एभरेष्ट बैंकको थप शाखा टाँडीमा, क्यामेल्स रेटिङ्मा दोस्रो स्थान हाँसिल गर्न सफल
काठमाडौं । एभरेष्ट बैंकले आफ्नो थप शाखा चितवनको टाँडीमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण वन र बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठले संयुक्त रुपमा गरेका थिए । हालै भएको क्यामेल्स रेटिङ्मा एभरेष्ट बैंक दोस्रो स्थानमा पर्न सफल भएको छ । बैंकले हाल आफ्ना ८० वटा शाखाहरु, ७ एक्सटेन्सन काउन्टर, २८ राजस्व संकलन काउन्टर र ११३ एटिएम मार्फत बैंकिङ् सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
मास्टरकार्डको मुख्य सदस्यमा सिद्धार्थ बैंक
काठमाडौं । अन्तर्राष्ट्रिय रुपमा ख्यातिप्राप्त कार्डमा आधारित भुक्तानी सेवा प्रदायक कम्पनी मास्टरकार्डले नेपालका लागि आफ्नो मुख्य सदस्यको रुपमा सिद्धार्थ बैंकलाई छनोट गरेको छ । मास्टरकार्डको मुख्य सदस्य भएसंगै अब नेपालमा मास्टरकार्ड अन्तर्गतका कार्डहरु संचालनका लागि अन्य वित्तीय संस्थाहरुले पनि सिद्धार्थ बैंकसंग आवद्ध भएर मात्र काम गर्न सक्नेछन् । बुधबार काठमाडौंमा मास्टर कार्ड र बैंकबीच मुख्य सदस्यता सम्बन्धी सम्झौता आदान प्रदान भएको हो । मास्टरकार्डको मुख्य सदस्य भएसंगै अब नेपालमा मास्टरकार्ड अन्तर्गतका कार्डहरु संचालनका लागि अन्य वित्तीय संस्थाहरुले पनि सिद्धार्थ बैंकसंग आवद्ध भएर मात्र काम गर्न सक्नेछन् । यो सदस्यता प्राप्त गरेसंगै बैंकले प्रदान गर्दै आएको कार्ड सेवा अझै विस्तारित हुनेछ र ग्राहकहरुले मास्टर कार्ड अन्तर्गतका विभिन्न डेबिट तथा क्रेडिट एवं प्रिपेड कार्डहबाट अझ बढी गुणस्तरीय र प्रभावकारी रुपमा कारोबार गर्न सक्ने बैंकको बिश्वास रहेको छ । बैंकले निकट भविष्यमा नै मास्टर कार्डले प्रदान गर्ने विभिन्न सेवाहरु प्रदान गर्ने उद्देश्यले मास्टर कार्ड डेबिट बजारमा ल्याउँदैछ । यस पश्चात ग्राहकहरुले बैंकको मास्टर कार्ड र माएस्ट्रो ब्राण्डको कार्ड बैंकको पीओएस टर्मिनलमामा र मास्टर कार्ड, माएस्ट्रो र साईरस ब्राण्डको कार्डहरु बैंकको एटीएमहरुमा प्रयोग गर्न सकिनेछ ।
विदेशी मुद्रा संचिति घट्यो, ९.७ महिनाको आयात मात्र धान्ने
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनामा विदेशी मुद्रा संचिती १.४ प्रतिशत घटेको छ । गत असार मसान्तमा १० खर्ब ७९ अर्ब ४३ करोड रुपैयाँ रहेको विदेशी मुद्रा सञ्चिति गत चैतमा ह्रास आई १० खर्ब ६४ अर्ब ३७ करोड रुपैयाँमा सीमित भएको छ । यसमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत छ । नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी मुद्रा सञ्चिति ११.१ महिनाको वस्तु आयात र ९.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । संचिती घटेका कारण वस्तु आयात महिना पनि घटेको हो ।
बन्यो विशाल कम्युनिस्ट पार्टी, देशभर दीप प्रज्वलन
काठमाडौं । दुई ठुला कम्युनिस्ट पार्टी एमाले र माओवादीले एकताको औपचारीक घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सामुहिक दिप प्रज्वलन गरी पार्टी एकताको औपचारीक घोषणा गरेका हुन् । नयाँ पार्टीको अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल रहेका छन् भने तेस्रो वरियातामा माधव कुमार नेपाल रहेका छन् । नारायणकाजी श्रेष्ठलाई पार्टीको प्रवक्ता बनाउने तयारी रहेको छ भने महासचिवमा विष्णु पौडेल रहेका छन् । पार्टीको केन्द्रिय सदस्य ४४१ जना हुने भएको छ । जसमा माओवादीको तर्फबाट २०० जना र एमालेबाट २४१ जना हुनेछन् । यस्तै स्थायी कमिटी सदस्य ४५ जना रहेका छन् । एमालेबाट २६ जना र माओवादीबाट १९ जना रहेका छन् । एकतापछि नेपालको इतिहासमै सबैभन्दा ठुलो कम्युनिष्ट पार्टी बनेको छ । दुबै पाटीको जनमत मिसाउदा ५५ प्रतिसत भन्दा बढी जनमत प्राप्त पार्टी बनेको छ । एकतापछि देशभर दुबै दलका नेता तथा कार्यकर्ताले दीप प्रज्वलन गरी खुशियाली मनाइरहेका छन् ।
