार प्रस्ताव खोल्दा सीबीआईएलको मात्र प्रस्ताव परेको थियो । अन्य मर्चेन्ट बैंकरले प्रस्ताव पेश गरेनन् । सीबीआइएलले प्रस्ताव गरेपछि एफपीओको मूल्य घटाउन सिद्धार्थ क्यापिटल लिमिटेडको अगुवाइमा केही मर्चेन्ट बैंकरले समूह बनाएर कार्टेलिङ गर्न थालेका छन् । उनीहरुले ०.५ प्रतिशत कमिसनमा प्रतिकित्ता २८० रुपैयाँमा बैंकका एफपीओ लिनका लागि तीब्र लविङ थालेको नेपाल बैंक स्रोतले बतायो ।सीबीआईएलको भन्दा कम मूल्यमा एफपीओको प्रत्याभूति गर्न नपाइने बैंक स्रोतको भनाई छ । “बजारमा जति कार्टेलिङ गरेपनि एफपीओको मूल्य प्रतिकित्ता ३१० रुपैयाँबाट तल घट्न मिल्दैन् ।” स्रोतले भन्यो । यता सीबीआईएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सीमरप्रसाद दाहाललाई सम्पर्क गर्दा अहिले बोल्न नमिल्ने भन्दै पन्छिएका छन् । बैंकस्रोतका अनुसार सीबीआईएलले ४ प्रतिशत कमिशनमा प्रतिकित्ता ३१० रुपैयाँमा सकार्ने भनेको छ । बैंकको एफपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड नियुक्त भएको छ । बैंकले बैशाख २५ गतेसम्म आफुले सकार्ने सेयर हिस्सा, दर र कमिशन दर समेत खुलाई शिलबन्दी दरभाउ पेश गर्न मर्चेन्ट बैंकरलाई भनेको थियो । बैंकले धितोपत्र बोर्डकाे स्वीकृतिमा जानुअघि रेटिङको काम थालेको छ । बैंकले चुक्तापुँजी बढाउन १ अर्ब ७६ करोड ८४ लाख रुपैयाँको एफपीओ निष्कासन गर्न लागेको हो । एफपीओ निष्कासनपछि चुक्तापुँजी बढेर ९ अर्ब ८१ करोड ११ लाख रुपैयाँ पुग्ने छ । बैंकको ग्राहक, सम्पत्ति, आम्दानी र प्रतिफल राम्रो देखिएको छ । गत फागुन २५ गते सम्पन्न बैंकको ५८औं वार्षिक साधारणसभा पुँजीगत रुपमा अझ मजबुत बन्नका लागि एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने गरी एफपीओ सेयर संरचना सभाले पारित गरेको छ । एफपीओ निष्कासनपछि बैंकमा सरकारको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व रहनेछ । बैंकले गत चैतसम्ममा २ अर्ब ५६ करोड ७७ लाख रुपैयाँ खुदनाफा गरेको छ ।

टेन्डर आव्हान गर्न ४५ दिन, काम शुरु गरे अख्तियार लाग्छ: मन्त्री बास्कोटा

काठमाडौं । सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रक्रियामुखी कामले विकास निर्माणको काम ढिलो हुने गरेको बताएका छन् । विश्व टेलिकम्युनिकेशन तथा सूचना दिनको अवसरमा आयोजित कार्यक्रममा बास्कोटाले प्रक्रियागत कामले नै विकास निर्माणले गति लिन नसकेको बताएका हुन् । बास्कोटाले भने-‘केहि काम गर्न टेण्डर खोल्नुपर्छ यसको लागि ४५ दिनको समय लाग्छ, काम शुरु गर्न लाग्यो अख्तियार लाग्छ, सर्वोच्चमा मुद्दा पर्छ किनभने नेपालमा लोकतन्त्र छ ।’ उनले सञ्चार प्रविधिको विकास गर्दा जनताको चेतना अनुसारको प्रयोग गर्नुपर्नेमा जोड दिए । विकास निर्माणको कामलाई परिणाममुखी बनाउन ऐन नै परिमार्जन गर्नुपर्ने बेला आएको मन्त्री बास्कोटाले बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य मानबहादुर शाहिले देशको आर्थिक विकासका लागि निजी क्षेत्रको ठुलो भूमिका हुने बताए । जोसुकै लगानीकर्ताको लगानी सुरक्षित गर्न सरकार तयार रहेको बताउँदै निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाउने बताए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै वाइजयाक कम्पनीका प्रमुख डाक्टर हेमन्त श्रेष्ठले नागरिकले कहिलेसम्म फाइल बोकेर कर्मचारीको कोठा कोठा डुल्नु पर्ने भनी मन्त्री बास्कोटालाई प्रश्न गरेका थिए । उनले नेपालमा न्युन्नतम सूचना प्रविधिको समेत प्रयोग गर्न नसकेको बताए ।

२७ स्थानीय निकायहरुमा एनआईसी एशिया बैंक, पहिलो वाणिज्य बैंकको रुपमा स्थापित

काठमाडौं । एनआईसी एशिया बैंकले ३४ वटा स्थानीय निकायहरुमध्ये २७ स्थानीय निकायहरुमा शाखा कार्यालयहरु संचालनमा ल्याईसकेको छ । बैंकले स्थानीय निकायहरुमा वाणिज्य बैंकको शाखा सञ्जाल मार्फत उपस्थिति सुनिश्चित गर्ने नेपाल सरकारको नीति बमोजिम उक्त स्थानमा नयाँ कार्यालय विस्तार गरेको हो । यस बैंक अन्य वाणिज्य बैंकहरु भन्दा पहिला उक्त स्थानमा पुग्न सफल भएको छ र पहिलो वाणिज्य बैंकको रुपमा स्थापित भएकाे छ । बैंकले हालसम्म २१० वटा शाखा कार्यालय, २०३ एटिएम, ६ वटा एक्स्टेन्सन काउण्टर, ६ वटा शाखारहित बैंकिङ्ग एवं ५५०० भन्दा बढि रेमिटेन्स पे आउट एजेन्ट मार्फत सम्पूर्ण बैंकिङ् सेवाहरु दिँदै आएको छ । शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा यस बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । ग्राहक महानुभावहरुको अपार स्नेह, विश्वास तथा भरोसाका कारण यस बैंकले करीब १३५ अर्ब निक्षेप संकलन गरी करीब ११० अर्ब कर्जा प्रवाह गरिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको छ ।