महालक्ष्मी विकास बैंकद्धारा बानेश्वरको रुद्रमती विद्यालयलाई सहयोग
काठमाडौं । महालक्ष्मी विकास बैंकको पुतलीसडक शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत बानेश्वरको रुद्रमती माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । बैंकले उक्त विद्यालयका विद्यार्थीहरुलाई ३५ हजार रुपैयाँ बराबरको कापी, कलम, र ब्याग उपलब्ध गराएको छ । यसैगरी, बैंकको सिमरा शाखाको आयोजनामा जितपुरस्थित सिमरा कलेजको भवनमा महालक्ष्मी छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा सिमरा कलेजका गरिब तथा जेहेन्दार १ छात्र तथा १ छात्रालाई यो शैक्षिक सत्रको लागि छात्रवृत्ति स्वरुप २५ हजार रुपैयाँ वितरण गरेको बैंकले जनाएको छ । बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।
‘स्काईवर्थ वर्ल्डकप अफर’ सञ्चालनमा, विभिन्न टिभी खरिदमा २५ प्रतिशत क्यासब्याक
काठमाडौं । के एल दुगड समूह अन्तर्गतको स्मार्ट अप्लाइन्सेस कम्पनीले ‘स्काईवर्थ वर्ल्डकप अफर’ संचालनमा ल्याएको छ । फिफा विश्वकप २०१८ लाई लक्षित गरेर कम्पनीले स्काइवर्थका विभिन्न टेलिभिजनहरुको खरिदमा २५ प्रतिशतसम्म छुटको योजना अगाडि सारेको छ । कम्पनीले नेपाली बजारमा बिक्री गरिरहेको गुगल एन्ड्रोइड, स्मार्ट, एलइडी र ४के यूएचडी टेलिभिजनमा विशेष क्यासब्याक अफर ल्याएको हो । यस ब्रान्डका गुगल एन्ड्रोइड, स्मार्ट, एलइडी र ४ के यूएचडी टिभीको खरिदमा ग्राहकले २५ प्रतिशतसम्म नगद (फिर्ता) छुट पाउने छन् । कम्पनीले बिक्री गर्दै आएको गुगल एन्ड्रोइड टेलिभिजनमा ४३यू५, ४९यू५ र ५५जी६ रहेको छ भने, स्मार्ट टिभीहरुको मोडल ३२एस३ए३१टी र ४३एस३ए३१टी रहेको छ । त्यस्तै एलइडी टेलिभिजनमा २४ई३ए१२जी, ३२ई२, ३९ई३१००, ४३ई३ए१२जी र ५५ई३ रहेको छ । कम्पनीले बिक्रीगर्ने ४के यूएचडीको मोडल नम्बर ६५ई६००० रहेको छ । कम्पनीले नजिकिदै गरेको विश्वकप २०१८ आफ्नै घरमा बसेर टेलिभिजनमा हेर्ने उपभोक्तालाई मध्यनजर गर्दै यो योजना ल्याएको हो । स्काइवर्थको क्वालिटिसँग फुटवलको आनन्द लिउँन भन्ने उद्देश्यले विशेष अफर योजना ल्याएको हो । यो ‘स्काइवर्थ वल्र्डकप अफर’ निश्चित अवधीको लागि मात्र दिइएको कम्पनीले जनाएको छ ।
राष्ट्र बैंकले भन्यो : निक्षेप भन्दा बढी कर्जा प्रवाहले वित्तीय असन्तुलन
काठमाडौं । नेपाल राष्ट्र बैंकले निक्षेपको तुलनामा कर्जा लगानी बढी भएको भन्दै यसले वित्तीय असन्तुलन निम्त्याएको ठहर गरेको छ । समीक्षा अवधिमा कर्जाको वृद्धिदर निक्षेप परिचालनभन्दा लगातार उच्च रहँदै आएको छ । कर्जा प्रवाह १९.५ प्रतिशत वृद्धि भएको छ । निक्षेप परिचालनको १५.३ प्रतिशत मात्र रहेको छ । सरकारको पुँजीगत खर्चमा हुने वृद्धिले वित्तीय असन्तुलनमा सहजता ल्याउने अपेक्षा राष्ट्र बैंकले गरेको छ । चालु आवको ९ महिनामा बैंक तथा वित्तीय संस्थाले निक्षेप परिचलानको तुलनमा ९५ अर्ब १८ करोड रुपैयाँ बढी कर्जा लगानी गरेका छन् । ९ महिनामा बैंक तथा वित्तीय संस्थाले निक्षेप परिचालन २ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ मात्र गरेका छन् । यस्तै ३ खर्ब २२ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी गरेका छन् । हालसम्म बैंकले २६ खर्ब २ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरी २३ खर्ब ९ अर्ब २० करोड रुपैयाँ कर्जा लगानी गरेको राष्ट्र बैंकले जनाएको छ । चैतसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ति, बचत र मुद्दतीको अंश क्रमशः ८.७, ३५.८ र ४४.९ प्रतिशत छ । बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४६.१ प्रतिशत छ । निजी क्षेत्रतर्पm प्रवाहित मध्ये समीक्षा अवधिमा वाणिज्य बैंकको १६.२, विकास बैंकको २४.७ र वित्त कम्पनीको १० प्रतिशत बढेको छ । चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको लगानीमा रहिरहेको मध्ये ६१.४ कर्जा घर जग्गाको धितोमा र १४.८ चालू धितोमा प्रवाह भएको छ । बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ७०.९ प्रतिशत अर्थात ४५ अर्ब ७५ करोड रुपैयाँ वृद्धि भई १ खर्ब १० अर्ब २८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ३.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित हायर पर्चेज १० र ओभरड्राफ्ट कर्जा १४ प्रतिशत बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) १३.३ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । उत्पादनशील क्षेत्रतर्पm लगानी तथा निर्यात विस्तारमा समेत सहयोग पु¥याउने उद्देश्यले यस बैंकबाट सहुलियत दरमा प्रदान गरिने पुनरकर्जाको उपयोग समीक्षा अवधिमा बढेको छ । गत चैत मसान्तमा १५ अर्ब ११ करोड रुपैयाँ पुनरकर्जा लगानीमा छ । भूकम्प पीडितहरूलाई २ प्रतिशतसम्मको ब्याजदरमा आवासीय घर निर्माण कर्जा प्रदान गर्न शून्य ब्याजमा उपलब्ध गराउने व्यवस्था अन्तर्गत गत चैतमा १ अर्ब ५० करोड रुपैयाँ पुनरकर्जा उपयोगमा रहेको छ । सरकारबाट ५ प्रतिशत ब्याज अनुदानमा प्रवाह गरिने कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा ६ हजार ९५६ जनाले उपयोग गरेका छन् । यस अन्तर्गत ७ अर्ब ८४ करोड रुपैयाँ कर्जा बक्यौता छ । ४१ करोड ८० लाख ब्याज अनुदान प्रदान गरिएको केन्द्रीय बैंकले जनाएको छ ।
एप्पल वर्ल्डले ल्यायाे पुरानो मोबाइल साट्ने अफर, ६० प्रतिशतसम्म छुट
काठमाडौं । मोबाइल पुरानो भएको छ अनि साट्ने सोचमा हुनुहुन्छ भने दरबारमार्गमा रहेको एप्पल वर्ल्ड मोबाइल तपाईको गन्तव्य बनेको छ । मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वर्ल्ड मोबाइलले पुरानो मोबाइल साटेर नयाँ लैजान चाहनेहरुका लागि एक्स्चेञ्ज अफर शुरु गरेको छ । यस अघिका अफरहरुमा ग्राहकको उत्साहजनक उपस्थिती देखिएको भन्दै एप्पल वर्ल्डले २ साताकालागि एक्स्चेञ्ज अफर शुरु गरेको हो । यसबाट मोबाइल सट्टापट्टा गर्न चाहनेहरुलाई सजिलो हुने विश्वास लिइएको छ । जेठ ३ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने अफर अन्तर्गत पुरानो मोबाइलको सट्टा नयाँ मोबाइल प्रदान गरिने एप्पल वर्ल्ड मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले बताए । अफर अन्तर्गत जुनसुकै ब्राण्डका पुराना स्मार्टफोनसँग नयाँ स्मार्टफोन सट्टा-पट्टा गर्न सकिनेछ । पुरानो स्मार्टफोनको उचित मूल्य लिएर सट्टापट्टा गर्न पाइनुका साथै मोबाइल खरिद तथा मर्मतमा समेत विशेष छुटको व्यवस्था गरिएकोे एप्पल वर्ल्ड मोबाइलका निर्देशक संगम राइले जानकारी दिए । एप्पल वर्ल्डमा मोबाइल खरिद गर्नेहरुलाई विभिन्न मोडलका मोबाइलमा ६० प्रतिशतसम्म छुटको पनि व्यवस्था गरिएको छ । एकै छानामुनी विश्व बजारमा पाइने २५ भन्दा बढी ब्राण्डका मोबाइल उपलब्ध गराउँदै आएको एप्पल वर्ल्ड मोबाइलले डेढ दर्जन ब्राण्डका मोबाइलको टच एण्ड फिल सहितको काउन्टर राखेको छ । जहाँ ६० मिनेटमा जुनसुकै मोबाइलको मर्मत हुन्छ ।